Sunday, October 2, 2016

मानिस जतिकै धन ले सम्पन्न होस न मर्ने बेला जलाउने जिता बेला मा खुट्टा चिता बाहिर नै झुन्डिएकै हुन्छ


म बेहोस हुन चाहन्छु, यो संसारकि तृष्णाबाट।

म मुक्त हुन खोज्छु, यो भावनाको संसारबाट।

आखिर रक्सीले कतिन्जेल विस्मृत हुन सकिन्छ? केही क्षणको तन्द्रा मात्र, मैले चाहेको बेहोसी क्षणभरमै टुट्छ। क्षणमै सोचाइका तन्तुहरू सक्रिय हुन्छन्।

र, पुनःजीवनको सुख एउटा मृगतृष्णा बन्छ। बाँकी सबै दुःखको साम्राज्य।

आखिर के हो मैले चाहेको बेहोसी? अनि, के हो मभित्रको पीडा? म छटपटाउँछु। कहिले प्रसूतिगृह पुग्छु त कहिले आर्यघाट। तर, वास्तविक जीवनको सत्य न जन्मिँदा थाहा हुन्छ न मर्दा !

फेर िपनि क्षणभरको खुसीलाई मैले किन जीवन ठानँे? मेरो जिन्दगी अरूले भोगिदिने पनि त होइन। न मभित्रको अप्ठ्यारो अरूले बाँचिदिने हो। फेर िकिन भ्रम हुन्छ जिन्दगी? किन अपेक्षा बढ्छ मनमा? मैले जति धेरै सुखको अनुभूति गर्न खोजेँ, उति गहिरो दुःख  जीवनको साथी बनिदियो। र, मन दुःखको भित्ताजस्तो भएर चुपचाप बसिदियो।

साँच्चै प्रेमको परभिाषा दुःखको संसारभन्दा बेग्लै दुनियाँ होइन रहेछ। अचेल मलाई आफैँले गरेको प्रेम, शत्रुको अनुहारजस्तो लाग्छ। दुस्मनले ताकेको बन्दुकजस्तो क्रूर भएर आफ्नै मुटु थरथराइरहन्छ।

मेरो प्रेमी, मेरा आफन्त र छरछिमेकीहरू, सबै मेरो सुखका सहभागी पात्र रहेछन्। दुःखको सहभागी पात्र त म आफू मात्रै रहेछु।

मेरो प्रेमीले मसँग प्रेम गरेको निहुँमा सधैँ मेरो भोग गर्‍यो। मेरा आफन्तहरूले मलाई माया गरेको बहानामा सधैँ मेरो भावुकता भोग गरे। यतिबेला म सोचिरहेछु, जीवनमा प्रेमको सिलसिला कहाँबाट सुरु भयो? र, कसरी बस्यो यो भावनाको संसार? देखिने  सम्बन्धको नदेखिने पीडा बोकेर किन हिडिँरहेछन् मानिस?

प्रकृति, पुरुष, यौन र जिन्दगी, के हो वास्तविक सत्य? किन मानिसहरू प्रेम गर्न बाध्य हुन्छन्? या, फेर िप्रेमको बहानामा यौनकै उत्तेजना मेट्छन्। सधैँ विवादमा पर्छन् सवालहरू। र, अन्योलग्रस्त हुन्छ मस्तिष्क।

जुन चीजलाई मैले सुखको संसार भनेर पछ्याएकी थिएँ। त्यही दुःखको गहिरो खाडल भएको छ। उम्किनै नसक्ने गरी जेलिएको यो सम्बन्धको आकाश फैलिन्छ, फैलिन्छ र साँघुरन्िछ एकाएक।

मानिसहरू भन्छन्, त्यो सामाजिक प्रेम हो। तर, मेरो अनुभूतिमा, प्रेमभन्दा ठूलो त्यो पीडाको नशा हो। सँगै जोडिएर आउने सुख-दुःखजस्तो, त्यही पीडा फेर िप्रेमको नशा।

अँध्यारो व्याप्त छ। र, सुनसान छ चारैतिर। यतिबेला मेरो अगाडि बलिरहेका पाँचवटा चिता छन्। चितामा मानिसहरू सुतेका छन् या फगत चिता। मलाई जान्ने मन हुँदैन। म हेररिहेछु, बलिरहेको आगो र उडिरहेको धूवाँ। मलाई मेरो जीवनको तथाकथित दुःख  त्यही धूवाँमा उडेर गएजस्तो लाग्छ। मेरो अनुभूतिको आकाश त्यही आगोमा बलेर खरानी हुँदै छ जस्तो देखिन्छ।

कुनै पुस्तकमा रुसोले भनेका छन्, 'मानिस स्वतन्त्र जन्मन्छ र परतन्त्र भएर मर्छ।' तर, मलाई लाग्छ, मानिस परतन्त्र नै जन्मिन्छ र परतन्त्र नै मर्छ। किनभने, अनुभव स्वतन्त्र भएको मलाई थाहा छैन। स्वतन्त्रतामा अनुभूतिको कुनै आकार भेटिँदैन। अनुभव सधँै  परतन्त्र हुन्छ। र, मन त्यही अनुभूतिले ढाकिँदै जाने आकाश हो। जहाँ सुखका थोरै र दुःखका धेरै अभिव्यञ्जना लुकेर बस्छन्।

धूवाँ उडिरहेको छ। र, धूवाँले छोपिँदै गएको छ आकाश। ममाथिको आकाश र मेरो मनको आकाशमा कुनै भिन्नता छ भने त्यो यही मनको भिन्नता हो। र, अर्को भिन्नता अनुभूतिको।

म घाटतिर हेर्छु। लाग्छ, यो मध्यरातमा बलिरहेको मान्छेले, जीवनको दुःखलाई यहीँनेर छाडेर गएको छ। र, त्यो दःुख मान्छे पोल्न बसेका ती दुई घाटेले लिएका छन्। किनभने, उनीहरूको आँखामा अरू थुप्रै मानवदेहलाई खरानी बनाउनुपर्ने बाध्यता छ। ती चिताका  खरानीसँग उनीहरूका थुप्रै कलिला सन्तानका पेट जोडिएका छन्। भविष्य र सपना सजिएका छन्। यो मध्यरातमा स्खलित भएर दुनियाँ सुतेको हुनुपर्छ। तर, आर्यघाट कहिल्यै निदाउँदैन। पृथ्वीकै विशिष्ट प्रजातिको धूवाँ उडाउँदै रातदिन बलिरहन्छ। बलिरहन्छ...।

लस्करै चिताहरू बलिरहेका छन्। मलामी छैनन्। मात्रै लास पोल्न खटिएका घाटे छन्। उनीहरूले मानवदेहलाई दसैँमा काटिएको खसी-बोकाजस्तो फर्काई-फर्काई जलाइरहेका छन्। उनीहरूको आँखामा कुनै त्रास छैन, न मानवदेह खरानी बनाउनुको दुःख छ। छ त  केवल छिटोभन्दा छिटो लास खरानी बनाउने हतारो।

उनीहरूले फर्काउँदै गर्दा गोलीगाँठासम्म डढेको मानिसको पहेँलो पैताला मेरो दृष्टिमा ठोकिन्छ। म मुर्दा शरीर र जलिरहेको काठको भेद छुट्याउन खोज्छु।

फगत प्रयास, काठको मुढो र मानवदेहमा कुनै भिन्नता भेटिँदैन। दुवै जलिरहेका छन्। र दुवैको अस्तित्व अब मात्र खरानी हुनु छ।

एकाएक हावा चल्छ। हावाले बटार्दै एक मुस्लो धूवाँ मेरो फोक्सोभित्र हुल्छ। नाकमा ठोक्किएको गन्धले सडकपेटीमा राँगाको सेकुवा पोल्दै गरेको दृश्य सम्झना गराउँछ। ओहो ! मान्छेको शरीर र राँगाको सेकुवा, कुनै भिन्नता नभएको गन्ध।

घाटेलाई लास छिटोभन्दा छिटो खरानी बनाउने हतारो छ। घोचेर,