Friday, November 6, 2015

हरियो केराउ खाँदा महिला र पुरुषको प्रजनन प्रणालीमा असर

केराउ निकै स्वादिलो तथा चल्तीको गेडागुडी हो । यसको प्रयोग तरकारी तथा अचार लगायतका विभिन्न परिकारमा हुन्छ । केराउमा विभिन्न प्रकारका पोषक तत्व हुने हुनाले यसको नियमित भोजन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर हरियो केराउले मानव स्वास्थ्यमा केही हानिकारक असर समेत पार्ने अध्ययनले देखाएको छ ।
शोधकर्ताहरुका अनुसार धेरै केराउ खानाले महिला र पुरुषको प्रजनन प्रणालीमा असर पर्दछ । केराउमा एम जाइलोहाइड्रोक्यून नामक रसायन पाइन्छ जसले प्रजनन क्षमतालाई झण्डै ६० प्रतिशतले कम गरिदिन्छ । यसले महिलामा गर्भावस्थासँग जोडिएका विभिन्न समस्याहरु निम्त्याउने वैज्ञानिकहरु बताउँछन् ।
त्यस्तै केराउमा घुल्ने फाइबर तथा नपच्ने ओलिगोसेक्राइड्स प्रसस्त पाइन्छ । यो तत्व सजिलै पच्दैन । घुल्ने फाइबर तथा नपच्ने ओलिगोसेक्राइड्स दुबैले पेटमा ग्यास पैदा गर्दछन् । रातको खानामा केराउ समावेश गर्नु राम्रो मानिँदैन । किनकी यसलाई पचाउन निकै गाह्रो पर्छ । अनि पेटमा ग्यास जम्मा हुने र पाचन क्रियामा गडबडी पैदा हुने समस्या समेत उत्पन्न हुन्छ ।
तर यी बेफाइदाका अलावा केराउका अनेक फाइदा छन् । जसमा मोटोपन कम गर्ने, महिनावारीका बेलाको दुखाइ कम गर्ने, पेटको क्यान्सरको जोखिम कम गर्ने, मधुमेह नियन्त्रण गर्ने, हड्डी मजबुत बनाउने, रोगप्रतिरोधी क्षमता बढाउने तथा छालाको रंगमा निखार ल्याउने आदि रहेका छन् ।

No comments:

Post a Comment