Sunday, November 8, 2015

सातामा कम्तीमा चारवटा अण्डाको सेवन गर्नाले फाईदै फाईदा


काठमाडौं । हालै गरिएको एक नयाँ अनुसन्धानले सातामा कम्तीमा चारवटा अण्डाको सेवन गर्नुको फाइदा पत्ता लगाइएको छ ।

यूनिभर्सिटी अफ ईस्टर्न फिनल्याण्डका अनुसन्धानकर्ताहरूले आफ्नो अध्ययनका आधारमा के निश्कर्ष निकालेका छन भने सातामा चार वटा अण्डाको सेवन गर्नाले टाइप २ डाइबेटीजको खतरालाइ एक तिहाई हद सम्म कम गर्न सकिन्छ ।



अनुसन्धानकर्ताहरूले ४२ देखि ६० बर्ष उमेर समूहका २ हजार ३ सय ३२ जना पुरूषहरूमा गरेको परीक्षणका आधारमा यो निष्कर्ष निकालेका हुन । उनीहरूका अनुसार जो पुरुष एक सातामा कम्तीमा चारवटा अण्डाको सेवन गर्दछन उनीहरूलाइ डाइबेटिजको खतरा ३७ प्रतिशत कम हुने गर्दछ । यसै कारण अनुसन्धानकर्ताहरूले नियमित रूपमा अण्डाको सेवन गर्नका लागी सल्लाह दिएका छन । यो अनुसन्धान अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशनमा प्रकाशित गरिएको छ । हाई फ्याट्स डाइट डेरी उत्पादन जस्तै हाई फ्याट चीज़, दही र अण्डाको सेवनबाट भने डाइबेटीजको खतरा २३ प्रतिशत सम्म कम हुने कुरा पनि अनुसन्धानकर्ताहरूले जनाएका छन ।

स्वीडेनमा गरिएको एक अन्य अध्ययनमा देखिए अनुसार यी उत्पादनहरूको सेवनले ब्याड कोलेस्ट्रोल कम हुने गर्दछ । यद्दपी यस अनुसन्धानले यो कुरा पनि मानेको छ कि हैई फ्याट्स युक्त मिटको सेवनले भने यस खतरालाइ बढाउन सक्दछ । अनुसन्धानकर्ताहरूले आफ्नो अध्ययनको आधारमा फ्याट फूडको प्रकारको सट्टा त्यसको मात्राले शरीरलाइ धेरै प्रभावित गर्ने पाएका छन, यसैले जुनसुकै कुराको सेवन गर्दा पनि सन्तुलित मात्रामा सेवन गर्नका लागी भनेका छन ।

No comments:

Post a Comment