Thursday, October 22, 2015

गर्भवती भएपछि विवाह गर्न बाध्य बलिउडका ५ नायिका

सन् १९७३ सेप्टेम्बर १३ मा दार्जलिङमा जन्मेकी महिमा चौधरीले सन् १९७७ मा रिलिज भएको निर्देशक सुभाष घईको फिल्म ‘परदेश’ बाट बलिउडमा पाइला टेकेकी थिइन। उनी लगाएत शाहरुख खान, अमरीश पुरी, अपुर्व अग्निहोत्रीको मुख्य भुमिका थियो यो फिल्मामा। उनले यो पहिलो फिल्मबाटै उत्कृष्ट नायिकाको फिल्मफेयर अवार्ड पनि जितेकी थिइन। महिमाको वास्तविक नाम ऋतु चौधरी हो। उनलाई महिमा नाम फिल्मका निर्देशक सुभाष घईले राखिदिएका थिए।
mahima chaudhary
महिमा चौधरी बलिउडकी ति नायिका मध्येकी एक हुन जो लामो समयसम्म चर्चाबाट टाढा रहिन। सन् २००६ मा उनले आर्किटेक्ट बबी मुखर्जीसंग विवाह गरेकी थिइन। अहिले भने यी जोडी संगै छैनन्। बबीसंग विवाह गरेको केहि दिनमा नै उनले आफु गर्भवती भएको घोषणा गरेकी थिइन। मिडियामा विवाह पुर्वनै उनी दुइ ज्यानकी भएको चर्चा खुबै चलेको थियो। तर महिमा आफैले भने यो कुरा स्वीकार गरेकी छैनन। महिमा र बबीको ८ वर्षकी एक छोरी छिन्, जसको नाम आर्यना हो।
९० को दशकमा महिमा टिभीमा विज्ञापन खेल्थिन। आमिर खान र ऐश्वर्या राय संगै गरेको उनको पेप्सीको विज्ञापन निकै चर्चित बनेको थियो।
उनले ‘दाग : द फायर’ (1999), ‘लज्जा’ (2001), ‘धड़कन’ (2000), ‘बागबान’ (2003) र ‘स्यान्डविच’ (2006) जस्ता केही फिल्महरुमा अभिनय गरिसकेकी छिन। उनी अहिले ‘मुम्भाई : द ग्याङस्टर’ को सुटिङमा व्यस्त छिन्।
श्रीदेवी
shri deviविवाह भन्दा पहिले दुई ज्यानकी हुने नायिकाको सूचीमा श्रीदेवी कपुर पनि पर्छिन। सन् १९९६ मा उनले बोनी कपुरसंग विवाह गरेकी थिइन जुन बखत हुने सात महिनाको गर्भवती थिइन। यो कुरा श्रीदेवी स्वयंमले स्वीकार पनि गरेकी थिइन।
सेलिना जेट्ली
celina jaitleyसुन्दरी प्रतियोगिता जितेर बलिउडमा आएकी नायिका सेलिना जेट्ली पनि विवाह भन्दा पहिले नै दुई ज्यानकी भएकी थिइन। सन् २०११ मा पीटर होगसंग विवाह गरेको बखत ८ महिनाको गर्भवती थिइन। उनी पछि जुम्ल्याह बच्चाको आमा बनेकी थिइन।



कोनकोना सेन शर्मा
konkona sen sharmaसन् २०१० मा नायिका कोनकनाले आफ्नो ब्याएफ्रेन्ड रणवीर शौरीसंग विवाह गरेकी थिइन। विवाहको केही समय पछि नै उनले आमा बन्न लागेको घोषणा गरेकी थिइन। सन २०११ को सुरुवात मै उनको छोराको जन्म भएको थियो।

No comments:

Post a Comment