Monday, October 19, 2015

दैनिक १ लाख आम्दानी, १२ महिलालाई रोजगारी (भिडियो अन्तर्वार्ता)



बक्र्ली, क्यालिफोर्निया, १९ चैत । हातमा सीप लिएर अमेरिका आउने नेपाली महिलाले कतिसम्म आयआर्जन गर्न सक्दारहेछन् भन्ने उदाहरणका रुपमा रिना दीक्षित पाण्डेलाई लिन सकिन्छ ।
‘ सात वर्षभित्रै यसरी आर्थिक तथा सामाजिक रुपमा स्थापित हुन सकिएला भन्ने मलाई पनि लागेको थिएन, तर श्रीमान्, छोराछोरी र आमाबाबु सबैको सहयोग भयो भने एक महिलाले पनि यस प्रकारको आर्थिक उपार्जन गर्नसक्दारहेछन् भन्ने म आफैलाई अनुभव भएको छ ‘,  स्कीन कियरसम्बन्धी तालिम हासिल गरेर क्यालिफोर्निया क्षेत्रमा पाँच वटा ब्युटिपार्लर सञ्चालन गर्दै आएकी पाण्डे बताउनुहुन्छ ।
सन् २००७ देखि निजी व्यवसायमा लागेकी पाण्डेको अनुभव विदेशमा गएर प्रगति गर्नचाहने हरेक नेपाली महिलाका लागि प्रेरक हुनसक्छ ।
हेर्नुहोस् भिडियो अन्तर्वार्ता:


No comments:

Post a Comment