Wednesday, November 4, 2015

योजना बनाएर मालिकको ज्यान लिनसक्छ बिरालोले

यदि घरमा बिरालो पाल्ने सोँच बनाइरहनुभएको छ वा पालिरहनु भएको छ भने एउटा कुरामा सधै सचेत तथा जानकार हुनुहोस् । बिरालोको तपाइँको ज्यानको लागि खतरनाक सावित हुन सक्छ र तपाइँले पालेको बिरालोले तपाइँको ज्यानै लिनसक्छ, त्यो पनि योजनाबद्ध तरिकाले ।
युनिभर्सिटी अफ एडिनवर्गका शोधकर्ताहरुले घरपालुवा विरालोको बारेमा गरेको अध्ययनले यस्तो खुलासा गरेको हो । शोधकर्ताहरुका अनुसार घरपालुवा जनावरले जंगली विरालो वा विरालो प्रजातिको अन्य जंगली सिकारी जनावरकै जस्तो गरी योजना बनाएर हमला गर्ने गर्छ ।
शोधकर्ताहरुले आफ्नो अध्ययनका क्रममा घरपालुवा जनावरसँग जंगली विरालो तथा सिंहको आक्रामक व्यवहार समान स्तरको भएको पत्ता लगाए ।
शोधकर्ताहरुले निष्कर्ष निकालेका छन् की सनक चढेपछि घरेलु बिरालोले आफ्नै मालिकमाथि आक्रमणको योजना बनाउँछ र मालिकलाई लुकेर धावा बोल्छ । बिरालोको यस्तो आक्रमण समय तथा परिस्थिति हेरिकन प्राणघातक पनि हुनसक्छ ।

No comments:

Post a Comment