Tuesday, October 20, 2015

चार लाख ७९ हजार परिवार टहरोमा दसैं मनाउँदै



२ कात्तिक, काठमाडौं । वैशाख १२ को भूकम्पले घरबार गुमेका लाखौं नेपाली यसपालि टहरोमा दसैं मनाउँदै छन् । त्यसमा पनि भारतको अघोषित नाकाबन्दीका कारण यो वर्षको दसैं कष्टकर बनेको  छ ।
गृह मन्त्रालयका अनुसार चार लाख ७९ हजार नेपालीको घर भूकम्पले पूर्ण रुपमा क्षति भएको छ । उनीहरुलाई सात महिनादेखि अस्थायी टहरोमा बस्दै आएका छन् । सरकारले जस्ता किन्न १५ हजार रुपैयाँ र केही खाद्यान्नबाहेक अरु सहयोग गर्न सकेको छैन् ।
दसैंका बेलामा समेत सरकारले केही सहयोग गरेन । १२ वैशाख र त्यसपछि आएका भूकम्पको परकम्पमा आठ हजार आठ सय ५५ जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांक छ । उनीहरुका परिवारलाई सरकारले एक लाख राहत र ४० हजार रुपैयाँ किरिया खर्च दिएको थियो ।

No comments:

Post a Comment