Monday, November 2, 2015

यो हो २३ लाखमा बिकेको दुनियाको सबैभन्दा महंगो बिस्कुट कस्तो होला त्

अन्ततः यो दुनियाको सबैभन्दा महंगो बिस्कुट बन्न सफल भएको छ । २३ हजार डलर अर्थात् २३ लाख रुपैयाँ भन्दा बढि मूल्यमा बिक्रि हुँदै उक्त ऐतिहासिक बिस्कुटले अर्को इतिहास रचेको छ । हुनत यो विस्कुट बिक्रि नै नभएको भएपनि ऐतिहासिक महत्वकै बिस्कुट हो । किनकी यो बिस्कुट चर्चित टाइटानिक जहाजबाट निकालिएको हो ।
सन् १९१२ मा डुबेको टाइटानिक जहाजमा भेटिएको एउटा बिस्कुट गत हप्ता शनिबार बेलायतमा २३ हजार डलरमा लिलाम भएको छ ।
चौकुने आकारको यो बिस्कुटको पाना आटाबाट बनेको हो र यसको लम्बाइ १० सेन्टिमिटर रहेको छ । टाइटानिक दुर्घटनाको समयमा लाइफबोटमा रहेका जरुरी सामानहरुमा यो बिस्कुट पनि थियो ।
यो बिस्कुटको लिलामी गर्ने एन्ड्रु एलड्रिजका अनुसार स्पिलर्स एण्ड बेकर्स कम्पनीको यो पाइलट नामको बिस्कुट लाइफ बोटको सर्भाइभल किटभित्र फेला परेको हो । यो बिस्कुटलाई सबैभन्दा पहिले जेम्स फेनविकले देखेका थिए र उनले त्यसलाई एउटा चिनोको रुपमा सुरक्षित गरी वाटरप्रुफ खाममा राखेका थिए ।
फेनविक र उनकी पत्नी मावेल आफ्नो तिन महिने हनिमुनका लागि कारप्याथिया जहाज चढेर न्युयोर्कबाट निस्किएका थिए । कारप्याथिया जहाजलाई टाइटानिक जहाज दुर्घटनाका बेला उद्धारमा खटाइएको थियो र सोही क्रममा फेनविकले उक्त बिस्कुट फेला पारेका हुन् । फेनविक सँग टाइटानिक उद्धारका बेलाका विभिन्न तस्वीर लगायतका अद्भुत संग्रह समेत छन् ।
लिलामकर्ताका अनुसार यो दुनियाकै महंगो बिस्कुटलाई २३ हजार डलर मूल्य तिरेर ग्रिसका एक धनाढ्यले खरीद गरेका छन् । एलड्रिजले पछिल्लो बिस वर्षयता टाइटानिक सँग सम्बद्ध विभिन्न सामानहरुको लिलामी गर्दै आएका छन् । तर टाइटानिक सँग सम्बद्ध कुनैपनि वस्तुहरुलाई अहिलेसम्म बिस्कुटको जति मूल्य नपरेको उनी बताउँछन् ।

No comments:

Post a Comment