Monday, October 26, 2015

सामाजिक सञ्जालमा फोटो अपलोड गरेरै लाखौं कमाउँछिन् यिनले

(एजेन्सी) ग्राबियल्ली इपिस्टिन अहिले २१ वर्षकी छिन् । उनी सामाजिक सञ्जाल इस्टाग्राममा चलेकी मोडल हुन् । विभिन्न सामाग्रीहरुका विज्ञापनमा समेत उनी छाउँछिन् । तर उनलाई स्टेज शो तथा मोडलिंगमा भन्दा बढी रुची इस्टाग्राममा फोटो अपलोड गर्नमै छ । यसको प्रमुख कारण उनले इस्टाग्राममा बटुलेका फलोअर्सहरु हुन् ।

इस्टाग्राममा उनका ७ लाख फलोअर्स छन् र ग्राबियल्लीका अनुसार उनी एक फोटो अपलोड गरेबापत मोडलिंग गरेर कमाउने झन्डै ४ दिन बराबरको पैसा कमाउँछिन् । उनको प्रत्येक पोष्टले औसतमा २५ हजार लाईक प्राप्त गर्ने गरेको छ । त्यसैकारण अहिले थुप्रै कम्पनी आफ्ना उत्पादनका विज्ञापन उनको एकाउन्टमार्फत गर्न चाहन्छन् । उनले केही कपडा, गहना, पेय पर्दाथ र कस्मेटिक प्रडक्टको विज्ञापन गरिसेकी छिन् । अहिले थप सम्झौताहरु समेत उनी गर्दैछिन् ।

No comments:

Post a Comment