Saturday, November 7, 2015

गुगलमा खोजेर उपचार गर्दछन् ९० प्रतिशत डाक्टर

सुन्दैमा यो कुरा अनौठो तथा अपत्यारिलो लाग्नसक्छ । तर सत्य केे हो भने एसियाका ९० प्रतिशत डाक्टरहरु गुगल लगायतका इन्टरनेट सर्चको आधारमा विरामीको उपचार गरिरहेका छन् । एशियाभर भएको अध्ययनले यस्तो खुलासा गरेको हो ।
रेफरेन्स ड्युरिंग टि्रटमेन्ट एण्ड सर्जरीले गराएको अध्ययन अनुसार डाक्टरहरुले विरामीको उपचारका क्रममा बिरामीको रोग तथा उपचारका विधिका विषयमा गुगलमा सर्च गर्दछन् । यसलाई डिजिटल क्रान्ती भन्ने की मेडिकल क्षेत्रको असक्षमता ?
अध्ययन अनुसार डाक्टरहरुले एक दिनमा कम्तिमा पनि ६ पटक इन्टरनेटमा आफ्नो पेशा सँग सम्बन्धित प्रोफेसनल सर्च गर्दछन्, इन्टरनेटमा । ५८ प्रतिशत फिजिसियनहरु कम्प्युटरमा इन्टरनेट र्स गरेरै उपचार गर्दछन् । १४ प्रतिशत डाक्टरहरु भने प्रकाशित माध्यममा भर पर्दछन् ।
अध्ययनबाट के खुलासा भएको छ भने हरेक तिन जनामा एक जना डाक्टरले बिरामीको उपचारका बेलामा हातमा मोबाइल फोन वा ट्याब्लेट बोक्ने गर्दछन् र केही समस्या हुने बित्तिकै सम्बन्धित रोग तथा त्यसको उपचारका विषयमा ग्याजेटमा इन्टरनेट सर्च गरिहाल्छन् ।

No comments:

Post a Comment