Sunday, October 18, 2015

कोपिला बाटै अपराध को अन्तय गर्छु भनेर भन्छन प्रहरी

२०७२ कार्तिक १ गते २०:०५ मा प्रकाशित
‘अपराध र अपराधिलाई
कोपिलामै निमोठ्ने’प्रहरी
रणनीति

कात्तिक, काठमाडौं । महानगरीय प्रहरी परिसर,
काठमाडौंले राजधानीमा सङ्गठित अपराध र
अपराधिलाई समुल नष्ट गर्न अपराधलाई कोपिलामै
निमोठ्ने नीति (ब्रोकन विन्डो थ्योरी) अपनाउने
भएको छ ।
प्रहरी परिसर, टेकुमा आयोजित पत्रकार सम्मेलनमा
भर्खरै काठमाडौं प्रहरी प्रमुख भएका प्रहरी वरिष्ठ
उपरीक्षक विक्रमसिंह थापाले आफ्नो कार्यकालमा
कुनै पनि अराजक समूहसँग कुनै किसिमको सम्झौता
नगर्ने बताए ।
हतियारको दम्भ देखाएर आम नागरिकलाई अशान्ति
दिनेलाई ‘सुटआउट’सम्म गर्न सकिने भन्दै उनले भने,
“जनताको सुरक्षाका लागि जागिर र जीवन नै
गुमाउनुपरे पनि आपत्ति छैन ।”
संविधान जारी भएपछि असन्तुष्ट पक्षद्वारा गरिने
क्रियाकलापको सामना गर्नका निम्ति वैज्ञानिक
ढङ्गले सुरक्षा रणनीति बनाइ सहज व्यवस्थापन गर्ने
उनले बताए ।
दसैं, तिहार, छठ आदि चाडपर्वलाई मध्यनजर राख्दै
ल्याइएको विशेष सुरक्षा योजनाबारे पनि पत्रकार
सम्मेलनमा जानकारी दिइएको छ ।
जसअनुसार मठ मन्दिरको सुरक्षा, खसी बजारको
सुरक्षा, बजार सुरक्षा, भुइँचम्पा, पटका, आतसबाजी
नियन्त्रण, खाद्यान्नमा अखाद्य वस्तुको मिसावट
तथा कालोबजारी नियन्त्रण, सार्वजनिक
यातायातको सुरक्षा, अवैध जुवातास, क्यासिनोमा
नेपाली प्रवेशलाई रोक लगाउनेलगायतका क्षेत्रमा
प्रहरीले विशेष ध्यान पुर्याउने जानकारी गराएको छ

No comments:

Post a Comment