Sunday, October 18, 2015

तेस्रो मुलुकबाट अाएको कन्टेनर भारत ले रोक्यो

तेस्रो मुलुकबाट आएका सात
हजार कन्टेनर भारतले रोक्यो
भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीका कारण
तेस्रो मुलुकबाट कोलकाता हुँदै ल्याइएका सामान रहेको ६ हजार ९
सय कन्टेनर भारतीय भूमिमा रोकिएका छन् । नयाँ पत्रिका
दैनिकमा समाचार छ ।
यीमध्ये कोलकाता बन्दरगाहमा २ हजार ४ सय
कन्टेनर रोकेर राखिएका छन् भने बाँकी
भारतीय भन्सार नाका र बाटोमा अड्किएका छन् । रोकिएका
कन्टेनरको विलम्ब शुल्क मात्रै दैनिक अढाइ करोड रुपैयाँ तिर्नुपर्ने
अवस्था रहेको कोलकातास्थित नेपाली महावाणिज्यदूत
चन्द्रकुमार घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार कोलकातामा पर्खेर बसेकाबाहेक तेस्रो मुलुकबाट
आएर भारतमा अड्किएका कन्टेनरको संख्या मात्रै ३ हजार १ सय
५० रहेको छ । ‘नेपाल–भारत ६ वटा भन्सार नाकामा यी
कन्टेनर रोकिएका छन्,’ महावाणिज्यदूत घिमिरेले कोलकाताबाट
टेलिफोनमा भने ।
जसअनुसार सबैभन्दा बढी रक्सौलमा मात्रै तेस्रो
मुलुकबाट आएका २ हजार ५ सय कन्टेनर रोकिएका छन् । पूर्वका
काँकडभिट्टा र नेपालगन्ज नाकामा कन्टेनर रोकिएका छैनन् भने नौतुनवा
नाकामा डेढ सय र जोगबनी नाकामा ५ सय कन्टेनर
रोकिएका छन् । यीमध्ये कोलकाताबाट नेपालतर्फ प्रस्थान
हुन पर्खेर रहेका १ हजार कन्टेनर छन् । ‘कोलकाताबाट
नेपालतर्फ करिब ३ सय ५० कन्टेनर प्रस्थान गरेका छन्,
तिनीहरू बाटामै छन्, भन्सारमा अवरोधका कारण रोकिने
अवस्था छ,’ घिमिरे भने ।
प्रतिकृया दिनुहोस
बिज्ञापन
लोकप्रिय
यस्तो छ ओलीको
जीवनचित्रः गरिब
पृष्ठभूमी र कम पढेका
प्रधानमन्त्री
भोलि सानो मन्त्रिमण्डल विस्तार हुने, कमल थापाको मात्र मन्त्रालय
टुंगो लाग्यो
महरा गृहमन्त्री,
पोखरेल सभामुख बन्ने
गल्ती
स्वीकार्दै सागर थापाले
भने,‘अहिले पश्चाताप लागिरहेको छ’
सूचनापाटी
नेपाली–
अंग्रेजी मिति परिवर्तन
लोडसेडिङ तालिका
युनिकोडमा टाइप गर्नुहोस्
आजको विनिमयदर
सुन–चाँदी
सेयर बजार
रेडियो सुन्नुहोस्
छापाबाट
राष्ट्रपतिमा ठाकुर, गुरुङ, यादव र विश्वकर्माको चर्चा
एमालेमा नेतापिच्छेका स्वार्थ
राष्ट्रपति निर्वाचनपछि मन्त्रिपरिषद्लाई पूर्णता
राष्ट्रपति पदले एमाले नेता विभाजित
तेस्रो मुलुकबाट आएका सात हजार कन्टेनर भारतले रोक्यो
दिल्लीलाई मनाउनुपर्ने ६ कारण
परराष्ट्रमन्त्री दिल्लीमा, फुक्ला त
दिल्लीको गाँठो ?
एड्स रोगीमा औषधिले काम गरेन
'कांग्रेसलाई राष्ट्रपति दिन सकिन्छ'
रक्सौलमा अड्किएका ग्यास सुनौलीबाट

No comments:

Post a Comment