Wednesday, November 4, 2015

विवाहका केही अनौठा चलनः ह्वेलमाछाको दाँत देखि कुखुराको कलेजो

विवाह, जुन रितिरिवाज अनुसार हुने संस्कार हो र यसले केवल दुइ परिवारलाई मात्र होइन दुइ संस्कृतिलाई पनि जोडेको हुन्छ । तर दुनियामा विवाहको परम्परा एकैनाशको हुँदैन । कतिपय ठाउँका विवाह परम्परा निकै अनौठा हुन्छन् । ती परम्पराका बारेमा सुन्दैमा अनौठो लाग्छ ।
फिजीकोे एक आदिवासी समुदायमा विवाहका लागि यस्तै अनौठो परम्परा रहेको छ । आफुले मन पराएकी केटीको हात माग्न जाँदा केटाले केटीका बाबुलाई अनौठो उपहार टक्राउनु पर्छ । उक्त उपहार हो, ह्वेलको दाँत । केटाले केटीको बाउलाई ह्वेलको दाँत टक्राएपछि मात्र मगनीको कुरा सुरु हुन्छ । जसले ह्वेलको दाँतको जुवाड गर्न सक्दैन, उसले बिहेको आँट नगरे हुन्छ ।
विकशित युरोपेली देश स्कटल्याण्डमा पनि अनौठो बिहे संस्कार छ । त्यहाँ बिवाह पहिले बेहुलाबेहुलीले एउटा घिनलाग्दो खेल खेल्नुपर्छ । बेहुलीले सडेका अण्डा तथा तथा कुहेका माछाले बेहुलालाई हिर्काउनुपर्छ ।
चीनको दौर प्रान्तमा बिहे परम्परा निकै अनौठो छ । त्यहाँ कुखुराको कलेजो हेर्नुपर्छ । बिहेको मिति तय हुनुभन्दा पहिले केटाकेटीले एउटा कुखुरा काट्नुपर्छ र त्यो कुखुराको कलेजो स्वस्थ छ की छैन भन्ने कुरा पत्ता लगाउनुपर्छ । कुखुरा काटेर त्यसको कलेजो नहेरेसम्म केटाकेटीको बिहेको मिति टुंगो लाग्दैन ।
अपि|mकाका केही आदिवासी समुदायमा बिहेको अनौठो परम्परा छ । विवाह भन्दा पहिले युवतीहरु एउटा विशेष खालको झुपडीमा बस्नुपर्छ । उक्त झुपडीमा बसेर केटीहरुले आफ्ना आमाबुवासँग विवाहको अनुमति माग्छन् । त्यसक्रममा गाउँका अन्य गन्यमान्य मानिसहरु पनि उपस्थित हुन्छन् । केटा भने बाहिरै बसेको हुन्छ ।

No comments:

Post a Comment