Monday, November 2, 2015

ठगले पुलिस चौकी नै बेचिदिएपछि… कस्तो होलात



चोर, ठग तथा अपराधीलाई कारवाही गर्नका लागि पुलिसले चौकीमा लगेर धुन्दछ । तर जब अपराधीले पुलिस चौकी नै बेचिदिन्छ, तब अवस्था के होला ?
साँच्चीकै कल्पना गर्न पनि गाह्रो पर्ने र सुन्दैमा डरलाग्ने घटना भएको छ । ठगले पुलिस चौकी नै बेचिदिएको छ ।
घटना भारतको हो । बैंगलोरस्थित कामाक्षीपाल्या पुलिस स्टेशन ठगको कब्जामा परेको हो । केही ठगहरु मिलेर उक्त पुलिस चौकी बेचिदिएका छन् । पुलिस चौकीको घर तथा जग्गा ठगहरुले मोटो रकम लिएर बेचेको बताइएको छ ।
प्रहरीलाई आफ्नो चौकी बेचिएको कुरा तबसम्म थाहा थिएन जबसम्म केही मानिसहरु कामदार लिएर पुलिस चौकी नजिकै एउटा छाप्रो बनाउन आए । त्यसपछि ती मानिसहरुसँग सोधपुछ गर्दा पो थाहा भयो की चौकी रहेको र आसपासको त्यो जग्गा त धेरै पहिले पो बेचिसकिएको रहेछ । यसका लागि ठगहरुले सन् १९६६ का कागजातमै यताउती पारेका रहेछन् । त्यतिबेला त्यो जमिन राज्य सरकारको नाउँमा रहेछ ।
यो घटनामा पुलिसले छानविन थाल्यो र थाहा भयो की बी शिवकुमार स्वामी नामको व्यक्तिले उक्त जमिन डी नागेन्द्र कामत नामको व्यक्तिलाई बेचेको रहेछ । जग्गा किन्ने व्यक्ति कामतले जग्गा नहेरिकनै शिवकुमारको विश्वासमा परेर जग्गा किनेको रहेछ । प्रहरीले यो घठनामा ठगीको मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ । पुलिस चौकीको जग्गा बेच्ने शिवकुमार स्वामीको खोजी भैरहेको बताएको छ ।

No comments:

Post a Comment