Thursday, November 5, 2015

अनौठो गाउँ, जहाँ मानिसहरु दिउसै भताभत सुत्छन्, २ दिनसम्म जाग्दैनन्

मानिसहरु दिउसोमा कामकाजमा व्यस्त हुन्छन् र रातमा सुतेर आराम गर्छन् । तर काजकिस्तानमा एउटा यस्तो गाउँ छ, जहाँ मानिसहरु दिउसै भताभत निदाउँछन् र दुइ दिन सम्म निदाएको निदायै हुन्छन् ।
काजकिस्तानको कलाची गाउँमा मानिसहरु यो अनौठो सुत्ने रोगबाट पीडित छन् । मानिसहरु दिउसै सुत्दछन् र दुइ दिनसम्मै सुतेको सुत्यै गर्छन् । चाहे लाखौँ कोसिस किन नगरियोस् उनीहरु ब्युँझिदैनन् ।
अझ अनौठो त के भने उनीहरु लामो निद्राबाट ब्युँझिसकेपछि भविष्यका र अतितका कुराहरु गर्छन् । कतिपय अवस्थामा त विगतका सबै कुरा बिर्सिएर जाग्दछन् ।
सुतेको सपनामा उनीहरु कहिले परीहरु देख्दारहेछन् त कहिले ढोकाभित्र छिरेको भ्यागुतो । गाउँलेहरुको यो सुत्ने रोगको सिलसिला २०१३ को मार्चदेखि चलिरहेको छ । गाउँमा रहेका ८१० जनामध्ये १४० जना मानिस सुरुदेखि नै यो सुत्ने रोगबाट पीडित छन् ।
सुत्ने रोगको महामारीका कारण यो गाउँका बासिन्दाहरु बसाइ सरेर अन्यत्र जान थालेका छन् । यो गाउँमा सोभियन संघको पालाका केही युरेनियम खानीहरु पनि छन् । जसबाट विकिरणहरुका साथै कार्वन मोनोअक्साइड ग्यास पनि निकै बढि मात्रामा निस्कने गरेको बताइन्छ । सोही कारण गाउँलेहरु यस्तो अनौठो समस्याबाट पीडित बनेको विज्ञहरुको अनुमान छ ।
केही महिना अघि उक्त गाउँका घरधुरीहरुमा गरिएको ग्यासको परीक्षणका क्रममा घरभित्र सुरक्षित मात्राभन्दा १० गुणा बढि कार्वन मोनोअक्साइडको मात्रा पाइएको थियो ।


No comments:

Post a Comment