Wednesday, October 28, 2015

पुलिस प्रशान को मिलि महत मा खाना बनाउने ग्यास को कालो बजारि र प्रहरि पेशा मा कर्यरत मा रहेर पुलिस प्रशाशनका ईनिस्पेक्टर ले महिला माथि गरे दुरबेवहार पढ्नुस


अाज मिति २०७२/७/११ गते काडाँघारि तल्लो planing मा खाना पकाउने ग्याश पाई हल्ला ले गर्दा जस्मा भईको भिडमा र ग्यास कम्पनि को अाधिकारिक डिपो लाई जानकार नगराई ग्याश ल्यई दिन्छु भनी १५५० का दरले प्रहरी प्रशाशन को मिलि मतोमा यस्तो कारोवार भएको जानकारि पाईयो र जुन कम्पनि को ग्यास उठाईयो त्यो कम्पनि को ग्यास कारोबार नभएको डेढ महिना भयो भनेर जानकारि पाउँदा अझ यो संका क घेरामा परेको छ र ईनिस्पेक्टर जस्तो उच्च अहोदामा रहि जनता लाई शान्ति र सुरक्षा को बाचा बन्धन मा बाधिएको एक जिम्मेवार ब्यक्ति ले एक महिला माथि अबद्र व्यवहार गरेपछि प्रहरी प्रशाशन बाट जनता ले के अापक्ष्या राख्ने कसै को अन्तरिक कुरा समाज सामु खुल्याम निकान्ने अधिकार कस्ले दियो पुलिस प्रशाशन लाई र डिपो ले बितरण गर्न नसकेको खाना पकाउने ग्यास एउटा सानो संस्थाले उपलब्ध गराउन सक्ला त अनि ठुला बडा कै मिलि मतो मा यस्तो भएपछि हामी ले यी पुलिस प्रशाशन र नेता किन मान्ने मुलुकको एउटा जिम्बार पद मा बसेका ले यस्तो कालो बजारि मा साथ दिन कति को सुहाउला त ।।

Monday, October 26, 2015

DASHAIN 2072

This DASHAIN, may you be blessed with good fortune as long as Ganeshji trunk,
wealth and prosperity as big as his stomach, happiness 
as sweet as his ladoos and may your trouble be as small as... 

HAPPY DASHAIN

Everyday sun rise to give us a message that darkness will always be beaten      
by light. Let us follow the same natural rule and enjoy the festival of      
good defeats evil. Happy Dashain.      

यस्तो छ देश हाक्ने ठुला नेता को शैक्षसक योग्यता अनि काहा बाठ देश ले प्रगति गरोस त

मुलुक हाँक्ने प्रधानमन्त्री र अथॅमन्त्रि दुबैको शैक्छिक योग्यता
१० कक्छ्या मात्र..........................नेपालको ईतिहासमै सबै
भन्दा कम औपचारीक अध्यायन गरेका ब्याक्तित्वहरुले यसपटक देश
हाँकिरहेका छन ।तपाईलाई अचम्म लाग्नसक्छ हाल नेपालका
प्रधानमन्त्रि केपी शमाॅ ओलीले औपचारीक रुपमा दश कक्छ्या
सम्म मात्र पढेका छन ,उनि दश कक्छ्या पढदा पढ्दै राजनितीमा
होमीएका थिए राजनितीमा लागेपछि उनले कहिल्यै पढने
मौकानै पाएनन ।यसैगरी मुलुको आथीॅक बिकाशको योजना र
खाका कोनेॅ मन्त्रालय मानिन्छ अथॅमन्त्रालय यसपटक मुलुकले अथॅ
मन्त्रिको रुपमा बिस्णु पौडेललाई पाएको छ तर उनलेपनि
औपचारिक रुपमा दश कक्छ्या मात्रै पढेका रहेछन ,दश
कक्छ्याको अध्यायन सँगै राजनितीमा होमीएका पौडेलले पनि
आफ्नो जीबनकालमा कहिल्यै अध्यायन गनेॅ मौका नै पाएनन ।
आज देशमा आथीॅक बिकाशको बहस र छलफल भईरहँदा उनिहरुको
यस्तो दक्छ्यताले कसरी मुलुकको आथीॅक उन्नतीको खाका
कोलाॅ त्यो बिषय आज आम नेपाली बजारमा चचाॅको बिषय
बनेको छ ॥

नसोचेको रकम लिएका छन् । तर, उनको पारिश्रमिक भने खुलाइएको छैन । यही महिनाको अन्त्यतिर छायांकनमा जान



बर्षमा एउटा मात्र चलचित्र खेल्दै आएका नायक अनमोल केसीको पारिश्रमिक महंगिएको खबर छ । निर्माता बन्न लागेका रोहित अधिकारीले उनलाई नयाँ चलचित्र ‘गाजलु’का लागि महंगो रकम दिएको वुझिएको छ । सफल चलचित्र दिदै आएका निर्देशक हेमराज वीसीले यो चलचित्र निर्देशन गर्दैछन् ।

चलचित्रका लागि अनमोलले नसोचेको रकम लिएका छन् । तर, उनको पारिश्रमिक भने खुलाइएको छैन । यही महिनाको अन्त्यतिर छायांकनमा जान लागेको यो चलचित्रमा पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठले पनि अभिनय गर्दैछिन् । श्रृष्टीले निर्माता रोज राणाले चलचित्र ‘हिरोइन’का लागि महंगो पारिश्रमिक दिदा पनि काम नगरेको वुझिएको छ । रोजको यो चलचित्र अब नबन्ने पक्का जस्तै छ ।

चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन, शैलेन्द्रध्वज कार्कीको छायांकन रहनेछ । नायक अनमोल केसीको क्रेज चलचित्र क्षेत्रमा ह्वात्तै बढेको छ । अनमोलले अभिनय गरेका दुई चलचित्र ‘होस्टेल र जेरी’ले राम्रो कमाई गरेका थिए । युवापुस्तामाझ छोटो समयमा नै आफ्नो क्रेज बनाउन सफल अनमोलसँग काम गर्न निर्माता तथा निर्देशकलाई गाह्रो छ ।

हेमराजसँग भने अनमोलले तेश्रो पटक काम गर्दैछन् । निर्माता रोहित अधिकारीले चलचित्र क्षेत्रमा आफू नयाँ भएपनि राम्रो चलचित्र बनाउन कुनै कञ्जुस्याँइ नगर्ने बताएका छन् । चलचित्रमा सलोन बस्नेत, गौरव पहारीले पनि काम गर्नेछन् ।

यौनाङ्गको रौं हटाउँदा के हुन्छ ?




डा. राजेन्द्र भद्रा मेरो यौनांगमा लामो घुमाउरो रौं छ, जुन चाँडो-चाँडो बढ्छ । यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ होला ? अन्य जनावरको तुलनामा मानिसको शरीरमा रौं कम हुनेजस्तो देखिए पनि राम्रोसँग नियालेर हेर्ने हो भने केही ठाउँ छोडेर हाम्रो शरीरको सतहभरि नै रौं हुन्छ । हत्केला, पैताला, औंलाको टुप्पोको पछिल्तिरको भाग, ओठ, लिङ्ग मुन्ड, भगांकुरको मुण्ड तथा सानो भगोष्ठको भित्री भाग रौं नहुने क्षेत्र हुन् । हाम्रो शरीरमा भएको रौं निकै पातला भएकाले सजिलै देखिँदैनन्। रौं छालाकै परिवर्तित रूप हो। रौं रौंको बीजकोषमा विकसित हुन्छ र त्यहाँ रौंको जरा र मध्य भागको केही भाग हुन्छ भने बाँकी मध्यभाग छालाको सतहदेखि बाहिर निस्किएको हुन्छ। यी रौंमा समयसँगै परिवर्तनहरू हुन्छन्। टाउको तथा आँखी भौंका रौंहरू जन्मिएको केही समयपछि नै बाक्लो भएर आउँछ। किशोरावस्थामा हुने परिवर्तनहरूमध्ये शरीरमा रौं आउनु एक प्रमुख सहायक यौन चिन्हमध्ये एक हो। काखीमुनी र यौनाङ्ग क्षेत्रमा भएका साना तथा मसिना रौंहरू बाक्लो र मोटो भएर आउँछन्। पुरुषहरूमा अनुहारमा दाह्री जुँगाका रूपमा तथा छातीमा पनि बाक्लो रौं आउँछ।


यौन केश के हो ? यौन अंगको वरिपरि आउने बाक्लो तथा मोटो किसिमको रौंलाई नै यौनकेश भनिन्छ। यौनकेश यस्तै १० देखि १५ वर्षको उमेरमा आउन थाल्छ। जातअनुसार यसको मात्रा र किसिममा फरक पर्न सक्छ। सामान्यतः तिब्बती-बर्मेलीभन्दा भारतेली-आर्य मूलका मानिसमा शरीरको अन्य भागमा बढी रौं हुनुका साथै यौनकेश पनि बढी र लामा हुन्छन्। पुरुषहरूमा पेटको तल्लो भागतिर त्रिकोण जस्तो बनाई यौनकेश उम्रन्छ भने स्त्रीहरूमा पेटतिरको भागसम्म हुन्छ। के कारणले केश चाँडो बढ्छ ? यौनाङ्ग क्षेत्रमा हुने केश योनिभित्र भने हुँदैनन्। अन्य भागमा भन्दा यौनाङ्ग वरिपरिको रौं स्वाभाविक रूपमै घुमाउरो हुन्छ। तपाईंले केका आधारमा चाँडो बढ्छ भन्नु भएको हो थाहा भएन। रौं खौरिनुभएकाले त्यस्तो लागेको त होइन ? फेरि कसरी यसको नाप लिनुभयो त्यो पनि थाहा भएन। यहाँ तपाईंको समस्या के हो भन्ने कुरा पनि भन्न सकिएन। टाउकाको केशभन्दा यौनाङ्गको रौंको वृद्धिदर कम हुन्छ।

टाउकाको सालाखाला दिनमा शून्य दशमलव ४४ मिलिमिटर बढ्छ भने यौनाङ्गको केश शून्य दशमलव २२ मिलिमिटरका दरले बढ्छ। रौंको वृद्धिलाई तीन चरणमा बाँड्न सकिन्छ। Anagen phase मा रौंको वास्तविक वृद्धि हुन्छ। यो वर्षौंसम्म रहन्छ। त्यसपछिको catagen phase मा रौंको वास्तविक बृद्धि रोकिन्छ, तर रौंको बीजकोषले केही धकेल्ने भएकाले रौंमा केही वृद्धि देखिन्छ। Telogen phase मा रौंको बीजकोष सुषूप्त अवस्थामा हुन्छ र यसको अवधि यस्तै १ देखि ४ महिना हुन्छ र पछि रौं र्झछ। ग्रीष्म याममा वृद्धिदर बढी हुने भए पनि यो न्यून नै हुन्छ। तपाईंलाई यौन सम्पर्कमा यौन केशले बाधा पुर्‍याउँछ कि भन्ने लागेको छ भने के भन्न चाहन्छु भने खानेमुखलाई जुँगाले छेक्दैन। यो उखानको अर्थ वृहद् भए पनि वास्तवमा जुँगा लामो हुँदैमा खान तथा पिउन नसकिने होइन। त्यसैगरी यौन अंगमा आएका रौं पनि यौनक्रियाकलाप तथा यौनसम्पर्कका लागि बाधक हुँदैनन्।



कतिपयका लागि यी यौनकेश यौन आकर्षक हुनसक्छन्, जसले यौनसम्पर्कलाई सहयोग नै पुर्‍याउँछ। यौन केश आकर्षक हुने भए पनि कतिपयलाई यो मन पर्दैन। पहिरन र जीवन शैली फरक-फरक भएजस्तै व्यक्तिअनुसार शरीरमा भएको रौंलाई कसरी राख्ने वा सजावट गर्ने भन्ने कुरा फरक पर्छ। काखीमुनिको रौं खौरिने चलन विशेषतः युवतीहरूमा बढ्दो छ। नेपालमा नसुनिए पनि पश्चिमा मुलुकमा यौन केश (यौनअंग वरिपरिको केश) लाई सजावट गर्ने वा खौरने चलन छ। रौं हटाउँदा ध्यान दिनुपर्ने कुरा तपाईंले किन यो प्रश्न गर्नुभयो, यसको कस्तो समाधान खोज्नुभएको, स्पष्ट नभए पनि कतै तपाईंले यौन केश काट्ने वा खौरने गर्नुभएको त छैन ? यस्तो बेला चाँडो-चाँडो बढेजस्तो लाग्न सक्छ। यदि यौनकेश विकर्षक लागेकाले हटाउन खोज्नुभएको हो भने त्यसलाई हटाउने एउटा सजिलो उपाय यौनकेश ‘खौरिनु’ हुन सक्छ। रौं निकै लामो भए खौरिनुपहिले नै छोट्टयाउनुपर्छ। खौरिँदा प्रयोग गरिने क्रिम पर्याप्त लगाउनुपर्छ, जसले गर्दा रौं नरम होस्। एलर्जी नहुने किसिमको यस्तो क्रिमको प्रयोग अनिवार्यजस्तै मानिन्छ। ब्लेड एकदम धारिलो हुनुपर्छ, जसले गर्दा छाला नपाच्छियोस् । एक स्थानमा दुई पल्टभन्दा बढी ब्लेड चलाउनु हुँदैन। खौरिने काम सकिएपछि साबुनपानीले यौनअंग धुनुपर्छ। छाला केही पोलेजस्तो हुनबाट जोगिन पाउडरको प्रयोग उपयुक्त हुन सक्छ। एकपल्ट खौरिएपछि, फेरि रौं टुसाउन थाल्दा घोच्ने भएकाले यौनसम्पर्कमा असजिलो उत्पन्न हुन सक्छ। त्यसैले रौं फाल्ने क्रमलाई निरन्तरता दिनु आवश्यक हुनसक्छ। साप्ताहिक डा. राजेन्द्र भद्राले दिएको यौन जिज्ञासाको समाधानबाट



सामाजिक सञ्जालमा फोटो अपलोड गरेरै लाखौं कमाउँछिन् यिनले

(एजेन्सी) ग्राबियल्ली इपिस्टिन अहिले २१ वर्षकी छिन् । उनी सामाजिक सञ्जाल इस्टाग्राममा चलेकी मोडल हुन् । विभिन्न सामाग्रीहरुका विज्ञापनमा समेत उनी छाउँछिन् । तर उनलाई स्टेज शो तथा मोडलिंगमा भन्दा बढी रुची इस्टाग्राममा फोटो अपलोड गर्नमै छ । यसको प्रमुख कारण उनले इस्टाग्राममा बटुलेका फलोअर्सहरु हुन् ।

इस्टाग्राममा उनका ७ लाख फलोअर्स छन् र ग्राबियल्लीका अनुसार उनी एक फोटो अपलोड गरेबापत मोडलिंग गरेर कमाउने झन्डै ४ दिन बराबरको पैसा कमाउँछिन् । उनको प्रत्येक पोष्टले औसतमा २५ हजार लाईक प्राप्त गर्ने गरेको छ । त्यसैकारण अहिले थुप्रै कम्पनी आफ्ना उत्पादनका विज्ञापन उनको एकाउन्टमार्फत गर्न चाहन्छन् । उनले केही कपडा, गहना, पेय पर्दाथ र कस्मेटिक प्रडक्टको विज्ञापन गरिसेकी छिन् । अहिले थप सम्झौताहरु समेत उनी गर्दैछिन् ।