Thursday, October 22, 2015

संसारकै सबैभन्दा खुंखार १० महिला डनहरु

समान्यतया संसारका अधिकाँश आपराधिक घटनामा पुरुषको हात रहेको पाइन्छ । समूह बनाएर ग्याङबाजी गर्न पनि पुरुष नै अगाडी छन् । तर संसारमा महिलाहरुले पनि खुंखार डन बनेर हंगामा मच्चाएका छन् भन्नेकुरा धेरैलाई थाहा नहुन सक्छ । यहाँ त्यस्तै हंगामा गरेका १० महिला ग्याङ्स्टरहरुको तस्विरसहित चर्चा गरिएको छ ।
१ सेण्ड्रा एभिलाः मेक्सिको
मेक्सिकोकी सेण्ड्रा एभिलालाई द क्वीन अफ प्यासिफिक अर्थात प्रशान्त क्षेत्रकी रानी भनेर समेत चिन्ने गर्छन् । उनी संसारकै खुंखार महिला ग्याङ्स्टर मानिन्छिन् । सन् १९६० मा जन्मेकी उनी पहिला पुलिसमा थिइन् तर पछि भने कुख्यात लागु औषध तस्कर भएर निस्किइन् ।
beautiful gangstars 1२ क्लाउडिया ओचाओ फेलिक्सः मेक्सिको
क्लाउडिया ओचाओ फेलिक्सले मेक्सिकोका संचार माध्यमले संसारकै सबैभन्दा सुन्दरी लागु औषध तस्कर भनेका छन् । उनलाई टेलिभिजन सेलिब्रेटी किम कार्दाशिनसँग पनि तुलना गरिन्छ । सन् २०१४ पछि संसारभरी हेडलाइन बनेकी उनी अपराधी समूह लस एन्ट्राक्सकी प्रमुख मानिन्छिन् । उनीमाथि हत्या लगायतका सयौं आरोप छन् ।
beautiful gangstars 2
३ जुडी मोरनः अष्ट्रेलिया
जुडी मोरन अस्ट्रेलियाको प्रसिद्ध मोरन परिवारकी सदस्य हुन् । द रिचेस्ट डट कमका अनुसार इनको नाम सुन्दा अष्ट्रेलियाका जनता र अपराधीहरु समेत काँप्ने गर्छन् । सन् १९८२ मा आफ्ना पति ग्याङ भिडन्तमा मरेपछि उनी डन बनेकी थिइन् । सन् २००२ मा यिनका छोरा समेत यस्तै भिडन्तमा मारिएका थिए । जुडीले हत्याको अभियोगमा २८ वर्ष जेल सजाय काटिसकेकी छिन् ।
beautiful gangstars 3
४ थेल्मा राइटः अमेरिका
अमेरिकाको फिलाडेल्फियाकी थेल्मा राइट लागु औषध तस्करीमा कुख्यात नाम हो । सन् १९८६ मा उनका पति ग्याङ फाइटमा मारिएपछि उनी तस्करी क्वीन बनेकी थिइन् । उनी अहिले पनि महिनामा लाखौं डलर कमाउने धन्दामा रहेको बताइन्छ ।
beautiful gangstars 4
५ मारिया लियोनः अमेरिका
मेक्सिकोमा जन्मेकी मारिया लियोन १३ सन्तानकी आमा हुन् तर पनि उनको नाम सुनेर अपराधीहरु समेत काँप्छन् । आफ्ना १३ सन्तान हुर्काएर पनि उनले लागु औषध तस्करीको दुनियाँमा राज गरिरहेकी छिन् । मेक्सिकोमा उनीविरुद्ध हत्याका दर्जनौ मुद्धा चलिरहेका छन् । तर उनलाई त्यहाँका ड्रग माफियाको समर्थन छ ।
beautiful gangstars 5
६ मारिया लिसियार्डीः इटाली
मारिया लिसियार्डी इटालीकी सबैभन्दा खतरनाक महिला ग्याङ्गस्टर हुन् । उनले सन् २००१ मा गिरफ्तार हुनु अघि इटालीको नेपाल्स क्षेत्रमा अपराधको दुनियाँमा राज गरेकी थिइन् ।
beautiful gangstars 6
७ रोसेटा क्यूटोलोः इटाली
इटालीको आपराधिक दुनियाँमा रोसेटाको नाम शीर्ष स्थानमा आउँछ । उनी संसारकै लागु औषध डनहरुमा चर्चित छिन् । आफ्ना भाइको लागु औषध धन्दा सम्हालेकी उनले ग्याङ्ग लिडर भनेर त्याँको आपराधिक दुनियामा राज गरेकी थिइन् । अहिले उनी जेलमा छिन् ।
beautiful gangstars 7
८ जेमेकर थमसनः अमेरिका
अमेरिकाको आपराधिक दुनियाँमा जेमेकर थमसनको नाम छुटाउन मुस्किल पर्छ । उनलाई क्वन पेन समेत भन्ने गरिन्छ । गरीब परिवार बाट आएपनि प्रेम सम्बन्ध हुँदै आपराधिक दुनियाँमा छिरेकी उनले आफ्ना पतिको हत्या भएपछि ग्याङ्स्टर बनेर लागु औषध र तस्करीको कारोबार चलाएकी थिइन् ।
beautiful gangstars 8
९ राफेला डी एन्टेरियोः इटाली
इटालीका महिला अपराधीको सूचीमा अग्र पंक्तिमा आउने राफलालाई इटालीको आपराधिक दुनियाँको खुंखार महिला डन मानिन्छ । उनी पनि आफ्ना पतिको मृत्यु पछि आपराधिक दुनियाँमा आएकी थिइन् ।
beautiful gangstars 9
१० अन्ना ग्रिष्टियानाः अमेरिका
अन्ना ग्रिष्टियाना अमेरिकाकी कुख्यात महिला अपराधी हुन् । उनी महिलालाई देह ब्यापार गराएको लगायतका अपराधमा संलग्न भएको भनेर कुख्यात भएकी थिइन् । अमेरिकी प्रहरीले आफै ग्राहक बनेर ग्रिष्टियानाको देहब्यापार धन्दालाई तहस नहस पारेको थियो । सन् २०११ मा उनलाई प्रहरीले फसाएर पक्राउ गरेको थियो ।
beautiful gangstars 10


विश्वका ५ सुन्दरी ह्याकर

कम्प्युटर सेक्युरीटी फर्म चेक प्वाइन्टको अनुसार ह्वाट्सएप प्रयोग गर्ने २ लाख भन्दा बढी प्रयोगकर्ताको एकाउन्टमा ह्याकरको नजर छ। यी ह्याकर ह्वाट्सएप एकाउन्टलाई कुनै कन्ट्याक्ट भीकार्डको मद्धतले ह्याक गर्ने गर्छन। पछिल्लो महिना अनलाईन डेटिङ साइट एश्ले माडिसनलाई पनि ह्याक गरिएको थियो। त्यसपश्चात ह्याकरहरुले यो साइटमा आउने प्रयोगकर्ताको जानकारी पनि सार्वजनिक गरिदिएका थिए।
ह्याकर्सको कुरा गर्ने बित्तिकै दिमागमा आउँछ कुनै पुरुषको अनुहार। तर के तपाइलाई थाहा छ विश्वमा केही यस्ता लोकप्रिय अनि सुन्दर महिला ह्याकरहरु पनि छन्, जो कुनै पनि कुरामा पुरुष ह्याकर भन्दा कम छैनन।
एन्ना च्यापम्यान(Anna Chapman)
female hackers (1)
एना च्यापम्यानको नाम ती ह्याकरहरु मध्येको चर्चित नाम हो जसले अमेरिका विरुद्द ह्याक गरेका थिए। सन् २०१० जुन २७ मा रशियाकी एना र उनका ९ साथीहरुलाई न्युयोर्कमा गिरफ्तार गरिएको थियो। एनालाई अमेरिका विरुद्ध ह्याक गरि जासुसी गरेको आरोप थियो। एनालाइ दोस्रो पटक एफबीआईले पनि गिरफ्तार गरेको थियो।
यिंग क्य्राकर (Ying Cracker)
female hackers (3)
चीनकी यिंग क्य्राकर सबैभन्दा सुन्दरी महिला ह्याकरको सुचीमा सामेल छिन। सफ्टवेयर ह्याकिङमा अब्बल यिंगले चीनको संघाइमा ह्याकिन सिकाउँछिन। एउटा क्लासको ५०० देखि ५०० युआन पैसा लिने गरेकी छिन यिंगले। आफ्ना विद्यार्थीलाइ फरक फरक सफ्वेयर कसरी क्य्राक गर्ने भनि सिकाउँछिन।
क्रिस्टिएना (Kristina Svechinskaya)
female hackers (4)
न्युयोर्क युनिभर्सिटीकी विद्यार्थी क्रिस्टिएना ह्याकिङ दुनियाको चर्चित अर्को नाम हो। उनको विरुद्ध ब्रिटेन र अमेरिका ब्याङ्कका सर्भर ह्याक गरेन कर सम्बन्धि जानकरी निकालेको अनि पैसा चोरेको आरोप छ। यसको साथै नक्कली पासपोर्टको केश पनि उनमाथी चलेको छ।
उनले कम्प्युटर भाइरस (ट्रोजन हर्स) को मद्धतले पाँच अमेरिकी ब्याक एकाउन्ट ह्याक गरेकी थिइन। उनी र उनको साथीहरु विरुद्ध ३ मिलियन डलर चोरीको आरोप छ।
एडिएना कूक (Adeanna Cooke)
female hackers (5)
प्लेब्याएमा मोडल समेत भइसकेकी एडिएनाको साथीले पैसा कमाउनको लागि जब उनको केही व्यक्तिगत फोटो वेबसाइटमा सार्वजनिक गरिदिइन, प्रहरीमा जानुको सट्टा एडिएना आफैले सो साइट नै ह्याक गरिदिइन। उनी इथिकल ह्याकर हुन।
जोआना रूटकोव्सका (Joanna Rutkowska)
female hackers (2)
जोआना इथिकल ह्याकर हुन जो सरकार को मद्धत गर्छिन। उनी गैरकानुनी ह्याकिङ रोक्न सरकारको तर्फबाट ह्याक गर्छिन।

गर्भवती भएपछि विवाह गर्न बाध्य बलिउडका ५ नायिका

सन् १९७३ सेप्टेम्बर १३ मा दार्जलिङमा जन्मेकी महिमा चौधरीले सन् १९७७ मा रिलिज भएको निर्देशक सुभाष घईको फिल्म ‘परदेश’ बाट बलिउडमा पाइला टेकेकी थिइन। उनी लगाएत शाहरुख खान, अमरीश पुरी, अपुर्व अग्निहोत्रीको मुख्य भुमिका थियो यो फिल्मामा। उनले यो पहिलो फिल्मबाटै उत्कृष्ट नायिकाको फिल्मफेयर अवार्ड पनि जितेकी थिइन। महिमाको वास्तविक नाम ऋतु चौधरी हो। उनलाई महिमा नाम फिल्मका निर्देशक सुभाष घईले राखिदिएका थिए।
mahima chaudhary
महिमा चौधरी बलिउडकी ति नायिका मध्येकी एक हुन जो लामो समयसम्म चर्चाबाट टाढा रहिन। सन् २००६ मा उनले आर्किटेक्ट बबी मुखर्जीसंग विवाह गरेकी थिइन। अहिले भने यी जोडी संगै छैनन्। बबीसंग विवाह गरेको केहि दिनमा नै उनले आफु गर्भवती भएको घोषणा गरेकी थिइन। मिडियामा विवाह पुर्वनै उनी दुइ ज्यानकी भएको चर्चा खुबै चलेको थियो। तर महिमा आफैले भने यो कुरा स्वीकार गरेकी छैनन। महिमा र बबीको ८ वर्षकी एक छोरी छिन्, जसको नाम आर्यना हो।
९० को दशकमा महिमा टिभीमा विज्ञापन खेल्थिन। आमिर खान र ऐश्वर्या राय संगै गरेको उनको पेप्सीको विज्ञापन निकै चर्चित बनेको थियो।
उनले ‘दाग : द फायर’ (1999), ‘लज्जा’ (2001), ‘धड़कन’ (2000), ‘बागबान’ (2003) र ‘स्यान्डविच’ (2006) जस्ता केही फिल्महरुमा अभिनय गरिसकेकी छिन। उनी अहिले ‘मुम्भाई : द ग्याङस्टर’ को सुटिङमा व्यस्त छिन्।
श्रीदेवी
shri deviविवाह भन्दा पहिले दुई ज्यानकी हुने नायिकाको सूचीमा श्रीदेवी कपुर पनि पर्छिन। सन् १९९६ मा उनले बोनी कपुरसंग विवाह गरेकी थिइन जुन बखत हुने सात महिनाको गर्भवती थिइन। यो कुरा श्रीदेवी स्वयंमले स्वीकार पनि गरेकी थिइन।
सेलिना जेट्ली
celina jaitleyसुन्दरी प्रतियोगिता जितेर बलिउडमा आएकी नायिका सेलिना जेट्ली पनि विवाह भन्दा पहिले नै दुई ज्यानकी भएकी थिइन। सन् २०११ मा पीटर होगसंग विवाह गरेको बखत ८ महिनाको गर्भवती थिइन। उनी पछि जुम्ल्याह बच्चाको आमा बनेकी थिइन।



कोनकोना सेन शर्मा
konkona sen sharmaसन् २०१० मा नायिका कोनकनाले आफ्नो ब्याएफ्रेन्ड रणवीर शौरीसंग विवाह गरेकी थिइन। विवाहको केही समय पछि नै उनले आमा बन्न लागेको घोषणा गरेकी थिइन। सन २०११ को सुरुवात मै उनको छोराको जन्म भएको थियो।

विश्वका १० सुन्दरी महिला रेसलर

विश्वभर रेसलिङका जवरजस्त दर्शक छन्। रिङ भित्र पिटाइ खाने अनि धुलाइ गर्न जान्ने हस्तीहरुलाई रेसलिङमा भिडेको हेरर मनोरञ्जन लिनेको सङ्ख्या बच्चा देखि जवानसम्म टन्नै छन्। रिङ भित्र भिड्न जाने रेसलरहरुमा पुरुषमात्र छैनन्, महिला रेसलरहरु पनि एकआपसमा भिडेको देख्न पाइन्छ।

रेसलिङका ५ रहस्य

भलै रेसलिङमा कसले पिटाइ गर्ने अनि कसले पिटाइ खाने पहिल्यै तय भएको हुन्छ, तापनि रेसलिङ मनोरञ्जनको निकै राम्रो माध्यम बन्दै आएको छ। यीनै रेसलरहरु मध्ये रिगंमा धुलाई पनि गर्ने अनि सुन्दरी भनि कहलाएका  यी हुन विश्वका १० रेसलर महिलाः
कैटलिन
Kaitlyn-Hot-Pose
कैटलिन अमेरिकन बडि बिल्डर, मोडल तथा व्यावसायिक रेसलर हुन। सन् २०१३ जनवरीमा उनले डब्लुडब्लुइ च्याम्पियनशीप जितेकी थिइन।
इभ टोरेस
Eve-Torres-with-glass
इभ अमेरिकन डान्सर, मोडल तथा व्यावसायिक रेसलर हुन। उनले सन् २००७ मा डब्लुडब्लुइ डिभा सर्च कन्टेस्ट जितेकी थिइन।
भेलभेट स्काइ
Velvet-Sky-Hot-Poseरेसलर भएपनि भेलभेटको सुन्दरताको बढी चर्चा हुने गर्छ। देख्दा लाग्दैन भेलभेट रेसलर हुन तर उनले दुईपटक टिएनए नकआउट च्याम्पियनशीप जितेकी छिन्।
सारह ब्याकम्यान
Sarah-Backman
स्वीडेनमा जन्मेकी सारहले आठ पटक वर्ल्ड रेसलिङ च्याम्पियनशीप जितेकी छिन्। सन् २०१३ पछि उनी डब्लुडब्लुइ अन्तर्गत रेसलिङ गर्छिन्।
थिया ट्रिनिडाड

अमेरिकी टिभीले देखाएको प्रियंकाको बोल्ड सिरियल

Priyanka Bold scene in America 2
बलिउड अभिनेत्री प्रियंका चोपडाको अमेरिकी टेलिभिजन शोमा देखाइएको बोल्डनेशको चर्चा सेलाएको छैन । तर सोही टेलिभिजन कार्यक्रमलाई भारतमा ल्याउँदा भने प्रियंकाका बोल्डसिन हटाइने भएको छ ।
कामुक सिनले बच्चामा खराव असर गर्न सक्ने भन्दै भारतीय अधिकारीहरुले यी दृष्य हटाउन निर्देशन दिएका हुन् ।

यो सिरियलमा प्रियंकाको कामूक दृष्यहरु हटाएर भारतमा प्रसारण गरिने छ ।

प्रियंकाले आफू यी सिन गर्दा असाध्यै अहसज बनेको खुलासा भारतीय मिडियासँग गरेकी छिन् ।

के संसारको साँच्चिकै अन्त्य हुँदैछः के के हुन कारण ?

समय समयमा यो संसार समाप्त हुने चर्चा चलिरहन्छन् । कहिले सूर्य फूट्न लागेको त कहिले संसार नै अध्यारो हुने चर्चाले ब्यापक आतंक सृजना गर्ने गरेको छ । अव यो विश्लेषणको विषय बनेको छ आखिर संसारको अन्त्य हुने दिन आउन लागेको हो त ?
शोधकर्ता बैज्ञानिकहरुका अनुसार धर्तीमा छैठौं पटक जीवहरु तिव्रगतिमा लोप भैरहेका छन् । प्रतिवेदन भन्छः “जीवका प्रजातिको तिव्र गतिमा भैरहेको लोप हुने क्रमले पृथ्वीमा मानिसको अस्तित्व संकटमा परेको छ।”
कलियुगको अन्त्यमा प्रलय हुने शास्त्रहरुमा पनि उल्लेख छ । तर संसारको अन्त्य हुने चर्चा पछिल्लो समय बढेर गएको छ । तर यो कुनै धर्म शास्त्रीय ब्याख्या नभएर बैज्ञानिकहरुको दिएको चेतावनी हो ।

End of the World
हजारौं वर्ष अघि पृथ्वीबाट लोप भएका डाइनोसरका काल्पनिक तस्विर

बैज्ञानिकहरुले संसारमा रहेका मानव बाहेकका मेरुदण्ड हुने प्रजातिहरु तीव्रगतिमा लोप हुँदै गएको र यी प्रजातीको अस्तित्व समाप्त हुने गतिले संसार साँच्चिकै प्रलयोन्मुख भएको हो कि भन्ने प्रश्न बैज्ञानिकहरुले समेत स्वीका गरेका छन् ।
धेरै समय भएको छैन खगोल शास्त्रीहरुले धुम्रकेतु अर्थात पुछ्रे ताराका कारण संसारमा प्रलयको खतरा बढेको बताएका थिए । पुच्छ्रे तारा पृथ्वीसँग ठोक्किएमा पृथ्वीमा प्रलयको अवस्था सृजना हुने उनीहरुको भनाइ थियो । गत वर्ष मात्र टाइम पत्रिकाले पुच्छ्रे तारा अर्थात छुद्र ग्रह द्रुत गतिमा पृथ्वी तर्फ बढ्दै गरेको समाचार प्रकाशित गरेको थियो ।
केही दिन अघि अमेरिकी बैज्ञानिकहरुको एक टोलीले संसारका प्रजातिहरु विस्तारै लोप हुने दिशामा गैरहेको र संसारमा प्रलयका संकेत देखिन सक्ने चेतावनी सहितको प्रतिबेदन जारी गरेपछि संसारभरी यो विषयमा चर्चा परिचर्चा चलिरहेका छन् ।
शोधकर्ता बैज्ञानिकहरुका अनुसार धर्तीमा छैठौं पटक जीवहरु तिव्रगतिमा लोप भैरहेका छन् । प्रतिवेदन भन्छः “जीवका प्रजातिको तिव्र गतिमा भैरहेको लोप हुने क्रमले पृथ्वीमा मानिसको अस्तित्व संकटमा परेको छ।”
कुन कुन जीवन लोप भए ?
Western Landed Gorilla
लोपोन्मुख प्रजातिमा परेको गोरिल्ला

Hoxbil Kachhuwa
संसारबाट लोप भएको कछुवाको एक प्रजाति
Poral bear
संसारबाट अस्तित्व समाप्त हुन लागेको भनिएको ध्रुवीय भालु




यो अध्यनका अनुसार संसारका विभिन्न प्रजातिको लोप हुने दर १०० गुणाले बढेको छ जुन बैज्ञानिकहरुका लागि सबैभन्दा ठूलो प्रश्न बनेको छ । उक्त रिपोर्टले धर्तीमा रहेका मेरुदण्डधारी १५०० जीवका प्रजाति मध्ये ३२० प्रजाति तै लोप भैसकेका छन् । र बँचेका प्रजातिमा पनि औषत २५ प्रतिशतको दरमा घटिरहेका छन् । मेरुदण्ड भएका जीवन प्रजातिमा १६ देखि ३३ प्रतिशत प्रजातिको अस्तित्व संसारबाट लोप हुने खतरा छ ।

रुसी ह्याकरले बनाए हत्यारा पेनड्राइभ, जसले खरानी बनाइदिन्छ टिभी र कम्प्युटर



यसको नामै हो ग्याजेट किलर । किनकी यसले तपाइँको कम्प्युटर देखि लिएर टेलिभिजन सबैलाई खरानी बनाइदिन सक्छ । एकजना रुसी ह्याकरले यस्तो पेनड्राइभको निर्माण गरेका छन् जसले जुनसुकै ग्याजेटलाई तत्कालै फ्राइ गरिदिन सक्छ ।
युएबी किलर भी टू नामको यो पेनड्राइभ घुसार्ने बित्तिकै यसले उक्त ग्याजेटमा २२० भोल्टको करेन्ट प्रवाह गरिदिन्छ । जसका कारण ल्यापटप देखि लिएर टेलिभिजन सम्म, जसमा यो पेनड्राइभ घुसार्न मिल्न सबै विस्फोट भैहाल्छन् ।
रुसीसेक्योरिटी अनुसन्धानकर्ता समेत रहेका र डार्क पर्पलको नामले चिनिने ती ह्याकरले आफुले निर्माण गरेको पेनड्राइभको शक्ति प्रमाणित गर्नका लागि एक भिडियो बनाएर सार्वजनिक गरेका छन् । जसमा उक्त पेनड्राइभ घुसार्दा एउटा ल्यापटप विस्फोट भएको देख्न सकिन्छ ।
उनले यो पेनड्राइभका कारण युएसबी पोर्ट भएका हरेक डिभाइस खतरामा परेको चेतावनी दिएका छन् । लगभग सबैजसो स्मार्टफोनले युएसबी मोड सपोर्ट गर्नुका साथै टेलिभिजन, कम्प्युटर, राउटर तथा मोडेमहरु सबैलाई उक्त पेनड्राइभले निस्तेज बनाइदिन सक्ने उनको भनाइ छ ।
यस्तो भयानक पेनड्राइभ निर्माण भएको खबर सार्वजनिक भएसँगै प्रविधि सुरक्षा विज्ञहरुले आफ्नो डिभाइसमा जस्तो पायो त्यस्तो पेनड्राइभ नघुसार्न सल्लाह दिएका छन् ।
यसअघि ११० भोल्ट करेन्ट प्रवाह गर्ने हत्यारा पेनड्राइभ बनाएका ती ह्याकरले पछिल्लो पेनड्राइभ बेच्ने तथा प्रयोग गर्ने आफ्नो कुनै योजना नभएको जनाउँदै भनेका छन् : यो एटम बम जस्तै हो, राख्दा मज्जा हुने तर प्रयोग गर्न नसकिने ।