Saturday, November 7, 2015

पासवर्ड याद राख्नुपर्ने झण्झट हटाउँदैछ माइक्रोसफ्टले

अब तपाइँलाई आफ्नो इमेल तथा मोबाइल फोनको पासवर्ड सम्झिराख्नुपर्ने झण्झटबाट मुक्ति मिल्नेवाला छ । प्रविधि क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले यस्तो प्रविधिको आविष्कार गर्दैछ जसबाट मोबाइल फोन वा इमेलको पासवर्ड सम्झिनुपर्ने तथा त्यसको सुरक्षा सँग सम्बन्धित सबै खाले समस्याहरु हट्नेछन् । प्रयोगकर्ताहरुलाई पासवर्डको चिन्ताबाट मुक्ति दिलाउने विषयमा काम गरिरहेको माइक्रोसफ्टले जनाएको छ ।
माइक्रोसफ्ट कम्पनीका सिइओ सत्य नादेलाले यो कुराको खुलासा गरेका छन् की सुरक्षाको सबैभन्दा ठूलो मुद्दामा एक पासवर्ड पनि हो ।
माइक्रोसफ्ट अहिले यस्तो व्यवस्थामा काम गरिरहेको छ जहाँ पासवर्ड जस्तो चिजको आवश्यकता हुनेछैन । यो प्रविधिको प्रयोग गरेपछि तपाइँको सिस्टमलाई कसैले पनि ह्याक गर्न सक्नेछैन । यो सँगै प्रयोगकर्ताको साथमा अन्य विभिन्न बायोमेट्रिक्स हुनेछन् जसले तपाइँको अकाउण्टको सुरक्षामा थप मद्दत गर्नेछन् ।

No comments:

Post a Comment