Friday, November 6, 2015

लिपिस्टिक प्रयोग गर्नु हनिकारक

महिलाहरु आफु शुन्दर देखिन लिपिस्टिक प्रयोग गर्ने गर्छन् । तर, महिलाले प्रयोग गर्ने पिपिस्टिक स्वस्थ्यका लागि हानिकारक हुन्छ भन्ने ज्ञान सवैलाई नहुन सक्छ । अमेरिकाको क्यालीफोर्निया विश्वविद्यालयको स्कुल अफ पब्लिक हेल्थले भर्खरै गरेको एक अनुसन्धानले महिलाले प्रयोग गर्ने लिपिस्टिक हानिकारक हुने तथ्य फेला पारेको छ । लामो समयको अनुसन्धान पछि उक्त टोलीले फेला पारेको तथ्य अनुसार लिपिस्टिकमा अल्म्युनियम, क्याडमियम, सिसा (लिड) र अन्य विषालु तत्व अधिक मात्रामा पाइएको हो ।



बजारमा चलनचल्तीका ३२ प्रकारका लिपिस्टिक र लिप ग्लसको नमुना अनुसन्धान टोलीले परिक्षण गर्दा धेरै जसोमा क्याडमियम, क्रोमियम, अलम्युनियम र कम्तीमा अन्य पाँच धातुको मात्र फेला परेको जानकारी इन्भाइरोमेन्टल हेल्थ पर्सपेक्टिभ्समा दिइएको छ । यसरी घातक धातु मिश्रित लिपिस्टिकलाई केही मात्रामा प्रयोग गर्ने महिलामा पनि पाचन प्रणलीको विकार स्नायु क्षति तथा क्यान्सर हुने खतरा रहने अनुसन्धानले देखाएको छ । अनुसन्धान टोलीले भनेको छ ‘लिपिस्टि र लिप ग्लसमा विशेष ध्यान दिएका हौ, किनभने जब तिनीहरुलाई ओठको तन्तुमा लगाइन्छ, प्रयोग कर्ताले विस्तारै त्यसलाई खान्छ वा तन्तुले अवशोषित गर्छ । दैनिक यी बस्तुको प्रयोगले शरीरमा क्यान्सरजन्य तत्व क्रोमियमको मात्रा बढ्न जान्छ र आमाशयमा अल्सरको खतरा हुन्छ ।’

अनुसन्धानमा समेटिएका ३२ ओटा उत्पादन मध्ये २४ वटामा सिसाको अधिक्यता पाइएको थियो । सिसाले मस्तिष्क, स्नायु र कोषहरुको क्षति पु¥याउँछ ।

No comments:

Post a Comment