Sunday, November 8, 2015

एक लिटर पानीबाट ५०० किलोमिटर बाइक चल्ने

साओ पाओलो । भारतले गरेको नाकाबन्दीका कारण नेपालमा इन्धन संकट चुलिइरहेको छ । इन्धन पाइएको बेला पनि महंगीका कारण किनिनसक्नु छ । यस्तो तनावपूर्ण अवस्थामा एउटा खुसीको खबर सार्वजनिक भएको छ । किनकी ब्राजिलका एक नागरिकले पानीबाट चल्ने बाइक बनाएका छन् । साओ पाओलोका रिकार्डो एजवेडोइस नाम गरेको उक्त व्यक्तिले पानीबाट चल्ने बाइक बनाएका हुन् । यतिमात्र होइन, पानीबाट चल्ने बाइकको माइलेज पनि छक्कै पार्ने छ । उक्त बाइक एक लिटर पानीबाट ५०० किलोमिटरसम्मको दुरीसम्म चल्छ । यो मोटरसाइकलमा एउटा ब्याट्री पनि जोडिएको हुन्छ । रिकार्डोले आफ्नो उक्त पानीबाट चल्ने बाइकको नाम टी पावर एचटुओ राखेका छन् । उक्त बाइकमा पानी राखेपछि ब्याट्रीका कारण यसले हाइड्रोजन बनाउँछ । उक्त हाइड्रोजनबाट बाइक चल्दछ । बाइकको इन्जिनमा होइड्रोजनलाई इन्धनको रुपमा प्रयोग गरिन्छ ।

No comments:

Post a Comment