Tuesday, November 10, 2015

संसारकै सबैभन्दा खतरनाक ताल, १ घण्टामा मानिसको मृत्यु हुन्छ !







के तपाइँले यस्तो तालका बारेमा सुन्नु भएको छ जसले एक घण्टा भित्रमा कुनैपनि मानिसको ज्यान लिन सक्दछ ? यदि सुन्नु भएको छैन भने यो कुरा थाहा पाइराख्नुहोस् कि रूसमा रहेको कराचय ताल यस्तो एक बिषालु ताल हो, जसको आसपास मात्र जाँदैमा पनि कुनैपनि मानिसको मृत्यु हुने गर्दछ । यो ताल पृथ्वीको एक मात्र सबैभन्दा खतरनाक बिषालु ताल हो, जसले यति कम समयमानै कुनै पनि मानिसको ज्यान लिन सक्दछ ।

स्मरण रहोस कि, यस तालको किनारामा द मयंक प्रोडक्शन एसोसिएशन नामको एक न्यूक्लियर प्लान्ट रहेको थियो । यहाँबाट निस्कने सबै प्रकारका न्यूक्लियर फोहोरहरूलाइ यहि तालमा फाल्ने गरिएको थियो, जसका कारण यस तालको पानी यति धेरै प्रदूषित भयो कि यसको आसपासका गाउँमा बस्ने मानिसहरू एक खतरनाक रोगको चपेटामा आएका थिए । यस घटनामा धेरै मानिसहरूको ज्यान गएको थियो । बाँचेका मानिसहरूमा पनि क्यान्सर जस्ता घातक रोगहरूले शिकार बनायो ।



त्यस्तै यस तालको वरिपरि रहेका गाउँमा जन्मिने शिशुहरू मध्ये धेरैजसो एब्नर्मल जन्मिए । गाउँका ६५ प्रतिशत मानिसहरू यस प्लान्टबाट निस्कने तरंगका कारण छाला सम्बन्धी रोगहरूबाट ग्रसित भएका थिए । अचम्मको कुरा त यो थियो कि सन १९९० सम्म यस प्लान्टको जानकारी कसैलाइ पनि थिएन । मानिसहरू मरिरहेका थिए, तर कसरी भन्ने कुरा कसैलाइ पनि थाहा थिएन । यद्दपी यहाँको सरकारले सन २००३ मा यस कम्पनी बिरूद्ध कदम उठायो र यसलाइ बन्द गरिदिएको थियो ।

Sunday, November 8, 2015

सातामा कम्तीमा चारवटा अण्डाको सेवन गर्नाले फाईदै फाईदा


काठमाडौं । हालै गरिएको एक नयाँ अनुसन्धानले सातामा कम्तीमा चारवटा अण्डाको सेवन गर्नुको फाइदा पत्ता लगाइएको छ ।

यूनिभर्सिटी अफ ईस्टर्न फिनल्याण्डका अनुसन्धानकर्ताहरूले आफ्नो अध्ययनका आधारमा के निश्कर्ष निकालेका छन भने सातामा चार वटा अण्डाको सेवन गर्नाले टाइप २ डाइबेटीजको खतरालाइ एक तिहाई हद सम्म कम गर्न सकिन्छ ।



अनुसन्धानकर्ताहरूले ४२ देखि ६० बर्ष उमेर समूहका २ हजार ३ सय ३२ जना पुरूषहरूमा गरेको परीक्षणका आधारमा यो निष्कर्ष निकालेका हुन । उनीहरूका अनुसार जो पुरुष एक सातामा कम्तीमा चारवटा अण्डाको सेवन गर्दछन उनीहरूलाइ डाइबेटिजको खतरा ३७ प्रतिशत कम हुने गर्दछ । यसै कारण अनुसन्धानकर्ताहरूले नियमित रूपमा अण्डाको सेवन गर्नका लागी सल्लाह दिएका छन । यो अनुसन्धान अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशनमा प्रकाशित गरिएको छ । हाई फ्याट्स डाइट डेरी उत्पादन जस्तै हाई फ्याट चीज़, दही र अण्डाको सेवनबाट भने डाइबेटीजको खतरा २३ प्रतिशत सम्म कम हुने कुरा पनि अनुसन्धानकर्ताहरूले जनाएका छन ।

स्वीडेनमा गरिएको एक अन्य अध्ययनमा देखिए अनुसार यी उत्पादनहरूको सेवनले ब्याड कोलेस्ट्रोल कम हुने गर्दछ । यद्दपी यस अनुसन्धानले यो कुरा पनि मानेको छ कि हैई फ्याट्स युक्त मिटको सेवनले भने यस खतरालाइ बढाउन सक्दछ । अनुसन्धानकर्ताहरूले आफ्नो अध्ययनको आधारमा फ्याट फूडको प्रकारको सट्टा त्यसको मात्राले शरीरलाइ धेरै प्रभावित गर्ने पाएका छन, यसैले जुनसुकै कुराको सेवन गर्दा पनि सन्तुलित मात्रामा सेवन गर्नका लागी भनेका छन ।

एक लिटर पानीबाट ५०० किलोमिटर बाइक चल्ने

साओ पाओलो । भारतले गरेको नाकाबन्दीका कारण नेपालमा इन्धन संकट चुलिइरहेको छ । इन्धन पाइएको बेला पनि महंगीका कारण किनिनसक्नु छ । यस्तो तनावपूर्ण अवस्थामा एउटा खुसीको खबर सार्वजनिक भएको छ । किनकी ब्राजिलका एक नागरिकले पानीबाट चल्ने बाइक बनाएका छन् । साओ पाओलोका रिकार्डो एजवेडोइस नाम गरेको उक्त व्यक्तिले पानीबाट चल्ने बाइक बनाएका हुन् । यतिमात्र होइन, पानीबाट चल्ने बाइकको माइलेज पनि छक्कै पार्ने छ । उक्त बाइक एक लिटर पानीबाट ५०० किलोमिटरसम्मको दुरीसम्म चल्छ । यो मोटरसाइकलमा एउटा ब्याट्री पनि जोडिएको हुन्छ । रिकार्डोले आफ्नो उक्त पानीबाट चल्ने बाइकको नाम टी पावर एचटुओ राखेका छन् । उक्त बाइकमा पानी राखेपछि ब्याट्रीका कारण यसले हाइड्रोजन बनाउँछ । उक्त हाइड्रोजनबाट बाइक चल्दछ । बाइकको इन्जिनमा होइड्रोजनलाई इन्धनको रुपमा प्रयोग गरिन्छ ।

पूर्ब राजा ज्ञानेन्द्र र भारतीय प्रधानमन्त्री मोदी बीच टेलिफोन वार्ता

काठमाडौ, २२ कार्तिक । मुलुकमा भारतले लामो अघोषित नाकाबन्दी लगाएको विषयमा अहिले चुसम्म नबोलका पूर्व राजा ज्ञानेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच टेलिफोन संबाद भएको छ । मोदी आफैले टेलिफोन गरेर पूर्व राजा ज्ञानेन्द्रलाई अघि बढ्न सुझाव दिदै कुनै बेलाको लागि तयार भए बस्न सन्देश दिएका थिए । स्रोतका अनुसार मोदीले दलहरुको पछिल्लो ब्यवहार र अभिब्यक्तिप्रति रुष्टता प्रकट गरेका थिए । राष्ट्रिय स्वयम सेवक संघ (आरएसएस) र भारतीय जनता पार्टीका प्रभावशाली नेताहरुवीच आज नयाँ दिल्लीमा भएको छलफल हिन्दु धर्म र राजसस्थाको पुर्नस्थापनाको विषयमा कुुरा भएको थियो । छलफलमा अगाडि के भन्नेमा भने एक मत बन्न नसकेको बताईएको छ । स्रोतका अनुसार आरएसएस पहिला हिन्दु धर्म हुनु पर्ने पक्षमा उभिएको छ । छलफलमा नेपालको संविधानबाट धर्म निरपेक्ष हटाएर अहिले धार्मिक स्वतन्त्रता राख्ने विषयमा सहमति भए नाकाबन्दी खोल्नु पर्ने कुराकानी भएको थियो । नाकाबन्दीको विषयमा कुरा गर्न दिल्ली गएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग पनि भाजपाका नेताहरुसँग धर्मको विषयमा कुराकानी भएको स्रोतको दावी छ । त्यसबेला नै थापालाई पूर्व राजा ज्ञानेन्द्रसँग कुराकानी गर्ने जिम्मेवारी भाजपा नेताहरुले दिएका थिए । भारतीय जनता पार्टीको सरकार बनिसकेपछि दुई पटक नयाँ दिल्ली पुगेका ज्ञानेन्द्रसँग पनि त्यहाँ यस विषयमा कुराकानी भएको थियो । भारत ज्ञानेन्द्रलाई नै पुर्नस्थापना गर्न नसकेपनि नाती हृदयेन्द्रलाई ल्याउने योजनामा छ । दिल्लीको कुराकानी अनुसार नै मधेस आन्दोलनको विषयमा विज्ञप्ति निकालेर आफ्नो मुख खोलेका ज्ञानेन्द्रले डेढ महिना लामो नाकाबन्दीले मुलुक र जनताको जीवन तहस नहस भईरहेको बेला पनि मुख खोलेका छैन । हाम्राे सन्देश बाट ।

Saturday, November 7, 2015

तपाई लाइ थाहा छ ? प्रेममा परेपछि केटीहरुले देखाउने ५ ब्यवहार


जव कुनै पनि केटी पुरुषसँगको सम्बन्धमा आउँछे उसमा बदलाव आउँछ । हुन त केटीलाई बुझ्न कसैले पनि सक्दैन पनि भनिन्छ तर कसैकै गर्लफ्रेण्ड बनेपछि केटीहरुमा बदलाव आउँछ । उनीहरुमा आएको बदलाव बुझ्न त्यति कठिन हुँदैन ।यस्ता बदलाव कुनै चिजसँग सम्बन्धित हुन सक्छन् । अचानक मुड परिवर्तन हुने, स्वभाव बदलिनु इत्यादि ।





प्रेममा परेपछि केटीमा के के ब्यवहारिक परिवर्तन आउँछन् त?

१ निद्रा नलाग्ने:भनिन्छ प्रेममा परेपछि निद्रा भाग्छ । यस्तै हुन्छ कतिपय केटीलाई पनि । प्रेममा परेका केटीहरु अवेर सम्म जाग्छन् र प्रेमीसँग कुरा गरिरहन्छन् । एसमएस कल देखि च्याटले केटीहरुलाई राति सम्म ब्यस्त राख्छ ।
२ फोनमा लामो कुरा:प्रेममा परेपछि एउटै कुरा पनि आपसमा पटक पटक दोहोर्‍याएर गर्नु समान्य हो । केटीहरु पनि त्यस्तै गर्छन् । केटीहरुले फोनमा केटासँग लामो लामो कुरा गर्छन् । प्रेममा परेपछि एसमएस र कल जाँच गर्नु नै केटीको काम बन्छ । राति राति सम्म केटीहरु फोनमा झुण्डिरहेका हुन्छन् ।
३ रोमान्टिक गीत र फिल्म:कसैको प्रेममा परेपछि केटीहरु रोमान्टिक गीत र फिल्म मन पराउँछन् । किन भने कुनै पनि रोमान्टिक गीत आफैलाई गाएको जस्तो लाग्छ भने फिल्मका पात्र आफू नै भएको जस्तो महसुस हुन्छ । र यो कुरा प्रेमीलाई सुनाउन हतारिन्छन् ।
४ जासुस:जव प्रेममा पर्छन् केटीहरुले प्रेमीलाई बढी सिरियस्ली लिन्छन् । केटाको बारेमा हरेक कुरामा चासो लिन्छन् फेसबुक स्ट्याटस देखि प्रोफाइलमा आएका लाइक सम्म । आफ्नै प्रेमीको विषयमा कुरा गरेको सुन्न मन पराउँछन् । तर उनीहरु चाहिने भन्दा बढी नियन्त्रण गर्ने सम्म केटीहरुको बानी हुन्छ ।
५ इर्स्यालु:जव केटीहरु कुनै पुरुषको प्रेममा पर्छन् । उनीहरुलाई असुरक्षित महसुस हुन्छ । केटो अरुसँग नजिक होला आफूसँग टाढा होला कि भन्ने केटीहरुको चिन्ता हुन्छ । अरु केटीसँग प्रेमी बोल्दा त केटीहरुलाई इर्श्या नै हुन्छ ।

आफ्नो केटा साथीसँग सेक्स गर्नका लागि कन्डोम चोरेको अभियोग लागेपछि १९ वर्षीया मुस्लिम युवतीको हत्या


लारीब बर्लिन । जर्मनीको बर्लिनस्थित दर्मस्टादमा आफ्नो केटा साथीसँग सेक्स गर्नका लागि कन्डोम चोरेको अभियोग लागेपछि १९ वर्षीया मुस्लिम युवतीको हत्या गरिएको छ । लारीब नाम गरेकी युवतीले ब्वाईफ्रेन्डसँग सेक्स गर्नका लागि एक दुकानबाट कन्डोम चोरेकी थिइन् |

सो आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । छोरीको यो हर्कत देखेर पाकिस्तानी मुलका ५१ वर्षीय असादुल्लाह खानले आफ्नी छोरीलाई घरभित्रै घाटी थिचेर हत्या गरेको डेली मेलले आफ्नो समाचारमा जनाएको छ । छोरीको हत्याको आरोपमा प्रहरीले खानलाई पक्राउ गरेको छ । खानले पनि आफूले छोरीको हत्या गरेको स्वीकार गरेका छन् । छोरी लारीबलाई हत्या गरेपछि खान र उनकी ४१ वर्षीया पत्नी शाजियाले आफ्नो कारमा शव राखेर दर्मस्टादको तटबन्धमा लगेका थिए । लारीबकी आमाले छोरीलाई आफूले बचाउन नसकेको बयान दिएकी छिन् । लारीबलाई हत्या गर्ने दिन कान्छी छोरी नीदालाई बाबु र आमाले आफन्तको घरमा बस्न पठाएका थिए । लारीबले आफ्ना बाबुको इच्छाविरुद्ध ब्वाईफ्रेन्ड बनाइ सेक्स गर्दै आएको डेली मेलले जनाएको छ । खान परिवारले अहिले अदालतमा मुद्दा खेपीरहेको छ ।

म अविवाहित महिला हुँ । म औंलाले नै सेक्स गर्छु । यसो गर्दा म भर्जिन नै रहन्छु ? म भर्जिन छु कि छैन, आफैंले थाहा पाउने उपाय के होला ?

सेक्स अर्थात् यौनसम्पर्क गर्नु भन्नाले धेरैजसोले योनि-लिङ्ग मैथुनलाई सम्झन्छन् । यस्तो यौनसम्पर्क योनि-लिङ्ग मात्र नभै मुख-मैथुन वा गुदा-मैथुन पनि हुन सक्छ । योनिमा औंला पसाउनु भनेको पक्कै नै यौन क्रियाकलाप हो । यसलाई यौनसम्पर्ककै रूपमा परिभाषित गर्न भने नमिल्ला । बरु यसलाई हस्तमैथुन भन्न सकिन्छ । तपाईंलाई थाहै होला, आफूले आफ्नै यौनाङ्ग वा यौन संवेदनशील अङ्ग चलाएर, घर्षण गरेर वा दबाब दिएर आनन्द प्राप्त गर्ने क्रियाकलाप नै हस्तमैथुन हो ।

महिलाले विभिन्न किसिमले हस्तमैथुन गर्छन् । भगांकुर चलाउनु वा घर्षण गर्नु हस्तमैथुनको एउटा प्रचलित विधि हो । भगांकुर करिब ९० प्रतिशत महिलामा यौन संवेदनशीलताको केन्द्रका रूपमा रहेको हुन्छ । आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुरा वा तरिकाले यसलाई चलाउन सकिन्छ वा यसलाई कुनै वस्तुमाथि थिच्ने जस्ता अनेक उपाय गर्न सकिन्छ । त्यसैगरी अर्को प्रमुख उपाय योनिमा औंला वा लिङ्ग आकारको वस्तु वा अन्य केही पसाउनु हो । यसो गर्दा योनिमा पर्याप्त मात्रामा रस आइसकेको हुनुपर्छ र यौन उत्तेजना हुँदा यो स्वभाविक रूपमै हुन्छ ।



त्यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थ प्रयोग गर्न बिर्सनु हुँदैन । यस्तो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ । औंला पसाउँदा योनिमा आफूलाई बढी आनन्द आउने स्थान खोज्न सकिन्छ । भगांकुर होस वा योनि, हस्तमैथुनमा औंलाको प्रयोग नै महत्त्वपूर्ण हुन्छ । औंला बहुउपयोगी हुने भएकाले नै चाहेअनुरूप दबाब, गति, एवं शैलीमा गर्न सकिन्छ, जसले आनन्द वृद्धि गर्छ । त्यसबाहेक महिलाका अन्य अङ्गहरूको स्पर्श, मर्दन वा सुमसुम्याई यौन आनन्द पाउने कुरामा सहायक नै हुन्छन्, तर अचेल यसरी यौन आनन्द लिने क्रममा महिलाहरूले यौन प्रसाधन वा वस्तुहरू पनि प्रयोग गर्न सक्छन् । कतिपयले पुरुषको लिङ्ग आकारको कृत्रिम वा प्राकृतिक वस्तु पनि प्रयोग गर्छन् । अंग्रेजीमा vibrators (भाइबे्रटर) भनिने यौन प्रसाधन विभिन्न किसिमका आकार-प्रकारमा उपलब्ध छन् ।

के म भर्जिन रहन्छु ?

विशेष गरेर महिलाको कौमार्य विकसित मानव सभ्यताको मात्र नभई पहिलेदेखि नै मानव यौनिकताको एउटा महत्वपूर्ण पक्ष रहँदै आएको पाइन्छ । यसमा कसको नियन्त्रण हुने भन्ने एक किसिमको द्वन्द्व जहिले पनि छ । विवाहमा कुमार केटालाई कन्या (केटी) खोज्ने चलन भए पनि विशेष गरेर कुमारी केटीको सन्दर्भमा कौमार्य भङ्ग भए नभएको कुराले निकै महत्त्व राखेको पाइन्छ । त्यस्तो स्थितिका कन्या कुमारीलाई अक्षत योनि भनिन्छ र त्यसका लागि अंग्रेजी शब्द virgin (भर्जिन) प्रयोग गरिन्छ । कुनै पनि व्यक्तिसँग यौनसम्पर्क राख्नु नै कौमार्य भङ्ग हुनु हो । अहिले कस्तो किसिमको यौन क्रियाकलापलाई यौनसम्पर्क मान्ने अनि कस्तोलाई नमान्ने भन्ने प्रश्न पनि छ । कुमारीत्व वा कुमारत्व शारीरिक कुरा मात्र होइन, भावनात्मक पनि हो । लिङ्ग प्रवेश नभै यौन उत्तेजक रूपमा यौनाङ्गमा औंलाको भरपुर प्रयोग गरेर यौन क्रियाकलापमा संलग्न भएको कुरालाई के भन्ने ? जस्ता प्रश्नको उत्तर पनि बाँकी नै रहन्छ ।

जैविक रूपमा यौनसम्पर्कको अनुभवहीनता नै कौमार्य भङ्ग नहुनु अर्थात् कुमार वा कुमारी हुनु हो । धेरै जसो स्थितिमा कौमार्य (virginity) भङ्ग हुने कुरा किशोरी वा युवतीको वा भनौं महिलाको सन्दर्भमा गरिन्छ । यौनसम्पर्क नराखेको स्थितिमा व्यक्तिको कौमार्य भङ्ग भएको मानिँदैन । साँचो अर्थमा हस्तमैथुनलाई यौनसम्पर्क भन्न पनि मिल्दैन ।

कौमार्य भए नभएको कसरी जाँच्ने ?

पहिले – पहिले महिलाको योनिच्छद च्यातिएको वा नच्यातिएको आधारमा कुमारीत्वको आँकलन गरिन्थ्यो । प्रत्यक्ष रूपमा यो च्यातिएको थाहा पाउन विभिन्न उपाय गरिन्थ्यो । विवाहपछि नवविवाहितासँग पहिलो यौन सम्पर्कमा रगत आउनुलाई नै योनिच्छद च्यातिएको प्रमाणका रूपमा लिइन्थ्यो अर्थात् अक्षत- योनि भएको प्रमाण । यसका साथै पीडालाई पनि विशेष चासोका साथ अवलोकन गरिन्थ्यो । रगत स्पष्ट रूपमा देखियोस् भनेर विवाहपछिको प्रथम रात बिछ्यौनामा सेतो तन्ना बिछयाइन्थ्यो ।

योनिच्छद योनिद्वारनजिक रहेको पातलो छालाको झिल्ली हो । अंग्रेजीमा यसलाई जymभल भनिन्छ । कुनै – कुनै युवतीको योनिच्छद जन्मजात नै नहुन सक्छ वा यसको राम्रोसँग विकास नभएको हुनसक्छ । प्रथम यौनसम्पर्क हुनुभन्दा पहिले नै कतिपय युवतीमा शारीरिक क्रियाकलापका दौरान योनिच्छद च्यातिन सक्छ । भनिन्छ, यो खेलकुद, घोड्चढी, साइक्लिङ वा अन्य व्यायामका कारण पनि च्यातिन सक्छ । त्यसैगरी महिनावारीको रगत सोस्न प्याडको सट्टा प्रयोग गरिने त्amउयल टयाम्पोन) पनि योनिच्छद च्यातिने कारण हुन सक्छ । अहिले विवाहको उमेर पछिल्तिर धकेलिएको छ, त्यसैले तपाईंले जस्तै कैयौं किशोरी वा युवतीहरूले हस्तमैथुनको माध्यमबाट आफ्नो यौनेच्छा पूरा गरेका हुन्छन् र कतिपयले औंलाका साथै अन्य वस्तु पनि प्रयोग गरेका हुन सक्छन् । कतिपय युवतीले हस्तमैथुन गर्ने क्रममा आफ्नो योनिच्छद च्यात्न सक्छन् । त्यसैले कुनै युवती पूर्ण रूपमा कुमारी भए पनि अर्थात् यौनसम्पर्क नै नगरेको भए पनि पहिलो यौनसम्पर्कका बेलामा पटक्कै रगत नआउन वा कुनै पीडा नहुन सक्छ ।
अर्कातिर, केही युवतीको योनिच्छद निकै लचिलो हुनसक्छ । अति नै लचिला योनिच्छद यौनसम्पर्क राखिसके पनि नच्यातिन सक्छ । त्यसैले योनिच्छद हुँदैमा यौन क्रियाकलापमा संलग्न नरहेको प्रमाणित गर्न सकिँदैन । केही मुलुकमा अचेल च्यातिसकिएको योनिच्छद शल्यक्रिया गरेर पुन: बनाइएको (hymenorrhaphy, हाइमेनोराफी) पनि पाइन्छ, जसले योनिच्छदलाई कुमारीत्वको आधार मान्ने कुरालाई थप जटिल र अमान्य बनाइदिएको छ । योनिच्छद वा प्रथम यौनसम्पर्कमा रगत आउनुलाई कुमारत्व वा कुमारीत्वको आधार बनाइनु वैज्ञानिक छैन । त्यसैले अनावश्यक रूपमा चिन्ता गर्नु मनासिव होइन ।
हुन त तपाईं टुक्रुक्क बसेर ऐनाको मद्दतले भगोष्ठलाई फटयाएर योनिद्वारमा योनिच्छद भए- नभएको वा त्यसको स्वरूप हेर्न सक्नुहुन्छ, तर माथि उल्लेख गरिएका कुरा अध्ययन गरिसकेपछि यो विषयमा अनावश्यक चिन्ता लिनु मनासिव छैन भन्ने कुरा पक्कै बुझिसक्नुभयो होला ।

महिलालाई ‘म्याक्सी’ र ‘नाइटी’ लगाउन नदिएपछि बबाल

एजेन्सी । भारतको महाराष्ट्रको एक गाउँका महिलालाई नाईटी लगाउन निषेध गरिएको छ । प्रहरीका अनुसार रातमा महिलाले यस्ता कपडा लगाएमा ५ सय रुपैया जरिवाना गर्न सकिने थियो ।गाउँको एक स्थानीय समूह प्रहरीको आदेश अनुसार रातमा महिलाले यस्ता कपडा लगाएमा ५ सय रुपैया जरिवाना गर्न सकिने थियो । गाउँको एक स्थानीय समूह ‘इन्द्रायणी महिला मण्डल’ का अनुसार बलात्कार जस्ता घटना रोक्नका लागि यस्तो आदेश जारी गरिएको थियो । इण्डियन एक्सप्रेसका अनुसार समूहकी एक महिला सदस्यले घर बाहिर यस्ता कपडा लगाएका कारण अपराध बढिरहेको छ । उनले हालका दिनहरुमा म्याक्सी या नाईटी लगाउने प्रचलन बढेको छ ।यस्ता कपडा घरबाहिर लगाउदा भद्दा देखिन्छ । महिला मण्डलले आइतबार गाउँको सूचना बोर्डमा यस्तो आदेश टाँसेको थियो । सूचनामा गाउँका महिलाले यस्ता कपडा लगाएर गाउँ घुमेमा ५ सय जरिवाना गरिने उल्लेख थियो ।यस्तो आदेशको केही महिलाहरुले बिरोध गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले भने कुनै महिलालाई यस्तो आदेश दिने अधिकार कसैलाई नभएको भन्दै हस्तक्षेप गरेको हो । त्यसपछि उक्त सूचना हटाइएको छ ।

दुःख साट्न जापानी महिलाले अब भाडामा पुरुष लिन पाउने



जापानमा नयाँ सेवा सुरु भएको छ । काममा व्यस्त र साथि बनाउन नपाएका महिलाहरुले भाडामा पुरुष साथी लिन पाउनेछन् । उनीहरुले आफू बेखुसी वा उच्च तनावमा भएका बेला त्यस्ता पूरुषलाई बोलाउन सक्छन् । लाईसेन्स प्राप्त पुरुषहरुले रुने थेरापी गरेर महिलाहरुको तनाव घटाउन भूमिका खेल्छन् । सेप्टेम्बर २४ बाट जापानमा यस्तो सेवा सूचारु भएको थियो र अहिले थुप्रै महिलाहरु यस्तो सेवामा आकर्षित छन् ।




आफ्नो अवस्थाअनुसार महिलाहरुले तनाव हटाउन भाई, बौद्धिक व्यक्ति, ब्याड ब्वाई र आकर्षक पुरुष बोलाउन सक्छन् । सबैको विशेषता फरक फरक हुनेछ । यस्तो योजना बनाउने हिरोकी तेराई भन्छन्, टोकियोमा काम गर्ने जापानी महिलाहरु निकै तनावमा हुन्छन् । कहिलेकाँही रुन्छन् समेत । हामी उनीहरुको आँशु हटाउन चाहन्छौँ । केहीले यस योजनालाई यौनकार्यका रुपमा विश्लेषण गरेका छन् । तर तेराई यसलाई खण्डन गर्छन् । उनी यस योजनाको सुरुआतबाटै महिलाहरुले पुरुष बोलाउने काम सुरु भएको बताउँछन् । उनी महिलाहरुलाई रुवाएर उनीहरुको तनाव घटाउन र राम्रो अनुभव गराउन मात्रै यस्तो योजना ल्याइएको बताउँछन् ।

श्रीदेवीकी दुई छोरी सामाजिक सञ्जालमा धुम मच्चाउँदै




बलिउड नायिका श्रीदेवीकी छोरी जान्भी र खुसी ग्ल्यामर दुनिँयाबाट टाढै छन् तर सामाजिक सञ्जालमा पोस्ट हुने ग्ल्यामरस तस्बिरहरुले भने त्यस्तो बताउँदैन। आफ्ना बाबुआमासंग विभिन्न कार्यक्रममा उपस्थित हुने यी दुईमाथी सबैको नजर पुग्ने गरेको छ।
बलिउड नायिका श्रीदेवीकी छोरी जान्भी र खुसी ग्ल्यामर दुनिँयाबाट टाढै छन् तर सामाजिक सञ्जालमा पोस्ट हुने ग्ल्यामरस तस्बिरहरुले भने त्यस्तो बताउँदैन। आफ्ना बाबुआमासंग विभिन्न कार्यक्रममा उपस्थित हुने यी दुईमाथी सबैको नजर पुग्ने गरेको छ।
यी दुवै दिदीबहिनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय छन्। नयाँ-नयाँ फोटो अपलोड गरेर यी दुई निकै चर्चामा रहने गरेका छन्। फोटो देखेर यो थाहा पाउन मुस्किल हुन्न कि आउने समयमा बलिउडमा यी दुईले धुम मच्चाउने छन्।

गुगलमा खोजेर उपचार गर्दछन् ९० प्रतिशत डाक्टर

सुन्दैमा यो कुरा अनौठो तथा अपत्यारिलो लाग्नसक्छ । तर सत्य केे हो भने एसियाका ९० प्रतिशत डाक्टरहरु गुगल लगायतका इन्टरनेट सर्चको आधारमा विरामीको उपचार गरिरहेका छन् । एशियाभर भएको अध्ययनले यस्तो खुलासा गरेको हो ।
रेफरेन्स ड्युरिंग टि्रटमेन्ट एण्ड सर्जरीले गराएको अध्ययन अनुसार डाक्टरहरुले विरामीको उपचारका क्रममा बिरामीको रोग तथा उपचारका विधिका विषयमा गुगलमा सर्च गर्दछन् । यसलाई डिजिटल क्रान्ती भन्ने की मेडिकल क्षेत्रको असक्षमता ?
अध्ययन अनुसार डाक्टरहरुले एक दिनमा कम्तिमा पनि ६ पटक इन्टरनेटमा आफ्नो पेशा सँग सम्बन्धित प्रोफेसनल सर्च गर्दछन्, इन्टरनेटमा । ५८ प्रतिशत फिजिसियनहरु कम्प्युटरमा इन्टरनेट र्स गरेरै उपचार गर्दछन् । १४ प्रतिशत डाक्टरहरु भने प्रकाशित माध्यममा भर पर्दछन् ।
अध्ययनबाट के खुलासा भएको छ भने हरेक तिन जनामा एक जना डाक्टरले बिरामीको उपचारका बेलामा हातमा मोबाइल फोन वा ट्याब्लेट बोक्ने गर्दछन् र केही समस्या हुने बित्तिकै सम्बन्धित रोग तथा त्यसको उपचारका विषयमा ग्याजेटमा इन्टरनेट सर्च गरिहाल्छन् ।

पासवर्ड याद राख्नुपर्ने झण्झट हटाउँदैछ माइक्रोसफ्टले

अब तपाइँलाई आफ्नो इमेल तथा मोबाइल फोनको पासवर्ड सम्झिराख्नुपर्ने झण्झटबाट मुक्ति मिल्नेवाला छ । प्रविधि क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले यस्तो प्रविधिको आविष्कार गर्दैछ जसबाट मोबाइल फोन वा इमेलको पासवर्ड सम्झिनुपर्ने तथा त्यसको सुरक्षा सँग सम्बन्धित सबै खाले समस्याहरु हट्नेछन् । प्रयोगकर्ताहरुलाई पासवर्डको चिन्ताबाट मुक्ति दिलाउने विषयमा काम गरिरहेको माइक्रोसफ्टले जनाएको छ ।
माइक्रोसफ्ट कम्पनीका सिइओ सत्य नादेलाले यो कुराको खुलासा गरेका छन् की सुरक्षाको सबैभन्दा ठूलो मुद्दामा एक पासवर्ड पनि हो ।
माइक्रोसफ्ट अहिले यस्तो व्यवस्थामा काम गरिरहेको छ जहाँ पासवर्ड जस्तो चिजको आवश्यकता हुनेछैन । यो प्रविधिको प्रयोग गरेपछि तपाइँको सिस्टमलाई कसैले पनि ह्याक गर्न सक्नेछैन । यो सँगै प्रयोगकर्ताको साथमा अन्य विभिन्न बायोमेट्रिक्स हुनेछन् जसले तपाइँको अकाउण्टको सुरक्षामा थप मद्दत गर्नेछन् ।

Friday, November 6, 2015

पुरुषको वीर्यले महिलालाई आकर्षित गर्छ,माया बढाउछ



एजेन्सी । पुरुषको वीर्यको मद्दतले सन्तान उत्पादन त गर्छ नै । त्यति मात्रै होइन, अर्को गजबको फाइदा पनि हुँदो रहेछ । पुरुषको वीर्य कुनै गुण नभएको त पक्कै हुँदैन होला ? अरु गुणहरुलाई छोडेर हालै गरिएको एक अध्ययनले पुरुष वीर्यमा महिलाको खिन्नतालाई प्रसन्नतामा रुपान्तरण गरिदिने रसायन भएको तथ्य फेला पारेको छ । मानिसमा भएका अनेक तन्तुका अनेक गुण हुन्छन्, अनेक फाइदा पनि हुन्छन् । शरीरको तापक्रमले पनि महिला पुरुष समागमको बेला केहि न केहि प्रभाव पारिरहेको हुन्छ भनिन्छ । न्युओर्क राज्य विश्वविद्यालयले गरेको पछिल्लो अनुसन्धानमा वीर्यमा महिलाको शारीरिक र मानसिक मनोभावमा सकारात्मक परिवर्तन ल्याइदिने गुण भएको उल्लेख छ । रिपोर्टमा वीर्यले यौनेच्छामा कमी आएकाहरुलाई पनि मद्दत गर्ने र यौन इच्छा बढाइदिने उल्लेख छ । लामो समय सम्भोग नगरेका महिलाहरु एकपटक सम्भोग गरिसकेपछि फेरि चाँडै चाहना राख्ने हुनु पनि यसैको कारण भएको बताइन्छ ।

शिशु जन्मिएपछि कति दिनसम्म यौनसम्पर्क राख्नु हुँदैन ?





शिशु जन्मिएपछि कति दिनसम्म यौनसम्पर्क गर्नु हुँदैन ? शिशुको जन्मपछि यौनसम्पर्क गर्दा वीर्य -शुक्रकीट) योनिमा झर्दा गर्भ रहन्छ कि रहँदैन ? तपाईंले भन्नुभएजस्तै धेरै दम्पतीको मनमा प्रश्न हुन्छ- शिशु जन्मिएपछि कहिलेदेखि यौनसम्पर्क पुनः सुरु गर्नहुन्छ ? सबैका लागि यति नै समय भनेर तोक्नु मनासिब नहोला। सजिलो रूपमा भन्नुपर्दा दुवैले उपयुक्त मानेपछि। कतिपयले ६ हप्तालाई यौनसम्पर्क सुरु गर्न सकिने समय मानेका छन्। कतिपयले ६ हप्तासम्म पर्खनु नपर्ने कुरा गरेका छन् भने कतिले अझै बढी समय पर्खनु उचित हुन्छ भन्छन्। विभिन्न तर्क भए पनि सर्वप्रथम सुत्केरी अवस्थामा रहेकी आमा शारीरिक तथा मानसिक दुवै रूपमा तयार हुनु महत्त्वपूर्ण कुरा हो। शारीरिक तथा मानसिक रूपमा तयार हुनुभन्दा पहिले नै पतिले यौनसम्पर्क राख्ने इच्छा देखाए वा दबाब दिए के गर्ने भन्ने भय कतिपय नेपाली महिलामा हुनसक्छ र यो निकै असजिलो परिस्थिति हो। त्यसैले पति-पत्नीले आफ्ना मनमा भएका दुःख तथा अप्ठयाराहरूलाई खुलस्त रूपमा एक-अर्कासामु व्यक्त गर्नुपर्छ र कुराकानी गरेर समाधान खोज्नुपर्छ। यौन क्रियाकलापमा संलग्न हुन दुवै जना तयार भएको स्थितिमा त्यसका लागि दुवैले केही समय निकाल्नुपर्छ। कुराकानी, स्पर्श, अंकमालजस्ता कतिपय कुरा आत्मीयता अनि यौन क्रियाकलाप अघि बढाउन सहयोगी हुन्छन्। तुरुन्तै पूर्ण यौनसम्पर्कमा संलग्न भैहाल्नुपर्छ भन्ने केही छैन। के-कस्ता कुराले यौन क्रियाकलाप सहज बनाउन सहयोग गर्ला ? सुरुका केही दिनमा हुने प्रसवपछिको श्राव हुन बन्द भएपछि कतिपय महिलाले योनिमा सुख्खापन महसुस गर्न सक्छन्। योनि सुख्खा भएको अनुभव छ भने, प्-थ् वभििथ वा अन्य कुनै चिप्लो पदार्थले यौनाङ्गको स्पर्श वा लिङ्ग प्रवेशलाई सजिलो बनाउन सक्छ। केगेल कसरत लाभदायक हुन्छ। यसले योनि तथा भग क्षेत्रको मांशपेशीलाई बलियो बनाउन सहयोग गर्छ। यौन उत्तेजना भएको स्थितिमा गर्भावस्थाभन्दा पहिलेको जस्तो पूर्ण र शारीरिक रूपमा सक्रिय किसिमको यौन सम्पर्कमा संलग्न हुनुपर्ने भन्ने छैन। कोमल तरिकाले बिस्तारै अघि बढ्नु श्रेयस्कर हुन्छ। स्पर्श, अंकमाल अति विस्तारै यौनाङ्गको स्पर्श, सहजता हेरी अघि बढ्ने सजिलो आसनको प्रयोग गर्न सक्नुहुन्छ। असजिलो भएमा बन्द गर्ने, राति नै वा बेस्सरी थाकेको बेला यौनसम्पर्क गर्नुपर्छ भन्ने छैन। थकान पक्कै यौन क्रियाकलापमा संलग्न हुन वाधक हुनसक्छ। राम्रो कुरा के भने नवजात शिशु प्रशस्तै सुत्छ। थाक्नुभन्दा पहिले नै शिशु सुतेको बेला समय निकाल्नु सहयोगी हुन्छ। नवजात शिशु सुत्नासाथ आफूले पनि केही आराम गर्ने गर्दा थकान हटाउन मद्दत पुग्छ। हल्का र थोरै तर पटक-पटक खानु वा पिउनु पनि सहयोगी हुन्छ। शिशु हेरिदिने कोही भए त्यसको उपयोग आरामका लागि गर्दा पनि सहयोग नै पुग्छ। यस्तो अवस्थामा पोषणमा विशेष ध्यान पुर्‍याउनुपर्छ। के गर्भ रहला ? शिशुलाई स्तनपान नगराउने धेरैजसो महिला शिशु जन्मिएको यस्तै ४ देखि ६ हप्तामा महिनावारी र्फकन सक्छन्, तर यस्तै एकतिहाइ जति शिशुको जन्मपछिको महिनावारीमा डिम्ब निष्कासन नभएको हुन सक्छ। त्यसपछिका महिनावारीमा ढिम्ब निष्कासन हुने क्रम पनि बढी हुन्छ र शूक्रकीटसहितको वीर्य योनिमा पर्दा गर्भ रहने सम्भावना बढ्छ। शिशुलाई पूर्ण स्तनपान गराइएको स्थितिमा महिनावारी हुन नथालेसम्म ६ महिनासम्मको लागि स्तनपान विधि नै प्रयोग गर्न सकिन्छ। तर अर्को पक्ष के पनि हो भने यी कुरामा केही अनिश्चितता हुन्छ। मुख्य कुरा के भने, गर्भको भयका कारण यौनसम्पर्क राख्न हिचकिचाउनुपर्ने जमाना अहिले छैन। गर्भावस्थादेखि नै आफ्नो परिवारको योजना गर्न सकिए सजिलै उपलब्ध गर्भनिरोधको साधन शिशुको जन्मपछि सक्दो चाँडो प्रयोग गर्न सकिन्छ। स्तनपान गराइरहेको स्थितिमा स्वास्थ्यकर्मीको सल्लाहमा प्रोजेस्टेरोन मात्र भएका चक्की वा सुई -डिपो) प्रयोग गर्न सकिन्छ। कन्डमको प्रयोग त जुनसुकै बेला पनि गर्न सकिने भयो। -

ब्लू फिल्म हेर्दा किन यस्तो हुन्छ ? यौन उत्तेजनाको कारण ,त्यसो हुन नदिन के गर्ने ?

ब्लू फिल्म के हो ? सजिलो भाषामा भन्नुपर्दा यो एक यौन चलदृश्य भएको फिल्म अर्थात् चलचित्र हो। यस्ता यौन चलचित्रलाई धेरैजसो पश्चिमा मुलुकमा वयस्क चलचित्र भनिन्छ भने कतिपय मुलुकमा अंग्रेजी शब्द दगिभ को पनि प्रयोग भएको पाइन्छ। अहिले कतै,कतै त्यसको शाब्दिक अनुवाद गरेर नेपालीमा नीलो चलचित्र भन्ने शब्द पनि प्रयोग भएको पाइन्छ। किन यस्ता यौन चलचित्रलाई दगिभ शब्दको प्रयोग गरिन थालियो भन्ने कुरामा फरक(फरक धारणा पाइन्छ। कतिले दगिभ अश्लीलता वा अशिष्टतासँग जोडिने गरेको र केही ठाउँमा यस्ता कतिपय कुरालाई रोक्न कडा कानुन बनाइएका र त्यस्ता कानुनलाई दगिभ बिध भनिएकाले यो शब्द आएको मान्छन्। अर्कातिर अठारौं शताब्दीमा पुस्तक पसलेले अश्लील सामाग्रीलाई नीलो रङ्गको कागजले बेरेर दिने तथा पछि यौन चलचित्रको टेप आएपछि नीलो पहिचानका लागि नीलो रङ्ग प्रयोग गरिने भएकाले दगिभ भन्ने शब्द प्रयोग भएको हुन सक्ने मानिन्छ। यस्ता यौन चलचित्र मानिसहरू आफ्नो यौनसुखलाई बढावा दिन सहयोगी सामग्रीका रूपमा हेर्छन्। यौन उत्तेजना कसरी हुन्छ ? यौनेच्छा वा यौन व्यग्रता एक मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो। यो प्राकृतिक शक्ति वा व्यग्रताले निश्चित कार्यका लागि अभिप्रेरित गर्छ। यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणाली सक्रिय देखिन्छन्। एक त भलमयअचष्लभ कथकतझ अन्तर्गतका रागरसहरूले त्यसको सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणाली। रागरस ९हार्मोन० का प्रभाव यौनेच्छा जाग्ने (विकसित हुने) वा त्यसको व्यग्रतामा रागरस अर्थात् हार्मोनको महत्त्वपूर्ण भूमिका हुन्छ। टेस्टेस्टेरोन नामको हार्मोनले यौनेच्छा वा यौन व्यग्रतालाई प्रभाव पारेको हुन्छ। महिलामा पनि यो हार्मोनको कारण यौन व्यग्रता जागृत हुन्छ। टेस्टस्टेरोनको कमी भएको अवस्थामा यौनेच्छा वा यौन व्यग्रता हुँदैन। इन्द्रियहरूका कुरा अन्य शारीरिक क्रियाका लागि जस्तै यौन क्रियाका लागि पनि हाम्रा इन्द्रियहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्। यौन उत्तेजनाका लागि हाम्रा इन्द्रियहरू नभैनहुने कुरा हुन्। हाम्रो शरीरले कसरी आनन्द पाउँछ भन्ने कुरा नै ऐन्द्रिकता हो। यो हाम्रो शरीरका पाँच इन्द्रिय : दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वादसँग सम्बन्धित कुरा हो। स्पर्श : शरीरको कतिपय यौन संवेदनशील अङ्ग वा क्षेत्र स्पर्श गर्दा यौन उत्तेजना वा आनन्द प्राप्त हुन्छ र उक्त आनन्द प्राप्त गर्न व्यक्ति जहिले पनि लालायित हुन्छ। गहिरिएर विचार गर्ने हो भने यौनसम्पर्क एक विशेष स्पर्श नै हो । दृष्टि : यौन उत्तेजनामा यसको निकै ठूलो महत्व छ। सम्भवतः स्पर्शपछि सबैभन्दा ठूलो स्थान यसकै छ। सबै व्यक्ति यौन दृश्यबाट उत्तेजित हुन्छन्। गन्ध : गन्धको पनि मानव यौन जीवनमा निकै महत्त्व हुन्छ। सुगन्ध र अत्तरको प्रयोग गर्नुका पछाडि चेतन वा अनेचत रूपमा यौन नै मुख्य कारण भएको पाइन्छ। स्वाद : यौनमा स्वादको प्रत्यक्ष सम्बन्ध र महत्व भने केही कम देखिन्छन्, तर मुखमैथुनमा संलग्न हुनेहरूका लागि यो निकै महत्वपूर्ण सावित हुनसक्छ। चुम्बन एकहदसम्म स्वादसँग सम्बन्धित हुन्छ। ध्वनि : यौनजीवनमा आवाज वा ध्वनिले पनि निकै महत्वपूर्ण भूमिका खेल्छ। सञ्चारका लागि प्रत्यक्ष प्रेमालाप होस् वा अपरोक्ष ध्वनिले मुख्य भूमिका खेल्छ। यसमा गीत संगीतका कुरा पनि छन्। इन्द्रियहरूवाट ग्रहण गरिएका सन्देशहरू मस्तिष्कसम्म पुगेपछि चेतन रूपमा हामीले उक्त कुरा थाहा पाउँछौं। विभिन्न अङ्ग विभिन्न अङ्ग (स्रोत) बाट सन्देश स्नायु प्रणालीका नसाहरूबाट विद्युतीय तरंग वा रसायनहरूको माध्यमबाट मस्तिष्कसम्म पुग्छन् र त्यसलाई मस्तिष्कले अर्थ लगाएपछि हामीले थाहा पाउँछौं। यौन उत्तेजना हुने किसिमका सन्देशहरू प्राप्त भए हामीमा यौन उत्तेजना बढ्छ। व्यक्तिअनुसार कुन किसिमको सन्देश बढी यौन उत्तेजक हुन्छ भन्ने कुराचाहिँ फरक(फरक हुन सक्छ। यौन सम्पर्कलाई शारिरीक सम्बन्धु भनिए पनि वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने, यौन उत्तेजनालाई स्नायु प्रणाली तथा यौनअङ्ग संलग्न एक जटिल प्रक्रियाको क्रियाशीलता हो भनेर परिभाषित गर्न सकिन्छ। यौनसम्बन्धी हाम्रा भावना मस्तिष्कबाट सुरु हुन्छन्। त्यसबाहेक यौन परिकल्पना, भावना तथा सोचाइहरू मानसिक प्रक्रियाबाट पनि व्यक्तिलाई यौन उत्तेजना हुन्छ। यसरी यौन उत्तेजित हुन थालेपछि लिङ्गका धमनीहरूबाट बढी मात्रामा रगत लिङ्गमा भएको उत्थित हुन सक्ने विशेष तन्तुमा जम्मा हुन थाल्छ, साथै लिङ्गबाट रगत बाहिर निस्कने क्रम घट्छ। यसरी लिङ्गमा रगत भरिन्छ अनि लिङ्ग कडा, मोटो र लामो हुन्छ। यसलाई नै हामी उत्तेजित भएको भन्छौ। समाधानका कुरा त्यसरी उत्तेजित नहुन सबैभन्दा सजिलो उपाय यौन चलचित्र नहेर्नु नै हो। यद्यपि एकपटक विचार गर्नुहोस् त तपाईंले वा कुनै व्यक्तिले किन यौन चलचित्र हेर्छ रु पक्कै यौन चलचित्र हेर्नुको मुख्य उदेश्य नै यौन सुख प्राप्त गर्ने कार्यमा सहयोग प्राप्त गर्नु हो। माथी भनिएजस्तो कुनै कुरा हेर्दा यदि ती कुरा यौन उत्तेजक छन् भने ती दृश्यका सन्देश मस्तिष्कसम्म पुगेर त्यसलाई अर्थ लगाएपछि यौन उत्तेजना बढ्छ। यो स्वाभाविक हो। यौन चलचित्रमा हुने नयाँ यौन क्रियाकलाप अनि आसन स्वाभाविक रूपमा एकदमै उत्तेजक लाग्न सक्छन्। त्यही किसिमको दृश्य हेर्ने कार्यलाई लामो समयसम्म निरन्तरता दिइएको स्थितिमा बढी अभ्यस्त भएपछि ती कम उत्तेजित लाग्न सक्छन् र केही नौला यौन क्रियाकलापका दृश्य हेरेपछि मात्र यौन उत्तेजना बढी हुन्छ।

पुरुषको बिर्ये सबै भन्दा उपयुक्त फेसिअल का लागि



लण्डनकी ६७ वर्षीया स्टेला रलफिनीले अनुहारको सुन्दरताका लागि वीर्यको मसाज गर्छिन् । स्टेला बेस्ट सेलिङ पुस्तक ‘थ्रि फेसेस अफ सेक्स’ की लेखक हुन् । अनुहारको छालालाई सुन्दर बनाउन उनी वीर्यले मसाज गरिसकेपछि १५ मिनेटसम्म राख्छिन् । यसबाट अनुहार सुन्दर देखिने उनको भनाई छ ।

‘तर, वीर्यको फेसियल मसाजका लागि एक ब्वाईफ्रेण्ड या तपाईंलाई माया गर्ने पार्टनर भने चाहिन्छ, असल वीर्यका लागि उसलाई पोषणयुक्त खाना खुवाउनुपर्छ ।’ स्टेला भन्छिन् । वीर्य मसाजबाट अनुहारमा परेको चाउरीसमेत हट्ने उनले बताइन् ।



आफूलाई यो आइडिया एक भारतीय महिलाले दिएको स्टेलाको भनाई छ । ‘भारत भ्रमणका क्रममा मैले एक सुन्दर भारतीय महिलासंग उनको सुन्दरताको रहस्य सोधें, उनले अनुहारमा वीर्यको मसाज गर्ने बताएपछि मैले पनि सुरु गरें’ स्टेलाले भनिन्

महिलाको यौन सम्वन्धि १९ रोचक तथ्यहरु यस्ता छन् जुन सुन्दै रोचक लाग्ने |


१. कुनै देशमा नवविवाहिता दुलहीले पहिलोपटकको सम्भोगअघि कुखुराको चल्लाको रगतले भरिएको सानो ब्याग योनिमा राख्छन् । केही देशमा भने भेडाको जमेको रगत योनिमा राख्ने चलन छ ।
२. धेरै अनुसन्धानकर्ताहरू छाला सबैभन्दा ठुलो सेक्स अंग र दिमाग सबैभन्दा शक्तिशाली ठान्छन् ।
३. किन्स्ले इन्सिच्युटका अनुसार वीर्य स्खलन हुँदाको गति २८ माइल प्रतिघण्टा हुन्छ ।
४. महिलाको चरम आनन्द (अर्गाज्म) को रेकर्ड एक घण्टामा १ सय ३४ पटकको छ ।
५. १० देखि १२ प्रतिशत महिलाले कहिल्यै चरम आनन्दको अनुभव गरेका हुँदैंनन् । सेक्स सिम्बोलको रुपमा अन्तर्राष्ट्रिय रूपमै लोकप्रिय अभिनेतृ मार्लिन मूनरोले कहिल्यै अर्गाज्मको अनुभव नगरेको बताइन्छ ।



६. योनिमा रक्तसन्चार बढी हुने भएकाले रजस्वला भएको समयमा महिलाले बढी अर्गाज्म अनुभव गर्छन् । ७. नियमित सेक्सले मानिसमा रोगप्रतिरोधि क्षमताको विकास हुन्छ भने क्यालोरी खर्च हुने, महिलामा मासिक धर्म नियमित हुने र शारीरिक पीडामा प्राकृतिक औषधिको काम गर्छ । ८. आफ्नो यौनांगप्रति सकारात्मक सोच राख्ने महिला सेक्समा सन्तुष्ट नै हुन्छन् । ९. महिलाहरु विभिन्न तरिकाले चरम सन्तुष्टि (अर्गाज्म) लिन सक्षम हुन्छन् । सबैमध्ये भंगाकुरको अर्गाज्म सबैभन्दा शक्तिशाली हुन्छ र महिलाले यसैबाट बढी सन्तुष्टि अनुभव गर्छन् । त्यसपछि अर्को हो, भ्यागिनल (योनि) को अर्गाज्म । तेस्रोमा जब महिलाको योनि र भंगाकुरले एकसाथ सन्तुष्टिको अनुभव दिन्छन्, त्यसलाई ब्लेन्डेड अर्गाज्म भनिन्छ । यस्तै, चुम्बन, निप्पल र खुट्टामाथि दबाब दिदा पनि महिलाहरू अर्गाज्म महसुस गर्छन् । १०. महिलाहरु पनि पुरुषजस्तै स्खलित हुन्छन् र त्यो पुरुषको वीर्य बन्ने रसायनबाटै बनेको हुन्छ । एकपटक महिला स्खलित हुँदा एक चम्चाजति स्त्रीरस स्खलन हुन्छ । ११. ठुलो र सानो स्तनबीच यौनिक हिसाबले कुनै अन्तर हुँदैंन । १२. महिलामा अर्गाज्म महसुस गराउने योनिभित्र रहेको स्थानको नाम ‘जी–स्पट’ डा. अर्नेष्ट ग्राफेनवर्गको नाममा राखिएको हो । उनले महिलाको योनिभित्र उत्तेजना दिने स्थान हुन्छ भन्ने पत्ता लगाएका थिए । १३. एक पुरुषले आफ्नो जीवनभर ०.५० खर्ब वीर्य स्खलन गर्न सक्छन् । १४. एक स्वस्थ पुरुषले जीवनभर १४. ग्यालेन वीर्य स्खलन गर्न सक्छ । १५. ३ करोड वर्षअघि ‘फुलिसिया डोरोथिया’ नामको जनावरले पहिलोपटक सेक्स गरेको भनेर धेरै वैज्ञानिकहरू विश्वास गर्छन् । १६. पोल्याण्डका समाजशास्त्री ब्रोनिस्ल मालिनोस्कीका अनुसार दक्षिण प्रशान्तका आदिवासीहरुले सेक्स गर्दाको पोजिसनको नाम ‘मिसनरी पोजिसन’ राखेका थिए । त्यहाँ भर्खर पुगेका क्रिश्चियन मिसनरीहरु आदिवासीहरू थुप्रै पोजिसनमा सेक्स गर्छन् भन्ने सुनेर छक्कै परेका थिए । १७. आफ्नी श्रीमतीलाई घरेलुकाममा सघाउने पुरुषहरु बढी सेक्स चाहन्छन् । १८. पुरुषको लिंग र महिलाको योनिको वरिपरीको मांसपेशीलाई ‘प्युबोकोसाइजिल मसल’ भनिन्छ । यो मांशपेशीको नियमित अभ्यासले महिला तथा पुरुषमा अर्गाज्म दिन्छ । १९ . कण्डम उत्पादक कम्पनी ड्युरेक्सले सन् २००७/२००८ मा गरेको अनुसन्धानअनुसार सबैभन्दा धेरै सेक्स गर्नेमा ग्रिसका मानिस पर्छन् । उनीहरुले वर्षमा १६५ पटक सेक्स गर्छन् । त्यसपछि ब्राजिलका मानिसले १४५ पटक गर्छन् । विश्वभरका मानिसले वर्षमा सरदर १०३ पटक सेक्स गर्छन् ।

महिनावारीको बेलामा हुने सम्भोगका केही रोचक तथ्य यस्ता छन् |

सांस्कृतिक , धार्मिक वा सामाजिक कारणले पनि धेरै महिला र पुरुष महिनावारीको बेला सम्भोग गर्न उतिसारो रहर गर्दैनन् ।

त्यसैले पनि रजश्वला भएकी स्त्री आफैपनि सम्भोगका लागि तयार हुँन्नन् । मानिसमा रजश्वलाका बेला सम्भोग गर्दा स्वास्थ्यलाई असर गर्ने समेत धारणा छ ।



तर चिकित्सा शास्त्रले महिनावारीका बेलाको सम्भोगलाई सामान्य मान्दछ ।

महिनावारीको बेलामा हुने सम्भोगका केही रोचक तथ्य यस्ता छन्
१. महिनावारीको बेला हुने सम्भोगबाट गर्भ रहने सम्भावना निकै कम हुन्छ । तरपनि महिलाको योनीभित्र छिरेको विर्यमा भएका शुक्रकिट केही दिन बाँच्ने भएकाले र अनियमित महिनावारी हुने महिलामा गर्भ रहन पनि सक्छ ।

२.यदि महिला वा पुरुषमध्ये एकजना एचआईभी संक्रमित भएमा मात्रै सम्भोगका बेला एड्स सर्छ । तर रजश्वला भएकी स्वस्थ महिलासँग यौन सम्पर्क गर्दा एड्स लाग्छ भन्ने मान्यता पूर्णत गलत हो ।

३.महिनावारी हुँदा बग्ने रगत खराब हुन्छ भन्ने धारणा गलत छ । यस्तो रगत अरु सामान्य रगत जस्तै हुन्छ । महिनावारीको बेला बगेको रगतको सम्पर्कमा आउँदा कुनै हानी हुँदैन । तर यदि महिलामा यौन रोग भएको भए महिनावारीको बेला बग्ने रगतबाट यौनरोग सर्ने सम्भावना अत्यधिक हुन्छ । त्यसैले यौन सम्पर्कको बेला सावधानी अपनाउनु आवश्यक हुन्छ ।

४.महिनावारीका बेला बगेको रगत लिंगमा लागेपनि त्यसले कुनै असर गर्दैन यदि यौन सम्पर्कपछि राम्ररी सफा गरियो भने ।

५. महिनावारीको बेला सम्भोग गर्दा पाठेघरमा असर पर्छ भन्ने मान्यता पनि गलत हो । महिनावारीका बेला पाठेघरको मुख खुल्ला हुने र लिंग पाठेघरभित्रै छिरेर हानी पूराउँछ भन्ने आम धारणा छ तर त्यस्तो हुँदैन । लिंग पाठेघरको मुखसम्म पुग्ने र निकै साँघुरो मुखबाट छिर्ने सम्भावना हुँदैन ।

६. महिनावारीका बेला गरिने सम्भोग पाप होइन , यो सामान्य प्राकृतिक प्रक्रिया हो । त्यसैले यस्तो बेला सम्भोग गर्दा निरास हुनु आवश्यक छैन ।

७. महिनावारीको बेला यौन सम्पर्क राख्ने महिलामा रगत बग्ने क्रम छिटै रोकिन्छ । यसो हुनुको कारण लिंगले बाहिर निस्केको रगतलाई पाठेघरभित्रै कोचेर हो भन्ने धारणा छ । तर त्यसो होइन , सम्भोगका बेला पाठेघर खुम्चिन्छ , जसका कारण एकैचोटीमा धेरै रगत बाहिर निस्कन्छ र लामो समयसम्म रगत बग्दैन ।

८. रजस्वलाका बेला यौन सम्पर्क गर्ने महिलामा दुखाइ कम हुन्छ । यसका धेरै कारण हुनसक्छन् , पहिलो चरमोत्कर्षका बेला शरीरले छाड्ने हर्मोनले दुखाइ कम गर्ने औषधिको काम गर्छ र दोश्रो दुखाइ महसुस गराउने रसायन सम्भोगका बेला उपयोग हुने भएकाले तल्लो पेट दुख्न कम हुन्छ ।

९. रजस्वला भएका बेला मुखमैथुन गर्दा पनि कुनै फरक पर्दैन तर त्यसको लागि दाँत जोगाउने साधन (डेन्टल डाम) लगाउनुपर्छ । किनभने यतिबेला महिलाको शरीर अरु बेला भन्दा कोमल भएको हुन्छ ।

१०. रजस्वला भएकेा बेला यौन सम्पर्क गर्दा ट्याम्पन निकाल्न नबिर्सनुहोस् । नत्र त्यो योनीभित्रै छिरेर हानी पुर्याउने खतरा रहन्छ ।

महिलाहरु कति बर्षको उमेरमा धेरै सेक्सी


महिलाहरूले २८ वर्षको उमेरमा आफूलाई सबैभन्दा सेक्सी मान्ने गरेको पत्ता लागेको छ। हालै बेलायतमा गरिएको एक सर्वेक्षणमा यस्तो नतिजा निस्केको हो। सामान्यतया जुनसुकै उमेरका भए पनि अधिकांश महिलाहरू आफ्नो शारीरिक बनावट वा फिगरबारे कुनै न कुनै गुनासो गरिरहेका हुन्छन्। महिलाका लागि स्वास्थ्य सामग्री उत्पादन गर्ने एक बेलायती कम्पनीले सर्वेक्षण गरेको थियो। बेलायती महिलालाई सोधिएका विभिन्न प्रश्नमध्ये एउटा महिला भएकोमा कस्तो लाग्छ भन्ने थियो।




सर्वेक्षणमा सहभागीमध्ये ४१ प्रतिशत महिलाले आफ्ना पयर लामा र सुडौल होस् भन्ने चाहना राखेको बताए। २८ वर्षको उमेरताकाको फिगरमा अधिकांस महिला सबैभन्दा बढी सन्तुष्ट र खुशी हुने गरेको सर्वेक्षणले देखाएको छ। सर्वेक्षणमा महिलाहरू ३२ वर्षको उमेरमा सबैभन्दा बढी आत्मविश्वासी हुने नतिजा देखिएको छ। ३२ वर्षको उमेरमा महिला पूर्ण आत्मविश्वासी हुुनुमा उनीहरूलाई सहयोग गर्ने साथी र परिवारको हात रहने पाइयो। सर्वेक्षणमा दुई हजार महिलाको सहभागीता थियो। सहभागी दुई हजार महिलामध्ये ७५ प्रतिशत महिलाले आफ्नो कुनै अंग फेर्न पाए पनि आफ्नो ‘बडी सेप’ जस्ताको तस्तै राख्ने बताए।


गर्भवती गर्लफ्रेण्डलाई प्रपोज गर्ने अनौठो तरिका

प्रेमीहरु आफ्ना प्रेमिकालाई बिहेको प्रस्ताव गर्न पनि अनौठा तरिका अपनाउन थालेका छन् । चीनमा एकजना युवकको पर्पोज स्टाइल सबैलाई छक्क पार्ने खालको छ ।
चीनको गोंगडंग प्रान्तस्थित पर्ल नदीको किनारामा हालै फेंग नामका एक चिनिया युवकले आफ्नी गर्भवती प्रेमिकालाई बिहेको प्रस्ताव राख्नका लागि अनौठो शैली अपनाए । बिहेको प्रपोज गर्दा गुलाबको फूल दिनको साटो ती युवकले आफ्नी प्रेमिकालाई उपहारको रुपमा बच्चाको लागि प्रयोग गरिने ४५ सय थान डाइपर्स दिने ।
समाचार अनुसार आफसँगको समागमबाट प्रेमिका गर्भवती भएको थाहा पाएपछि नै फेंग तत्काल बिहे गर्ने र त्यसका लागि प्रस्ताव राखिहाल्ने योजनामा पुगेछन् । पछिल्लो दुइवर्ष देखि अफेयरमा रहेका फेंगले डाइपर्स किनेर साथीहरुको सहयोगमा त्यसलाई मुटुको आकारमा मिलाएर राखे अनि त्यसमाथि प्रेमिकालाई बसाएर प्रपोज गरे । अनि ड्रोनको सहायताले एक प्याकेट आफ्नी प्रेमिकालाई उपहार दिए । प्रेमिकाले जब प्याकेट खोलिन् तब तिनछक परिन् । डाइपर्ससँगै एउटा हिराको औँठी पनि रहेछ ।
फेंगले आफ्नी प्रेमिकालाई प्रपोज गर्दै भने:  अबदेखि तिम्रो खुसी र बच्चाको खुसी मेरो जिम्मेवारी हो । बस तिमीले म सँग बिहे गर्छु भन ।

अनारको जुसले बढाउँछ यौन क्षमता

दिनहुँ अनारको जुस पिउने महिला पुरुषमा यौन क्षमता तथा यौनेच्छा बढ्ने पछिल्लो अध्ययनले देखाएको छ । अनारको जुसले टेष्टेस्टेरोन हर्मोनको मात्रा बढाउने र त्यसले यौन क्षमता तथा यौनेच्छा दुबैमा वृद्धि गर्ने अध्ययनकर्ताहरुको ठम्याइ छ । बेलायतको क्विन मार्गरेट विश्वविद्यालयका शोधकर्ताहरुले अनारको जुसले यौन क्षमता बढाउने तथ्य पुष्टि गरेका हुन् । २१ देखि ६४ वर्ष उमेर समूहका ५८ जना व्यक्तिमा उनीहरुले अध्ययन गरेका थिए । अध्ययनमा समावेश गराइएका ती मानिसहरुलाई पन्ध्र दिनसम्म लगातार हरेक दिन १ गिलास अनारको जुस पिउन दिइयो । पन्ध्र दिनपछि उनीहरुमा टेष्टेस्टेरोनको मात्रा १६ देखि ३० प्रतिशत सम्मले बढेको पाइयो । साथै अनारको नियमित सेवनले सकारात्मक संवेगको मात्रा बढेको र नकारात्मक संवेग घटेको समेत पुष्टि भयो । अनारको जुसले पुरुषमा दाह्री जुँगा आकर्षक बनाउने, बोली गहिरो र मधुर बनाउने तथा यौन चाहना बढाउने काम गर्यो भने महिलामा पनि यौन चाहना बढाउने मात्र नभई मांशपेशी र हड्डी मजबुत बनाउने प्रमाणित भयो । अनारको जुसले तनाव कम गर्न तथा बढि डराउने समस्या पनि कम सहयोग गर्ने तथ्य पनि वैज्ञानिकहरुले पत्ता लगाएका छन् । यसअघिका अध्ययनले अनारमा एन्टीअक्सिडेन्ट तत्व पाइने र त्यसले मुटुजन्य रोगको खतरा कम गर्न तथा रक्तसंचारलाई स्वस्थ बनाउन सहयोग गर्ने कुरा पत्ता लगाएको थियो । अनारको जुसको नियमित सेवनले क्यान्सरका साथै बाथ, पेटको रोग र आँखाको रोगको खतरा पनि कम गर्ने शोधकर्ताहरुको भनाइ छ ।

यौनबर्द्धक तथा तागतिलो खुराक: चिप्लेकिरा

काठमाडौं । चिप्ले किरा नाम सुन्दा अथवा देख्दा हामीलाई कस्तो कस्तो लग्न सक्छ तर यसको गुण थाहा पाउनु भयो भने तपाइँ अचम्म मान्नु हुनेछ ।यी किरा खाँदा हाडजोर्नी दुखेको चोटपटक लागेको ठीक हुन्छन् । यसका साथै शरीरमा निकै ताकत बढ्छ । त्यसैले पहिलेदेखि औषधीको रुपमा चिप्लेकिरा खाने चलन रहन्दै आएको छ । मानिसहरुले मात्र होइन गोरुले खेत जोत्न सकेन भने पनि ताकतको लागि ताकतिलो खुराकका रुपमा चिप्लेकिरा खुवाउने चलन छ । भियग्रा यौन वर्धक औषधीको रुपमा विश्व प्रसिद्ध छ नेपालको हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा भियग्रा भन्दा निकै प्रभावकारी भएको कुरा प्रमाणित भैसकेको छ ।




चिप्लेकिरा यार्सागुम्बा भन्दा पाउन सजिलो हुनुका साथै अझ प्रभावकारी भएको कुरा ती खाने व्यक्तिहरुले भन्दछन् । अरु समयमा भन्दा चिप्लेकिरा खाएको समयमा निकै यौन शक्ति निकै बढेको अनुभव पाइएको छ । यही गुणले गर्दाले पनि आजकलका युवाहरु अझ बढी चिप्लेकिरा तर्पु आकर्षित भएको छ ।

चिप्लेकिरा त्यतिकै खान घीन लाग्न सक्छ । तर यसलाई पानीमा राखेर केही समय चलाएमा केही भाग बाहेक यो पानीमा घुल्छ । अनी उक्त पानीलाई पिए हुन्छ । खैरो वा सुनौलो भन्दा कालो चिप्लेकिरा अति नै प्रभावकारी एवं शक्तिवर्धक हुन्छन् । त्यसैले एक पटकमा आधी वा एक चौथाइ मात्र खानु उपयुक्त हुन्छन् ।

सेक्स गर्ने बेलामा समेत फेसबुक चलाउने लत लागेपछि यस्तो भो

मानिसहरु एकपटक धेरै कुरा गर्न रुचाउँछन् । जसलाई मल्टि टास्किङ पनि भनिन्छ । हुनसक्छ तपाईको पनि कुनै कार्यक्रम वा मिटिङमा भएको बेला मोबाइलको मेसेज पढने बानी या यस्तै यस्तै अन्य कुनै लत हुनसक्छ । या तपाईं केही न केही नगरी बस्नै नसक्ने खालको हुनुहुन्छ । तर, केही मानिसको यस्तोसम्मको लत हुन्छ कि, जो सेक्स सम्बन्धका बेला समेत फेसबुक चलाइरहन्छन् । हो, कन्डम बनाउने एउटा कम्पनीले गरेको सर्भेमा छ प्रतिशत मानिसले सेक्स गर्ने बेलामा फेसबुक चेक गर्ने गरेको जवाफ दिएका छन् । यति मात्रै होइन, १२ प्रतिशत मानिसले त सेक्स गरिरहेको बेला फोन आउँदा उठाएर जबाफ फर्काएको समेत बताएका छन् । १०० मा १० प्रतिशत मानिसले चाँहि सेक्सको समयमा मोबाइलमा कसैको म्यासेज आएमा पढ्ने गरेको बताएका छन् । हुनसक्छ, फोन कल र म्यासेज कहिलेकाँही साह्रै महत्वपूर्ण हुन्छ । सेक्सको बेलामा पनि फोन रिसिभ गर्नु र म्यासेज पढ्नुलाई खासै बेठीक नमानिएला । तर, फेसबुक ! यो त कुनै गम्भीर चीज होइन । जसको अपडेट सेक्सपछि हेर्दा पनि के फरक पर्छ र ? तर मानिसलाई लत लागेपछि के गर्नु ? 

कुन ब्लड ग्रुप भएका मानिसको स्वभाव कस्तो …..?

एक अनुशन्धान अनुसार मानिसहरुको रगत समुह अनुसार उसको चालचलनको बारेमा थाहा पाउन सकिन्छ र रगत समुह फरक भएमा मानिसको विचार र बानी फरक हुने सम्भावना धेरै हुन सक्छ। यहाँ रगत समुह सँग सम्बन्धित केही बानीको बारेमा दिईएको छ।

Group O :
संसारका सवैभन्दा बढी मानिसमा यो रगत समुह पाइन्छ। o- र o+ गरी करीब ४७ प्रतिशत मानिसमा यो रगत समुह रहेको हुन्छ जसमा ४० प्रतिशत जती ०+ र ७ प्रतिशत जतीमा o- रहेको हुन्छ। यो रगत समुहका मानिसहरु नेतृत्व गर्न चाहना राख्ने
तथा क्षमता भएका, आफुले शुरु गरेको काम फत्ते गरी छाड्ने, सत्यतामा विश्वाश गर्ने, मायालु र आत्म-विश्वाशले भरिएका हुन्छन भने यो रगत समुह भएका मानिसहरुको कमजोरी भनेको डाहा गर्ने बानी र धेरै प्रतिष्पर्धात्मक हुन खोज्ने भएको अनुशन्धानको क्रममा पाईएको थियो।



Group A :
यो रगत समुह करीब ४० प्रतिशत मानिसहरुमा हुन्छ जसमा ३४ प्रतिशतमा A+र ६ प्रतिशतमा A- पाईन्छ। यो रगत समुह भएका मानिसहरु शान्त र सामाजिक खालका, अरु सँग काम गर्न मनपराउने, sensetive र कमजोरीको रुपमा झुक्न नचाहाने र आराम गर्न नसक्ने वा नचाहाने बानी भएका हुन्छन।

Group B :
यो समुहको रगत कम मानिसहरुमा मात्र पाईन्छ जसमा करीब ८ प्रतिशतमा B+ र १ प्रतिशतमा मात्र B- हुन्छ। यो रगत समुह भएका मानिसहरु एकलकाँटे, जे पनी एक्लै गर्न चाहाने रचनात्मक खुबी भएका झुक्न सक्ने खुबी भएका हुन्छन जसले गर्दा कहिले काही काम बिग्रन समेत सक्छ।

Group AB :
यो मानिसमा पाईने सबैभन्दा कम पाईने रक्त समुह हो। यो ४ प्रतिशतमा मात्र पाईन्छ जसमा ३ प्रतिशत AB+ र १ प्रतिशतमा AB- पाईन्छ। यो रगत समुह भएका मानिसहरु नरम, controlled र ठट्टा रमाईलो गर्ने खालका हुन्छन तर निर्णय गर्ने क्षमताको कमी हुन्छ !

पाइल्सको समस्यामा खानको प्रभाव

पाइल्स मलद्वारमा देखिने समस्या हो । मलद्वारमा रहेको रक्तनली सुन्निनु अर्थात् रक्तनलीका तन्तु तथा मांसपेशी सुन्निएर स–साना डल्ला निस्कनुलाई पाइल्स अर्थात् हेमोरोइड भनिन्छ । जति यस तन्तुमा बल पुग्छ त्यत्ति नै सुन्निने हुन्छ । पाइल्स मलद्वारको बाहिरी अथवा भित्री भागमा पनि हुन सक्छ । यस्तो अवस्थामा ग्रसित व्यक्तिलाई बस्न, दिसा गर्न गाह्रो हुन्छ । जटिल अवस्थाको पाइल्स छ भने असह्य पीडा हुनुको साथै दिसामा रगत देखिने हुन्छ । यस अवस्थामा बढी रगत बग्ने हुँदा रक्तअल्पताको समस्या आउन सक्छ । त्यसैले समयमै औषधि उपचार एवम् शल्यक्रियतासमेत गर्नुपर्ने हुन्छ ।
पाइल्स जो–कोहीलाई हुन सक्छ । तर पनि ४५ देखि ६५ वर्ष उमेरका वयष्क तथा प्रौढ व्यक्तिहरुमा यसको सम्भावना बढी हुन्छ । विशेष गरी लामो समयसम्म कब्जियतको समस्या भई दिसा गर्दा बल गर्नुपर्ने स्थितिमा पाइल्स हुन्छ । साधारणतया वयष्क एवम् प्रौढावस्थामा मलद्वारको तन्तु–मांसपेशी कमजोर हुने, शरीरमा पानीको मात्रा कमी हुने र भोजनमा फाइबरयुक्त पदार्थको कमी हुनाले दिसा गर्ने समयमा बढी बल गर्नुपर्ने स्थिति सृजना हुन्छ । यसले गर्दा मलद्वारको नरम तन्तुमा तनाव पर्न गई सुन्निने र फलस्वरुप पाइल्स निस्कने हुन्छ ।

हुन त परिवारमा कसैलाई पाइल्स छ भने अन्य सदस्यमा पनि यो समस्याको सम्भावना बढी हुन्छ । तर व्यक्तिको जीवनशैली, दैनिक क्रियाकलाप, बानी, शारीरिक अवस्था, खानपानको प्रवृत्ति आदिले पनि प्रभाव पारेको हुन्छ । महिला–पुरुष दुवैमा पाइल्स हुन सक्छ । तर गर्भवती महिलामा यो समस्या बढी हुन्छ । यस समयमा शरीरमा निस्कने हर्मोन प्रोजेस्टेरोनको कारण मलद्वारको कोष तथा तन्तुहरु नरम हुन्छन् र थोरै बल पर्दा पनि तन्तुहरु सुन्निने भई पाइल्स हुन सक्छ ।

लिपिस्टिक प्रयोग गर्नु हनिकारक

महिलाहरु आफु शुन्दर देखिन लिपिस्टिक प्रयोग गर्ने गर्छन् । तर, महिलाले प्रयोग गर्ने पिपिस्टिक स्वस्थ्यका लागि हानिकारक हुन्छ भन्ने ज्ञान सवैलाई नहुन सक्छ । अमेरिकाको क्यालीफोर्निया विश्वविद्यालयको स्कुल अफ पब्लिक हेल्थले भर्खरै गरेको एक अनुसन्धानले महिलाले प्रयोग गर्ने लिपिस्टिक हानिकारक हुने तथ्य फेला पारेको छ । लामो समयको अनुसन्धान पछि उक्त टोलीले फेला पारेको तथ्य अनुसार लिपिस्टिकमा अल्म्युनियम, क्याडमियम, सिसा (लिड) र अन्य विषालु तत्व अधिक मात्रामा पाइएको हो ।



बजारमा चलनचल्तीका ३२ प्रकारका लिपिस्टिक र लिप ग्लसको नमुना अनुसन्धान टोलीले परिक्षण गर्दा धेरै जसोमा क्याडमियम, क्रोमियम, अलम्युनियम र कम्तीमा अन्य पाँच धातुको मात्र फेला परेको जानकारी इन्भाइरोमेन्टल हेल्थ पर्सपेक्टिभ्समा दिइएको छ । यसरी घातक धातु मिश्रित लिपिस्टिकलाई केही मात्रामा प्रयोग गर्ने महिलामा पनि पाचन प्रणलीको विकार स्नायु क्षति तथा क्यान्सर हुने खतरा रहने अनुसन्धानले देखाएको छ । अनुसन्धान टोलीले भनेको छ ‘लिपिस्टि र लिप ग्लसमा विशेष ध्यान दिएका हौ, किनभने जब तिनीहरुलाई ओठको तन्तुमा लगाइन्छ, प्रयोग कर्ताले विस्तारै त्यसलाई खान्छ वा तन्तुले अवशोषित गर्छ । दैनिक यी बस्तुको प्रयोगले शरीरमा क्यान्सरजन्य तत्व क्रोमियमको मात्रा बढ्न जान्छ र आमाशयमा अल्सरको खतरा हुन्छ ।’

अनुसन्धानमा समेटिएका ३२ ओटा उत्पादन मध्ये २४ वटामा सिसाको अधिक्यता पाइएको थियो । सिसाले मस्तिष्क, स्नायु र कोषहरुको क्षति पु¥याउँछ ।

सम्भोगको बेला महिलाले विर्य झारेको कसरी थाहा पाउने ?

यसरी पाउछन महिलाले यौनसम्बन्धमा चरमसुख तपाईं यौन आनन्दको अन्तिम खुडकिलोसम्म पुग्न असफल भइरहनुभएको छ ? चरम आनन्द (अर्गाज्म) भन्दा अघि नै चिसिनुहुन्छ ? अमेरिकामा गरिएको अनुसन्धानअनुसार महिलाले चाहे हरेक पटक चरम सुख उठाउन सक्छन् ।त्यसको लागि धैर्यता र यौनसाथी बीच उचित तालमेल हुनु जरुरी छ ।के साँचो हो भने पुरुष बिनाकुनै समस्या हरेक पटक चरम आनन्दसम्म पुग्छन्, महिलालाई भने समय लाग्छ । कतिपय अवस्थामा महिला आफ्ना पतिसँग दिनहुँ यौन सम्बन्ध राख्न इच्छुक हुँदैनन् । यसो हुनुको एउटा महत्त्वपूर्ण कारण यौन साथी आफूभन्दा पहिले चरम आनन्दसम्म पुग्नु पनि हो । यस्तो हुँदा कम उमेरका युवतीमा आफूमा केही कमी रहेको भ्रमले डेरा जमाउन थाल्छ, उमेरको साढे तीन दशक पार गरेका महिला भने आफूमा यौन भावना घटदै गएको सोच्न थाल्छन् । उक्त अनुसन्धानले हरेक पटक महिलाले चरम सुख लिन सक्ने देखाएको छ । तर गर्भधारणका लागि चरम आनन्द प्राप्त गर्नु आवश्यक नभएकाले चिकित्सकसमेत यो कुरालाई बढी महत्त्व दिँदैनन् । महिलाले चरम सुख प्राप्त गर्ने प्रसंगमा पुरुष साथीको सबैभन्दा महत्त्वपूर्ण भूमिका रहने अनुसन्धानमा उल्लेख छ । पुरुष साथीले महिला साथीलाई महत्त्व दिने बानी गरे उनीहरू चरम आनन्दतिर सहजै जान सक्छन् ।

हरियो केराउ खाँदा महिला र पुरुषको प्रजनन प्रणालीमा असर

केराउ निकै स्वादिलो तथा चल्तीको गेडागुडी हो । यसको प्रयोग तरकारी तथा अचार लगायतका विभिन्न परिकारमा हुन्छ । केराउमा विभिन्न प्रकारका पोषक तत्व हुने हुनाले यसको नियमित भोजन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर हरियो केराउले मानव स्वास्थ्यमा केही हानिकारक असर समेत पार्ने अध्ययनले देखाएको छ ।
शोधकर्ताहरुका अनुसार धेरै केराउ खानाले महिला र पुरुषको प्रजनन प्रणालीमा असर पर्दछ । केराउमा एम जाइलोहाइड्रोक्यून नामक रसायन पाइन्छ जसले प्रजनन क्षमतालाई झण्डै ६० प्रतिशतले कम गरिदिन्छ । यसले महिलामा गर्भावस्थासँग जोडिएका विभिन्न समस्याहरु निम्त्याउने वैज्ञानिकहरु बताउँछन् ।
त्यस्तै केराउमा घुल्ने फाइबर तथा नपच्ने ओलिगोसेक्राइड्स प्रसस्त पाइन्छ । यो तत्व सजिलै पच्दैन । घुल्ने फाइबर तथा नपच्ने ओलिगोसेक्राइड्स दुबैले पेटमा ग्यास पैदा गर्दछन् । रातको खानामा केराउ समावेश गर्नु राम्रो मानिँदैन । किनकी यसलाई पचाउन निकै गाह्रो पर्छ । अनि पेटमा ग्यास जम्मा हुने र पाचन क्रियामा गडबडी पैदा हुने समस्या समेत उत्पन्न हुन्छ ।
तर यी बेफाइदाका अलावा केराउका अनेक फाइदा छन् । जसमा मोटोपन कम गर्ने, महिनावारीका बेलाको दुखाइ कम गर्ने, पेटको क्यान्सरको जोखिम कम गर्ने, मधुमेह नियन्त्रण गर्ने, हड्डी मजबुत बनाउने, रोगप्रतिरोधी क्षमता बढाउने तथा छालाको रंगमा निखार ल्याउने आदि रहेका छन् ।

Thursday, November 5, 2015

अनौठो गाउँ, जहाँ मानिसहरु दिउसै भताभत सुत्छन्, २ दिनसम्म जाग्दैनन्

मानिसहरु दिउसोमा कामकाजमा व्यस्त हुन्छन् र रातमा सुतेर आराम गर्छन् । तर काजकिस्तानमा एउटा यस्तो गाउँ छ, जहाँ मानिसहरु दिउसै भताभत निदाउँछन् र दुइ दिन सम्म निदाएको निदायै हुन्छन् ।
काजकिस्तानको कलाची गाउँमा मानिसहरु यो अनौठो सुत्ने रोगबाट पीडित छन् । मानिसहरु दिउसै सुत्दछन् र दुइ दिनसम्मै सुतेको सुत्यै गर्छन् । चाहे लाखौँ कोसिस किन नगरियोस् उनीहरु ब्युँझिदैनन् ।
अझ अनौठो त के भने उनीहरु लामो निद्राबाट ब्युँझिसकेपछि भविष्यका र अतितका कुराहरु गर्छन् । कतिपय अवस्थामा त विगतका सबै कुरा बिर्सिएर जाग्दछन् ।
सुतेको सपनामा उनीहरु कहिले परीहरु देख्दारहेछन् त कहिले ढोकाभित्र छिरेको भ्यागुतो । गाउँलेहरुको यो सुत्ने रोगको सिलसिला २०१३ को मार्चदेखि चलिरहेको छ । गाउँमा रहेका ८१० जनामध्ये १४० जना मानिस सुरुदेखि नै यो सुत्ने रोगबाट पीडित छन् ।
सुत्ने रोगको महामारीका कारण यो गाउँका बासिन्दाहरु बसाइ सरेर अन्यत्र जान थालेका छन् । यो गाउँमा सोभियन संघको पालाका केही युरेनियम खानीहरु पनि छन् । जसबाट विकिरणहरुका साथै कार्वन मोनोअक्साइड ग्यास पनि निकै बढि मात्रामा निस्कने गरेको बताइन्छ । सोही कारण गाउँलेहरु यस्तो अनौठो समस्याबाट पीडित बनेको विज्ञहरुको अनुमान छ ।
केही महिना अघि उक्त गाउँका घरधुरीहरुमा गरिएको ग्यासको परीक्षणका क्रममा घरभित्र सुरक्षित मात्राभन्दा १० गुणा बढि कार्वन मोनोअक्साइडको मात्रा पाइएको थियो ।


चुरोटको भन्दा खतरनाक हुन्छ अगरबत्तीको धुँवा, ब्रेन ट्यूमर र क्यान्सरको खतरा

  


लण्डन । हाम्रो धर्म र संस्कारमा अगरबत्तीको प्रयोग उल्लेखनीय रुपमा गरिन्छ । अगरबत्ती हजारौं वर्षदेखि प्रयोग गरिँदै आइएको छ । विशेष पूजाआजामा मात्र होइन, बिहान र बेलुका नियमितरुपमा अगरबत्ती सल्काउने अधिकांशको घरमा चलन नै हुन्छ ।

तर भर्खरै भएको एक नयाँ अनुसन्धानले अगरबत्तीको धुँवा चुरोटको धुँवाभन्दा खतरनाक हुने तथ्य पत्ता लगाएको छ । साउथ चीन युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको एउटा नयाँ शोधका अनुसार अगरबत्तीको धुँवा पनि चुरोटको धुँवाभन्दा अगरबत्तीको धुँवा अझ खतरनाक हुने पत्ता खबरले मानिसहरु अचम्भित भएका छन् ।



‘अगरबत्तीको धुप बाल्दा निस्कने धुँवाले ब्रेन ट्यूमर र क्यान्सर हुने खतरा बढ्दछ,’ शोधको निष्कर्षमा भनिएको छ । शोधकर्ताहरुले अगरबत्तीको धुपमा प्रयोग गरिने केमिकल डिएनएमा परिवर्तन हुन्छ र यस्तो धुँवाबाट शरीरमा जलन हुने र क्यान्सरसम्म हुनसक्ने बताएका छन् ।

अमृतजस्तै अंगुर (जान्नुहोस् के को औषधि हो र के के पोषक तत्व पाइन्छ |

अंगुर रसिलो र स्वास्थ्यका दृष्टिले उपयोगी फल हो । विकिपेडियाका अनुसार ८ हजार वर्षअघि जर्जियामा वाइन बनाउने कार्यमा अंगुर प्रयोग भएको प्रमाण फेला पर्छ । त्यसकारण यसको इतिहास पनि लामै छ । यसको फल त्यसै पनि खान सकिन्छ भने वाइन, जाम, जुस, जेली, भिनेगर, रेजिन, बियाँका तेललगायत बनाउने काममा अंगुर प्रयोग गरिन्छ । सय ग्राम अंगुरमा ६९ क्यालोरी शक्ति पाइन्छ भने काबोहाइड्रेटको मात्रा १८.१ ग्राम हुन्छ । यसका अतिरिक्त यसमा सुगर, भिटामिन, प्रोटिन, क्याल्सियम, फ्लुराइडलगायतका तत्व पाइन्छन् । यसका फाइदा ः दममा – यसले फोक्सोमा आर्द्रता बढाउने भएकाले अंगुर दमको समस्या समाधान गर्न मद्दत गर्छ ।     मुटु रोगमा – अंगुरले रगतमा नाइट्रिक अक्साइडको मात्रा बढाउँछ, रगत जम्नबाट रोक्छ र हृदयाघातको खतरा कम हुन्छ । माइग्रेनमा – अंगुरको जुस माइग्रेनमा उपयोगी मानिन्छ । यसका लागि पानी नमिसाइकन बिहान सबेरै जुस पिउनुपर्छ । कब्जियतमा- यसले कब्जियत घटाउन मद्दत गर्छ किनकि यसमा अर्गानिक एसिड, सुगर र सेलुलोज हुन्छन् । यसले क्रोनिक कब्जियतलाई समेत निको पार्छ । अपचमा ः यसले अपच र पेटको इरिटेसन हटाउन मद्दत गर्छ ।

     थकानमा- सेतो अंगुरले शरीरमा आइरनको मात्रा बढाउँछ र शरीर थाक्नबाट बचाउँछ । यद्यपि डार्क खालका अंगुरले आइरनको मात्रा घटाउँछ । अंगुरको जुस सेवन गर्दा तत्काल ऊर्जा प्राप्त हुन्छ । यसमा भएको एन्टिअक्सिडेन्ट तत्वले रोग प्रतिरोधी प्रणालीलाई पनि मजबुत बनाउँछ । मिर्गौलाको समस्यामा- अंगुरले युरिक एसिडबाट अम्लीय पदार्थ हटाउन मद्दत गर्छ र शरीरको प्रणालीबाटै एसिड हटाउँछ र मिर्गौलाको कार्यक्षमता बढ्छ । स्तन क्यान्सरमा- अध्ययनका अनुसार बैजनी रंगका अंगुरले स्तन क्यान्सर रोकथाम गर्न मद्दत गर्छन् ।

अल्जाइमर रोगमा – अंगुरले दिमागको स्वास्थ्यलाई प्रबद्र्धन गर्छ र न्युरोडिजेनेरेटिभ डिजिज हुनबाट रोक्छ । यसका साथै अंगुरले वृद्धवृद्धामा हुने मांसपेशीसम्बन्धी समस्या, मोतिबिन्दु र रगतको कोलेस्टेरोल घटाउन मद्दत गर्छ भने क्यान्सरमा पनि उपयोगी मानिन्छ । अंगुरमा पाइने पोषक तत्व (सय ग्राममा) इनर्जी– २८८ केजे (६९ केसिएएल) कार्बोहाइड्रेट– १९.१ ग्राम सुगर– १५.४८ ग्राम डाइटरी फाइबर– ०.९ ग्राम फ्याट– ०.१६ ग्राम प्रोटिन– ०.७२ ग्राम भिटामिन बी १ं– ०.०६९ एमजी बी २– ०.०७ एमजी बी ३– ०.१८८ एमजी बी ५– ०.०५ एमजी बी ६– ०.०८६ बी ९– २ एमजी कोलिन– ५.६ एमजी भिटामिन सी– ३.२ एमजी भिटामिन ई– ०.१९ एमजी भिटामिन के– १४.६ एमजी म्यागनिज– ०.०७१ एमजी फोस्फोरस– २० एमजी पोटासियम– १९१ एमजी सोडियम– २ एमजी जिंक– ०.०७ एमजी फ्लुराइड– ७.८ एमजी

महिलाको बक्षस्थलबारे ११ रोचक कुरा


पुरुष महिलाको बक्षस्थलप्रति सँधै चनाखो हुन्छन् । पुरुष मात्र होइन महिलालाई पनि आफ्नो बक्षस्थलबारे सँधै चिन्ता र चासो हुन्छ । महिला र पुरुष दुवैलाई चासो हुने महिला अंग हो बक्षस्थल ।

यहाँ बक्षस्थलबारेका ११ रोचक जानकारी संकलन गरिएको छ ।




महिलाका दुइ स्तन मध्ये दुवै बराबर कसैको पनि हुँदैन । दुई स्तन मध्ये एउटा ठूलो र एउटा सानो हुन्छ ।


स्तनको आकार प्राकृतिकरुपमा नै बढाउन सकिन्छ । यसका लागि कुनै कस्मेटिक सर्जरी गर्नु पर्ने वा अन्य मद्दत लिन जरुरी छैन । गर्भवती भएपछि स्तनको आकार आफै बढ्छ र केही खुल्ला पनि हुन्छन् ।


तपाइँलाई अचम्म लाग्न सक्छ स्तनको आकार आफै ठूलो र सानो भैरहन्छ । खासमा शरीरमा हुने हर्मोनको परिवर्तनले यस्तो हुने गर्छ । महिनाबारी हुनु अघि महिलाको स्तनको आकार बढ्छ र केही दिनमा भने सामान्य आकारमै फर्किन्छ ।


एक अध्यनका अनुसार महिलालाई भेट्दा २० प्रतिशत पुरुषले मात्र अनुहार हेर्छन् बाँकी ८० प्रतिशतले स्तनमा आँखा पुर्‍याउँछन् । रमाइलो कुरा के छ भने कुनै पनि महिलाको स्तन १० मिनेट सम्म हेर्दा पुरुषको शरीरमा आधा घण्टा सम्म शारीरिक अभ्यास गरेको जति उर्जा पैदा हुन्छ ।


यदि महिला घोप्टो परेस सुतेमा उनीहरुको स्तनको आकारमा प्रभाव पर्न सक्छ । महिलाहरुलाई सके सम्म घोप्टो परेर नसुत्न र सुत्नै परे स्तन भन्दा तल सिरानी राखेर सुत्न चिकित्सकहरु सल्लाह दिन्छन् । सुत्ने समयमा ब्रा नलगाएको राम्रो हुन्छ । लगाउनै परे अलि खुकुलो ब्रा लगाउन चिकित्सकहरु सल्ला दिन्छन् ।


संसारमा सबैभन्दा ठूला स्तन अमेरिकाको टेक्ससमा बस्ने ३४ वर्षीया मोडल शेला हर्शलका छन् । उनले आफ्नो स्तनलाई ९ पटक सर्जरी गरेर 38KKK बनाएकी छिन् ।


प्राकृतिकरुपमा नै सबैभन्दा ठूला स्तन भएकी महिला भने एनी हकिङ्स टर्नर हुन् । उनको नाममा गिनिज बुक अफ वर्ल्ड रेकर्ड समेत बनेको छ ।


कतिपय महिलालाई स्तनको टुप्पो अर्थात निप्पल चलाएकै भरमा यौनिक चरमोत्कर्षको अनुभव समेत हुन्छ ।


बेलायतको लण्डनमा ३४ यस्ता रेष्टुरेन्ट छन् । जहाँ श्याम्पेनका गिला बक्षस्थलको आकारका छन । अझ अनौठो कुरा त यी गिलाशको आकार अभिनेत्री केट मसको स्तन जस्तो बनाइएको छ । यसमा केटको सिग्नेचर समेत छ ।

१०
कतिपय पुरुषका समेत स्तन र निप्पल प्रष्ट देखिन्छ । किन भने शुरुमा सबै भ्रुण शुरुमा केटी नै हुन्छन् । गर्भावस्थाको ६ हप्ता पछि मात्र टेस्टोस्टरनका कारण लिङ्ग छुट्टिन शुरु गर्छ । त्यतिबेलासम्म स्तन र निप्पलको आकार बनिसकेको हुन्छ ।

११
महिला सतनमा निप्पल ८ प्रकारका हुन्छन्ः सामान्य, फ्ल्याट, पफी, इन्भर्टेड तथा एक्ट्रोभर्टेड इत्यादि ।

सँगै रात बिताएर, किन मलाई नै बेश्या भन्छौ ?

यदी म बेश्या हुँ भन्ने थाहा पाए भने कतीपय पुरुशहरु भित्रभित्रै गद गद हुन्छन र मौका पर्यो भने फोन नम्बर माग्छन र निस्फिक्री फोन पनि गर्छन । कोठाको तारतम्य मिलाउछन र भने जती पैसा तिर्न तयार हुन्छन । कसैले नदेखी सकेसम्म माक्स लाएर कोठामा भित्रिन्छन अनि नाङ्गिन्छन । फेरि दुरुस्तै भएर बाहिरिन्छन मानौ केही भएकै छैन । अझ उसले मलाई नै बाहिर देख्यो भने उसको साथीलाई भन्छ “ओए हेर न उ.. त्यो बेस्या हो रे” ‘रे’ लगाईदिन्छ । मानौ उ दुध ले धोएको हो । उ म सँग सुतेकै हैन । र उ कहिल्यै बेस्या सँग जानै सक्दैन , उ ईज्जतदार हो । हो.. यहि हो पुरुशहरुको देखाउने दारा । जो सँग सुते पनि उ चोखो हुन्छ प्रमाण केही हुदैन । हुन त भगवान ले पनि नारीलाइ नै ठगेका छन । कसैसँग यौन सम्पर्क राख्नासाथ नारी कै भर्जिनिटि क्षय हुन्छ । पुरुश त जस्ताको त्यस्तै । फेरी पुरुश हरुलाइ बिबाह पुर्ब वा बिबाह पश्चात भोग गर्न चाही परस्त्री चाहिन्छ । अनि बिहे गर्दा चाही भर्जिन केटी चाहिन्छ , यो पुरुश हरुको अर्को लुकाउने दार्हा हो ! पुरुश हरुले महिला लाई खेलौना अथवा यौन शन्तुस्टी मेटाउने साधन भन्दा बढी केही सँझदै सँझदैनन । सडकमा हिड्ने जो सुकै केटीलाई पनि कसिलो नितम्ब र थाई देख्यो भने १२ बर्सको ठिटो देखी ७५ बर्षको बुढो सम्मले नियालेर हेर्छ ! बास्तब्मा हामिलाई पनि हेरिदिए हुन्थ्यो जस्तो नै लाग्छ । गुनासो सिर्फ यति हो कि पुरुशले पनि किन बेश्याको दर्जा पाउन सकेन ? किन महिलालाई मात्र दोशी मान्छ हाम्रो समाज ? प्रकृतीले समागम कै लागी पुरुश र नारी बनाएको हुनुपर्छ । नत्र सबै पुरुश भए वा नारी भए नि भैहाल्थ्यो नि । यदी त्यसो हो भने सेक्सलाई मानिसले किन लुकाउछन ? बिहेको पहिलो रातको असह्य पिडालाई बिहान बुहारीले लुकाउन सक्दिनन् र टाङ फाड्दै हिडेको देखेर सबैलाइ थाहा पनि हुन्छ कि बुहारीलाइ गार्हो भै रहेको छ । तै पनि कसैले भन्न सक्दैनन कि ‘बुहारी तिम्रो गुप्ताँङ्ग दुखेको छ आराम गर ‘ भनेर । बरु भित्र भित्रै बुहारि लाई हेरेर गद गद भै रहेका हुन्छन । यो हाम्रो समाजको खराब पक्ष नै हो । भर्खरै को ताजा घटना एउटी गायिका , मोडल ज्योती मगर माथी ‘अभद्र ब्यबहार’ले सँचार माध्यम तातेका छन । के ज्योतीको अर्धनग्न शरिर नहेर्ने धृष्टता यो समाजका पुरुश ले गर्न सक्छन ? के ज्योतिका भिडियो हरु एभोईड गर्ने ताकत छ पुरुश हरुमा ? छैन । बरु उल्टै अहिले सबै भन्दा बढी युट्युब मा ज्योतिका भिडियो लाई क्लिक गरिन्छ । र उनका भिडियोको भ्यु यो साता मात्र करिब डबल भएको छ । यसको मत्लब पुरुश लाई उनी मन पर्छीन । फेरी किन ज्योती ठिक छन भनेर भन्ने आँट कुनै पुरुशमा छैन त ? मैले सामाजिक सँजालमा खुब ठुला भनाउदा लेखक,कबी ,लब्ध प्रतिष्ठित ब्यक्ती हरु, अफिसर हरु र केही कलाकारलाई समेत जोखेकी छु । मै सँग ईनबक्स मा भल्गर च्याट गरेर पब्लिकमा नारीको सँमान गर्नु पर्छ भन्ने आशयका लेखहरु लेख्छन । मलाईनै “स्तन को फोटो पठाईदेउ न” ? भनेर अनुरोध गर्नेहरु ज्योती मगरलाई गाली गर्दै स्टाटस अपडेट गर्छन आखिर कतिदिन सम्म कोखमा दार्हा बोकेर हिड्छौ पुरुश हरु ? मलाई यौन ब्यबसाय गर्ने रहर छ भने म किन कसैसँग डराउने ? अझ जसले म सँग यौन सम्पर्क राख्छ उसै सँग किन म लुकेर हिड्ने ? मैले किन सँम्मान साथ यौन ब्यबसाय अपनाउन नसक्ने ? के यो देश अघोसीत पुरुश बेश्या हरुको मात्र बपौती हो ? यस्ता कैयन अनुत्तरीत प्रश्न छन जस्को उत्तर सबै लाई थाहा छ तर कोही बताउन चाहाँदैनन् । यदी मलाई यौनकर्मि हुन रहर लाग्यो भने मलाई कसैले रोक्न सक्दैन चाहे कानुन चाहे परिवार । मलाई थाहा छ यही मेरो लेखमा पनि पुरुस हरुले र केही लुकेर बेश्याबृती गर्दै बाहिर बाहीर महिला यस्तो हुनुपर्छ यस्ता लुगा लगाउनु पर्छ भन्दै महिलाकै ओकालत गर्ने छद्मभेशी हरुले भद्दा सब्द मा गालि गर्न सक्छन । तर मलाई त्यस्ता हरुप्रती सहानुभुती बाहेक केही छैन । जबसम्म पुरुशहरु र केहि महिला हरु समेत औपचारिकता को खोल ओढेर महिलालाई गालि गर्दै लुकेर नाङ्गो नाच हेर्छन र खुद बेश्याबृती गर्छन तब सम्म यो समाज अठारौ सताब्दीमा छ भनेर भन्दा फरक पर्दैन ।

पैसाका लागी भर्जिन छोरीको कुमारीत्व बेच्ने आमाको कथा

कम्बोडीया । देह व्यापारसँग जोडीएर कम्बोडीयाका खबरहरु छ्यापछयाप्ती आएपनि हालै त्यहाँका आमाहरुले आफ्नै छोरीलाई वेश्यावृत्तिमा लगाएको खबर सार्वजनिक भएको छ । कम्बोडीयाका आमाहरु पैसाको लोभमा आफ्ना छोरीहरुको कुमारीत्व बेच्ने गरेको सनसनीपूर्ण खबरले यतिबेला संचारमाध्यमका पानाहरु रंग्याएको छ । कम्बोडीयाका चेलीहरुको इज्जत उनीहरुका आमाहरुका कारण खतरामा पर्ने गरेको सिएनएनले जनाएको छ । सिएनएनका अनुसार कम्बोडीयामा महिलाहरु पैसाको लागि आफ्ना १० देखि १२ वर्षका छोरीहरुको कुमारीत्व दाउमा लगाउँछन् । उनीहरु साना उमेरका बालीकाहरुलाई जबरजस्ती यौन धन्दामा लाग्न बाध्य बनाउँछन् । कम्बोडीयामा एउटा यस्तो ठाउँ छ, जहाँ पुरुषहरु आफुलाई मन परेको युवती छनोट गर्छन र युवतीकी आमालाई उसको मागअनुसारको पैसा दिएर यौन कार्यका लागी लैजाने गर्छन् । पछिल्लो समय कम्बोडीयामा बाल यौन तस्करी समेत बढेको छ । सिएनएनले तयार पारेको रिपोर्ट अनुसार ओस्कार अवार्ड समेत जितेकी अभिनेत्रि मिरा सर्विनोले यस अपराधबाट बालीकाहरुकाहरुलाई मुक्त गराउन अभियान नै सुरु गरेकी थिइन, त्यस क्रममा उनको दुई वर्षअघि यौन व्यापारमा लागेकी युवतीसँग कुराकानी भएको रिपोर्टमा जनाइएको छ -

नेपालसँगको सम्बन्ध बिगारेको भन्दै भारतीय मिडिया मोदी सरकारविरुद्ध खनिए

काठमाडौं, कार्तिक १८ । भारतीय मिडियाले नेपालसँगको सम्बन्ध मोदी सरकारले बिगारेको भन्दै आलोचना गरेका छन् । बुधबार प्रकाशित भारतीय अखबारमा नेपाल–भारत सम्बन्धका बारेमा सम्पादकीय, लेख तथा समाचारले प्राथमिकता पाएका छन् । नवभारत टाइम्सले बुधबारको अंकमा नेपाल–भारत सम्बन्धलाई केन्द्र बनाएर सम्पादकीय नै लेखेको छ । ‘नेपाल असन्तुष्ट किन ?’ शीर्षकमा सम्पादकीय लेख्दै सो अखबारले भनेको छ, ‘आफ्नो सबैभन्दा प्यारो छिमेकी नेपालसँगको हाम्रो सम्बन्ध यति उपेक्षित हुन्छ भन्ने कल्पना दुबै मुलुकमा सायदै कसैले गरेको थियो होला ।’ नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आन्तरिक मामलामा भारतलाई दखल नदिन चेतावनी दिएको उल्लेख गर्दै सम्पादकीयमा भनिएको छ, ‘ओलीले भारतमाथि नेपालको तराई क्षेत्रमा हिंसा भड्काएको आरोप पनि लगाएका छन् ।’ सम्पादकीयमा अगाडी लेखिएको छ, ‘यतिमात्र होइन, नेपालले पहिलो पटक चीनबाट इन्धन मगाउन सुरु गरेको छ, अहिलेसम्म उसले केवल भारतबाट इन्धन मगाउँदै आएको थियो ।’ ‘भारतलाई आफ्नो सबैभन्दा निकट मान्ने नेपालभित्र कुनै ठूलो भ्रम सिर्जना भएको छ,’ सम्पादकीयमा लेखिएको छ, ‘यस्तो किन भयो ? यो हाम्रो विदेश नीतिका लागि एउटा ठूलो प्रश्न हुनु पर्दछ ।’ सम्पादकीयमा आशंकायुक्त प्रश्न गरिएको छ, ‘हामी नेपाललाई लिएर कहीँ अतिरञ्जित त भएका छैनौं ?’ भारत सरकार पेट्रोलियम पदार्थ र अन्य अत्यावश्यकीय बस्तुको आपूर्तिमाथि रोक लगाएर नेपाललाई घुँडा टेकाउन चाहन्छ भन्ने आमधारणा नेपालमा बनेको नवभारत टाइम्सले आफ्नो सम्पादकीयमा लेखेको छ । सम्पादकीयमा भनिएको छ, ‘सम्भवतः बिहार विधानसभा निर्वाचनलाई ध्यानमा राख्दै केन्द्र सरकार नेपालका मधेसवादीहरुसँग बढी निकट देखिन चाहन्छ । सबैलाई थाहा छ, मधेसीहरुको बिहारसँग रोटी–बेटीको सम्बन्ध छ । तर हामीले आफ्नो विदेश नीतिमाथि राजनीतिको तत्कालिन दबाबको प्रभाव पर्न दिनुहुँदैन । नेपालसँगको हाम्रो सम्बन्ध अमूल्य छ, कुनै पनि मूल्यमा हामीले यसलाई जोगाउनु पर्दछ ।’

Wednesday, November 4, 2015

योजना बनाएर मालिकको ज्यान लिनसक्छ बिरालोले

यदि घरमा बिरालो पाल्ने सोँच बनाइरहनुभएको छ वा पालिरहनु भएको छ भने एउटा कुरामा सधै सचेत तथा जानकार हुनुहोस् । बिरालोको तपाइँको ज्यानको लागि खतरनाक सावित हुन सक्छ र तपाइँले पालेको बिरालोले तपाइँको ज्यानै लिनसक्छ, त्यो पनि योजनाबद्ध तरिकाले ।
युनिभर्सिटी अफ एडिनवर्गका शोधकर्ताहरुले घरपालुवा विरालोको बारेमा गरेको अध्ययनले यस्तो खुलासा गरेको हो । शोधकर्ताहरुका अनुसार घरपालुवा जनावरले जंगली विरालो वा विरालो प्रजातिको अन्य जंगली सिकारी जनावरकै जस्तो गरी योजना बनाएर हमला गर्ने गर्छ ।
शोधकर्ताहरुले आफ्नो अध्ययनका क्रममा घरपालुवा जनावरसँग जंगली विरालो तथा सिंहको आक्रामक व्यवहार समान स्तरको भएको पत्ता लगाए ।
शोधकर्ताहरुले निष्कर्ष निकालेका छन् की सनक चढेपछि घरेलु बिरालोले आफ्नै मालिकमाथि आक्रमणको योजना बनाउँछ र मालिकलाई लुकेर धावा बोल्छ । बिरालोको यस्तो आक्रमण समय तथा परिस्थिति हेरिकन प्राणघातक पनि हुनसक्छ ।

विवाहका केही अनौठा चलनः ह्वेलमाछाको दाँत देखि कुखुराको कलेजो

विवाह, जुन रितिरिवाज अनुसार हुने संस्कार हो र यसले केवल दुइ परिवारलाई मात्र होइन दुइ संस्कृतिलाई पनि जोडेको हुन्छ । तर दुनियामा विवाहको परम्परा एकैनाशको हुँदैन । कतिपय ठाउँका विवाह परम्परा निकै अनौठा हुन्छन् । ती परम्पराका बारेमा सुन्दैमा अनौठो लाग्छ ।
फिजीकोे एक आदिवासी समुदायमा विवाहका लागि यस्तै अनौठो परम्परा रहेको छ । आफुले मन पराएकी केटीको हात माग्न जाँदा केटाले केटीका बाबुलाई अनौठो उपहार टक्राउनु पर्छ । उक्त उपहार हो, ह्वेलको दाँत । केटाले केटीको बाउलाई ह्वेलको दाँत टक्राएपछि मात्र मगनीको कुरा सुरु हुन्छ । जसले ह्वेलको दाँतको जुवाड गर्न सक्दैन, उसले बिहेको आँट नगरे हुन्छ ।
विकशित युरोपेली देश स्कटल्याण्डमा पनि अनौठो बिहे संस्कार छ । त्यहाँ बिवाह पहिले बेहुलाबेहुलीले एउटा घिनलाग्दो खेल खेल्नुपर्छ । बेहुलीले सडेका अण्डा तथा तथा कुहेका माछाले बेहुलालाई हिर्काउनुपर्छ ।
चीनको दौर प्रान्तमा बिहे परम्परा निकै अनौठो छ । त्यहाँ कुखुराको कलेजो हेर्नुपर्छ । बिहेको मिति तय हुनुभन्दा पहिले केटाकेटीले एउटा कुखुरा काट्नुपर्छ र त्यो कुखुराको कलेजो स्वस्थ छ की छैन भन्ने कुरा पत्ता लगाउनुपर्छ । कुखुरा काटेर त्यसको कलेजो नहेरेसम्म केटाकेटीको बिहेको मिति टुंगो लाग्दैन ।
अपि|mकाका केही आदिवासी समुदायमा बिहेको अनौठो परम्परा छ । विवाह भन्दा पहिले युवतीहरु एउटा विशेष खालको झुपडीमा बस्नुपर्छ । उक्त झुपडीमा बसेर केटीहरुले आफ्ना आमाबुवासँग विवाहको अनुमति माग्छन् । त्यसक्रममा गाउँका अन्य गन्यमान्य मानिसहरु पनि उपस्थित हुन्छन् । केटा भने बाहिरै बसेको हुन्छ ।

Monday, November 2, 2015

२५ वर्षे युवतीले फेसबुकमा लेखिन्, ‘मलाई गर्भवती बनाऊ र पाँच सय युरो लैजाऊ लौ सुनौ क छ त् बिचार

इन्टरनेटमा आफ्नो तस्विर राखी आफूलाई गर्भवती बनाउन पुरुषलाई खुलेआम यौन प्रस्ताव राखेपछि एक जना रोमानियाली महिला अहिले सेलिब्रेटी बनेको छन् ।

पश्चिमी रोमानियाको टिमिसोआरामा बस्ने यी २५ वर्षीया अडेनिया अबलुले आफूसँग यौनसम्पर्क राखेर गर्भवती बनाउने पुरुषलाई ५ सय युरो पारिश्रमिक दिने घोषणासमेत गरेकी छन् ।आवेदनमा छानिएका पुरुषले वीर्य उपलब्ध गराए पनि उनले अभिभावकको अधिकार नपाउने सर्त अगाडि सारेकी छन् ।


बेलायती अखबार द मिररमा छापिएको समचारअनुसार एडेलिनाले आफ्नो फेसबुक पेजमा यस्तो विज्ञापन पोस्ट गरेकी छन्, ‘केटाहरुभेट्नु त ठूलो कुरा होइन् । तर, म सम्बन्धमा बसेर समय बर्बाद गर्न चाहन्नँ । बरु म त्यसका लागि पैसा तिर्छु’, उनले फेसबुकमा लेखेकी छन्

डा. रामवरण सम्धी बनेर फेरि शीतल निवास छिर्ने ! जोडी दुइ को

गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा.रामवरण यादव र दोस्रो राष्ट्रपति विद्या भण्डारी चाँडै नै पारिवारिक सम्बन्धमा गाँसिदैछन् । नेपालको राजनीतिक इतिहासमै यो एउटा अनौठो घटना हुँदैछ कि, दुई पार्टीका शीर्ष नेताहरु जो राष्ट्रपति जस्तो सर्वोच्च पदमा पुगे उनीहरुबीच पारिवारिक नाता गाँसिदैछ । कांग्रेस र एमालेका धेरै नेताहरुलाई समेत थाहा छैन । रामवरण र विद्या भण्डारी सम्धी सम्धिनी बन्दैछन् । स्रोतका अनुसार दुवै परिवार चाँडै औपचारिक सम्बन्धमा बाँधिदैछन् । यो अनौठो सम्बन्ध निवर्तमान राष्ट्रपति रामवरण यादवका नाति र राष्ट्रपति विद्या भण्डारीकी कान्छी छोरीबीच बिहे हुन लागेको हो । रामवरण यादवकी भतिजी तथा कांग्रेस सांसद किरण यादवका कान्छा छोरा र राष्ट्रपति विद्या भण्डारीकी कान्छी छोरी निशाकुसुम प्रेम सम्बन्धमा रहेको पारिवारिक स्रोतले जनाएको छ ।

यी दुवै परिवारबीच विगत केही समयदेखि न्यायो र निकट सम्बन्ध रही आएको बताइन्छ । सम्भवतः यसै वर्ष बिहे हुने भएको छ । यो विहेले दुई फरक राजनीतिक परिवारलाई एकै भान्सामा जमघट गराउने मात्र होइन, दुई फरक समुदायलाई पनि एक ठाउँमा ल्याउनेछ । राष्ट्रपति निर्वाचनका किन किरण यादव र ज्ञानेन्द्रबहादुर कार्कीलाई कांग्रेस सांसदहरुले भोट कसलाई हाल्ने भन्दै जिस्काएका समेत थिए । किन कि किरण यादव विद्याकी हुनेवाला सम्धिनी हुन् भने ज्ञानेन्द्रबहादुर कार्की विद्या भण्डारीको आफ्नै फुपूका छोरा दाजु नाता हुन् । साँघु साप्ताहिकमा खबर छ ।

बिहे गर्न चाहन्छिन राष्ट्रपतिकी बिध्या भण्डारी की छोरीले निवर्तमान राष्ट्रपति राम बरण की नातिसंग ? के ये सही हो त पुरेई पढ़ौ


काठमाडौं, १५ कात्तिक । स्वर्गिय नेता स्व. मदन भण्डारी र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारीको विवाह निवर्तमान राष्ट्रपति डा. रामवरण यादवका नातिसँग हुने पक्कापक्कीनै भएको छ । राष्ट्रपति भण्डारीकी छोरी निशाकुसुम र कांग्रेस सभासद् किरण या
   
किरण यादवका छोरा बेलायत सरकारको चिभेनिङ छात्रवृतिमा लण्डनको युनिभर्सिटी कलेज लण्डनमा इकोनोमिक्स एण्ड पोलिसी अफ इनर्जी एण्ड द इन्भायरोमेण्ट पढिरहेका छन् । यसअघि उनले सानिमा हाइड्रोमा इलेक्ट्रीकल इन्जिनियरका रुपमा काम गरेका थिए । २७ वर्षीय निशाकुसुमले भने भारतको नयाँदिल्लीबाट एमबीबीएस गरेकी छिन् । उनले काठमाडौंमा वीर अस्पतालमा इन्टर्न समेत सकेकी छिन् । अभिषेककी आमा किरण पहिलो संविधानसभामा समानुपातिक सभासद थिइन । दोस्रो संविधानसभामा महोत्तरी २ बाट ७ हजार ३ सय ५६ मत ल्याएर विजयी भएकी थिइन् ।


बिहे गरेर ७ बर्ष पछि दिदी भाइ भएको रहस्य खुल्यो के कस्तो होला त्


एजेन्सी : समाचारपढेर तपाइलाई पत्याउनै असहज महशुस हुन्छ । किनकि समाचारनै यस्तै छ । भएको त्यस्तै , तपार्इ पत्याउनुहोस् या नपत्याउनुहोस् तर घटना र वास्तिवकता भने पक्कै हो । समाचार हो ब्राजिलको साओपवलको । ब्राजिलको साओपवलामा बस्ने ३९ वर्षीया एड्रियाना र उनका पति ३७ वर्षीय लियोनार्दो सात वर्ष देखि विवाहित छन् । उनीहरुको ६ वर्षकी छोरी पनि छिन् । तर, धेरै वर्ष देखि वेपत्ता आमाको खोजि गर्ने क्रममा उनीहरु सहोदर दिदी भाइ रहेको रहस्य सार्वजनिक भएको छ । एड्रियाना र लियोनार्दोको प्रेम विवाह भएको थियो । एक अर्कालाई आफ्नो थर नभनीकन प्रेम सम्बन्धमा परेका यी जोडी विवाह गरी सँगै बस्न थाले । दुवै जना आफ्नीि आमा मारियाको खोजीमा थिए । एक पटक विवाह गरिसकेकी एड्रियानाले बैबाहिक सम्बन्ध टुटेपछि १० वर्ष अँघि लियोनार्दोसँग भेटिन् ।


उनीहरु एकअर्कासँग नजिकिए र सँगै बस्न थाले । तर उनीहरुले भित्र भित्रै आफ्नी आमाको खोजि जारी राखेका थिए । एड्रियानाले स्थानीय रेडियोमा सम्पर्क गरि उनकी आमासँग भेट्ने ब्यवस्था मिलाइन् । हराएका आफन्तको खोजिमा विशेष कार्यक्रम चलाउने उक्त रेडियोको लाइभ कार्यक्रममै आमाले आफ्नो लियोनार्दो नामको छोरो समेत रहेको बताएपछि उनीहरु छाँगा बाट खसेजस्तै भए । हराएका आफ‌न्तहरु एकाएक भेटिँदा एक प्रकारको यौनिक आकर्षण रहने एउटा स्वास्थ्य समस्या भएकाले एड्रियाना र लियोनार्दोबीचको सम्बन्ध पनि त्यसकै परिणामस्वरुप भएको हुन सक्ने चिकित्सकहरुको अनुमान छ ।अहिले आफूहरु दिदी भाइ भएको थाहा पाएपछि पनि एड्रियाना र लियोनार्दोसँगै बसिरहेका छन् ।

आधा खप्पर भएको बच्चाले पहिलोपटक आमालाई आइ लभ यु भनेपछि…


आधा मात्र खप्पर भएको बच्चाले आइ लभ यु मम्मी भन्दा कुनै आमालाई कतिधेरै खुसीको अनुभुति होला ? साँच्चीकै त्यसको वर्णन गर्नै सकिँदैन ।
अमेरिकाको फ्लोरिडास्थित ओर्लान्डोकी ब्रिटानी बुएल अहिले यस्तै खुसीले पुलकित छिन् । टाउकोको माथिल्लो भाग नै नभएको आफ्नो एक वर्षे छोरा ज्याक्सन बुएलले पहिलोपटक आइ लभ यु भन्यो उनलाई । छोराले आइ लभ यु भनेपछि खुसीले उसलाई पटक पटक चुम्बन गरेको भिडियो अहिले अनलाइनमा निकै चर्चित बनेको छ ।
गो फण्ड मी नामक वेबसाइटमा ज्याक्सनको उपचारका लागि सहयोग जुटाउन पेज सिर्जना गरिएको छ ।
कृत्रिम प्रत्यारोपण गरेर ज्याक्सनको टाउकोको उपचार गर्नका लागि ७० हजार डलर सहयोग जुटाउने लक्ष्य राखिएकोमा अहिलेसम्म उक्त अनलाइन पेजमार्फत १ लाख ३२ हजार डलर संकलन भैसकेको छ । ३ हजार भन्दा धेरै मानिसले ज्याक्सनको उपचारका लागि आर्थिक सहयोग गरिसकेका छन् ।


यो हो २३ लाखमा बिकेको दुनियाको सबैभन्दा महंगो बिस्कुट कस्तो होला त्

अन्ततः यो दुनियाको सबैभन्दा महंगो बिस्कुट बन्न सफल भएको छ । २३ हजार डलर अर्थात् २३ लाख रुपैयाँ भन्दा बढि मूल्यमा बिक्रि हुँदै उक्त ऐतिहासिक बिस्कुटले अर्को इतिहास रचेको छ । हुनत यो विस्कुट बिक्रि नै नभएको भएपनि ऐतिहासिक महत्वकै बिस्कुट हो । किनकी यो बिस्कुट चर्चित टाइटानिक जहाजबाट निकालिएको हो ।
सन् १९१२ मा डुबेको टाइटानिक जहाजमा भेटिएको एउटा बिस्कुट गत हप्ता शनिबार बेलायतमा २३ हजार डलरमा लिलाम भएको छ ।
चौकुने आकारको यो बिस्कुटको पाना आटाबाट बनेको हो र यसको लम्बाइ १० सेन्टिमिटर रहेको छ । टाइटानिक दुर्घटनाको समयमा लाइफबोटमा रहेका जरुरी सामानहरुमा यो बिस्कुट पनि थियो ।
यो बिस्कुटको लिलामी गर्ने एन्ड्रु एलड्रिजका अनुसार स्पिलर्स एण्ड बेकर्स कम्पनीको यो पाइलट नामको बिस्कुट लाइफ बोटको सर्भाइभल किटभित्र फेला परेको हो । यो बिस्कुटलाई सबैभन्दा पहिले जेम्स फेनविकले देखेका थिए र उनले त्यसलाई एउटा चिनोको रुपमा सुरक्षित गरी वाटरप्रुफ खाममा राखेका थिए ।
फेनविक र उनकी पत्नी मावेल आफ्नो तिन महिने हनिमुनका लागि कारप्याथिया जहाज चढेर न्युयोर्कबाट निस्किएका थिए । कारप्याथिया जहाजलाई टाइटानिक जहाज दुर्घटनाका बेला उद्धारमा खटाइएको थियो र सोही क्रममा फेनविकले उक्त बिस्कुट फेला पारेका हुन् । फेनविक सँग टाइटानिक उद्धारका बेलाका विभिन्न तस्वीर लगायतका अद्भुत संग्रह समेत छन् ।
लिलामकर्ताका अनुसार यो दुनियाकै महंगो बिस्कुटलाई २३ हजार डलर मूल्य तिरेर ग्रिसका एक धनाढ्यले खरीद गरेका छन् । एलड्रिजले पछिल्लो बिस वर्षयता टाइटानिक सँग सम्बद्ध विभिन्न सामानहरुको लिलामी गर्दै आएका छन् । तर टाइटानिक सँग सम्बद्ध कुनैपनि वस्तुहरुलाई अहिलेसम्म बिस्कुटको जति मूल्य नपरेको उनी बताउँछन् ।

ठगले पुलिस चौकी नै बेचिदिएपछि… कस्तो होलात



चोर, ठग तथा अपराधीलाई कारवाही गर्नका लागि पुलिसले चौकीमा लगेर धुन्दछ । तर जब अपराधीले पुलिस चौकी नै बेचिदिन्छ, तब अवस्था के होला ?
साँच्चीकै कल्पना गर्न पनि गाह्रो पर्ने र सुन्दैमा डरलाग्ने घटना भएको छ । ठगले पुलिस चौकी नै बेचिदिएको छ ।
घटना भारतको हो । बैंगलोरस्थित कामाक्षीपाल्या पुलिस स्टेशन ठगको कब्जामा परेको हो । केही ठगहरु मिलेर उक्त पुलिस चौकी बेचिदिएका छन् । पुलिस चौकीको घर तथा जग्गा ठगहरुले मोटो रकम लिएर बेचेको बताइएको छ ।
प्रहरीलाई आफ्नो चौकी बेचिएको कुरा तबसम्म थाहा थिएन जबसम्म केही मानिसहरु कामदार लिएर पुलिस चौकी नजिकै एउटा छाप्रो बनाउन आए । त्यसपछि ती मानिसहरुसँग सोधपुछ गर्दा पो थाहा भयो की चौकी रहेको र आसपासको त्यो जग्गा त धेरै पहिले पो बेचिसकिएको रहेछ । यसका लागि ठगहरुले सन् १९६६ का कागजातमै यताउती पारेका रहेछन् । त्यतिबेला त्यो जमिन राज्य सरकारको नाउँमा रहेछ ।
यो घटनामा पुलिसले छानविन थाल्यो र थाहा भयो की बी शिवकुमार स्वामी नामको व्यक्तिले उक्त जमिन डी नागेन्द्र कामत नामको व्यक्तिलाई बेचेको रहेछ । जग्गा किन्ने व्यक्ति कामतले जग्गा नहेरिकनै शिवकुमारको विश्वासमा परेर जग्गा किनेको रहेछ । प्रहरीले यो घठनामा ठगीको मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको छ । पुलिस चौकीको जग्गा बेच्ने शिवकुमार स्वामीको खोजी भैरहेको बताएको छ ।

अनौठो कपडा, महिलामाथि गिद्धेदृष्टि लगाउने पुरुषलाई ठाउँको ठाउँ पार्ने

अब महिलामाथि गिद्धेदृष्टि लगाउने पुरुषलाई अप्ठेरो पर्नेवाला छ । महिलाहरुले लगाउने यस्तो कपडाको निर्माण गरेको छ जसले महिलालाई घुरेर हेर्ने पुरुषलाई ठाउँको ठाउँ पानीपानी पार्नेछ ।
महिलाको जिउमा लगाइएको यो कपडा पुरुषले महिलामाथि गिद्धेनजर लगाउँदा बित्तिकै आफ्नो आकार बदल्छ । उक्त कपडामा यस्ता ग्याजेट तथा फाइबरको प्रयोग गरिएको छुन फैलिने र खुम्चिने गर्छ । जसका कारण महिलाको जिउमाथि गिद्धेनजर लगाउने पुरुषलाई जवाफ दिँदै यो कपडा खुम्चिएर सातो लिन्छ ।


डेलीमेलका अनुसार यो टपरमा एउटा गोप्य क्यामरा तथा माइक्रोकन्ट्रोलर समेत जडान गरिएको हुन्छ । यसले घुर्नेवाला व्यक्ति महिला वा पुरुष को हो भन्ने कुरा पत्ता लगाउँछ । साथै त्यसरी घुरेर हेर्ने मानिसको उमेर र उसले कुन दिशामा हेरेको छ भन्ने कुराको पनि जानकारी दिन्छ ।
यो कपडाले महिलाको जिउको कुन भागमा पुरुषले गिद्धेनजर लगाएको छ भन्ने कुराको पनि जानकारी दिन्छ । अमेरिकाको साउदर्न क्यालिफोर्निया विश्वविद्यालयकी विद्यावारिधीको विद्यार्थी समेत रहेकी बेहनाज फराही नामका डिजाइनरद्धारा बनाइएको उक्त कपडा थ्री डी पि्रन्टिंगको सहायताले निर्माण गरिएको छ । यद्यपि यो कपडा कहिल बजारमा आउँछ भन्ने जानकारी भने दिइएको छ । तर भविष्यमा महिलामाथि हुने यौनहिंसा कम गर्न यसले सहयोग गर्ने भने विश्वास गर्न सकिन्छ । स्मरण रहोस् उनै डिजाइनरले यसअघि थ्री डी प्रिन्टिंगबाट हेलमेट तथा कलर बनाएका थिए ।