Monday, October 19, 2015

अमेरिकी सेनाकी पूर्व अधिकृत भन्छिन् : मलाई चन्द्रमामा लगेर बलात्कार गरियो

पत्याउनुस् नपत्याउनुस् आफ्नो खुसी । पत्याउनै पर्छ भन्ने छैन र तत्कालै पत्याइहाल्नका लागि कुनै प्रमाण पनि छैन । तर एकजना ठूलै मान्छेले यस्तो दाबी गरेपछि विश्वास मान्नैपर्ने ।
अमेरिकी एयरफोर्सकी पूर्व राडार ट्राफिक अधिकृत नियारा तेरेला इस्ले अहिले निकै चर्चामा छिन् । यी पूर्व अधिकारी उनको अनौठो दाबीका कारण चर्चामा छाएकी हुन् । उनले आफु अर्कै ग्रहका प्रााणी अर्थात् एलियन्ससँग धेरैपटक चन्द्रमामा पुगेको दाबी गरेकी छिन् । चन्द्रमामा लगेर आफुलाई एलियन्सले बलात्कार गरेको गम्भीर आरोप समेत उनले लगाएकी छिन् ।
उनका अनुसार पहिलोपटक उनी २५ वर्षकी छँदा एलियन्स आएर उनलाई चन्द्रमामा लगेर गएछ । चन्द्रमामा उक्त एलियनसँग उनले लामो समय बिताइन् अरे । उनका अनुसार एलियन्स छेपारो तथा मानिस जस्तो थियो र उसका जुँगा पनि थिए ।
नियाराका अनुसार उनी नेभादाको तोनापा टेस्ट रेन्जमा तैनाथ रहँदा एकदिन उनले आँखा खोल्दा आफुालई चन्द्रमामा पाइन् । उनको साथमा एलियन्स पनि थिए । आफु आफ्नो खुसीले चन्द्रमामा नगएको र एलियन्सले जबर्जस्ती लगेको उनको जिकिर छ । अझ रोचक कुरा त के भने उनले आफुमाथि चन्द्रमामा बलात्कार भएको दाबी समेत गरेकी छिन् । चन्द्रमामा आफुमाथि एलियन्सले बलात्कार गरेको उनको जिकिर रहेको छ ।
उनको यस्तो दाबी सही वा झुटो के हो त्यो त पत्ता लागेको छैन । तर वायुसेनाकी पूर्व अधिकारीले यस्तो दाबी गरेपछि अमेरिकामा एलियन्सको विषयमा नयाँ शिराबाट खोजविन सुरु भएको छ ।

No comments:

Post a Comment