Tuesday, October 20, 2015

कक्षाभित्रै यसरी नांगिइन् बायोलोजी पढाउने शिक्षिका

Teacher-neklet
कक्षामा शिक्षकले प्रजनन प्रणालीको पाठ पढाउँदा लाजले रातोपिरो भएर घोसे मुन्टो लगाएको सम्झना अझै ताजा छ होला विद्यार्थी साथीहरुमा । शिक्षकहरु पनि उक्त पाठ जतिसक्दो छिटो सिध्याउने ध्याउन्नमा हुन्थे । सबै तैँ चुप, मै चुप । कसले के सोधोस् ?
विद्यार्थीहरुलाई भरपूर मात्रामा यौन तथा प्रजनन शिक्षा दिइनुपर्छ भनेर सैद्धान्तिक रुपमा भनिएपनि हाम्रोमा यो अझै सहज बनिसकेको छैन । तर नेदरल्याण्डमा भने एक शिक्षिकाले जिव विज्ञान पढाउने अनौठो उपाय अपनाएकी छिन् ।
ग्रोइन हार्ट रिजनउड स्कुलमा पढाउने डेबी हिरकेन्स नामकी ती शिक्षिकाले कक्षाकोठाभित्र छिरेपछि आफुले लगाएका लुगा फुकाल्छिन् ।
Teacher-neklet3
विद्यार्थीहरुको अगाडि एकाएक लगाएका लुगा फुकाल्न थालेपछि अलिक असहज त हुन्छ नै । अझ बाहिरी लुगा फुकालेपछिको उनको नागो जस्तो देखिने सरीरले विद्यार्थीमा झनै आश्चर्यको सचार गर्दछ । कक्षा ९ का किशोर किशोरीहरुको अघिल्तिर एक जवान शिक्षिका नांगै हुनलाग्दा सायद सबै विद्यार्थी रातोपिरो होलन् । तर त्यसभन्दा बढि आश्चर्य भने तब हुन्छ जब उनको नांगो जिउजस्तै देखिने जिउमै टाँसिएको भित्री वस्त्र उनले पढाउने आजको पाठ्यवस्तु हो भन्ने जानकारी हुन्छ ।
हो ती शिक्षिकाले सरीरका अंगहरुकै रंग तथा आकारप्रकारका भित्री वस्त्र लगाएर कक्षामा पढाउने गरेकी छिन् । हड्डीहरुको बारेमा पढाउनुपर्दा अस्थिपन्जरवाला पहिरन, सरीरका भित्री अंगहरुको बारेमा पढाउनुपर्दा त्यस्तै चित्रअंकित पहिरन लगाउने गर्छिन् । सरीरको जुन प्रणालीको बारेमा पढाउनु परोस् उनले सोही अंगहरु अंकित भित्री वस्त्र लगाउँछिन् ।
विद्यार्थीहरुलाई यस्तो नयाँ विधिले पढाउने सोँच पलाएपनि उनले सूरुमा झ्वाट्टै निर्णय गरिहाल्न सकेकी थिइनन् । स्कुल प्रशासन समक्ष उनले आफ्नो शिक्षण विधिको बारेमा प्रस्ताव राखिन् । प्रशासनले स्विकृति दिएपछि उनले यस्तो शिक्षण विधि अपनाउँदै आएकी छिन् ।

No comments:

Post a Comment