Monday, October 19, 2015

जहाँ वैश लुकाउन किशोरीका वक्षस्थल तातो ढुंगाले डामिन्छ

स्तनमा इस्त्री लगाउने ! सुन्दैमा कस्तो डरलाग्दो तथा अपत्यारिलो लाग्नसक्छ । तर भर्खरै वक्षस्थल बढ्दै गरेका किशोरीहरुको छाति सम्याउनका लागि उनीहरुको छातिमा तातो ढुंगाले डामेर इस्त्री लगाउने यो क्रुर परम्पराबाट विश्वका ३८ लाख महिलाहरु पीडित रहेका छन् ।
किशोरी तथा युवतीहरुको छाति नबढोस्, बैँश चढेको नदेखियोस् र उनीहरुमाथि बलात्कार र यौन दुव्र्यवहार नहोस् भन्नका लागि कुरकुरे वैश चढ्दै गरेका नानीहरुको छातिमा इस्त्री लगाउने गरिएको राष्ट्रसंघको रिपोर्टमा उल्लेख छ ।
यो प्रक्रिया अन्तरगत एउटा ठूलो चेप्टो ढुंगा र हामरलाई बलिरहेको कोइलामा मज्जाले तताइन्छ अनि उक्त तातो ढुंगालाई किशोरीहरुको बढ्दै गरेको वक्षस्थलमा ल्याएर डामिन्छ । जसका कारण किशोरीका स्तनका सबै तन्तुहरु डढेर मर्दछन् र उनको छातिमा पलाउँदै गरेको वैँश नासिन्छ ।
अपि|mकी महादेशका क्यामरुन, नाइजेरिया तथा दक्षिण अफ्रिका लगायतका देशमा यो प्रथा व्यापक रुपमा रहेकेा र ५८ प्रतिशत घटनामा किशोरीहरुलाई आफ्नै आमाले छोरीहरुलाईढुंगाले डाम्ने गरेको पाइएको राष्ट्रसघंले जनाएको छ ।
s 1
११ देखि १५ वर्ष उमेरका किशोरीहरुको छातिमा स्तन बढेको नदेखियोस् र उनीहरु बच्चा जस्तै देखियून् अनि पुरुषहरुको गिद्दे नजर आफ्ना छोरी चेलीहरुमा नपरोस् भन्नका लागि आमाबुवाले छोरीहरुलाई यस्तो क्रुर अपराधको सिकार बनाइरहेका हुन् ।
यसो गर्नुमा खासगरी आमाहरुको सत्विचार लुकेको हुन्छ । छातिका टाकुराहरु हलक्क बढ्ने र छिटै बैँस चढेको देखिने हो भने छोरीहरुको बिहे छिटो गर्नुपर्छ र राम्रोसँग पढ्न पाउँदैनन् भन्ने डरका कारण पनि आमाहरुले यसरी किशोरी छोरीको छाति सम्याइदिने गर्दछन् । कतिपय अवस्थामा त आफ्नो लोग्नेलाई समेत थाहै नदिइ श्रीमतीहरुले छोरीको छातिमा इस्त्री लगाइदिने गरेको समेत पाइएको छ । आमाले आफ्नै भलाईका लागि यस्तो गरेको विश्वासमा किशोरीहरु पनि ठूलो पीडा सहेर चुपचाप बस्दछन् ।

No comments:

Post a Comment