Tuesday, October 20, 2015

दाइजोमा केटीका बाउले मागे १० लाख फेसबुक लाइक





विवाहमा केटा पक्षले दाइजोका रुपमा लाखौ रुपैयाँ, मोटर, बंगला मागेको र केटी पक्षले केटा जागिरे हुनु पर्ने जस्ता माग राखेको त सुन्दै आएको हो । तर, यमनमा एक बाबुले आफ्नो छोरीसँग विवाहका लागि फेसबुक लाइक मागेका छन् । त्यो पनि चानचुन हैन, १० लाखको संख्यामा ।
युवतीका बाबुले १० लाख फेसबुक लाइक जुटाउनेलाई छोरी दिने घोषणा गरेका छन् । यमन पारम्परिक समाज भएको देश हो । यो शर्तले त्यहाँका मानिस छक्क परेका छन्
युवतीकी बाबु सलेम अयाश एक साहित्यकार हुन् । ताइज शहरमा बस्ने सलेमले हुनेवाला ज्वाईँले १० लाख फेसबुक लाइक जुटाउनु पर्ने शर्त राखेका हुन् । त्यो पनि आफ्नो वा हुनेवाला श्रीमतीको नाममा नभई केटीको बाबु सलेम अयाशको फेसबुक पेजमा ।
यमनमा ढाई करोड इन्टरनेट उपभोक्ता भएको अनुमान छ । यस्तोमा १० लाख फेसबुक लाइक जुटाउन त्यति सजिलो छैन । यमनको अल-अथ्याम अखबारका पत्रकार बशराहीलले यस्तो सर्त पहिलोपटक सुनेको बताए । इन्टरनेटमा थुप्रै ब्लगरहरुले सलेमको पेज लाइक गर्न अपील समेत गरेका छन् । सलेम अयाशको फेसबुक पेज बनेको केही दिनमा नै ३० हजारभन्दा बढी लाइक जुटिसकेको छ ।
फेसबुक लाइक मागेकोबारे सोधिएको प्रश्नमा सलेमले भनेका छन्-’यमनमा दाइजोको रुपमा रकम दिने हैसियत कसैसँग छैन ।’ उनले आफ्नो हुनेवाला ज्वाईँले फेसबुक लाइक जुटाउने प्रयास गरेको हेर्न चाहेको तर, यसमा अड्डी नलिने बताएका छन् । उनले भनेका छन्-’यदि मैले उनले कडा मेहनत गरेको पाएँ भने बैबाहिक जीन्दगी खुसी देख्न म आफ्नो अडानमा लचिलो हुन तयार छु ।’
पत्रकार बशराहीलका अनुसार यमनका नौजवानहरु विवाहका लागि केटी पक्षलाई रकम दिन सक्ने अवस्थामा छैनन् । जसका कारण धेरैको विवाह हुन सकेको छैन । त्यहाँको परम्परा अनुसार केटीको बाबुले दाइजोको रुपमा केटा पक्षले दिनु पर्ने रकम तय गर्नेछन् । विवाहमा धेरै धनराशी खर्च गर्नु पर्ने भएपछि पछिल्लो दिनमा सामूहिक विवाहको प्रचलन समेत सुरु भएको छ ।

No comments:

Post a Comment