Monday, November 2, 2015

डा. रामवरण सम्धी बनेर फेरि शीतल निवास छिर्ने ! जोडी दुइ को

गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा.रामवरण यादव र दोस्रो राष्ट्रपति विद्या भण्डारी चाँडै नै पारिवारिक सम्बन्धमा गाँसिदैछन् । नेपालको राजनीतिक इतिहासमै यो एउटा अनौठो घटना हुँदैछ कि, दुई पार्टीका शीर्ष नेताहरु जो राष्ट्रपति जस्तो सर्वोच्च पदमा पुगे उनीहरुबीच पारिवारिक नाता गाँसिदैछ । कांग्रेस र एमालेका धेरै नेताहरुलाई समेत थाहा छैन । रामवरण र विद्या भण्डारी सम्धी सम्धिनी बन्दैछन् । स्रोतका अनुसार दुवै परिवार चाँडै औपचारिक सम्बन्धमा बाँधिदैछन् । यो अनौठो सम्बन्ध निवर्तमान राष्ट्रपति रामवरण यादवका नाति र राष्ट्रपति विद्या भण्डारीकी कान्छी छोरीबीच बिहे हुन लागेको हो । रामवरण यादवकी भतिजी तथा कांग्रेस सांसद किरण यादवका कान्छा छोरा र राष्ट्रपति विद्या भण्डारीकी कान्छी छोरी निशाकुसुम प्रेम सम्बन्धमा रहेको पारिवारिक स्रोतले जनाएको छ ।

यी दुवै परिवारबीच विगत केही समयदेखि न्यायो र निकट सम्बन्ध रही आएको बताइन्छ । सम्भवतः यसै वर्ष बिहे हुने भएको छ । यो विहेले दुई फरक राजनीतिक परिवारलाई एकै भान्सामा जमघट गराउने मात्र होइन, दुई फरक समुदायलाई पनि एक ठाउँमा ल्याउनेछ । राष्ट्रपति निर्वाचनका किन किरण यादव र ज्ञानेन्द्रबहादुर कार्कीलाई कांग्रेस सांसदहरुले भोट कसलाई हाल्ने भन्दै जिस्काएका समेत थिए । किन कि किरण यादव विद्याकी हुनेवाला सम्धिनी हुन् भने ज्ञानेन्द्रबहादुर कार्की विद्या भण्डारीको आफ्नै फुपूका छोरा दाजु नाता हुन् । साँघु साप्ताहिकमा खबर छ ।

बिहे गर्न चाहन्छिन राष्ट्रपतिकी बिध्या भण्डारी की छोरीले निवर्तमान राष्ट्रपति राम बरण की नातिसंग ? के ये सही हो त पुरेई पढ़ौ


काठमाडौं, १५ कात्तिक । स्वर्गिय नेता स्व. मदन भण्डारी र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारीको विवाह निवर्तमान राष्ट्रपति डा. रामवरण यादवका नातिसँग हुने पक्कापक्कीनै भएको छ । राष्ट्रपति भण्डारीकी छोरी निशाकुसुम र कांग्रेस सभासद् किरण या
   
किरण यादवका छोरा बेलायत सरकारको चिभेनिङ छात्रवृतिमा लण्डनको युनिभर्सिटी कलेज लण्डनमा इकोनोमिक्स एण्ड पोलिसी अफ इनर्जी एण्ड द इन्भायरोमेण्ट पढिरहेका छन् । यसअघि उनले सानिमा हाइड्रोमा इलेक्ट्रीकल इन्जिनियरका रुपमा काम गरेका थिए । २७ वर्षीय निशाकुसुमले भने भारतको नयाँदिल्लीबाट एमबीबीएस गरेकी छिन् । उनले काठमाडौंमा वीर अस्पतालमा इन्टर्न समेत सकेकी छिन् । अभिषेककी आमा किरण पहिलो संविधानसभामा समानुपातिक सभासद थिइन । दोस्रो संविधानसभामा महोत्तरी २ बाट ७ हजार ३ सय ५६ मत ल्याएर विजयी भएकी थिइन् ।


बिहे गरेर ७ बर्ष पछि दिदी भाइ भएको रहस्य खुल्यो के कस्तो होला त्


एजेन्सी : समाचारपढेर तपाइलाई पत्याउनै असहज महशुस हुन्छ । किनकि समाचारनै यस्तै छ । भएको त्यस्तै , तपार्इ पत्याउनुहोस् या नपत्याउनुहोस् तर घटना र वास्तिवकता भने पक्कै हो । समाचार हो ब्राजिलको साओपवलको । ब्राजिलको साओपवलामा बस्ने ३९ वर्षीया एड्रियाना र उनका पति ३७ वर्षीय लियोनार्दो सात वर्ष देखि विवाहित छन् । उनीहरुको ६ वर्षकी छोरी पनि छिन् । तर, धेरै वर्ष देखि वेपत्ता आमाको खोजि गर्ने क्रममा उनीहरु सहोदर दिदी भाइ रहेको रहस्य सार्वजनिक भएको छ । एड्रियाना र लियोनार्दोको प्रेम विवाह भएको थियो । एक अर्कालाई आफ्नो थर नभनीकन प्रेम सम्बन्धमा परेका यी जोडी विवाह गरी सँगै बस्न थाले । दुवै जना आफ्नीि आमा मारियाको खोजीमा थिए । एक पटक विवाह गरिसकेकी एड्रियानाले बैबाहिक सम्बन्ध टुटेपछि १० वर्ष अँघि लियोनार्दोसँग भेटिन् ।


उनीहरु एकअर्कासँग नजिकिए र सँगै बस्न थाले । तर उनीहरुले भित्र भित्रै आफ्नी आमाको खोजि जारी राखेका थिए । एड्रियानाले स्थानीय रेडियोमा सम्पर्क गरि उनकी आमासँग भेट्ने ब्यवस्था मिलाइन् । हराएका आफन्तको खोजिमा विशेष कार्यक्रम चलाउने उक्त रेडियोको लाइभ कार्यक्रममै आमाले आफ्नो लियोनार्दो नामको छोरो समेत रहेको बताएपछि उनीहरु छाँगा बाट खसेजस्तै भए । हराएका आफ‌न्तहरु एकाएक भेटिँदा एक प्रकारको यौनिक आकर्षण रहने एउटा स्वास्थ्य समस्या भएकाले एड्रियाना र लियोनार्दोबीचको सम्बन्ध पनि त्यसकै परिणामस्वरुप भएको हुन सक्ने चिकित्सकहरुको अनुमान छ ।अहिले आफूहरु दिदी भाइ भएको थाहा पाएपछि पनि एड्रियाना र लियोनार्दोसँगै बसिरहेका छन् ।

आधा खप्पर भएको बच्चाले पहिलोपटक आमालाई आइ लभ यु भनेपछि…


आधा मात्र खप्पर भएको बच्चाले आइ लभ यु मम्मी भन्दा कुनै आमालाई कतिधेरै खुसीको अनुभुति होला ? साँच्चीकै त्यसको वर्णन गर्नै सकिँदैन ।
अमेरिकाको फ्लोरिडास्थित ओर्लान्डोकी ब्रिटानी बुएल अहिले यस्तै खुसीले पुलकित छिन् । टाउकोको माथिल्लो भाग नै नभएको आफ्नो एक वर्षे छोरा ज्याक्सन बुएलले पहिलोपटक आइ लभ यु भन्यो उनलाई । छोराले आइ लभ यु भनेपछि खुसीले उसलाई पटक पटक चुम्बन गरेको भिडियो अहिले अनलाइनमा निकै चर्चित बनेको छ ।
गो फण्ड मी नामक वेबसाइटमा ज्याक्सनको उपचारका लागि सहयोग जुटाउन पेज सिर्जना गरिएको छ ।
कृत्रिम प्रत्यारोपण गरेर ज्याक्सनको टाउकोको उपचार गर्नका लागि ७० हजार डलर सहयोग जुटाउने लक्ष्य राखिएकोमा अहिलेसम्म उक्त अनलाइन पेजमार्फत १ लाख ३२ हजार डलर संकलन भैसकेको छ । ३ हजार भन्दा धेरै मानिसले ज्याक्सनको उपचारका लागि आर्थिक सहयोग गरिसकेका छन् ।


यो हो २३ लाखमा बिकेको दुनियाको सबैभन्दा महंगो बिस्कुट कस्तो होला त्

अन्ततः यो दुनियाको सबैभन्दा महंगो बिस्कुट बन्न सफल भएको छ । २३ हजार डलर अर्थात् २३ लाख रुपैयाँ भन्दा बढि मूल्यमा बिक्रि हुँदै उक्त ऐतिहासिक बिस्कुटले अर्को इतिहास रचेको छ । हुनत यो विस्कुट बिक्रि नै नभएको भएपनि ऐतिहासिक महत्वकै बिस्कुट हो । किनकी यो बिस्कुट चर्चित टाइटानिक जहाजबाट निकालिएको हो ।
सन् १९१२ मा डुबेको टाइटानिक जहाजमा भेटिएको एउटा बिस्कुट गत हप्ता शनिबार बेलायतमा २३ हजार डलरमा लिलाम भएको छ ।
चौकुने आकारको यो बिस्कुटको पाना आटाबाट बनेको हो र यसको लम्बाइ १० सेन्टिमिटर रहेको छ । टाइटानिक दुर्घटनाको समयमा लाइफबोटमा रहेका जरुरी सामानहरुमा यो बिस्कुट पनि थियो ।
यो बिस्कुटको लिलामी गर्ने एन्ड्रु एलड्रिजका अनुसार स्पिलर्स एण्ड बेकर्स कम्पनीको यो पाइलट नामको बिस्कुट लाइफ बोटको सर्भाइभल किटभित्र फेला परेको हो । यो बिस्कुटलाई सबैभन्दा पहिले जेम्स फेनविकले देखेका थिए र उनले त्यसलाई एउटा चिनोको रुपमा सुरक्षित गरी वाटरप्रुफ खाममा राखेका थिए ।
फेनविक र उनकी पत्नी मावेल आफ्नो तिन महिने हनिमुनका लागि कारप्याथिया जहाज चढेर न्युयोर्कबाट निस्किएका थिए । कारप्याथिया जहाजलाई टाइटानिक जहाज दुर्घटनाका बेला उद्धारमा खटाइएको थियो र सोही क्रममा फेनविकले उक्त बिस्कुट फेला पारेका हुन् । फेनविक सँग टाइटानिक उद्धारका बेलाका विभिन्न तस्वीर लगायतका अद्भुत संग्रह समेत छन् ।
लिलामकर्ताका अनुसार यो दुनियाकै महंगो बिस्कुटलाई २३ हजार डलर मूल्य तिरेर ग्रिसका एक धनाढ्यले खरीद गरेका छन् । एलड्रिजले पछिल्लो बिस वर्षयता टाइटानिक सँग सम्बद्ध विभिन्न सामानहरुको लिलामी गर्दै आएका छन् । तर टाइटानिक सँग सम्बद्ध कुनैपनि वस्तुहरुलाई अहिलेसम्म बिस्कुटको जति मूल्य नपरेको उनी बताउँछन् ।

ठगले पुलिस चौकी नै बेचिदिएपछि… कस्तो होलात



चोर, ठग तथा अपराधीलाई कारवाही गर्नका लागि पुलिसले चौकीमा लगेर धुन्दछ । तर जब अपराधीले पुलिस चौकी नै बेचिदिन्छ, तब अवस्था के होला ?
साँच्चीकै कल्पना गर्न पनि गाह्रो पर्ने र सुन्दैमा डरलाग्ने घटना भएको छ । ठगले पुलिस चौकी नै बेचिदिएको छ ।
घटना भारतको हो । बैंगलोरस्थित कामाक्षीपाल्या पुलिस स्टेशन ठगको कब्जामा परेको हो । केही ठगहरु मिलेर उक्त पुलिस चौकी बेचिदिएका छन् । पुलिस चौकीको घर तथा जग्गा ठगहरुले मोटो रकम लिएर बेचेको बताइएको छ ।
प्रहरीलाई आफ्नो चौकी बेचिएको कुरा तबसम्म थाहा थिएन जबसम्म केही मानिसहरु कामदार लिएर पुलिस चौकी नजिकै एउटा छाप्रो बनाउन आए । त्यसपछि ती मानिसहरुसँग सोधपुछ गर्दा पो थाहा भयो की चौकी रहेको र आसपासको त्यो जग्गा त धेरै पहिले पो बेचिसकिएको रहेछ । यसका लागि ठगहरुले सन् १९६६ का कागजातमै यताउती पारेका रहेछन् । त्यतिबेला त्यो जमिन राज्य सरकारको नाउँमा रहेछ ।
यो घटनामा पुलिसले छानविन थाल्यो र थाहा भयो की बी शिवकुमार स्वामी नामको व्यक्तिले उक्त जमिन डी नागेन्द्र कामत नामको व्यक्तिलाई बेचेको रहेछ । जग्गा किन्ने व्यक्ति कामतले जग्गा नहेरिकनै शिवकुमारको विश्वासमा परेर जग्गा किनेको रहेछ । प्रहरीले यो घठनामा ठगीको मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ । पुलिस चौकीको जग्गा बेच्ने शिवकुमार स्वामीको खोजी भैरहेको बताएको छ ।

अनौठो कपडा, महिलामाथि गिद्धेदृष्टि लगाउने पुरुषलाई ठाउँको ठाउँ पार्ने

अब महिलामाथि गिद्धेदृष्टि लगाउने पुरुषलाई अप्ठेरो पर्नेवाला छ । महिलाहरुले लगाउने यस्तो कपडाको निर्माण गरेको छ जसले महिलालाई घुरेर हेर्ने पुरुषलाई ठाउँको ठाउँ पानीपानी पार्नेछ ।
महिलाको जिउमा लगाइएको यो कपडा पुरुषले महिलामाथि गिद्धेनजर लगाउँदा बित्तिकै आफ्नो आकार बदल्छ । उक्त कपडामा यस्ता ग्याजेट तथा फाइबरको प्रयोग गरिएको छुन फैलिने र खुम्चिने गर्छ । जसका कारण महिलाको जिउमाथि गिद्धेनजर लगाउने पुरुषलाई जवाफ दिँदै यो कपडा खुम्चिएर सातो लिन्छ ।


डेलीमेलका अनुसार यो टपरमा एउटा गोप्य क्यामरा तथा माइक्रोकन्ट्रोलर समेत जडान गरिएको हुन्छ । यसले घुर्नेवाला व्यक्ति महिला वा पुरुष को हो भन्ने कुरा पत्ता लगाउँछ । साथै त्यसरी घुरेर हेर्ने मानिसको उमेर र उसले कुन दिशामा हेरेको छ भन्ने कुराको पनि जानकारी दिन्छ ।
यो कपडाले महिलाको जिउको कुन भागमा पुरुषले गिद्धेनजर लगाएको छ भन्ने कुराको पनि जानकारी दिन्छ । अमेरिकाको साउदर्न क्यालिफोर्निया विश्वविद्यालयकी विद्यावारिधीको विद्यार्थी समेत रहेकी बेहनाज फराही नामका डिजाइनरद्धारा बनाइएको उक्त कपडा थ्री डी पि्रन्टिंगको सहायताले निर्माण गरिएको छ । यद्यपि यो कपडा कहिल बजारमा आउँछ भन्ने जानकारी भने दिइएको छ । तर भविष्यमा महिलामाथि हुने यौनहिंसा कम गर्न यसले सहयोग गर्ने भने विश्वास गर्न सकिन्छ । स्मरण रहोस् उनै डिजाइनरले यसअघि थ्री डी प्रिन्टिंगबाट हेलमेट तथा कलर बनाएका थिए ।