Thursday, October 22, 2015

पिङबाट लडेर बालिकाको मृत्यु

कार्तिक ५, २०७२- सदरमुकामस्थित सुगम टोलमा एक बालिकाको बुधबार पिङबाट लडेर मृत्यु भयो । जिल्ला प्रहरी कार्यालयका अनुसार नीलकण्ठ नगरपालिका–३ सुगमटोलमा पिङमा खेल्दै गरेकी नौ वर्षीया सरिता तामाङ लडेर घाइते भएपछि उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको हो । तिनलाई आफ्नै आमाले पिङमा चढाइदिएकी थिइन् । मृतकका बुबा वैदेशिक रोजगारीमा गएका छन् । मृत्युपछि उनको घर शोकमा डुबेको छ । रासस

No comments:

Post a Comment