Tuesday, October 20, 2015

यस्तो बन्यो ‘रोल्पा रोग’

दिपक वलीको निर्देशनमा तयार भएको चलचित्र ‘रोल्पा रोग’को फस्टलुक सार्वजनिक गरिएको छ । दसैंको छेको पारेर चलचित्रको फस्टलुक सार्वजनिक गर्दै दर्शकको ध्यान खिच्ने सोच यसको निर्माणपक्षले गरेको छ ।
ग्रामिण भेगमा बस्ने यूवाहरुको जीवन भोगाई र संघर्षको कथालाई चलचित्रले उठान गरेको छ । चलचित्रमा शिशिर भण्डारी, कुलदिप अधिकारी, जनक थापा, शुशिल पोखरेल, विनु खड्का लगायतका कलाकार मुख्य भूमिकामा छन् । ए वान मुभी मेकर्सको ब्यानरमा बनेको यो चलचित्रको प्रस्तुतकर्तामा निर्मला वली छिन् भने थलबहादुरी वलीले यसमा लगानी गरेका छन् ।
नवराज उप्रेती र निशल पौडेलको छायांकन, अशोक बीकको नृत्य निर्देशन, गोविन्द मधुर आचार्य र शिशिर भण्डारीको चलचित्रमा संगति छ । चलचित्रको छायांकन रोल्पामा नै गरिएको हो । चलचित्रको प्रदर्शन मिति भने तय भएको छैन ।

No comments:

Post a Comment