Friday, November 6, 2015

ब्लू फिल्म हेर्दा किन यस्तो हुन्छ ? यौन उत्तेजनाको कारण ,त्यसो हुन नदिन के गर्ने ?

ब्लू फिल्म के हो ? सजिलो भाषामा भन्नुपर्दा यो एक यौन चलदृश्य भएको फिल्म अर्थात् चलचित्र हो। यस्ता यौन चलचित्रलाई धेरैजसो पश्चिमा मुलुकमा वयस्क चलचित्र भनिन्छ भने कतिपय मुलुकमा अंग्रेजी शब्द दगिभ को पनि प्रयोग भएको पाइन्छ। अहिले कतै,कतै त्यसको शाब्दिक अनुवाद गरेर नेपालीमा नीलो चलचित्र भन्ने शब्द पनि प्रयोग भएको पाइन्छ। किन यस्ता यौन चलचित्रलाई दगिभ शब्दको प्रयोग गरिन थालियो भन्ने कुरामा फरक(फरक धारणा पाइन्छ। कतिले दगिभ अश्लीलता वा अशिष्टतासँग जोडिने गरेको र केही ठाउँमा यस्ता कतिपय कुरालाई रोक्न कडा कानुन बनाइएका र त्यस्ता कानुनलाई दगिभ बिध भनिएकाले यो शब्द आएको मान्छन्। अर्कातिर अठारौं शताब्दीमा पुस्तक पसलेले अश्लील सामाग्रीलाई नीलो रङ्गको कागजले बेरेर दिने तथा पछि यौन चलचित्रको टेप आएपछि नीलो पहिचानका लागि नीलो रङ्ग प्रयोग गरिने भएकाले दगिभ भन्ने शब्द प्रयोग भएको हुन सक्ने मानिन्छ। यस्ता यौन चलचित्र मानिसहरू आफ्नो यौनसुखलाई बढावा दिन सहयोगी सामग्रीका रूपमा हेर्छन्। यौन उत्तेजना कसरी हुन्छ ? यौनेच्छा वा यौन व्यग्रता एक मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो। यो प्राकृतिक शक्ति वा व्यग्रताले निश्चित कार्यका लागि अभिप्रेरित गर्छ। यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणाली सक्रिय देखिन्छन्। एक त भलमयअचष्लभ कथकतझ अन्तर्गतका रागरसहरूले त्यसको सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणाली। रागरस ९हार्मोन० का प्रभाव यौनेच्छा जाग्ने (विकसित हुने) वा त्यसको व्यग्रतामा रागरस अर्थात् हार्मोनको महत्त्वपूर्ण भूमिका हुन्छ। टेस्टेस्टेरोन नामको हार्मोनले यौनेच्छा वा यौन व्यग्रतालाई प्रभाव पारेको हुन्छ। महिलामा पनि यो हार्मोनको कारण यौन व्यग्रता जागृत हुन्छ। टेस्टस्टेरोनको कमी भएको अवस्थामा यौनेच्छा वा यौन व्यग्रता हुँदैन। इन्द्रियहरूका कुरा अन्य शारीरिक क्रियाका लागि जस्तै यौन क्रियाका लागि पनि हाम्रा इन्द्रियहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्। यौन उत्तेजनाका लागि हाम्रा इन्द्रियहरू नभैनहुने कुरा हुन्। हाम्रो शरीरले कसरी आनन्द पाउँछ भन्ने कुरा नै ऐन्द्रिकता हो। यो हाम्रो शरीरका पाँच इन्द्रिय : दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वादसँग सम्बन्धित कुरा हो। स्पर्श : शरीरको कतिपय यौन संवेदनशील अङ्ग वा क्षेत्र स्पर्श गर्दा यौन उत्तेजना वा आनन्द प्राप्त हुन्छ र उक्त आनन्द प्राप्त गर्न व्यक्ति जहिले पनि लालायित हुन्छ। गहिरिएर विचार गर्ने हो भने यौनसम्पर्क एक विशेष स्पर्श नै हो । दृष्टि : यौन उत्तेजनामा यसको निकै ठूलो महत्व छ। सम्भवतः स्पर्शपछि सबैभन्दा ठूलो स्थान यसकै छ। सबै व्यक्ति यौन दृश्यबाट उत्तेजित हुन्छन्। गन्ध : गन्धको पनि मानव यौन जीवनमा निकै महत्त्व हुन्छ। सुगन्ध र अत्तरको प्रयोग गर्नुका पछाडि चेतन वा अनेचत रूपमा यौन नै मुख्य कारण भएको पाइन्छ। स्वाद : यौनमा स्वादको प्रत्यक्ष सम्बन्ध र महत्व भने केही कम देखिन्छन्, तर मुखमैथुनमा संलग्न हुनेहरूका लागि यो निकै महत्वपूर्ण सावित हुनसक्छ। चुम्बन एकहदसम्म स्वादसँग सम्बन्धित हुन्छ। ध्वनि : यौनजीवनमा आवाज वा ध्वनिले पनि निकै महत्वपूर्ण भूमिका खेल्छ। सञ्चारका लागि प्रत्यक्ष प्रेमालाप होस् वा अपरोक्ष ध्वनिले मुख्य भूमिका खेल्छ। यसमा गीत संगीतका कुरा पनि छन्। इन्द्रियहरूवाट ग्रहण गरिएका सन्देशहरू मस्तिष्कसम्म पुगेपछि चेतन रूपमा हामीले उक्त कुरा थाहा पाउँछौं। विभिन्न अङ्ग विभिन्न अङ्ग (स्रोत) बाट सन्देश स्नायु प्रणालीका नसाहरूबाट विद्युतीय तरंग वा रसायनहरूको माध्यमबाट मस्तिष्कसम्म पुग्छन् र त्यसलाई मस्तिष्कले अर्थ लगाएपछि हामीले थाहा पाउँछौं। यौन उत्तेजना हुने किसिमका सन्देशहरू प्राप्त भए हामीमा यौन उत्तेजना बढ्छ। व्यक्तिअनुसार कुन किसिमको सन्देश बढी यौन उत्तेजक हुन्छ भन्ने कुराचाहिँ फरक(फरक हुन सक्छ। यौन सम्पर्कलाई शारिरीक सम्बन्धु भनिए पनि वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने, यौन उत्तेजनालाई स्नायु प्रणाली तथा यौनअङ्ग संलग्न एक जटिल प्रक्रियाको क्रियाशीलता हो भनेर परिभाषित गर्न सकिन्छ। यौनसम्बन्धी हाम्रा भावना मस्तिष्कबाट सुरु हुन्छन्। त्यसबाहेक यौन परिकल्पना, भावना तथा सोचाइहरू मानसिक प्रक्रियाबाट पनि व्यक्तिलाई यौन उत्तेजना हुन्छ। यसरी यौन उत्तेजित हुन थालेपछि लिङ्गका धमनीहरूबाट बढी मात्रामा रगत लिङ्गमा भएको उत्थित हुन सक्ने विशेष तन्तुमा जम्मा हुन थाल्छ, साथै लिङ्गबाट रगत बाहिर निस्कने क्रम घट्छ। यसरी लिङ्गमा रगत भरिन्छ अनि लिङ्ग कडा, मोटो र लामो हुन्छ। यसलाई नै हामी उत्तेजित भएको भन्छौ। समाधानका कुरा त्यसरी उत्तेजित नहुन सबैभन्दा सजिलो उपाय यौन चलचित्र नहेर्नु नै हो। यद्यपि एकपटक विचार गर्नुहोस् त तपाईंले वा कुनै व्यक्तिले किन यौन चलचित्र हेर्छ रु पक्कै यौन चलचित्र हेर्नुको मुख्य उदेश्य नै यौन सुख प्राप्त गर्ने कार्यमा सहयोग प्राप्त गर्नु हो। माथी भनिएजस्तो कुनै कुरा हेर्दा यदि ती कुरा यौन उत्तेजक छन् भने ती दृश्यका सन्देश मस्तिष्कसम्म पुगेर त्यसलाई अर्थ लगाएपछि यौन उत्तेजना बढ्छ। यो स्वाभाविक हो। यौन चलचित्रमा हुने नयाँ यौन क्रियाकलाप अनि आसन स्वाभाविक रूपमा एकदमै उत्तेजक लाग्न सक्छन्। त्यही किसिमको दृश्य हेर्ने कार्यलाई लामो समयसम्म निरन्तरता दिइएको स्थितिमा बढी अभ्यस्त भएपछि ती कम उत्तेजित लाग्न सक्छन् र केही नौला यौन क्रियाकलापका दृश्य हेरेपछि मात्र यौन उत्तेजना बढी हुन्छ।

No comments:

Post a Comment