Thursday, October 15, 2015

एप्पल ले ल्यायो नया अप्रेटिङ सिस्टम

एप्पलको नयाँ अपरेटिङ सिस्टम आइओएस ९ सार्वजनिक, यसरी गर्ने डाउनलोड

एप्पलको नयाँ मोबाइल अपरेटिङ सिस्टम आइओएस ९ को नयाँ भर्जन लञ्च भएको छ। यो पटक अपडेटको साइज ठुलो हुने छैन। एप्पल प्रयोगकर्ताले आफ्नो डिभाइसमा १.३ जीबी स्पेस खाली छ भने यो अपडेट डाउनलोड गरेर इन्स्टल गर्न सक्छन्।



यो ओएसको नयाँ भर्जन आइफोन ४ एस, आइप्याड २, आइप्याडका सबै मिनी मोडल र आइपोड टच फिफ्थ जेनेरेसन र यी डिभास भन्दा नयाँ सबै डिभाइसहरुले सपोर्ट गर्छ।

आइफोन ९ ले आईओएसमा केही नयाँ विशेषताहरुको साथ ब्याट्रोको कम खपत, पहिले भन्दा राम्रो ‘सर्च’ फिचर’ अनि शक्तिशाली सुरक्षा भित्र्याएको छ। ‘गुगल नाउ’ को प्रतिस्पर्धी ‘सिरी’ पनि पहिले भन्दा चतुर बनेको छ।

विशेषत आइप्याडको लागि नयाँ ‘मल्टिटास्किङ फिचर’ले दुइ वटा एपमा एकै पटक काम गर्न सकिने ‘साइड-बाई-साइड’ फिचर नयाँ ओएसले दिनेछ। ब्युल्ट-इ-एप पहिले भन्दा शक्तिशाली छन्।

तपाईको आइफोन, आईप्याडमा नयाँ अपरेटिङ सिस्टम यसरी डाउनलोड गर्न सकिनेछ।

आईओएस ८.४ भएको डिभाइसमा,

सेटिङ्ग एपमा जाने, जेनेरल मेनुमा जाने अनि सफ्टवेयर अपडेटमा ट्याप गर्ने। यदि अपडेट उपलब्ध छ भने ‘Download and Install’ बटन देखिनेछ। सो बटनमा ट्याप गर्नहोस् ,आफ्नो पासकोड हान्नुहोस् (यदि छ भने), टर्म्स र कन्डिसनमा ‘एग्री’ गरेपछि अपडेट डाउनलोड हुन सुरु हुन्छ। अपडेट अगाडी ब्याट्री भने ५० प्रतिशत भन्दा बढी राखेर मात्र गर्नुहोस्।

यो पनि पढ्नुहोस्।

एप्पलको आईफोन र एन्ड्रोइड मोबाइलमा कुन उत्कृष्ट? (टेबल सहित)

एप्पलको नयाँ आईफोन सार्वजनिक, थ्री डी टच सहित यस्ता छन् विशेषता

No comments:

Post a Comment