Sunday, November 8, 2015

पूर्ब राजा ज्ञानेन्द्र र भारतीय प्रधानमन्त्री मोदी बीच टेलिफोन वार्ता

काठमाडौ, २२ कार्तिक । मुलुकमा भारतले लामो अघोषित नाकाबन्दी लगाएको विषयमा अहिले चुसम्म नबोलका पूर्व राजा ज्ञानेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच टेलिफोन संबाद भएको छ । मोदी आफैले टेलिफोन गरेर पूर्व राजा ज्ञानेन्द्रलाई अघि बढ्न सुझाव दिदै कुनै बेलाको लागि तयार भए बस्न सन्देश दिएका थिए । स्रोतका अनुसार मोदीले दलहरुको पछिल्लो ब्यवहार र अभिब्यक्तिप्रति रुष्टता प्रकट गरेका थिए । राष्ट्रिय स्वयम सेवक संघ (आरएसएस) र भारतीय जनता पार्टीका प्रभावशाली नेताहरुवीच आज नयाँ दिल्लीमा भएको छलफल हिन्दु धर्म र राजसस्थाको पुर्नस्थापनाको विषयमा कुुरा भएको थियो । छलफलमा अगाडि के भन्नेमा भने एक मत बन्न नसकेको बताईएको छ । स्रोतका अनुसार आरएसएस पहिला हिन्दु धर्म हुनु पर्ने पक्षमा उभिएको छ । छलफलमा नेपालको संविधानबाट धर्म निरपेक्ष हटाएर अहिले धार्मिक स्वतन्त्रता राख्ने विषयमा सहमति भए नाकाबन्दी खोल्नु पर्ने कुराकानी भएको थियो । नाकाबन्दीको विषयमा कुरा गर्न दिल्ली गएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग पनि भाजपाका नेताहरुसँग धर्मको विषयमा कुराकानी भएको स्रोतको दावी छ । त्यसबेला नै थापालाई पूर्व राजा ज्ञानेन्द्रसँग कुराकानी गर्ने जिम्मेवारी भाजपा नेताहरुले दिएका थिए । भारतीय जनता पार्टीको सरकार बनिसकेपछि दुई पटक नयाँ दिल्ली पुगेका ज्ञानेन्द्रसँग पनि त्यहाँ यस विषयमा कुराकानी भएको थियो । भारत ज्ञानेन्द्रलाई नै पुर्नस्थापना गर्न नसकेपनि नाती हृदयेन्द्रलाई ल्याउने योजनामा छ । दिल्लीको कुराकानी अनुसार नै मधेस आन्दोलनको विषयमा विज्ञप्ति निकालेर आफ्नो मुख खोलेका ज्ञानेन्द्रले डेढ महिना लामो नाकाबन्दीले मुलुक र जनताको जीवन तहस नहस भईरहेको बेला पनि मुख खोलेका छैन । हाम्राे सन्देश बाट ।

No comments:

Post a Comment