Sunday, October 25, 2015

छोरीहरुलाई बिहे गर्नकै लागि मोटो बनाइने देश !


अधिकांश महिलाको सपना नै हुन्छ, स्लीम र आकर्षक देखिनु । यसका लागि उनीहरु जे गर्न पनि तयार हुन्छन् । तर, संसारमा यस्ता पनि देश छन्, जहाँ स्लीम महिलालाई आकर्षक ठानिदैंन । अफ्रिकाको  मौरिटानिया एक यस्तो देश हो, जहाँका महिला पातला र स्लीम भएको कसैले मन पराउँदैंनन् । यहीकारण युवतीहरुलाई सानैदेखि जबर्जस्ती मोटो बनाइन्छ । नेशनल जियोग्राफिकका अनुसार सो देशमा मोटी महिलालाई सुन्दर र सेक्सी मानिन्छ । मौरिटानियामा आमाहरु आफ्ना छोरीलाई शरीरमा बोसो जम्मा गर्ने खालको खाना दिन्छन् । धम्काएर, डराएर दुध खान लगाइन्छ । खाना खाने बेलामा आमाहरु लठ्ठी लिएर बस्छन् । जुन घरका छोरीहरु मोटा हुन्छन्, त्यो घर धनी भएको विश्वास गरिन्छ । जबर्जस्ती खाना खुवाउँदा बालिकाहरु कतिपय बिरामी नै पर्छन् । मौरिटानियाका महिलाहरु भन्छन्, ‘जबर्जस्ती खाना खुवाउँदा एकछिन त रुन्छन्, तर जब उनीहरु ठुला हुन्छन्, उनीहरुको मोटो शरीर समाजको हिसाबले गर्व गर्न लायक हुन्छ ।’ उनीहरुका अनुसार मोटो युवतीलाई राम्रो परिवारले बिहेको अफर गर्छन् । यस्तै, कतिपय ठाउँमा किशोरी उमेरदेखि नै जनावरलाई प्रयोग गरिने ग्रोथ हर्मोन र अन्य खतरनाक औषधि प्रयोग गरेको पाइएको छ । सानै उमेरमा २०० किलोसम्मका मोटा भएपछि महिलाहरुमा मुटुसहितका स्वास्थ्य समस्या देखिन थालेका छन् । मौरिटानियामा प्रयोग गरिएको यस्तो अभ्यासलाई अधिकारकर्मीहरुले विरोध गरेका छन् ।


No comments:

Post a Comment