Saturday, October 24, 2015

काठमाडौंमा अमिशा पटेल

कार्तिक १, २०७२- बलिउड अभिनेत्री अमिशा पटेल शनिबार बौद्धस्थित होटल ह्यात रिजेन्सीको क्यासिनो प्राइडमा झुल्किइन् । सन् २००० मा ‘कहोना प्यार है’ बाट डेब्यु गरेकी अमिशा क्यासिनोमा दाउ मार्न भने आएकी हैन । दुई वर्षअघि ‘रेस–२’ र ‘सर्टकट रोमियो’ मा झुल्किएपछि पर्दामा नदेखिएकी उनी बडादसैंको छेकैमा ह्यातस्थित ‘क्यासिनो प्राइड नेपाल’ को उद्घाटन गर्न आएकी हुन् ।  उनीसँगै अभिनेत्री मन्दिरा वेदी र हास्य कलाकार भीआईपी र सुनिल पालसमेत रहेका छन् । ‘वेलकम’ फिल्मको गीत गाएर क्यासिनो उद्घाटन गरेपछि अमिशाले नृत्य प्रस्तुति दिएकी थिइन् । ‘गदर : एक प्रेम कथा’, ‘हमराज’ लगायत हिन्दी तथा तमिल फिल्म खेलेकी यी अभिनेत्रीले ‘कहोना प्यार है’ फिल्मको ‘दिल मेरा...’ गीतमा नृत्य गर्दै प्रस्तुति थालेकी थिइन् ।  यसपछि उनले आधा दर्जन गीतमा नृत्य गरिन् । पहिलो पटक नेपाल आएकी उनले शनिबार साँझ क्यासिनो उद्घाटनपछि भनिन्, ‘नेपाल मलाई एकदम मनपर्छ । माया गरेर निम्तो गर्नुभएकोमा धन्यवाद ।’ शुक्रबार काठमाडौं आएकी उनी आइतबार फर्किंदै छिन् । शनिबार पशुपतिनाथ भ्रमण गर्न पनि भ्याइन् । एक्सन कमेडी फिल्म ‘भैयाजी सुपरहिट’ मा सन्नी देवलसँग आउन लागेकी उनी यति बेला आफै अभिनीत ‘देशी म्याजिक’ को निर्माण कार्यमा समेत जुटिरहेकी छन् । भूकम्पले असर पारेको काठमाडौंको पर्यटन उद्योगलाई प्रवद्र्धन गर्न अमिशालाई निम्त्याइएको क्यासिनोका निर्देशक विनय शाहले बताए ।

No comments:

Post a Comment