Tuesday, November 10, 2015
संसारकै सबैभन्दा खतरनाक ताल, १ घण्टामा मानिसको मृत्यु हुन्छ !
के तपाइँले यस्तो तालका बारेमा सुन्नु भएको छ जसले एक घण्टा भित्रमा कुनैपनि मानिसको ज्यान लिन सक्दछ ? यदि सुन्नु भएको छैन भने यो कुरा थाहा पाइराख्नुहोस् कि रूसमा रहेको कराचय ताल यस्तो एक बिषालु ताल हो, जसको आसपास मात्र जाँदैमा पनि कुनैपनि मानिसको मृत्यु हुने गर्दछ । यो ताल पृथ्वीको एक मात्र सबैभन्दा खतरनाक बिषालु ताल हो, जसले यति कम समयमानै कुनै पनि मानिसको ज्यान लिन सक्दछ ।
स्मरण रहोस कि, यस तालको किनारामा द मयंक प्रोडक्शन एसोसिएशन नामको एक न्यूक्लियर प्लान्ट रहेको थियो । यहाँबाट निस्कने सबै प्रकारका न्यूक्लियर फोहोरहरूलाइ यहि तालमा फाल्ने गरिएको थियो, जसका कारण यस तालको पानी यति धेरै प्रदूषित भयो कि यसको आसपासका गाउँमा बस्ने मानिसहरू एक खतरनाक रोगको चपेटामा आएका थिए । यस घटनामा धेरै मानिसहरूको ज्यान गएको थियो । बाँचेका मानिसहरूमा पनि क्यान्सर जस्ता घातक रोगहरूले शिकार बनायो ।
त्यस्तै यस तालको वरिपरि रहेका गाउँमा जन्मिने शिशुहरू मध्ये धेरैजसो एब्नर्मल जन्मिए । गाउँका ६५ प्रतिशत मानिसहरू यस प्लान्टबाट निस्कने तरंगका कारण छाला सम्बन्धी रोगहरूबाट ग्रसित भएका थिए । अचम्मको कुरा त यो थियो कि सन १९९० सम्म यस प्लान्टको जानकारी कसैलाइ पनि थिएन । मानिसहरू मरिरहेका थिए, तर कसरी भन्ने कुरा कसैलाइ पनि थाहा थिएन । यद्दपी यहाँको सरकारले सन २००३ मा यस कम्पनी बिरूद्ध कदम उठायो र यसलाइ बन्द गरिदिएको थियो ।
Sunday, November 8, 2015
सातामा कम्तीमा चारवटा अण्डाको सेवन गर्नाले फाईदै फाईदा
काठमाडौं । हालै गरिएको एक नयाँ अनुसन्धानले सातामा कम्तीमा चारवटा अण्डाको सेवन गर्नुको फाइदा पत्ता लगाइएको छ ।
यूनिभर्सिटी अफ ईस्टर्न फिनल्याण्डका अनुसन्धानकर्ताहरूले आफ्नो अध्ययनका आधारमा के निश्कर्ष निकालेका छन भने सातामा चार वटा अण्डाको सेवन गर्नाले टाइप २ डाइबेटीजको खतरालाइ एक तिहाई हद सम्म कम गर्न सकिन्छ ।
अनुसन्धानकर्ताहरूले ४२ देखि ६० बर्ष उमेर समूहका २ हजार ३ सय ३२ जना पुरूषहरूमा गरेको परीक्षणका आधारमा यो निष्कर्ष निकालेका हुन । उनीहरूका अनुसार जो पुरुष एक सातामा कम्तीमा चारवटा अण्डाको सेवन गर्दछन उनीहरूलाइ डाइबेटिजको खतरा ३७ प्रतिशत कम हुने गर्दछ । यसै कारण अनुसन्धानकर्ताहरूले नियमित रूपमा अण्डाको सेवन गर्नका लागी सल्लाह दिएका छन । यो अनुसन्धान अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशनमा प्रकाशित गरिएको छ । हाई फ्याट्स डाइट डेरी उत्पादन जस्तै हाई फ्याट चीज़, दही र अण्डाको सेवनबाट भने डाइबेटीजको खतरा २३ प्रतिशत सम्म कम हुने कुरा पनि अनुसन्धानकर्ताहरूले जनाएका छन ।
स्वीडेनमा गरिएको एक अन्य अध्ययनमा देखिए अनुसार यी उत्पादनहरूको सेवनले ब्याड कोलेस्ट्रोल कम हुने गर्दछ । यद्दपी यस अनुसन्धानले यो कुरा पनि मानेको छ कि हैई फ्याट्स युक्त मिटको सेवनले भने यस खतरालाइ बढाउन सक्दछ । अनुसन्धानकर्ताहरूले आफ्नो अध्ययनको आधारमा फ्याट फूडको प्रकारको सट्टा त्यसको मात्राले शरीरलाइ धेरै प्रभावित गर्ने पाएका छन, यसैले जुनसुकै कुराको सेवन गर्दा पनि सन्तुलित मात्रामा सेवन गर्नका लागी भनेका छन ।
एक लिटर पानीबाट ५०० किलोमिटर बाइक चल्ने
साओ पाओलो । भारतले गरेको नाकाबन्दीका कारण नेपालमा इन्धन संकट चुलिइरहेको छ । इन्धन पाइएको बेला पनि महंगीका कारण किनिनसक्नु छ । यस्तो तनावपूर्ण अवस्थामा एउटा खुसीको खबर सार्वजनिक भएको छ । किनकी ब्राजिलका एक नागरिकले पानीबाट चल्ने बाइक बनाएका छन् । साओ पाओलोका रिकार्डो एजवेडोइस नाम गरेको उक्त व्यक्तिले पानीबाट चल्ने बाइक बनाएका हुन् । यतिमात्र होइन, पानीबाट चल्ने बाइकको माइलेज पनि छक्कै पार्ने छ । उक्त बाइक एक लिटर पानीबाट ५०० किलोमिटरसम्मको दुरीसम्म चल्छ । यो मोटरसाइकलमा एउटा ब्याट्री पनि जोडिएको हुन्छ । रिकार्डोले आफ्नो उक्त पानीबाट चल्ने बाइकको नाम टी पावर एचटुओ राखेका छन् । उक्त बाइकमा पानी राखेपछि ब्याट्रीका कारण यसले हाइड्रोजन बनाउँछ । उक्त हाइड्रोजनबाट बाइक चल्दछ । बाइकको इन्जिनमा होइड्रोजनलाई इन्धनको रुपमा प्रयोग गरिन्छ ।
पूर्ब राजा ज्ञानेन्द्र र भारतीय प्रधानमन्त्री मोदी बीच टेलिफोन वार्ता
काठमाडौ, २२ कार्तिक । मुलुकमा भारतले लामो अघोषित नाकाबन्दी लगाएको विषयमा अहिले चुसम्म नबोलका पूर्व राजा ज्ञानेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच टेलिफोन संबाद भएको छ । मोदी आफैले टेलिफोन गरेर पूर्व राजा ज्ञानेन्द्रलाई अघि बढ्न सुझाव दिदै कुनै बेलाको लागि तयार भए बस्न सन्देश दिएका थिए । स्रोतका अनुसार मोदीले दलहरुको पछिल्लो ब्यवहार र अभिब्यक्तिप्रति रुष्टता प्रकट गरेका थिए । राष्ट्रिय स्वयम सेवक संघ (आरएसएस) र भारतीय जनता पार्टीका प्रभावशाली नेताहरुवीच आज नयाँ दिल्लीमा भएको छलफल हिन्दु धर्म र राजसस्थाको पुर्नस्थापनाको विषयमा कुुरा भएको थियो । छलफलमा अगाडि के भन्नेमा भने एक मत बन्न नसकेको बताईएको छ । स्रोतका अनुसार आरएसएस पहिला हिन्दु धर्म हुनु पर्ने पक्षमा उभिएको छ । छलफलमा नेपालको संविधानबाट धर्म निरपेक्ष हटाएर अहिले धार्मिक स्वतन्त्रता राख्ने विषयमा सहमति भए नाकाबन्दी खोल्नु पर्ने कुराकानी भएको थियो । नाकाबन्दीको विषयमा कुरा गर्न दिल्ली गएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग पनि भाजपाका नेताहरुसँग धर्मको विषयमा कुराकानी भएको स्रोतको दावी छ । त्यसबेला नै थापालाई पूर्व राजा ज्ञानेन्द्रसँग कुराकानी गर्ने जिम्मेवारी भाजपा नेताहरुले दिएका थिए । भारतीय जनता पार्टीको सरकार बनिसकेपछि दुई पटक नयाँ दिल्ली पुगेका ज्ञानेन्द्रसँग पनि त्यहाँ यस विषयमा कुराकानी भएको थियो । भारत ज्ञानेन्द्रलाई नै पुर्नस्थापना गर्न नसकेपनि नाती हृदयेन्द्रलाई ल्याउने योजनामा छ । दिल्लीको कुराकानी अनुसार नै मधेस आन्दोलनको विषयमा विज्ञप्ति निकालेर आफ्नो मुख खोलेका ज्ञानेन्द्रले डेढ महिना लामो नाकाबन्दीले मुलुक र जनताको जीवन तहस नहस भईरहेको बेला पनि मुख खोलेका छैन । हाम्राे सन्देश बाट ।
Saturday, November 7, 2015
तपाई लाइ थाहा छ ? प्रेममा परेपछि केटीहरुले देखाउने ५ ब्यवहार
जव कुनै पनि केटी पुरुषसँगको सम्बन्धमा आउँछे उसमा बदलाव आउँछ । हुन त केटीलाई बुझ्न कसैले पनि सक्दैन पनि भनिन्छ तर कसैकै गर्लफ्रेण्ड बनेपछि केटीहरुमा बदलाव आउँछ । उनीहरुमा आएको बदलाव बुझ्न त्यति कठिन हुँदैन ।यस्ता बदलाव कुनै चिजसँग सम्बन्धित हुन सक्छन् । अचानक मुड परिवर्तन हुने, स्वभाव बदलिनु इत्यादि ।
प्रेममा परेपछि केटीमा के के ब्यवहारिक परिवर्तन आउँछन् त?
१ निद्रा नलाग्ने:भनिन्छ प्रेममा परेपछि निद्रा भाग्छ । यस्तै हुन्छ कतिपय केटीलाई पनि । प्रेममा परेका केटीहरु अवेर सम्म जाग्छन् र प्रेमीसँग कुरा गरिरहन्छन् । एसमएस कल देखि च्याटले केटीहरुलाई राति सम्म ब्यस्त राख्छ ।
२ फोनमा लामो कुरा:प्रेममा परेपछि एउटै कुरा पनि आपसमा पटक पटक दोहोर्याएर गर्नु समान्य हो । केटीहरु पनि त्यस्तै गर्छन् । केटीहरुले फोनमा केटासँग लामो लामो कुरा गर्छन् । प्रेममा परेपछि एसमएस र कल जाँच गर्नु नै केटीको काम बन्छ । राति राति सम्म केटीहरु फोनमा झुण्डिरहेका हुन्छन् ।
३ रोमान्टिक गीत र फिल्म:कसैको प्रेममा परेपछि केटीहरु रोमान्टिक गीत र फिल्म मन पराउँछन् । किन भने कुनै पनि रोमान्टिक गीत आफैलाई गाएको जस्तो लाग्छ भने फिल्मका पात्र आफू नै भएको जस्तो महसुस हुन्छ । र यो कुरा प्रेमीलाई सुनाउन हतारिन्छन् ।
४ जासुस:जव प्रेममा पर्छन् केटीहरुले प्रेमीलाई बढी सिरियस्ली लिन्छन् । केटाको बारेमा हरेक कुरामा चासो लिन्छन् फेसबुक स्ट्याटस देखि प्रोफाइलमा आएका लाइक सम्म । आफ्नै प्रेमीको विषयमा कुरा गरेको सुन्न मन पराउँछन् । तर उनीहरु चाहिने भन्दा बढी नियन्त्रण गर्ने सम्म केटीहरुको बानी हुन्छ ।
५ इर्स्यालु:जव केटीहरु कुनै पुरुषको प्रेममा पर्छन् । उनीहरुलाई असुरक्षित महसुस हुन्छ । केटो अरुसँग नजिक होला आफूसँग टाढा होला कि भन्ने केटीहरुको चिन्ता हुन्छ । अरु केटीसँग प्रेमी बोल्दा त केटीहरुलाई इर्श्या नै हुन्छ ।
आफ्नो केटा साथीसँग सेक्स गर्नका लागि कन्डोम चोरेको अभियोग लागेपछि १९ वर्षीया मुस्लिम युवतीको हत्या
लारीब बर्लिन । जर्मनीको बर्लिनस्थित दर्मस्टादमा आफ्नो केटा साथीसँग सेक्स गर्नका लागि कन्डोम चोरेको अभियोग लागेपछि १९ वर्षीया मुस्लिम युवतीको हत्या गरिएको छ । लारीब नाम गरेकी युवतीले ब्वाईफ्रेन्डसँग सेक्स गर्नका लागि एक दुकानबाट कन्डोम चोरेकी थिइन् |
सो आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । छोरीको यो हर्कत देखेर पाकिस्तानी मुलका ५१ वर्षीय असादुल्लाह खानले आफ्नी छोरीलाई घरभित्रै घाटी थिचेर हत्या गरेको डेली मेलले आफ्नो समाचारमा जनाएको छ । छोरीको हत्याको आरोपमा प्रहरीले खानलाई पक्राउ गरेको छ । खानले पनि आफूले छोरीको हत्या गरेको स्वीकार गरेका छन् । छोरी लारीबलाई हत्या गरेपछि खान र उनकी ४१ वर्षीया पत्नी शाजियाले आफ्नो कारमा शव राखेर दर्मस्टादको तटबन्धमा लगेका थिए । लारीबकी आमाले छोरीलाई आफूले बचाउन नसकेको बयान दिएकी छिन् । लारीबलाई हत्या गर्ने दिन कान्छी छोरी नीदालाई बाबु र आमाले आफन्तको घरमा बस्न पठाएका थिए । लारीबले आफ्ना बाबुको इच्छाविरुद्ध ब्वाईफ्रेन्ड बनाइ सेक्स गर्दै आएको डेली मेलले जनाएको छ । खान परिवारले अहिले अदालतमा मुद्दा खेपीरहेको छ ।
म अविवाहित महिला हुँ । म औंलाले नै सेक्स गर्छु । यसो गर्दा म भर्जिन नै रहन्छु ? म भर्जिन छु कि छैन, आफैंले थाहा पाउने उपाय के होला ?
सेक्स अर्थात् यौनसम्पर्क गर्नु भन्नाले धेरैजसोले योनि-लिङ्ग मैथुनलाई सम्झन्छन् । यस्तो यौनसम्पर्क योनि-लिङ्ग मात्र नभै मुख-मैथुन वा गुदा-मैथुन पनि हुन सक्छ । योनिमा औंला पसाउनु भनेको पक्कै नै यौन क्रियाकलाप हो । यसलाई यौनसम्पर्ककै रूपमा परिभाषित गर्न भने नमिल्ला । बरु यसलाई हस्तमैथुन भन्न सकिन्छ । तपाईंलाई थाहै होला, आफूले आफ्नै यौनाङ्ग वा यौन संवेदनशील अङ्ग चलाएर, घर्षण गरेर वा दबाब दिएर आनन्द प्राप्त गर्ने क्रियाकलाप नै हस्तमैथुन हो ।
महिलाले विभिन्न किसिमले हस्तमैथुन गर्छन् । भगांकुर चलाउनु वा घर्षण गर्नु हस्तमैथुनको एउटा प्रचलित विधि हो । भगांकुर करिब ९० प्रतिशत महिलामा यौन संवेदनशीलताको केन्द्रका रूपमा रहेको हुन्छ । आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुरा वा तरिकाले यसलाई चलाउन सकिन्छ वा यसलाई कुनै वस्तुमाथि थिच्ने जस्ता अनेक उपाय गर्न सकिन्छ । त्यसैगरी अर्को प्रमुख उपाय योनिमा औंला वा लिङ्ग आकारको वस्तु वा अन्य केही पसाउनु हो । यसो गर्दा योनिमा पर्याप्त मात्रामा रस आइसकेको हुनुपर्छ र यौन उत्तेजना हुँदा यो स्वभाविक रूपमै हुन्छ ।
त्यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थ प्रयोग गर्न बिर्सनु हुँदैन । यस्तो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ । औंला पसाउँदा योनिमा आफूलाई बढी आनन्द आउने स्थान खोज्न सकिन्छ । भगांकुर होस वा योनि, हस्तमैथुनमा औंलाको प्रयोग नै महत्त्वपूर्ण हुन्छ । औंला बहुउपयोगी हुने भएकाले नै चाहेअनुरूप दबाब, गति, एवं शैलीमा गर्न सकिन्छ, जसले आनन्द वृद्धि गर्छ । त्यसबाहेक महिलाका अन्य अङ्गहरूको स्पर्श, मर्दन वा सुमसुम्याई यौन आनन्द पाउने कुरामा सहायक नै हुन्छन्, तर अचेल यसरी यौन आनन्द लिने क्रममा महिलाहरूले यौन प्रसाधन वा वस्तुहरू पनि प्रयोग गर्न सक्छन् । कतिपयले पुरुषको लिङ्ग आकारको कृत्रिम वा प्राकृतिक वस्तु पनि प्रयोग गर्छन् । अंग्रेजीमा vibrators (भाइबे्रटर) भनिने यौन प्रसाधन विभिन्न किसिमका आकार-प्रकारमा उपलब्ध छन् ।
के म भर्जिन रहन्छु ?
विशेष गरेर महिलाको कौमार्य विकसित मानव सभ्यताको मात्र नभई पहिलेदेखि नै मानव यौनिकताको एउटा महत्वपूर्ण पक्ष रहँदै आएको पाइन्छ । यसमा कसको नियन्त्रण हुने भन्ने एक किसिमको द्वन्द्व जहिले पनि छ । विवाहमा कुमार केटालाई कन्या (केटी) खोज्ने चलन भए पनि विशेष गरेर कुमारी केटीको सन्दर्भमा कौमार्य भङ्ग भए नभएको कुराले निकै महत्त्व राखेको पाइन्छ । त्यस्तो स्थितिका कन्या कुमारीलाई अक्षत योनि भनिन्छ र त्यसका लागि अंग्रेजी शब्द virgin (भर्जिन) प्रयोग गरिन्छ । कुनै पनि व्यक्तिसँग यौनसम्पर्क राख्नु नै कौमार्य भङ्ग हुनु हो । अहिले कस्तो किसिमको यौन क्रियाकलापलाई यौनसम्पर्क मान्ने अनि कस्तोलाई नमान्ने भन्ने प्रश्न पनि छ । कुमारीत्व वा कुमारत्व शारीरिक कुरा मात्र होइन, भावनात्मक पनि हो । लिङ्ग प्रवेश नभै यौन उत्तेजक रूपमा यौनाङ्गमा औंलाको भरपुर प्रयोग गरेर यौन क्रियाकलापमा संलग्न भएको कुरालाई के भन्ने ? जस्ता प्रश्नको उत्तर पनि बाँकी नै रहन्छ ।
जैविक रूपमा यौनसम्पर्कको अनुभवहीनता नै कौमार्य भङ्ग नहुनु अर्थात् कुमार वा कुमारी हुनु हो । धेरै जसो स्थितिमा कौमार्य (virginity) भङ्ग हुने कुरा किशोरी वा युवतीको वा भनौं महिलाको सन्दर्भमा गरिन्छ । यौनसम्पर्क नराखेको स्थितिमा व्यक्तिको कौमार्य भङ्ग भएको मानिँदैन । साँचो अर्थमा हस्तमैथुनलाई यौनसम्पर्क भन्न पनि मिल्दैन ।
कौमार्य भए नभएको कसरी जाँच्ने ?
पहिले – पहिले महिलाको योनिच्छद च्यातिएको वा नच्यातिएको आधारमा कुमारीत्वको आँकलन गरिन्थ्यो । प्रत्यक्ष रूपमा यो च्यातिएको थाहा पाउन विभिन्न उपाय गरिन्थ्यो । विवाहपछि नवविवाहितासँग पहिलो यौन सम्पर्कमा रगत आउनुलाई नै योनिच्छद च्यातिएको प्रमाणका रूपमा लिइन्थ्यो अर्थात् अक्षत- योनि भएको प्रमाण । यसका साथै पीडालाई पनि विशेष चासोका साथ अवलोकन गरिन्थ्यो । रगत स्पष्ट रूपमा देखियोस् भनेर विवाहपछिको प्रथम रात बिछ्यौनामा सेतो तन्ना बिछयाइन्थ्यो ।
योनिच्छद योनिद्वारनजिक रहेको पातलो छालाको झिल्ली हो । अंग्रेजीमा यसलाई जymभल भनिन्छ । कुनै – कुनै युवतीको योनिच्छद जन्मजात नै नहुन सक्छ वा यसको राम्रोसँग विकास नभएको हुनसक्छ । प्रथम यौनसम्पर्क हुनुभन्दा पहिले नै कतिपय युवतीमा शारीरिक क्रियाकलापका दौरान योनिच्छद च्यातिन सक्छ । भनिन्छ, यो खेलकुद, घोड्चढी, साइक्लिङ वा अन्य व्यायामका कारण पनि च्यातिन सक्छ । त्यसैगरी महिनावारीको रगत सोस्न प्याडको सट्टा प्रयोग गरिने त्amउयल टयाम्पोन) पनि योनिच्छद च्यातिने कारण हुन सक्छ । अहिले विवाहको उमेर पछिल्तिर धकेलिएको छ, त्यसैले तपाईंले जस्तै कैयौं किशोरी वा युवतीहरूले हस्तमैथुनको माध्यमबाट आफ्नो यौनेच्छा पूरा गरेका हुन्छन् र कतिपयले औंलाका साथै अन्य वस्तु पनि प्रयोग गरेका हुन सक्छन् । कतिपय युवतीले हस्तमैथुन गर्ने क्रममा आफ्नो योनिच्छद च्यात्न सक्छन् । त्यसैले कुनै युवती पूर्ण रूपमा कुमारी भए पनि अर्थात् यौनसम्पर्क नै नगरेको भए पनि पहिलो यौनसम्पर्कका बेलामा पटक्कै रगत नआउन वा कुनै पीडा नहुन सक्छ ।
अर्कातिर, केही युवतीको योनिच्छद निकै लचिलो हुनसक्छ । अति नै लचिला योनिच्छद यौनसम्पर्क राखिसके पनि नच्यातिन सक्छ । त्यसैले योनिच्छद हुँदैमा यौन क्रियाकलापमा संलग्न नरहेको प्रमाणित गर्न सकिँदैन । केही मुलुकमा अचेल च्यातिसकिएको योनिच्छद शल्यक्रिया गरेर पुन: बनाइएको (hymenorrhaphy, हाइमेनोराफी) पनि पाइन्छ, जसले योनिच्छदलाई कुमारीत्वको आधार मान्ने कुरालाई थप जटिल र अमान्य बनाइदिएको छ । योनिच्छद वा प्रथम यौनसम्पर्कमा रगत आउनुलाई कुमारत्व वा कुमारीत्वको आधार बनाइनु वैज्ञानिक छैन । त्यसैले अनावश्यक रूपमा चिन्ता गर्नु मनासिव होइन ।
हुन त तपाईं टुक्रुक्क बसेर ऐनाको मद्दतले भगोष्ठलाई फटयाएर योनिद्वारमा योनिच्छद भए- नभएको वा त्यसको स्वरूप हेर्न सक्नुहुन्छ, तर माथि उल्लेख गरिएका कुरा अध्ययन गरिसकेपछि यो विषयमा अनावश्यक चिन्ता लिनु मनासिव छैन भन्ने कुरा पक्कै बुझिसक्नुभयो होला ।

Subscribe to:
Posts (Atom)