Thursday, October 22, 2015

गौरी मल्लको पहिलो कमाइ कति ?


gauri-malla nepali actress
अभिनेत्री गौरी मल्ललाई चलचित्र क्षेत्रमा लैंगिक विभेद भएजस्तो लाग्दैन रहेछ। अहिलेभन्दा आफूले अभिनय सुरुआत गर्दाको अवस्थामा महिलालाई चलचित्र क्षेत्रमा प्रवेश गर्न सजिलो भएको अनुभव उनको छ।
राजधानीको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा अनियन फिल्म्स्ले शनिबार आयोजना गरेको ‘द मुभी क्लब’ कार्यक्रममा आफूले चलचित्र क्षेत्रमा प्रवेश गर्दाको समयलाई उनले सम्झिइन्।करिब ३० वर्षअगाडि गौरी आफ्नी दिदीको जेठाजूको घरमा बस्दा त्यहाँ बसुन्धरा भुसालको आवतजावत हुन्थ्यो।
दिदीको जेठाजूकी छोरी आफ्नै उमेरकी भएकाले दिदीको घरमा भन्दा त्यहाँ उनी बढी बस्थिन्। गायनमा रुचि भएकी गौरीको रेडियो नेपालमा गीत रेकर्ड गराएरै छोड्ने चाहना थियो। तर, एक दिन बसुन्धरा भुसालले उनी बसेको घरमा आएर ‘सन्तान’ चलचित्रका लागि अभिनेत्रीको खोजी भएको सुनाइन्।
गौरीकी दिदीकी जेठानीले उनलाई देखाउँदै ‘यहीँ छ नि कलाकार, लैजा न’ भनिन्। वसुन्धरा भुसालले यो कुरा निर्देशक प्रकाश थापासँग भनिन्।गौरीले कहिल्यै अभिनेत्री बन्ने विषयमा सोचेकी थिइनन्। त्यसैले ‘नाइँ’ भनिन्।
तर पनि परिवारका सबैले अभिनय गर्न दिएको दबाबका कारण उनले फोटो खिचाएर निर्देशककहाँ पठाइन्। निर्देशकले आफ्नो परिवार, प्रोडक्सन हाउस जता देखाए पनि गौरीको तस्बिर कसैले मन पराएन। मान्छे नै हेर्न भनेर उनलाई प्रोडक्सन हाउसमै बोलाइयो।
तर सबैले उनलाई देखेर नाक खुम्च्याए। त्यही बेला प्रोडक्सन हाउसमा करिश्मा कुनै कामले आएकी थिइन्। करिश्मालाई देखेर गौरी ‘ट्वाँ’ परिन्। उनले भनिन्, ‘भगवान्ले यति राम्रो चीज पनि बनाउँछजस्तो लाग्यो, करिश्मा जताबाट हेर्दा पनि साह्रै राम्री।’
कसैले गौरीलाई मन नपराए पनि उनलाई ‘रिजेक्ट’ गर्न मिल्ने अवस्था थिएन। उनका भिनाजु र भिनाजुका दाजु सुरक्षा निकायका उच्च अधिकारी। पञ्चायतकालमा सुरक्षा निकायका कर्मचारीको परिवारका सदस्यलाई ‘रिजेक्ट’ गर्ने आँट कमैमा हुन्थ्यो। उनलाई स्क्रिन टेस्टका लागि बेलाइयो।
अरू सबैलाई छोटो र सजिलो डायलग दिइयो। गौरीलाई सीधै ‘नो’ भन्न नमिलेपछि उनलाई लामो डायलग बोल्न लगाइयो। तर उनले ‘वन टेक’मै अभिनयसहित डायलग बोलेपछि निर्देशकले उनलाई नै रोजे। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

No comments:

Post a Comment