Tuesday, October 20, 2015

श्रीमती बोकेर दौडने प्रतिस्पर्धा

हरेक वर्षको जुलाई महिनामा फिनल्यान्डमा श्रीमती बोकेर दौडने प्रतिस्पर्धा हुन्छ । यस्तो प्रतियोगितामा पुरुषले आफ्नी श्रीमतीलाई पाखुरामा बोकेर दौडन्छन् । यो प्रतियोगितामा सुख्खा जमिन र पानी दुवै ठाउँमा दौडनुपर्छ । सबैभन्दा रमाइलो कुरा जित्नेले ती महिलाको तौल बराबरको बियर उपहार प्राप्त गर्छन् । यसबाहेक विजेतालाई मोबाइल र अन्य उपहारहरू पनि प्रदान गरिन्छ । अहिले फिनल्यान्डको सिको गर्दै अमेरिका, हङकङ तथा भारतमा पनि यस्तै प्रतियोगिता आयोजित गर्न थालिएको छ ।

No comments:

Post a Comment