Sunday, October 18, 2015

चीनबाट ग्यास ल्याउन अर्को कम्पनि को प्रसताब हायो

चीनबाट ग्यास ल्याउन
अर्को कम्पनीको
प्रस्ताव, मासिक ३०
हजार टन ग्यास
बुलेटमार्फत ल्याउने
दावी
प्रकाशित मिति: Oct 14, 2015
काठमाडौं । साईराम सप्लायर्सले चीनबाट ग्यास
ल्याउन आयल निगममा प्रस्ताव गरेको छ । निगमले
गरेको ग्लोबल टेन्डरमा सहभागी यो कम्पनीले
चीनबाट नेपालको माग अनुसार ग्यास ल्याउनसक्ने
प्रस्ताव हालेको हो ।
यो कम्पनीले सिगात्सेमा रहेको देवाङ ग्यास
कम्पनीबाट ग्यास किनेर ल्याउने प्रस्ताव गरेको छ ।
‘भारतले नाकाबन्दी लगाएपछि ग्यासको चरम
हाहाकार भएको छ । नाकाबन्दी लगाउनेवितिकै
उत्तरी नाकाबाट ग्यास ल्याउने बारे अध्ययन गरेका
थियौ,’ कम्पनीका अध्यक्ष एवं ग्यास बिक्रेता
महासंघ नेपालका निर्वतमान अध्यक्ष ज्ञानेश्वर
अर्यालले बिजमान्डूसँग भने, ’हामीले चीनका
विभिन्न विकल्प मध्ये सिंगात्सेमा रहेको यो
कम्पनीसँग सम्पर्क भयो । उनीहरु नेपालको माग
अनुसार ग्यास दिन तयार छन् ।’
उनका
अनुसार
सिंगात्सेमा
रहेको
यो
कम्पनीसँग
बोटलिङ
प्लान्ट


‘तत्कालका
लागि
सिलिन्डर
भरेर
ल्याउने
विकल्प


दीर्घकालिन
रुपमा उनीहरुले हाम्रो माग ३० हजार टनसम्म दिन
तयार भइसकेका छन्,’ अर्यालले भने, ‘सरकारले
प्राथमिकतामा राखे ग्यास ल्याउन कुनै समस्या छैन
।’ अहिले नेपालको मासिक माग २८ हजार टन हो ।
उनले नेपाल र चीन सरकारवीच ग्यास ल्याउने बारेमा
औपचारिक सहमति भएमा तत्कालै ग्यास ल्याउन
सकिने बताए । ‘औपचारिक सहमति भएमा ग्यास
ल्याउन कुनै समस्या छैन । कम्पनीले मागेजति तत्कालै
दिन तयार छ,’ उनले भने, ‘तर सरकारले अहिलेसम्म पनि
कुटनीतिक पहल गर्न सकेको छैन ।’ चीनबाट ग्यास
ल्याउँदा केही महँगो भने पर्छ । भारतबाट आएको
ग्यासको उपभोक्ता मूल्य १४ सय रुपैयाँ छ । त्यही
ग्यास चीनबाट ल्याउँदा २१ सय रुपैयाँ पर्छ ।
अर्यालले चीनमा २१ सय रुपैयाँ पर्ने ग्यास कुटनीतिक
तहमा छलफल भएमा कम गर्न सकिने बताए ।
‘कुटनीतिक तहमा छलफल गर्ने हो भने यो मूल्य अझै कम
हुनसक्छ । हामीलाई कम्पनीले दिएको मूल्यका
आधारमा २१ सय पर्ने देखिएको हो,’ अर्यालले भने,
‘सरकारले ग्यासमा लगाउँदै आएको करहरु हटाउने हो
भने मूल्य सस्तो पर्छ ।’ उनले मुलुक असहज भएको
अवस्थामा कर भन्दा उपभोक्तालाई ध्यान दिनुपर्ने
बताए

No comments:

Post a Comment