Sunday, October 2, 2016

मानिस जतिकै धन ले सम्पन्न होस न मर्ने बेला जलाउने जिता बेला मा खुट्टा चिता बाहिर नै झुन्डिएकै हुन्छ


म बेहोस हुन चाहन्छु, यो संसारकि तृष्णाबाट।

म मुक्त हुन खोज्छु, यो भावनाको संसारबाट।

आखिर रक्सीले कतिन्जेल विस्मृत हुन सकिन्छ? केही क्षणको तन्द्रा मात्र, मैले चाहेको बेहोसी क्षणभरमै टुट्छ। क्षणमै सोचाइका तन्तुहरू सक्रिय हुन्छन्।

र, पुनःजीवनको सुख एउटा मृगतृष्णा बन्छ। बाँकी सबै दुःखको साम्राज्य।

आखिर के हो मैले चाहेको बेहोसी? अनि, के हो मभित्रको पीडा? म छटपटाउँछु। कहिले प्रसूतिगृह पुग्छु त कहिले आर्यघाट। तर, वास्तविक जीवनको सत्य न जन्मिँदा थाहा हुन्छ न मर्दा !

फेर िपनि क्षणभरको खुसीलाई मैले किन जीवन ठानँे? मेरो जिन्दगी अरूले भोगिदिने पनि त होइन। न मभित्रको अप्ठ्यारो अरूले बाँचिदिने हो। फेर िकिन भ्रम हुन्छ जिन्दगी? किन अपेक्षा बढ्छ मनमा? मैले जति धेरै सुखको अनुभूति गर्न खोजेँ, उति गहिरो दुःख  जीवनको साथी बनिदियो। र, मन दुःखको भित्ताजस्तो भएर चुपचाप बसिदियो।

साँच्चै प्रेमको परभिाषा दुःखको संसारभन्दा बेग्लै दुनियाँ होइन रहेछ। अचेल मलाई आफैँले गरेको प्रेम, शत्रुको अनुहारजस्तो लाग्छ। दुस्मनले ताकेको बन्दुकजस्तो क्रूर भएर आफ्नै मुटु थरथराइरहन्छ।

मेरो प्रेमी, मेरा आफन्त र छरछिमेकीहरू, सबै मेरो सुखका सहभागी पात्र रहेछन्। दुःखको सहभागी पात्र त म आफू मात्रै रहेछु।

मेरो प्रेमीले मसँग प्रेम गरेको निहुँमा सधैँ मेरो भोग गर्‍यो। मेरा आफन्तहरूले मलाई माया गरेको बहानामा सधैँ मेरो भावुकता भोग गरे। यतिबेला म सोचिरहेछु, जीवनमा प्रेमको सिलसिला कहाँबाट सुरु भयो? र, कसरी बस्यो यो भावनाको संसार? देखिने  सम्बन्धको नदेखिने पीडा बोकेर किन हिडिँरहेछन् मानिस?

प्रकृति, पुरुष, यौन र जिन्दगी, के हो वास्तविक सत्य? किन मानिसहरू प्रेम गर्न बाध्य हुन्छन्? या, फेर िप्रेमको बहानामा यौनकै उत्तेजना मेट्छन्। सधैँ विवादमा पर्छन् सवालहरू। र, अन्योलग्रस्त हुन्छ मस्तिष्क।

जुन चीजलाई मैले सुखको संसार भनेर पछ्याएकी थिएँ। त्यही दुःखको गहिरो खाडल भएको छ। उम्किनै नसक्ने गरी जेलिएको यो सम्बन्धको आकाश फैलिन्छ, फैलिन्छ र साँघुरन्िछ एकाएक।

मानिसहरू भन्छन्, त्यो सामाजिक प्रेम हो। तर, मेरो अनुभूतिमा, प्रेमभन्दा ठूलो त्यो पीडाको नशा हो। सँगै जोडिएर आउने सुख-दुःखजस्तो, त्यही पीडा फेर िप्रेमको नशा।

अँध्यारो व्याप्त छ। र, सुनसान छ चारैतिर। यतिबेला मेरो अगाडि बलिरहेका पाँचवटा चिता छन्। चितामा मानिसहरू सुतेका छन् या फगत चिता। मलाई जान्ने मन हुँदैन। म हेररिहेछु, बलिरहेको आगो र उडिरहेको धूवाँ। मलाई मेरो जीवनको तथाकथित दुःख  त्यही धूवाँमा उडेर गएजस्तो लाग्छ। मेरो अनुभूतिको आकाश त्यही आगोमा बलेर खरानी हुँदै छ जस्तो देखिन्छ।

कुनै पुस्तकमा रुसोले भनेका छन्, 'मानिस स्वतन्त्र जन्मन्छ र परतन्त्र भएर मर्छ।' तर, मलाई लाग्छ, मानिस परतन्त्र नै जन्मिन्छ र परतन्त्र नै मर्छ। किनभने, अनुभव स्वतन्त्र भएको मलाई थाहा छैन। स्वतन्त्रतामा अनुभूतिको कुनै आकार भेटिँदैन। अनुभव सधँै  परतन्त्र हुन्छ। र, मन त्यही अनुभूतिले ढाकिँदै जाने आकाश हो। जहाँ सुखका थोरै र दुःखका धेरै अभिव्यञ्जना लुकेर बस्छन्।

धूवाँ उडिरहेको छ। र, धूवाँले छोपिँदै गएको छ आकाश। ममाथिको आकाश र मेरो मनको आकाशमा कुनै भिन्नता छ भने त्यो यही मनको भिन्नता हो। र, अर्को भिन्नता अनुभूतिको।

म घाटतिर हेर्छु। लाग्छ, यो मध्यरातमा बलिरहेको मान्छेले, जीवनको दुःखलाई यहीँनेर छाडेर गएको छ। र, त्यो दःुख मान्छे पोल्न बसेका ती दुई घाटेले लिएका छन्। किनभने, उनीहरूको आँखामा अरू थुप्रै मानवदेहलाई खरानी बनाउनुपर्ने बाध्यता छ। ती चिताका  खरानीसँग उनीहरूका थुप्रै कलिला सन्तानका पेट जोडिएका छन्। भविष्य र सपना सजिएका छन्। यो मध्यरातमा स्खलित भएर दुनियाँ सुतेको हुनुपर्छ। तर, आर्यघाट कहिल्यै निदाउँदैन। पृथ्वीकै विशिष्ट प्रजातिको धूवाँ उडाउँदै रातदिन बलिरहन्छ। बलिरहन्छ...।

लस्करै चिताहरू बलिरहेका छन्। मलामी छैनन्। मात्रै लास पोल्न खटिएका घाटे छन्। उनीहरूले मानवदेहलाई दसैँमा काटिएको खसी-बोकाजस्तो फर्काई-फर्काई जलाइरहेका छन्। उनीहरूको आँखामा कुनै त्रास छैन, न मानवदेह खरानी बनाउनुको दुःख छ। छ त  केवल छिटोभन्दा छिटो लास खरानी बनाउने हतारो।

उनीहरूले फर्काउँदै गर्दा गोलीगाँठासम्म डढेको मानिसको पहेँलो पैताला मेरो दृष्टिमा ठोकिन्छ। म मुर्दा शरीर र जलिरहेको काठको भेद छुट्याउन खोज्छु।

फगत प्रयास, काठको मुढो र मानवदेहमा कुनै भिन्नता भेटिँदैन। दुवै जलिरहेका छन्। र दुवैको अस्तित्व अब मात्र खरानी हुनु छ।

एकाएक हावा चल्छ। हावाले बटार्दै एक मुस्लो धूवाँ मेरो फोक्सोभित्र हुल्छ। नाकमा ठोक्किएको गन्धले सडकपेटीमा राँगाको सेकुवा पोल्दै गरेको दृश्य सम्झना गराउँछ। ओहो ! मान्छेको शरीर र राँगाको सेकुवा, कुनै भिन्नता नभएको गन्ध।

घाटेलाई लास छिटोभन्दा छिटो खरानी बनाउने हतारो छ। घोचेर,

Tuesday, September 13, 2016

काट्दा रगत रातो अाउछ तर पनि भन्छन तल्लोजात , कुट्दा दुख्छ तर पनि भन्छन बोक्सि शिक्षा को अन्धकार मा परेका समाज मा कहिले यो कुरा निवारण हुने


एउटा यस्तो यथार्त नेपाली समाज को जाहा शिक्षा को कमि ले गर्दा अाज पनि  विभिन्न ठाउँ मा अाफ्नै दिदी बैनि लाई बोक्सि को अारोप मा शारिरिक यातना दिदै अाएको पनि सुदैदै अाएको छ बास्तव मा म यो समाज लाई यो कुरा सोध्न चाहान्छु बोक्सि भन्ने शब्द मानिस को शरिरमा कसरी अायो र तिनै गाँमा धर्म कर्म गर्ने लाई सोध्न चाहान्छु बोक्सि धामि झाक्रि को अन्ध बिस्वास मा कुनै दिन अाफ्नै छोरी बुहारि पर्दा यो समाज मा अरुलाई बोक्सस को संज्ञा दिने ले हाफ्नि छोरी बुहारि लाई पनि त्यहि दृष्टि ले हेर्न सक्ला नि नाई ........... ? यस्तै अझै पनि यस्ता जात भात का कुरा ले नि समाज मा डेरा जमाएकोछ भगवान मा मन्दिर मा खालि खुट्टा जानू पर्छ रे अनि मन्दिर भित्र खुट्टा लागि हाले केही कुरा मा पाप लाग्छ रे मूर्ख समाज अाफ्नै शरीर को अङ्ग मा त भेदभाव देख्ने समाज ले नै छुवाछुद लाई जोगाई राखेको छ भनिन्छ तल्लो जात , बोक्सि , अनि अन्य कुरा के बोक्सि लाई कुट्दा नदुख्ने होर ? के तल्लो जात को शरीर मा कालो रगत बगेको छ र ?








   यदि तल्लो जात को शरीर मा कालो रगत दैडेको छ भने अनि म नि मान्छु जात भात , र बोक्सि लाई काट्दा रगत निक्लि दैन भने म नि मान्छु बोक्सि नत्र यो सबै सामाजिक बिकृति हुन यो बिकृति लाई हामी ले जन्मा को हामिले नै अन्त्य गर्न जरुरि छ यो समाज मा शिक्षा को कमि छ तणयहि भएर समाज मा जब सम्म शिक्षाको ज्वती बल्दैन तब सम्म एउटा सुन्दर समाज को निर्माण हुन सम्दैन


  अझै पनि कति पए गाँ मा बोक्सि को नाम मा कुटिने गाउँ निकाला गरिने , हलि प्रथा , छुवाछुद ले जरो गाडेको छ  यसको अन्त्य का लागि समाज मा शिक्षा को कमि छ मान्छेलाई जात ले हैन उस्ले गरेको सेवा र काम ले चिनिने हो र सम्मान पनि जात भात लाई हैन उस्ले गरेको कार्य गर्ने हो  एउटा कपडा सिलाउने दर्जि नहुने हो भने हामिले कपडा लगाउन पाउदैनउ , अर्को सुचिकार नहुने भा जुत्ता , यस्तै सबैको जात अनुसार कार्य छ र हामी हाम्रो नेपाल को राष्ट्य गाल को सयै थुङ्गा फल का हामी एउटै माला नेपाली भने जसरि नै विभिन्न जात का फुल विभिन्न बोट मा फुलेका फुल तर एउटै धागो मा मिलेर गासिएका नेपाली भएर बस्नु पर्छ ,





माहा कवि लक्ष्मि प्रशाद देवकोटा ले भन्नू भाछ
    मानिस ठूलो दिल ले हुन्छ जातले हुदैन !!!!




सुदिल न्यैपाने

Friday, June 17, 2016

SLC परिक्क्षा फल ले लियो एक को ज्यान


बैतडी, असार ४ । एसएलसीको नतिजाबाट निराश बनेकी बझाङकी एक छात्राले आत्महत्या गरेकी छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दकाअनुसार पिपलकोट–१ की १८ वर्षीया सपनाकुमारी भण्डारीले आत्महत्याको बाटो रोजेकी हुन् ।

उनले भने–‘सँगैकी साथी राम्रो ग्रेडमा पास हुँदा आफ्नो न्यून ग्रेड आएको भन्दै आत्महत्या गरेको भन्ने बुझिएको छ ।’

मृतक छात्राले बुङगलस्थित बटुलसेरा कन्या माविबाट एसएलसी परीक्षा दिएकी थिइन् ।

बिहीबार एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको दिन न्यून ग्रेड ल्याएको भन्दै भण्डारीले रुखमा झुन्डिएर आत्महत्या गरेको कन्या माविका शिक्षक अक्कल कुँवरले बताए ।

उनले भने–‘विद्यालयका जेहेन्दार विद्यार्थीले यसरी आत्महत्या गर्दा विद्यालय परिवार दुःखित छ ।’

भण्डारीले डी प्लस मा १ दशमलव ३० जिपिए ग्रेड ल्याएकी थिइन् ।


मानिस र मानिसको अस्तित्व


अाज को अनैठो घटाना पशुपति अार्य घाट र छोरा छोरी बाट अपहेलित भएर दुख काटेर बस्न बाध्य भएका दु खि माता पिता  ।।




पशुपति को अार्य घाट मा त्यो चम्किलो अनुहार मा एक जाना मात्र देखे जो चिता मा सुतिरहेको थियो अन्यथा सबै को अनुहार र अाखाँ मा अाशु थियो र एउटा अचम्म को कुरा कोहि मर्दा कसैको पेट भर्ने एउटा माध्यम हुदो रहेर अाज अाएर एउटा कुरा पुष्टि भयो कसैको मरण मा कसैको जीवन लुकेको हुन्छ भनेर किन कि त्यो अार्य घाट बरि परि को माहोल नै त्यस्तै थियो लास अाउन पाको छैन सबै खुसि हुँदै लास को पछि पछि ।
एउटा अकाल मा मरेको लास ल्याको थियो त्यो लास मा रुने धेरै थिए म नि एक छिन टोलाएर हेरे सबै डाको छोडेर रुदैे थिए हिन्दु परम्मरा अनसशार ब्म्मनाल मा लास राखियो त्यसपछि बाँस मा बाधेर जलाउने ठाउँ मा अनि दाउराको अोछ्यान अनि अागो को भोग केहि बेर मा त्यो लास को अस्तित्व धुवा र खरानी बस यति रछ मानिस को जीवन जिउदो हुँदा नाम ले बोलाए पनि मर्ने बेला त्यो नाम त काम नलमगने रछ जन्मदा नि बिना बस्त्र अाको हामी मर्दा नि त्यसै गरि जाने रछै हामी ले लाने केबल एउटा नाम लास र धुवा र खरानी जन्मदा रुने मान्छे मर्दा चाहिँ रुवाएर जाने रछन अनि केही छण पछि तयहि नजिकैको बृद्द अाश्रमा बसेकि बुढि अामा  सँग एक्कै छिन भला कुसारि भयो

   अामा याहा करसि अाउनु भयो , बृद्दा अामा सुरु मा त कुरो लुकाउदै बाबू मर्ने बेलामा छोरा छोरी लाई बोक्न सजिलो होस भनेर नजिकै अाएर बसेकि , अनि बिस्तारै कुरा बढ्दै गयो अामा को छोरो बुहारि काहा छन नि ?घरमै । अनि अामा को घर चाहिँ ? मजाक मा स्वर्ग , अाखाँ भरि अाशु झार्दै बाबू म बुढि छोरा बुहारि को अगाडि बस्न लाएक को भईन रे उनिहरुले मेरो हेरचाह गर्न सक्दैनन र फुर्सत छैन रे , भनेर सेवा सुविधाका लागि मलाई याहा छाडेर गए बाबू , ती बृद्द अामा को अाखाँ बाट अाशु झरेको देखेपछि केही बेर रोकिए र एकान्त मा बसेर सोचे त्यो बृद्द को छोरा को कुनै दोष छैन दोष छ त ती बुहारि को र उस्कि नि माईत मा एउटा छोरो होला र बुहारि अबस्य होलि यो दिन नअावोस कि बुहारि कि अामा लाई नि छोरा ले बृद्द अाश्रम मा नराखोस र एक दिन सबैले बूढो हुनु पर्छ र मर्नु पर्छ र मरेर रखानि हुने बेला तन छोप्ने त्यो काठ को मुठो मात्र हुन्छ भनेर , हो यनै कुरा ले गरदा अाज हाम्रो समाज मा बुवा अामा प्रचि को माया र अादर सम्ममान हराउदै गाको छ र हामी लाई पश्चिमि ससृकृति ले छोपेको छ यो जीवन चक्र अाफुमा नि लागू हुन्छ भन्ने सोचै ,


 म एउटा कथा सुनाउछु
  एकदिन घरमा बूढो भाको बुबा लाई  छोरोले जंगल मा छाड्ने बिचार गरेछ र
एउटा डोको किनेर ल्याएछ र  छोरा र बुहारि मिलेर मध्य रात मा त्यो बूढो बा लाई डोको मा रखेर  लादै गर्दा त्यो सानो छोरो ले मीठो बोलिमा
बुबा मामु हजुरबा लाई जंगल मा छाडेर अाउदा डोको लिएर अाउनु है
अामा किन ? भोलि तपाईं हरु नि बूढो भएपछि मैले नि यसरी नैत जंगल मा छाड्नु पर्छ त्यसैले त्यो सानो बालक को कु,ा सुनेर अामा बुबा को अाखाँ भरि अाशु अायो र बूढो बुवा लाई सम्मान साथ घरमित्र माया गरेर राखे


 धन्यवाद ।।।

     

Wednesday, June 15, 2016

मान्छे को जीवन मान्छे हाफ्नै हात मा छैन एउटा यस्तो पिडा दायक कथा

एउटा यस्तो मन्छे जस्को जीवन मा सुख को मिरमिरे बिहानि कहिले लागेन लाग्यो त केबल कालो मडारिएको बादल हो म त्यहि साथि को कुरा गर्दै छु जस्लाई दैव ले अामा को न्यानो काख र पिता को माया बाट टाढा बनायो , दिन रात अाफ्नै अाका को बयान र अामा को सम्झना मा अाखाँ बाट बलिन्द्र अाशु झरेकि त्यो साथि जस्लाई पिता को माया र अामा को न्यानो साथ चाहिएको छ उ मामा घर माया मा छिन तर भन्नत भन्छन अामा पछि को स्थान संतान को लागि अर्को अामा को न्यानो पल पिता को हुन्छ भनेर तर पिता ले नि संन्तान को  को अावश्यकता र पीडा  बुझ्न नसक्ने पिता हुन त पिता ले संन्तान लाई नै महिना पेट मा राखेको भा पो संतान को माया होस तर दुख को बेला अाशु पुछिदिने मान्छे भएन भने त्यसको पीडा ले मन मनै पोल्दो रछ , त्यसैले होला संतान जन्मने बितिकै पिता को काख भन्दा अामा को न्यो न्यानो छाति मा टासिन मन पराउछ 
पिता त संतान र उस्को वंश बढेको मात्र गर्व छ तर अामा को पीडा त्यो पिता लाई के थाहा हो मैले भन्न खोजेको अामा जस्तोयो संसार मा कुनै शब्द नै छैन संन्तान लाई सानो चोट पर्दा पनि अामा को नाम लिने संन्तान  कमै होलान अामा को बारेमा जति लेखेनि कम छ कर्म दिने अामा भन्दा जन्म दिने अामा माहान छिन तर जन्म दिने अामा लाई मेरो साथि अहिले सम्झना मात्र सक्छ , त्यो पिता ले मेरो साथि को लागि बजार बाट अामा त किनेर ल्याए तर त्यो पिता लाई संन्तान को पिढा के थाहा कि त्यो अामा को पेटमा म बसेको थिईन मलाई पाउँदा कृतिम अामा लाई पिढा भएन मलाई दुख्दा कृतिम अामा लाई कुनै फिलिङ हुदैन भनेर , त्यो पिता को पनि अामा त होलान र अामा को माया कस्तो हुन्छ भन्ने जानेका होलान तर पछि यो समाज मा छोरी को लागि भनेर अाफ्नो स्वार्थ को लागि अार्को बिवाहा गरे यति त्यो पिता को नि पता ले अर्को बिवाहा गरेको भए अनि थाहा हुन्थ्यो अान्द्रा जोडिए को नाता को माया कस्तो हुन्छ भनेर 
            यस्तै छन कति छोरी हरु को ब्यथा छोराले त पिता को माया पाउँछन् र छोरा भएन भने पछि अागो दिने हुदैनन भनेर पनि माया गर्छन पिता ले तर छोरी अर्का को घर जाने जात भनेर यस्तो गर्छन तर यस्तै सोच्ने पिता अक्सर बृद्द अाश्रम मा जिन्दगि काट्नु पर्दो रहेछ हो  तर एउटा छोरी को पीडा  जति अामा लाई थाहा हुन्छ त्यति हरुलाई थाहा हुदैन 

   आमाको काखको न्यानो पल
बाबासंग गर्ने ब्यबहारिक कुरा
भाइबहिनी आफन्तसंग सङगालेका खुसी
सबकुरा छाडि आशुका धारा बोकि बसेकि मेरो साथि को जीवन मा उनकि अामा को स्थान अाफ्नो मृत्यु को पीडा भन्दा कम छ ,

     पिता को बाहिरि माया र अामा को मित्रि माया ले एउटन संन्तान को जीवन मा एउटा उर्जा थपिदिन्छ त्यसैले भन्छन दुख सम्स्यामा पिता को साथ र दुख मा अामा को न्यानो खाख संन्तान लाई भएन भने त्यो संन्तान कहिले सुखि हुन सक्दैन , यो तलको केहि लाईन सुदिल न्यैपाने को जीवन सँग नि मिल्न खोज्छ , हो फलाम ले फलाम लाई काट्छ भने जस्तै दुख ले दुख लाई मार्न सिक्नु पर्छ , र नँया मिरमिरे बिहानि मा कालो बादल हटाई सुन्दर मिमिरे घाम अाफै निकाल्न सिक्नु पर्छ , 
   यो ल्ख्दै गर्दा मेरो अाखाँ रसाए त्यति बेला मलाई समाल्ने कोहि थिएन तर केबल मनमा कसैको याद अायो र म अाफै समालिए , 
   



        यो कुनै कल्पना गरेको घटना र जीवन हैन यो मेरो साथिको वस्तविक जीवन र मेहि सुदिल न्यैपाने ले अहिले सम्म भोगेको वास्तविक बेथा हो 



       GOOD HELPS US सबै दुखि को दुख एकदिन अन्त्य हुन्छ भन्ने सोच बोकेर हिड्न भन्छु किन कि अाखाँ बाट झर्यो अाशु को मोल हुन्छ नत्र अन्त बाट अाए पानी भनिन्छ  ,।।।।।।।। यदि शब्द मा रुन मिल्ने भाको भए मुटु को ब्यथा लेखाइ मा रोएर ब्क्त गर्दे होला तर मन रोएको कसैलाई थाहा हसदैन बाहिरि रुवाई मा केही फाईदा छैन ।