Monday, October 19, 2015

आमिर खानको रेडियोको मुल्य डेढ करोड

काठमाडौ, मंसिर २२ – बलिउड अभिनेता आमिर खानको प्रदर्शनको तयारीमा रहेको चलचित्र पिकेको चर्चा अहिले सबै तिर छ । चलचित्रसँगै आमिर खानले पिकेको पोस्टरमा प्रयोग गरेको रेडियोको पनि चर्चा उस्तै छ ।
आमिरले पिकेको नग्न पोस्टरमा प्रयोग गरेको रेडियो अनलाइनमा लिलामीका लागि राखिएको छ । अंग्रेजी पत्रिका ‘मिड डे’ का अनुसार अहिलेसम्म यो रेडियो खरिद गर्नका लागि डेढ करोड भारु सम्मको प्रस्ताव आएको छ । चलचित्र युनिटले मुम्बइको चोर बजारबाट २ सय २७ भारुमा खरिद गरेको रेडियोका लागि डेढ करोड भारुसम्मको प्रस्ताव आएको हो ।चलचित्रका प्रवक्ताले पनि रेडियो खरिद गर्नका लागि धेरै पैसाको प्रस्ताव आएको पुष्टि गरेको समाचारमा उल्लेख छ । तर आमिर खानलाई भने रेडियो बेच्ने प्रस्ताव मन नपरेको उल्लेख छ । आफ्नो भूमिकाको निकै महत्वपूर्ण वस्तु कसैलाई पनि दिन नहुने आमिरको विचार छ ।
चलचित्रको बजार व्यवस्थापन टोलीले रेडियो बिक्रि गर्ने प्रस्तावमा आमिरलाई मनाउने प्रयास गरिरहेका छ भने चलचित्रकी अभिनेत्री अनुष्का शर्माले निर्देशक राजकुमार हिरानी र आमिरसँग रेडियो आफूले चिनोको रुपमा राख्न चाहेको बताएकी छन् ।

No comments:

Post a Comment