Tuesday, October 20, 2015

मिया खलिफाको खण्डन



कलर्स टेलिभिजनबाट हरेक वर्ष प्रसारण हुँदै आएको बिगबोसको यो वर्षको संस्करणमा पोर्नस्टार मिया खलिफाले सहभागिता जनाउने समाचार आएको थियो । यसअघि इन्डियन मूलकी पोर्नस्टार सनि लियोनीलाई सहभागी बनाएको बिगबोसले मिया खलिफालाई ल्याएर उनको बलिउड करिअर सुरुवात गराउन खोजेको बताइएको थियो । खलिफा बिगबोसबाटै इन्ट्री गरेर हाल मेनस्ट्रिम चलचित्रकी नायिका भैसकेकी सन्नी लियोनीकै पथमा हिँड्न सक्ने अनुमान धेरैले गरेका थिए, तर खलिफाले ट्विटमार्फत यी सबै कुराको खण्डन गरिदिएकी छिन् । बिगबोसको फाइनल कन्टेस्टेन्ट भनिएकी खलिफाले ट्विटर मार्फत भनिन्– ‘तपाईंहरूलाई प्रस्ट पार्न चाहन्छु, म भारतमा पाइला राख्न चाहन्न, बिगबोसमा आउन मैले चासो दिइरहेको भनेर खबर फैलाइएको छ, त्यस्तो भ्रममा नरहन आग्रह गर्छु, म आउने कुनै सम्भावना छैन् ।’ पछिल्लो समयमा टपरेटेड पोर्नस्टार्समा परेकी खलिफा २२ वर्षकी छिन् । लेबनानमा जन्मिएकी खलिफा हाल मियामीमा बस्छिन् ।

http://saptahik.ekantipur.com/news/2015-09-26/20150926140225.html

No comments:

Post a Comment