Sunday, October 18, 2015

के अार्यन को कमिडि ले लाई दर्शकले मन पराउलान त

काठमाडौ । अभिनेता आर्यन सिग्देल पहिलो पटक कमेडी
भुमिकामा प्रस्तुत भएका छन् । चकलेटी नायकका रुपमा
परिचित आर्यन चलचित्र ‘सुश्री’मा कमेडी
भुमिकामा प्रस्तुत भएका हुन् ।
चलचित्र ‘सुश्री’ले रिलिजको पुर्ब सन्ध्यामा पत्रकार
भेटघाट कार्यक्रम गरेर फिल्म बारे जानकारी समेत
गराएको छ ।
अभिनेता आर्यन सिग्देलले कमेडी भुमिकामा अभिनय गर्न
पाउँदा खुसी लागेको बताउदै ‘सुश्री’ राम्रो
बनेको दाबी गरे । राजाराम पौडेलले पनि पारिवारिक परिवेशमा
बनेको ‘सुश्री’ राम्रो बनेको दाबी गरे ।
यस चलचित्रमा राजाराम आर्यनको बुवाको भुमिकामा छन् । आशिका
फिल्मसको ब्यानरमा निर्मित चलचित्रमा आर्यन सिग्देल,आशिका तामाङ
मुख्य भुमिकामा छन् । चलचित्रले स्वतन्त्र बिहेको कथालाई मुख्य
बिषयका रुपमा उठाएको छ ।

No comments:

Post a Comment