Thursday, October 22, 2015

जनकपुरमा आज रावण बध गरिदैं

  विजया दशमीको अवसरमा जनकपुरमा आज रावण बध कार्यक्रम गरिदैछ । रावण माथी भगवान रामले विजयी गरेको संस्मरणमा संसार भरी विजयी दशमी
गरिने परम्परा रहेको छ ।
       


सोही परम्परा लाई ध्यानमा राखी जनकपुरको महावीर युवा कमिटीले प्रत्येक वर्ष जनकपुरमा रावण बध कार्यक्रम गर्ने गर्छन । आज साँझ ६ बजे रावण बध गरिने छ ।
जनकपुरको धनुष सागर पोखरी नजिक भव्य रावण बनाइएको छ । जनकपुरमा पाँच बर्ष देखि यो कार्यक्रम भइरहेको छ । रावण बध कार्यक्रम लाई लिएर स्थानीयबासी निकै उत्साहित रहेका छन् ।
                   

No comments:

Post a Comment