Wednesday, October 28, 2015

पुलिस प्रशान को मिलि महत मा खाना बनाउने ग्यास को कालो बजारि र प्रहरि पेशा मा कर्यरत मा रहेर पुलिस प्रशाशनका ईनिस्पेक्टर ले महिला माथि गरे दुरबेवहार पढ्नुस


अाज मिति २०७२/७/११ गते काडाँघारि तल्लो planing मा खाना पकाउने ग्याश पाई हल्ला ले गर्दा जस्मा भईको भिडमा र ग्यास कम्पनि को अाधिकारिक डिपो लाई जानकार नगराई ग्याश ल्यई दिन्छु भनी १५५० का दरले प्रहरी प्रशाशन को मिलि मतोमा यस्तो कारोवार भएको जानकारि पाईयो र जुन कम्पनि को ग्यास उठाईयो त्यो कम्पनि को ग्यास कारोबार नभएको डेढ महिना भयो भनेर जानकारि पाउँदा अझ यो संका क घेरामा परेको छ र ईनिस्पेक्टर जस्तो उच्च अहोदामा रहि जनता लाई शान्ति र सुरक्षा को बाचा बन्धन मा बाधिएको एक जिम्मेवार ब्यक्ति ले एक महिला माथि अबद्र व्यवहार गरेपछि प्रहरी प्रशाशन बाट जनता ले के अापक्ष्या राख्ने कसै को अन्तरिक कुरा समाज सामु खुल्याम निकान्ने अधिकार कस्ले दियो पुलिस प्रशाशन लाई र डिपो ले बितरण गर्न नसकेको खाना पकाउने ग्यास एउटा सानो संस्थाले उपलब्ध गराउन सक्ला त अनि ठुला बडा कै मिलि मतो मा यस्तो भएपछि हामी ले यी पुलिस प्रशाशन र नेता किन मान्ने मुलुकको एउटा जिम्बार पद मा बसेका ले यस्तो कालो बजारि मा साथ दिन कति को सुहाउला त ।।

Monday, October 26, 2015

DASHAIN 2072

This DASHAIN, may you be blessed with good fortune as long as Ganeshji trunk,
wealth and prosperity as big as his stomach, happiness 
as sweet as his ladoos and may your trouble be as small as... 

HAPPY DASHAIN

Everyday sun rise to give us a message that darkness will always be beaten      
by light. Let us follow the same natural rule and enjoy the festival of      
good defeats evil. Happy Dashain.      

यस्तो छ देश हाक्ने ठुला नेता को शैक्षसक योग्यता अनि काहा बाठ देश ले प्रगति गरोस त

मुलुक हाँक्ने प्रधानमन्त्री र अथॅमन्त्रि दुबैको शैक्छिक योग्यता
१० कक्छ्या मात्र..........................नेपालको ईतिहासमै सबै
भन्दा कम औपचारीक अध्यायन गरेका ब्याक्तित्वहरुले यसपटक देश
हाँकिरहेका छन ।तपाईलाई अचम्म लाग्नसक्छ हाल नेपालका
प्रधानमन्त्रि केपी शमाॅ ओलीले औपचारीक रुपमा दश कक्छ्या
सम्म मात्र पढेका छन ,उनि दश कक्छ्या पढदा पढ्दै राजनितीमा
होमीएका थिए राजनितीमा लागेपछि उनले कहिल्यै पढने
मौकानै पाएनन ।यसैगरी मुलुको आथीॅक बिकाशको योजना र
खाका कोनेॅ मन्त्रालय मानिन्छ अथॅमन्त्रालय यसपटक मुलुकले अथॅ
मन्त्रिको रुपमा बिस्णु पौडेललाई पाएको छ तर उनलेपनि
औपचारिक रुपमा दश कक्छ्या मात्रै पढेका रहेछन ,दश
कक्छ्याको अध्यायन सँगै राजनितीमा होमीएका पौडेलले पनि
आफ्नो जीबनकालमा कहिल्यै अध्यायन गनेॅ मौका नै पाएनन ।
आज देशमा आथीॅक बिकाशको बहस र छलफल भईरहँदा उनिहरुको
यस्तो दक्छ्यताले कसरी मुलुकको आथीॅक उन्नतीको खाका
कोलाॅ त्यो बिषय आज आम नेपाली बजारमा चचाॅको बिषय
बनेको छ ॥

नसोचेको रकम लिएका छन् । तर, उनको पारिश्रमिक भने खुलाइएको छैन । यही महिनाको अन्त्यतिर छायांकनमा जान



बर्षमा एउटा मात्र चलचित्र खेल्दै आएका नायक अनमोल केसीको पारिश्रमिक महंगिएको खबर छ । निर्माता बन्न लागेका रोहित अधिकारीले उनलाई नयाँ चलचित्र ‘गाजलु’का लागि महंगो रकम दिएको वुझिएको छ । सफल चलचित्र दिदै आएका निर्देशक हेमराज वीसीले यो चलचित्र निर्देशन गर्दैछन् ।

चलचित्रका लागि अनमोलले नसोचेको रकम लिएका छन् । तर, उनको पारिश्रमिक भने खुलाइएको छैन । यही महिनाको अन्त्यतिर छायांकनमा जान लागेको यो चलचित्रमा पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठले पनि अभिनय गर्दैछिन् । श्रृष्टीले निर्माता रोज राणाले चलचित्र ‘हिरोइन’का लागि महंगो पारिश्रमिक दिदा पनि काम नगरेको वुझिएको छ । रोजको यो चलचित्र अब नबन्ने पक्का जस्तै छ ।

चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन, शैलेन्द्रध्वज कार्कीको छायांकन रहनेछ । नायक अनमोल केसीको क्रेज चलचित्र क्षेत्रमा ह्वात्तै बढेको छ । अनमोलले अभिनय गरेका दुई चलचित्र ‘होस्टेल र जेरी’ले राम्रो कमाई गरेका थिए । युवापुस्तामाझ छोटो समयमा नै आफ्नो क्रेज बनाउन सफल अनमोलसँग काम गर्न निर्माता तथा निर्देशकलाई गाह्रो छ ।

हेमराजसँग भने अनमोलले तेश्रो पटक काम गर्दैछन् । निर्माता रोहित अधिकारीले चलचित्र क्षेत्रमा आफू नयाँ भएपनि राम्रो चलचित्र बनाउन कुनै कञ्जुस्याँइ नगर्ने बताएका छन् । चलचित्रमा सलोन बस्नेत, गौरव पहारीले पनि काम गर्नेछन् ।

यौनाङ्गको रौं हटाउँदा के हुन्छ ?




डा. राजेन्द्र भद्रा मेरो यौनांगमा लामो घुमाउरो रौं छ, जुन चाँडो-चाँडो बढ्छ । यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ होला ? अन्य जनावरको तुलनामा मानिसको शरीरमा रौं कम हुनेजस्तो देखिए पनि राम्रोसँग नियालेर हेर्ने हो भने केही ठाउँ छोडेर हाम्रो शरीरको सतहभरि नै रौं हुन्छ । हत्केला, पैताला, औंलाको टुप्पोको पछिल्तिरको भाग, ओठ, लिङ्ग मुन्ड, भगांकुरको मुण्ड तथा सानो भगोष्ठको भित्री भाग रौं नहुने क्षेत्र हुन् । हाम्रो शरीरमा भएको रौं निकै पातला भएकाले सजिलै देखिँदैनन्। रौं छालाकै परिवर्तित रूप हो। रौं रौंको बीजकोषमा विकसित हुन्छ र त्यहाँ रौंको जरा र मध्य भागको केही भाग हुन्छ भने बाँकी मध्यभाग छालाको सतहदेखि बाहिर निस्किएको हुन्छ। यी रौंमा समयसँगै परिवर्तनहरू हुन्छन्। टाउको तथा आँखी भौंका रौंहरू जन्मिएको केही समयपछि नै बाक्लो भएर आउँछ। किशोरावस्थामा हुने परिवर्तनहरूमध्ये शरीरमा रौं आउनु एक प्रमुख सहायक यौन चिन्हमध्ये एक हो। काखीमुनी र यौनाङ्ग क्षेत्रमा भएका साना तथा मसिना रौंहरू बाक्लो र मोटो भएर आउँछन्। पुरुषहरूमा अनुहारमा दाह्री जुँगाका रूपमा तथा छातीमा पनि बाक्लो रौं आउँछ।


यौन केश के हो ? यौन अंगको वरिपरि आउने बाक्लो तथा मोटो किसिमको रौंलाई नै यौनकेश भनिन्छ। यौनकेश यस्तै १० देखि १५ वर्षको उमेरमा आउन थाल्छ। जातअनुसार यसको मात्रा र किसिममा फरक पर्न सक्छ। सामान्यतः तिब्बती-बर्मेलीभन्दा भारतेली-आर्य मूलका मानिसमा शरीरको अन्य भागमा बढी रौं हुनुका साथै यौनकेश पनि बढी र लामा हुन्छन्। पुरुषहरूमा पेटको तल्लो भागतिर त्रिकोण जस्तो बनाई यौनकेश उम्रन्छ भने स्त्रीहरूमा पेटतिरको भागसम्म हुन्छ। के कारणले केश चाँडो बढ्छ ? यौनाङ्ग क्षेत्रमा हुने केश योनिभित्र भने हुँदैनन्। अन्य भागमा भन्दा यौनाङ्ग वरिपरिको रौं स्वाभाविक रूपमै घुमाउरो हुन्छ। तपाईंले केका आधारमा चाँडो बढ्छ भन्नु भएको हो थाहा भएन। रौं खौरिनुभएकाले त्यस्तो लागेको त होइन ? फेरि कसरी यसको नाप लिनुभयो त्यो पनि थाहा भएन। यहाँ तपाईंको समस्या के हो भन्ने कुरा पनि भन्न सकिएन। टाउकाको केशभन्दा यौनाङ्गको रौंको वृद्धिदर कम हुन्छ।

टाउकाको सालाखाला दिनमा शून्य दशमलव ४४ मिलिमिटर बढ्छ भने यौनाङ्गको केश शून्य दशमलव २२ मिलिमिटरका दरले बढ्छ। रौंको वृद्धिलाई तीन चरणमा बाँड्न सकिन्छ। Anagen phase मा रौंको वास्तविक वृद्धि हुन्छ। यो वर्षौंसम्म रहन्छ। त्यसपछिको catagen phase मा रौंको वास्तविक बृद्धि रोकिन्छ, तर रौंको बीजकोषले केही धकेल्ने भएकाले रौंमा केही वृद्धि देखिन्छ। Telogen phase मा रौंको बीजकोष सुषूप्त अवस्थामा हुन्छ र यसको अवधि यस्तै १ देखि ४ महिना हुन्छ र पछि रौं र्झछ। ग्रीष्म याममा वृद्धिदर बढी हुने भए पनि यो न्यून नै हुन्छ। तपाईंलाई यौन सम्पर्कमा यौन केशले बाधा पुर्‍याउँछ कि भन्ने लागेको छ भने के भन्न चाहन्छु भने खानेमुखलाई जुँगाले छेक्दैन। यो उखानको अर्थ वृहद् भए पनि वास्तवमा जुँगा लामो हुँदैमा खान तथा पिउन नसकिने होइन। त्यसैगरी यौन अंगमा आएका रौं पनि यौनक्रियाकलाप तथा यौनसम्पर्कका लागि बाधक हुँदैनन्।



कतिपयका लागि यी यौनकेश यौन आकर्षक हुनसक्छन्, जसले यौनसम्पर्कलाई सहयोग नै पुर्‍याउँछ। यौन केश आकर्षक हुने भए पनि कतिपयलाई यो मन पर्दैन। पहिरन र जीवन शैली फरक-फरक भएजस्तै व्यक्तिअनुसार शरीरमा भएको रौंलाई कसरी राख्ने वा सजावट गर्ने भन्ने कुरा फरक पर्छ। काखीमुनिको रौं खौरिने चलन विशेषतः युवतीहरूमा बढ्दो छ। नेपालमा नसुनिए पनि पश्चिमा मुलुकमा यौन केश (यौनअंग वरिपरिको केश) लाई सजावट गर्ने वा खौरने चलन छ। रौं हटाउँदा ध्यान दिनुपर्ने कुरा तपाईंले किन यो प्रश्न गर्नुभयो, यसको कस्तो समाधान खोज्नुभएको, स्पष्ट नभए पनि कतै तपाईंले यौन केश काट्ने वा खौरने गर्नुभएको त छैन ? यस्तो बेला चाँडो-चाँडो बढेजस्तो लाग्न सक्छ। यदि यौनकेश विकर्षक लागेकाले हटाउन खोज्नुभएको हो भने त्यसलाई हटाउने एउटा सजिलो उपाय यौनकेश ‘खौरिनु’ हुन सक्छ। रौं निकै लामो भए खौरिनुपहिले नै छोट्टयाउनुपर्छ। खौरिँदा प्रयोग गरिने क्रिम पर्याप्त लगाउनुपर्छ, जसले गर्दा रौं नरम होस्। एलर्जी नहुने किसिमको यस्तो क्रिमको प्रयोग अनिवार्यजस्तै मानिन्छ। ब्लेड एकदम धारिलो हुनुपर्छ, जसले गर्दा छाला नपाच्छियोस् । एक स्थानमा दुई पल्टभन्दा बढी ब्लेड चलाउनु हुँदैन। खौरिने काम सकिएपछि साबुनपानीले यौनअंग धुनुपर्छ। छाला केही पोलेजस्तो हुनबाट जोगिन पाउडरको प्रयोग उपयुक्त हुन सक्छ। एकपल्ट खौरिएपछि, फेरि रौं टुसाउन थाल्दा घोच्ने भएकाले यौनसम्पर्कमा असजिलो उत्पन्न हुन सक्छ। त्यसैले रौं फाल्ने क्रमलाई निरन्तरता दिनु आवश्यक हुनसक्छ। साप्ताहिक डा. राजेन्द्र भद्राले दिएको यौन जिज्ञासाको समाधानबाट



सामाजिक सञ्जालमा फोटो अपलोड गरेरै लाखौं कमाउँछिन् यिनले

(एजेन्सी) ग्राबियल्ली इपिस्टिन अहिले २१ वर्षकी छिन् । उनी सामाजिक सञ्जाल इस्टाग्राममा चलेकी मोडल हुन् । विभिन्न सामाग्रीहरुका विज्ञापनमा समेत उनी छाउँछिन् । तर उनलाई स्टेज शो तथा मोडलिंगमा भन्दा बढी रुची इस्टाग्राममा फोटो अपलोड गर्नमै छ । यसको प्रमुख कारण उनले इस्टाग्राममा बटुलेका फलोअर्सहरु हुन् ।

इस्टाग्राममा उनका ७ लाख फलोअर्स छन् र ग्राबियल्लीका अनुसार उनी एक फोटो अपलोड गरेबापत मोडलिंग गरेर कमाउने झन्डै ४ दिन बराबरको पैसा कमाउँछिन् । उनको प्रत्येक पोष्टले औसतमा २५ हजार लाईक प्राप्त गर्ने गरेको छ । त्यसैकारण अहिले थुप्रै कम्पनी आफ्ना उत्पादनका विज्ञापन उनको एकाउन्टमार्फत गर्न चाहन्छन् । उनले केही कपडा, गहना, पेय पर्दाथ र कस्मेटिक प्रडक्टको विज्ञापन गरिसेकी छिन् । अहिले थप सम्झौताहरु समेत उनी गर्दैछिन् ।

Sunday, October 25, 2015

मेडिकल क्षेत्रमा चमत्कार चुँडिए को टाउको जोडि जुटो बाँचे १ वर्षका बालक


कार दुर्घटनापछि घाँटीबाट टाउको चुँडिएपनि एक बालकले चमत्कारिक रुपमा जीवन पाएका छन् । केवल १ वर्ष ४ महिनाका ज्याक्सन टेलरले यस्तो भाग्य प्राप्त गरेका हुन् । उनी दुर्घटना हुदाँको समय आफ्नी आमाको काखमा थिए र उनीसँगै ९ वर्षिया उनकी दिदी सायन पनि थिइन् । गत सेप्टेम्बर १५ मा ७० किलोमिटर प्रतिघण्टाको दरमा आइरहेको अर्को गाडीसँग उनीहरुको टाउको जुध्यो । त्यसपछि बालकलाई ब्रिस्बेनस्थित अस्पताल लगियो । 

डाक्टरहरुका अनुसार उनको घाँटी आन्तरिक रुपमा चुँडिएको थियो । ६ घण्टा लामो शल्यक्रियापछि डाक्टर जिओफ अक्सिनको नेतृत्वमा रहेको मेडिकल टोलीले उनको उपचार गर्यो र टाउकोलाई घाँटीसँग जोड्यो । शल्यक्रियामा संलग्न डाक्टर अस्किनका अनुसार यस्तो चोटलाई यति कम उमेरका शिशुहरुले कहिल्यै सहन सक्दैनन् । यदी सुरुआतमा उनीहरु बाँचेपनि लगत्तै सास फेर्न नसक्ने हुन्छन् । अहिले ज्याक्सन आफ्नो शरीरलाई स्थिर राख्नका लागि प्रयोग गरिने कपडाको सहारामा छन् । यस्तो कपडालाई उनको शरिरबाट ८ सातापछि हटाइनेछ । त्यसपछि उनले सामान्य र स्वस्थ जीवन बिताउन सक्ने बताइएको छ । घटनामा घाइते भएकी ज्याक्सनकी दिदी सायनलाई पनि पूर्ण ठीक हुन आठ साता नै लाग्नेछ । आन्तरिक रक्तस्राव बन्द गर्नका लागि उनको शल्यक्रिय गरिएको थियो । ज्याक्सनी आमा रायलि यसलाई चमतकार मानिन्छ । बाबु एन्डयू टेलर समेत आफ्ना छोराछोरी नै बाँचेकोमा निकै खुसी छन् । एक १८ वर्षिय युवकले चलाएको फोर्ड फाल्कन गाडीसँग ठोक्किएर उनीहरुको गाडी दुर्घटनामा परेको बताइएको छ । आमा रायली घटना संझदै भन्छिन्, ‘त्यतिबेला ज्याक्सनको घाँटी भाँचिएको थियो । आमा मलाई भने एयर ब्यागले बचायो ।

छोरीहरुलाई बिहे गर्नकै लागि मोटो बनाइने देश !


अधिकांश महिलाको सपना नै हुन्छ, स्लीम र आकर्षक देखिनु । यसका लागि उनीहरु जे गर्न पनि तयार हुन्छन् । तर, संसारमा यस्ता पनि देश छन्, जहाँ स्लीम महिलालाई आकर्षक ठानिदैंन । अफ्रिकाको  मौरिटानिया एक यस्तो देश हो, जहाँका महिला पातला र स्लीम भएको कसैले मन पराउँदैंनन् । यहीकारण युवतीहरुलाई सानैदेखि जबर्जस्ती मोटो बनाइन्छ । नेशनल जियोग्राफिकका अनुसार सो देशमा मोटी महिलालाई सुन्दर र सेक्सी मानिन्छ । मौरिटानियामा आमाहरु आफ्ना छोरीलाई शरीरमा बोसो जम्मा गर्ने खालको खाना दिन्छन् । धम्काएर, डराएर दुध खान लगाइन्छ । खाना खाने बेलामा आमाहरु लठ्ठी लिएर बस्छन् । जुन घरका छोरीहरु मोटा हुन्छन्, त्यो घर धनी भएको विश्वास गरिन्छ । जबर्जस्ती खाना खुवाउँदा बालिकाहरु कतिपय बिरामी नै पर्छन् । मौरिटानियाका महिलाहरु भन्छन्, ‘जबर्जस्ती खाना खुवाउँदा एकछिन त रुन्छन्, तर जब उनीहरु ठुला हुन्छन्, उनीहरुको मोटो शरीर समाजको हिसाबले गर्व गर्न लायक हुन्छ ।’ उनीहरुका अनुसार मोटो युवतीलाई राम्रो परिवारले बिहेको अफर गर्छन् । यस्तै, कतिपय ठाउँमा किशोरी उमेरदेखि नै जनावरलाई प्रयोग गरिने ग्रोथ हर्मोन र अन्य खतरनाक औषधि प्रयोग गरेको पाइएको छ । सानै उमेरमा २०० किलोसम्मका मोटा भएपछि महिलाहरुमा मुटुसहितका स्वास्थ्य समस्या देखिन थालेका छन् । मौरिटानियामा प्रयोग गरिएको यस्तो अभ्यासलाई अधिकारकर्मीहरुले विरोध गरेका छन् ।


छोरी चेलीले किशोरावस्था कुनै पुरुषसँग त सेक्स गरेको छैन् भनेर पत्ता लगाउन भर्जिनिटी टेस्ट



एजेन्सी । स्वीडेनमा एक अण्डरकवर जाँचमा यहाँका किशोरी युवतीहरुको इच्छा विपरित ‘भर्जिनिटी टेस्ट’ (कुमारीत्व परिक्षण) गराउने चलन रहेको पाइएको छ । ‘इण्डीपेडेण्ट’को रिपोर्ट अनुसार स्वीडेनमा धर्ममा विश्वास गर्ने परिवारले आफ्नी छोरी चेलीको ‘भर्जिनिटी टेस्ट’ गरिरहेका छन् । किनकी छोरी चेलीले किशोरावस्था कुनै पुरुषसँग त सेक्स गरेको छैन् भनेर पत्ता लगाउन । स्वीडेनको एक टेलिभिजन कार्यक्रम ‘कल्ला फाक्ता’ (कोल्ड फैक्ट)मा देखाएको दृश्य रिपोर्टअनुसार डाक्टरले युवतीहरुको इच्छा विपरित परिवारको आग्रहमा उनीहरुको ‘भर्जिनिटी टेस्ट’गर्छन् । यहाँका अभिभावकहरुले महिना दिनमा नियमित आफ्ना छोरी चेलीलाई डाक्टर कहाँ लगेर ‘भर्जिनिटी टेस्ट’ गराउँछन् । युवतीको विरोधका बावजूद डाक्टर ‘भर्जिनिटी टेस्ट’ गरेर सर्टिफिकेट जारी गर्न तयार हुन्छन् । स्वीडेनको कानून अनुसार यदि डाक्टरले युवतीले सेक्स गरेको शंका लागेमा प्रहरीमा खबर गर्न पाउने व्यवस्था समेत छ । तर, यहाँका अभिभावकहरु डाक्टरलाई पैसा दिएर घटना गुपचुप राखी ‘भर्जिनिटी टेस्ट’ गर्छन् । एक डाक्टर जेनीले भनेका छन्- मैले अहिलेसम्म सयौं युवतीको ‘भर्जिनिटी टेस्ट’ गरिसकेको छु, तर अधिकांश सेक्स गरेका पाइए । स्वीेडेनमा अझै पनि विवाह अघिको सेक्स मान्य हुँदैन् । यस्तो कानुनको मानव अधिकारवादी संघसंगठनले विरोध गर्दै आएका छन् । उनीहरुले महिलाको मानव अधिकार उल्लंघनको आरोप लगाउँदै आएका छन् । भिडियो हेर्नुहोस ==>

Capture

आयल निगमको दाबी झुठ – भारतको भन्दा प्रतिलटिर २० रुपैयाँ सस्तो पर्छ चिनियाँ

काठमाण्डु, ७ कात्तिक । भारतबाट भन्दा चीनबाट आयात गर्ने पेट्रोलियम पदार्थको मूल्य सस्तो पर्ने देखिएको छ ।उपभोक्ता अधिकारकर्मीहरुका अनुसार ढुवानी खर्च र बिक्रेतालाई दिने नाफा कटाएर पनि चिनियाँ तेल उपभोक्ताले भारतबाट ल्याउने भन्दा सस्तोमा पाउन सक्नेछन् ।राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल श्रेष्ठले भारतको तुलनामा चीनबाट आयात गरिने पेट्रोलियम निकै सस्तो पर्ने बताए ।
अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार चीनमा पेट्रोलको मूल्य प्रतिलिटर ४२ रुपैयाँ (नेपाली) पर्र्छ । ढुवानी र बिक्रेतालाई दिने नाफा परल मूल्यको दोब्बर भएको अवस्थामा समेत पेट्रोलको मूल्य प्रतिलिटर ८४ रुपैयाँभन्दा बढी नपर्ने दाबी उनको छ ।


विश्वमा इन्धनको बजार अमेरिका र ओपेक हो । चीनले ओपेकबाट इन्धन ल्यउने गरेको‘ छ । ओपेकको मूल्यअनुसार पेट्रोलको मूल्य ४२ रुपैयाँ प्रतिलिटर हुन आउँछ’, ‘महर्जनले काठमाण्डु टुडेसँग भने, ‘परल मूल्यको शतप्रतिशत नै बढाएर उपभोक्तालाई दिँदासमेत ८४ रुपैयाँप्रतिलिटर भन्दा बढी पर्दैैन ।’


महर्जनले विगत १७ वर्षको दौरानमा भारतको इन्डियन आयल कर्पोरशेनले जहिले पनि अन्तर्राष्ट्रिय बजार मूल्यको तुलनामा नेपालसँग बढी रकम लिँदै आएको बताए । त्यसमा पनि भारतका विभिन्न राज्य हुँदै आयात गर्दा ती ठाउँमा तिर्नुपर्ने राजश्वका कारण पेट्रोलियमको मूल्य बढी पर्न गएको तर्क महर्जनको छ ।काठमाण्डु, ७ कात्तिक । भारतबाट भन्दा चीनबाट आयात गर्ने पेट्रोलियम पदार्थको मूल्य सस्तो पर्ने देखिएको छ ।उपभोक्ता अधिकारकर्मीहरुका अनुसार ढुवानी खर्च र बिक्रेतालाई दिने नाफा कटाएर पनि चिनियाँ तेल उपभोक्ताले भारतबाट ल्याउने भन्दा सस्तोमा पाउन सक्नेछन् ।राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल श्रेष्ठले भारतको तुलनामा चीनबाट आयात गरिने पेट्रोलियम निकै सस्तो पर्ने बताए ।
अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार चीनमा पेट्रोलको मूल्य प्रतिलिटर ४२ रुपैयाँ (नेपाली) पर्र्छ । ढुवानी र बिक्रेतालाई दिने नाफा परल मूल्यको दोब्बर भएको अवस्थामा समेत पेट्रोलको मूल्य प्रतिलिटर ८४ रुपैयाँभन्दा बढी नपर्ने दाबी उनको छ ।


विश्वमा इन्धनको बजार अमेरिका र ओपेक हो । चीनले ओपेकबाट इन्धन ल्यउने गरेको‘ छ । ओपेकको मूल्यअनुसार पेट्रोलको मूल्य ४२ रुपैयाँ प्रतिलिटर हुन आउँछ’, ‘महर्जनले काठमाण्डु टुडेसँग भने, ‘परल मूल्यको शतप्रतिशत नै बढाएर उपभोक्तालाई दिँदासमेत ८४ रुपैयाँप्रतिलिटर भन्दा बढी पर्दैैन ।’


महर्जनले विगत १७ वर्षको दौरानमा भारतको इन्डियन आयल कर्पोरशेनले जहिले पनि अन्तर्राष्ट्रिय बजार मूल्यको तुलनामा नेपालसँग बढी रकम लिँदै आएको बताए । त्यसमा पनि भारतका विभिन्न राज्य हुँदै आयात गर्दा ती ठाउँमा तिर्नुपर्ने राजश्वका कारण पेट्रोलियमको मूल्य बढी पर्न गएको तर्क महर्जनको छ ।

Saturday, October 24, 2015

काठमाडौंमा अमिशा पटेल

कार्तिक १, २०७२- बलिउड अभिनेत्री अमिशा पटेल शनिबार बौद्धस्थित होटल ह्यात रिजेन्सीको क्यासिनो प्राइडमा झुल्किइन् । सन् २००० मा ‘कहोना प्यार है’ बाट डेब्यु गरेकी अमिशा क्यासिनोमा दाउ मार्न भने आएकी हैन । दुई वर्षअघि ‘रेस–२’ र ‘सर्टकट रोमियो’ मा झुल्किएपछि पर्दामा नदेखिएकी उनी बडादसैंको छेकैमा ह्यातस्थित ‘क्यासिनो प्राइड नेपाल’ को उद्घाटन गर्न आएकी हुन् ।  उनीसँगै अभिनेत्री मन्दिरा वेदी र हास्य कलाकार भीआईपी र सुनिल पालसमेत रहेका छन् । ‘वेलकम’ फिल्मको गीत गाएर क्यासिनो उद्घाटन गरेपछि अमिशाले नृत्य प्रस्तुति दिएकी थिइन् । ‘गदर : एक प्रेम कथा’, ‘हमराज’ लगायत हिन्दी तथा तमिल फिल्म खेलेकी यी अभिनेत्रीले ‘कहोना प्यार है’ फिल्मको ‘दिल मेरा...’ गीतमा नृत्य गर्दै प्रस्तुति थालेकी थिइन् ।  यसपछि उनले आधा दर्जन गीतमा नृत्य गरिन् । पहिलो पटक नेपाल आएकी उनले शनिबार साँझ क्यासिनो उद्घाटनपछि भनिन्, ‘नेपाल मलाई एकदम मनपर्छ । माया गरेर निम्तो गर्नुभएकोमा धन्यवाद ।’ शुक्रबार काठमाडौं आएकी उनी आइतबार फर्किंदै छिन् । शनिबार पशुपतिनाथ भ्रमण गर्न पनि भ्याइन् । एक्सन कमेडी फिल्म ‘भैयाजी सुपरहिट’ मा सन्नी देवलसँग आउन लागेकी उनी यति बेला आफै अभिनीत ‘देशी म्याजिक’ को निर्माण कार्यमा समेत जुटिरहेकी छन् । भूकम्पले असर पारेको काठमाडौंको पर्यटन उद्योगलाई प्रवद्र्धन गर्न अमिशालाई निम्त्याइएको क्यासिनोका निर्देशक विनय शाहले बताए ।

ग्यास आयात गर्न चीनसँग सम्झौता








चीनका विभिन्न राज्यबाट ग्यास आयात गर्न दुई देशबीच सम्झौता आवश्यक भएको छ। ग्यास आयातको सम्भावना खोज्न चीन पुगेका व्यवसायीले सम्झौताका लागि सरकारसँग आग्रह गरिसकेका छन्। चीन सरकारसँग व्यापारिक सम्झौता नहुँदा तत्काल ग्यास ल्याउन सम्भव नभएको उनीहरूको भनाइ छ। सिगात्सेबाट ग्यास र गोरबाबाट पेट्रोल डिजेल ल्याउन सकिने सम्भावना रहेको व्यवसायी बताउँछन्। ‘ग्यासको हाहाकार अन्त गर्न चीनका विभिन्न प्रान्तबाट आयात गर्न सकिन्छ,’ एलपीजी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले भने, ‘तर, नेपाल र चीन सरकारबीच व्यापारिक सम्झौता नहुँदा ल्याउन सकिँदैन।’ घिमिरेका अनुसार छिन्दाई प्रान्तको गोरबा भन्ने ठाउँमा ठूलो रिफाइनरी छ। ती रिफाइनरीबाट तिब्बतका लागि इन्धन बितरण हुन्छ। ति रिफाइनेरी नेपाली बोर्डरबाट २७ सय किलो मिटर टाढा छ। गोरबाबाट पाइपलाइनबाट ल्हासासम्म पेट्रोल र डिजेल आउँछ। ल्हासाबाट पेट्रोल र डिजेल उपत्यका भित्र्याउन सकिने व्यवसायीहरूको बुझाइ छ। ग्यासको लागि भने सिगाछेबाट ल्याउनुपर्छ। सिगाछेबाट अनुमति भयो भने ग्यास बुलेट नेपाल भित्र्याउन सकिन्छ। संघका अनुसार तातोपानी नाका हुँदै १८ टनसम्मका बुलेट ल्याउन सकिन्छ। तर, सिगाछेमा २८ र १४ टनको मात्रै बुलेट रहेको घिमिरेले बताए। भारतबाट १८ टनको बुलेट आउँछ। यस्तै, न्यालमबाट पनि सिलिन्डरबाट ग्यास ल्याउन सकिन्छ। तर, ती ठाउँबाट आयात गरिएको सिलिन्डर महँगो पर्ने संघले जनाएको छ। ‘अध्ययनबाट सिगाछे नै उत्तम देखिएकाले थप जानकारीका लागि सोमबार जाने तयारी गरेका छौं,’ उनले भने। यसअघि आयल निगमका निमित नायब कार्यकारी निर्देशक सुशील भट्टराई, संघका अध्यक्ष शिव घिमिरे र ग्यास बिक्रेता महासंघका पूर्व अध्यक्ष ज्ञानेश्वर अर्यालको टोली केरुङ हुँदै न्यालम हिँडेको थियो। तर केरुङनजिकै पहिरो गएकोले टोली त्यहींबाट फर्किएको थियो। ‘प्रधानमन्त्रीको आदेशमा फूलपातीको दिन केरुङ गएका थियौं,’ पूर्व अध्यक्ष अर्यालले भने, ‘पहिराले बाटो अवरुद्ध भएकाले जान सकेनौं।’ उनले डिजेल/पेट्रोल आउन सक्ने सम्भावना भएकाले नेपाल र चीन सरकारबीच तत्काल छलफलको प्रक्रिया अघि बढाउनुपर्ने बताए। यस्तै, नेपालतर्फको सडक करिब ८ किलो मिटर बिग्रेकाले त्यसलाई तत्काल मर्मत गर्न सुझाव दिएको उनले बताए। महासंघले आवश्यकताअनुसार ल्याउने तयारी गरेको उनले बताए। ‘तातोपानीबाट ३० किलोमिटर नजिक कति भन्ने ठाउँबाट ल्याउने हाम्रो योजना छ,’ उनले भने। ग्यास आयात गर्नका लागि सबैलाई खुला गरिएको अर्यालको भनाइ छ। निजी क्षेत्रले आयात गर्दा भने केही महँगो पर्छ। एक सिलिन्डर ग्यासको मूल्य २२ सय ५० रुपैयाँ (बिनाकर) पर्ने महासंघले जनाएको छ। सरकारले नै आयात गर्दा भने केही सस्तो पर्ने अर्यालको भनाइ छ। ‘निगमले आयात गर्दा सरकार र सरकारबीच सहमति हुन्छ। जसले गर्दा एउटा सिलिन्डरलाई १६/१७ सय रुपैयाँ मात्रै पर्छ,’ उनले भने। नेपालमा एलपी ग्यासका ५३ वटा उद्योग छन्। तिनले ६२ लाख सिलिन्डर उत्पादन गरेका छन्। देशभर मासिक सरदर २० लाख सिलिन्डर खपत हुन्छन्। सरकारसँग ग्यास भण्डारण छैन। सामान्य अवस्थामा समेत मागकै बराबर आपूर्ति गर्ने, सिलिन्डरमा भर्ने र बजारमा पठाइहाल्ने प्रचलन छ। त्यही भएकाले जसले धेरैवटा सिलिन्डर भरेर उपभोक्ताले घरमै जगेडा राख्छ। भारतसँगका ६ वटा नाका धनगढी, नेपालगन्ज, भैरहवा, वीरगन्ज, विराटनगर र काँकडभिट्टाबाट ग्यास भित्रिन्छ। त्यसका लागि भारततर्फ ४ वटा रिफाइनरी सेन्टर (करनाल, मथुरा, बरौनी र हल्दिया) छन्।  अध्यक्ष घिमिरेका अनुसार सामान्य अवस्थामा ६ नाकाबाट दैनिक सरदर ६६ बुलेट ग्यास नेपाल छिर्छन्। एउटा बुलेटमा १२ सय ५० सिलिन्डर हुन्छ। तर, अहिले फाट्टफुट्ट मात्रै नेपाल भित्रिएको छ। उपत्यकामा भने भित्रिन सकेको छैन।

रात्री बसमा ढुंगा प्रहार,एक महिला सख्त घाइते





बेल्टारबाट काठमाडौं हिंडेको रात्री बस ना ४ ख ७७२६ एन्जल लक्जरी बसमा आज २:४२ बजे राती जनकपुर-बर्दिबास सडक खण्डमा अज्ञात समुहद्वारा ढुङ्गा प्रहार हुंदा एक महिला शख्त घाईते अवस्था र बसमा रहेका अन्य सकुशल रहेपनि त्रासदीमा रहेको जानकारी प्राप्त । किन र के का लागि गरियो,अनुसन्धान बांकी 

मैकोटे दसैँ


घाम झुल्किएसँगै दमाहा बजाउन सुरु हुन्छ। गाउँलेहरू बिहानै कोटमा जम्मा हुन्छन्। नजिकैको वनबाट मगर खाम भाषामा ‘आलिम’ भनिने लिंगो ल्याइपुर्‍याउनेलाई मानमनितो गरिनुका साथै दिनभर आरामले खानपिनको व्यवस्था हुन्छ।महानवमीका दिन पुरानो लिंगो फालेर नयाँ लिंगो गाडेपछि पूजाको काम अघि बढ्छ। भक्तजनले ध्वजापताका, अछेता, धूप, पैसा र जमरा मष्टा देवताको नाममा चढाउँछन्। वाrर्षिक सयको हाराहारीमा भेडाको साँढ बलि दिइन्छ।
मुखिया परम्पराका पुरोहित लजिम पुनलाई बलि दिनेदेखि टीको लाइदिन भ्याइनभ्याई हुन्छ। यसरी आपसमा सुख, दीर्घायू, उन्नति, समृद्धि तथा सुस्वास्थ्यको कामना आदानप्रदान हुन्छ। डेढ दर्जनभन्दा बढी दमाहा र ट्याम्को एकैतालमा बजाउँदा पुर्खा सम्झाउने स्थानीय बताउँछन्।
पूजाका क्रममा बीचबीचमा भरुवा बन्दुक पड्काइन्छ। पाठोहरूलाई चोखो सुनपाती पानीले पर्सिइन्छ। नपर्सिने पाठोलाई काट्न मिल्दैन। पूजा सकिएलगत्तै मामाको ढाडमा बोकिएको अवस्थामै भान्जाहरू नाच्दै मामाघर पुग्छन्। माइतीलाई जाँड, रक्सी, रोटी र मासुका परिकार टन्न खुवाउने चटारो हुन्छ। भान्जाहरूलाई दानदक्षिणा गर्छन्। रुकुमको उत्तरपूर्वी गाउँ मैकोटको बेग्लै किसिमको दसैँले गाउँलेबीच समन्वय, सद्भाव र सहकार्यको सन्देश दिएको छ ।

Friday, October 23, 2015

चिनियाँ कूची नेपाली सौन्दर्य


केही समयअघि उनी नेपाल आएका थिए । घुम्नु र रमाइलो गर्नु मात्रै उनको उद्देश्य थिएन । रिक्सा र ट्याक्सी चढ्दै उनले राजधानीका विभिन्न स्थान चहारे । खासगरी नेपालका भौतिक सम्पदालाई सूक्ष्म नजरले नियालेका चिनियाँ कलाकार चाव ज्येन छ्यौलेले चित्रमार्फत तिनलाई जीवित बनाउने कोसिस गरेका छन् । चीन फर्किएपछि क्यानभासमा उतारेका ६० चित्रकला लिएर यति बेला उनी प्रदर्शनीका लागि नेपाल आएका छन् । कुनै व्यापारिक उद्देश्यभन्दा पनि नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध विस्तार भएको छ दशकको अवसरमा उनले एकल चित्रकला प्रदर्शनी गरेका हुन् । बबरमहलस्थित आर्ट काउन्सिल ग्यालरीमा चलिरहेको प्रदर्शनीमा चाव ज्येनले केही नेपाल र केही चीनकै परिवेशमा सिर्जेका चित्र राखेका छन् । घरको छानो, वरिपरिको सौन्दर्य, प्राकृतिक दृश्य हेर्दा कुन नेपाल र कुन चीन छुट्टयाउन गाह्रो पर्छ । उनको कलाको खास विशेषता मानवीकरणभन्दा पनि प्राकृतिककरण नै हो । प्राकृतिक सौन्दर्य चिनियाँ कलाको मुख्य विशेषता नै रहेको उनले बताए । ‘प्रकृतिलाई माया गर्ने र कलामा उतार्ने हाम्रो परम्परागत शैली हो,’ उनले भने । ‘पानीमा सुतिरहेका घरहरू’ शीर्षक चित्र उनले चीनको यही शैलीमा उतारेका छन् । समुद्रको किनारामा बनेका ससाना घरहरूको सुन्दर दृश्य चित्रमा छन् । चीनका हिमाल, पहाडी भेग, कृषि, ग्रामीण दृश्य पनि उनले चित्रमा महत्त्वपूर्ण स्थान दिएका छन् । ‘जन्मभूमिको गिर्दो सौन्दर्य’ चित्रमा उनले सकारात्मक धारणा प्रकट गरेका छन् । उनले यसमा भत्किएको भवनमा लुकेको सुन्दरतालाई चित्रको मुख्य विषय बनाएका छन् । ग्यालरीको माथिल्लो तलामा चाहिँ नेपाल सम्बन्धी चित्र राखिएका छन् । ‘पशुपति मन्दिर’, ‘भक्तपुर दरबार’, ‘वसन्तपुर दरबार’, ‘पाटन दरबार’ लगायत नेपालका धार्मिक र ऐतिहासिक मठमन्दिर चित्रमा हेर्न सकिन्छ । असनको बिहानी बजार, कुमारी मन्दिर क्षेत्र, पनौती हुँदै त्रिशूली, पोखरा र माछापुच्छ्र्रे हिमालसम्मका दृश्यलाई उनले क्यानभासमा उतारेका छन् । अरनिको राजमार्गमाथि कोरिएको चित्रले भने सिम्बोलिक रूपमा नेपाल(चीन सम्बन्धलाई अथ्र्याउँछ । चित्रको शीर्षक नै छ( ‘अटुट बन्धन’ । प्रदर्शनीमा राखिएका सबै चित्रको रंगले पनि धेरैको ध्यान आकर्षित गर्छ । कुनै भडकला र चम्किला रंग नपोती उनले ब्ल्याक एन्ड हाइटमा चित्र उतारेका छन् । अर्को विशेषताचाहिँ विषयसापेक्ष रंग छनोट हो । चिनियाँ इंक वास पेन्टिङको माध्यममा उनका चित्र सजिएका छन् । ‘ब्रस,’ ‘स्वार पेपर’ (चिनियाँ कागज), ‘इङक’ र ‘इङक स्ल्याब’ गरी चारवटा सामग्रीको सहायताले चाव ज्येनले चित्र कोरेका हुन् । उनले सोमबार यिनै माध्यमबारे नेपाली कलाकारमाझ जानकारीमूलक कार्यशाला चलाए । आउँदो नोभेम्बरमा बेइजिङ नेसनल म्युजियममा पनि यी चित्रहरूको प्रदर्शनी हुने उनले जनाए । सिद्धार्थ आर्ट फाउन्डेसनको सहकार्यमा गरिएको प्रदर्शनी एक साता चल्नेछ ।

[कथा] सोनेलालको शैलुन

तपाईंले कुनै शैलुनमा दाह्री कटाउनुअघि कहिल्यै हजामको अनुहारको भाव पढ्ने गर्नुभएको छ ? ख्याल गर्नुभएको छ त्यसबेला उसको मनस्थिति कस्तो छ जतिबेला उसको एउटा हातमा छुरा र अर्को हात तपाईंको घाँटीमा हुन्छ ? जतिबेला उसले तपाईंको दाह्री भिजाउने बेलामा घाँटीको साइज नापिरहेको हुन्छ, सोच्नु भएको छ कि उसको दिमागमा त्यसबेला के चल्दै हुन्छ ? एकपटक तपाईं आफै आफ्नो घाँटीको रुद्रघण्टी छाम्नुस् त । त्यसभन्दा ठीकमाथि तपाईंको स्वासनली त्यहाँको छालाको यति नजिक हुन्छ कि त्यो काटिन हजामको छुरामा ‘जिलेट’ कम्पनीको ब्लेड नै चाँहिदैन, टोपाज अथवा डायमण्ड वा अरु कुनै सस्तो कम्पनीको भए पनि हुन्छ । मात्र विश्वासमा हामी आफ्नो घाँटी उसको जिम्मा लगाएका हुन्छौं । अझ कतिसम्मको विश्वास भने बरु तपाईं आफैँ काट्दा डराउनु हुन्छ । जति सुकै नजिक भए पनि तपाईं आफ्नै स्वास्नी वा अरु आफन्तलाई पनि तपाईं आफ्नो दाह्री काट्न दिनु हुन्न । तर जब तपाईं शैलुनमा जानु हुन्छ, कहिलेकाहिँ निदाउनु पनि हुन्छ । त्यसबेला तपाईं के विषयमा सोच्नु हुन्छ ? दिनदिनैको समस्या देशको अवस्था वा यस्तै केही । तर तपाईंले कहिल्यै पनि हजामसँगको आफ्नो सम्बन्धको बारेमा सोच्नु हुन्न । कल्पना गर्नुस् त तपाईं त्यसरी निदाउँदा ऊ तपाईंको घाँटी काट्ने वा नकाट्ने दोधारमा छ । जुन उसको अनुहारमा प्रष्ट देखिन्छ । तर तपाईंले आँखा बन्द गर्नु भएको छ । एक्कासी तपाईंको रुद्रघण्टी भन्दा माथि तपाईंले चिले जस्तो अनुभव गर्नु हुन्छ अनि आँखा खोल्नु हुन्छ । हेर्नु हुन्छ त्यहाँ थोरै काटिएको छ र काट्ने मानिस तपाईंको काटिएको ठाउँ हेर्दै उभिरहेको छ । तपाईंलाई त्यसबेलासम्म पनि त्यो हजामको सानो गल्ती नै लाग्छ । सानो गल्तीमाथि तपाईं हाम्रो कराई अलि ठूलै हुन्छ ।  ‘आँखा देख्दैनस् ? कति काटिएछ ?’ तपाईं उसलाई ऐना हेर्दै उसको प्रतिविम्वलाई हप्काउनु हुन्छ । तर उसले तपाईंलाई हेर्दै भन्छ, ‘मन त हजुर तपाईंको पुरै घाँटी काटिदिने थियो । तर शुकर मनाउनुस कि मेरो दिमाग फिरि गयो ।’ त्यसपछि तपाईं के गर्नु हुन्छ ? जब एकैपटक तपाईंले उसको आँखामा आफूप्रतिको आक्रोश र बदलाको चाहना देख्नु हुन्छ, तपाईंको प्रतिक्रिया त्यसबेला के हुन्छ ?  वास्तवमा मैले तपाईंलाई कुनै कथाको क्लाइमेक्स देखाउन खोजेकै होइन । मैले त तपाईंलाई सोनेलाल ठाकुरको जिन्दगीको क्लाइमेक्स अनुभूत मात्र गराउन खोजेको हुँ । जो यतिबेला यही घटना घटाएर पुर्पक्षका लागि सिरहाको थुनामा छ ।  ..........… यदि तपाईं सिरहा पुग्नु भएको छ भने सोनेलाल ठाकुरको शैलुन भेटाउन खासै गाह्रो हुँदैन । जिल्ला प्रशासन कार्यालयसँगै दक्षिणतिर दुर्गा मन्दिर छ । त्यसको दक्षिण लगभग एक विघा जति खाली ठाउँ छ जहाँ प्रत्यक शनिबार र मङ्गलबार हाट लाग्ने गर्छ । त्यसको पश्चिम लगभग एक विघा जतिमा फैलिएको पोखरी छ । पोखरीको उत्तरी किनारामा सिरहा नगरपालिकाको नयाँ भवन बन्दै छ । त्यहाँ पुगेपछि तपाईंलाई लाग्छ, मन्दिर, हाट र पोखरी सबै सरकारी जमिनमा बसेको छ । तर होइन, ती सबै सुरुमा मन्दिरको सम्पत्ति थियो । तर अहिले त्यस मध्य धेरैजसो सरकारी सम्पत्ति भएको छ । अहिले मन्दिरको नाममा त्यो मन्दिर मात्र रहेको छ । दक्षिणतिरबाट मानिसहरुले र उत्तरतिरबाट सरकारी कार्यालयहरुले जग्गा मिच्दै आएको छ । पोखरीकै किनारामा तपाईं केही काठका साना साना कठघाराहरु देख्नु हुन्छ । धेरैमा त तपाईं फोटोकपी तथा साना स्टेशनरी नै देख्नु हुन्छ । सबैभन्दा दक्षिण र ठीक हाटसँगै टाँसिएकोमा शैलुन छ ।  खासै धेरै केही छैन त्यहाँ । दुवै भित्ताहरुमा दुईवटा ठूला आयताकार ऐनाहरु थोरै तल ढल्काएर राखिएका छन् । त्यसको ठीक सामुन्ने दुईवटा कुर्सीहरु छन् । एउटा भित्तामा सानो झ्याल बनाइएको छ जहाँबाट सोनेलालले फोहरहरु फाल्ने गरेको छ । ऐनाभन्दा माथि सबै भित्ताहरुमा ठूला ठूला पोष्टरहरु छन् । बिश्वकर्मा बाबासँगै हिन्दी फिल्मकी चर्चित नायिका माधुरी दिक्षितका पनि पोष्टरहरु छन् । गौर गरेर हेर्ने हो भने थाह हुन्छ माधुरीका ती सबै पोष्टरहरु ‘साजन’ फिल्मका एउटै गीतका विभिन्न भावहरुका हुन् ।  जोत्नेको मोहयानी हक खेतमा लागे जसरी जमिनमा पनि हक लाग्थ्यो भने त्यो जग्गा जमानामै उसको भइसक्थ्यो । यो सोनेलाल र उसको बुवा पन्नालालको दावी मात्र होइन, त्यहाँका छरछिमेकले समेत त्यही भन्छन् । सिरहामा पहिलोपटक हाटलाग्दा नै सोनेलालको हजुरबुवा हिरालाल त्यही ठाउँमा कपाल काट्न बसेको थियो । बस्ने दुईवटा पिर्का, एउटा सानो ऐना, छुरा, छुराको धार तिखार्ने छालाको बेल्ट र सानो कचौरा सहित । त्यहाँ पछि पन्नालालले बाँसको खाँबामा खरको छानामात्र भएको छाप्रो बनायो । अहिले त्यहाँ सोनेलालले कठघारा हालेको छ ।  सोनेलालको ठूलो ईच्छा छ– त्यहाँ एककोठाको घर बनाई जयनगरको ‘रोशनी हेयर’ जस्तै शैलुन बनाउने छ । यसका लागि धेरै पापड पनि बेलेको थियो उसले । पछि आएका थुप्रैले घर बनाइसकेका थिए त्यहाँ । मन्दिरको महन्थको मृत्युपछि प्रशासनसँग मिलेर थुप्रैले जग्गाहरु आफ्नो बनाएका थिए । सोनेलालले जतिभन्दा पनि पन्नालालले मानेको थिएन । र बाचुञ्जेल उसले मानेन ।   ..........… ‘...रे, साँपके बच्चा साँपे होइछै । तु ओकरा कतवो दुध पिया, कहिया पलैटके काटतौ तोरा पता नै चल्तौ ।’ छ महिनाअघि लकवाले मरेको थियो पन्नालाल । तर उसले सुबलाल अधिकारीको बारेमा भनेको कुरा अझै पनि सोनेलालको दिमागमा फनफनी नाचिरहेको छ ।  ‘बेटा, तोरा मालुम हौ हमर बाप यानी तोहर बाबाके नागरिकता कैला नै बनल रहौ ?...’ ‘नै !’   उसले पटकपटक सुनेको भए पनि बुवाको मन राखिदिन त्यही भन्थ्यो । अर्को पनि कारण थियो, जुन शैली र भाकामा पन्नालालले आफ्नो कुराहरु सुनाउँथ्यो, त्यसको ऊ एक प्रकारले फ्यान नै भएको थियो । उसले आफ्ना ‘एकतुरिया’हरु माझ त्यसरी नै गफ लगाउन खुबै प्रयास गरेको हो । तर कहिल्यै सकेन ।  ‘ई सुबलाल अधिकारी जे हौ ? ओकर दादा रहै वृजलाल अधिकारी...’ पन्नालालले यसरी नै आफ्नो कुरा सुरु गर्‍थ्यो । खासमा वृजलाल अधिकारी राजविराज अदालतमा न्यायाधीश थियो । त्यसबेला सिरहा र सप्तरी जिल्ला छुटिएको थिएन । शैलुनहरुको चलन थिएन । प्रत्येक ठाकुरहरुको परिवारलाई कमाइ खान जिम्दारीमा आ–आफ्नो गाउँहरु थिए । जहाँ उनीहरु घरघरै गएर दाह्री कपाल काट्थे ।  त्यस दिन वृजलाल अधिकारी घरमै थियो । र आफ्नो दाह्री बनाउनका निम्ती पन्नालालको बुवा हिरालालाई ल्याउन घोडासहित आफ्नो नोकरलाई पठाएको थियो । त्यसै दिन हिरालाल पन्नालाललाई लिएर आफ्नो जिमदारीमा पर्ने बेल्हा गाउँमा ‘नकेस’को निम्ति गएको थियो । जसको घरमा मृत्यु भएको थियो, तिनीहरु आफैं पाँच दाजुभाई थिए । पाँच दाजुभाईका छोराहरुसहित जम्मा २५ जनाभन्दा बढी त लोग्ने मान्छे र केटाहरु नै थिए । जसका कपाल र दाह्री दुवै खौरनु पथ्र्याे । त्यतिकै सङ्ख्यामा केटी तथा आइमाईहरु थिए । जसका नङ काटनु पथ्र्याे । खासै ठूलो भएको थिएन पन्नालाल तर, उसले नङ भने काट्न जानीसकेको थियो । यस अर्थमा ऊ कुरा बुझ्ने पनि भइसकेको थियो । घरमा उनीहरुलाई नपाएपछि वृजलालको नोकर बेल्हा पुग्दा पन्नालाल लाइन लगाएर नङ काटिरहेको थियो ।  ‘आब तुहेँ कह त, चाहे कोई कतबो बडका आदमी भजाई केकरो नकेस छोइडके जायक चाहिँ ?’ पन्नालालले टाउको हल्लाउँदै सोनेलालसँग सोध्थ्यो । उसले पनि टाउको हल्लाएरै प्रतिउत्तर दिन्थ्यो । उसको हजुरबुवाको त्यो इन्कारले जिल्लाभरि ठूलै चर्चा पायो । हिरालालले न्यायधीशलाई टेरेन । यो कुराले पछिसम्म पनि चर्चा पाइरह्यो । यसको अनुभव सोनेलालले आफंै पनि गर्न पाएका थिए । लहानमा भएको जिल्ला नाई संघको अधिबेशनमा जब मानिसहरुले ऊ हिरालालको नाति भएको थाह पाए उनीहरु आफै उसँग नजिक हुन आए । उसले मानेकै थिएन तर सबै मिलेर उसलाई एकै पटक जिल्ला नाईसंघको उपाध्यक्ष पनि बनाए ।  जति ठूलो चर्चा त्यस घटनाले पायो, त्यति नै ठूलो मूल्य हिरालालले चुकाउनु परेको थियो । हिरालाल जीवनभरी र पन्नालालले तीस नाघुञ्जेलसम्म नागरिकता बनाउन पाएन ।  ‘ई त हमर भाग बन्हिया रहौ से यम्हर परजातन्तर येलौ आ ओम्हर वृजलाल बितलौ । तब जाके मात्रे हमर नागरिकता बनलौ ।’ २०४६ सालको आन्दोलनपछि नागरिकता बनाउने टोली गाउँ नै पुगेको थियो । गाउँ पञ्चायतले सिफरिस गरेपछि पन्नालालको नागरिकता बनेको थियो । नागरिकता नहुनुको पीडा सोनेलालले पनि देखेको थियो । आफैंले कमाएको सम्पति पनि आफ्नो नाममा गर्न पाएको थिएन पन्नालालले । त्यसैले पन्नलालले सुवलाल अधिकारीलाई देखिसहदैनथ्यो । तर सोनेलाल पुरानो कुरालाई लिएर नयाँ अवसर गुमाउन चाँहदैनथ्यो । सिरहा जिल्ला अदालतमा वकिल थियो सुबलाल अधिकारी । उसको आफ्नै ल फर्म पनि थियो । सिडिओ, एलडिओ सबैसँग उसको राम्रो उठबस हुन्थ्यो । उसले सुबलाल अधिकारीसित कहिल्यै पैसा लिएन । जतिसुकै भीड हुँदा पनि सुबलाल अधिकारीलाई कहिल्यै कुराएन । सुबलाल अधिकारीलाई पनि यो कुरा राम्ररी थाह थियो । भीडभाड छ भने उसले घण्टौ लगाइदिन्थ्यो । पुरै शरीर मालिस गराउँथ्यो । मुर्मरिएर भए पनि सुबलाल अधिकारीले जे भन्थ्यो सबै गथ्र्यो सोनेलालले । ..........… त्यो दिन उसले शैलुन सफा पनि गरेन । न त विशकर्मा बाबाको पोष्टरमा धुपआरती नै देखायो । माधुरी दिक्षितको पोष्टर देखेर मुस्काएन पनि ऊ । झोक्रएर बसिरहेको थियो, त्यहिबेला सुबलाल अधिकारी उसको अगाडी देखा पर्यो । अरु बेला जसरी दुबै हात जोडेर ‘प्रणाम वकिल साहेब ’ भनेन उसले । र पनि सुबलाल ङिच्च हाँस्दै कुर्सीमा बस्यो ।  ‘कि सोनेलाल सब ठिकठाक छौ ?’ केही बोलेन सोनेलाल । सुबलालको अनुहार त्यसबेला सर्प जस्तै लाग्यो । उसको बुवाले भनेको सर्प जस्तै । पुच्छरमै खडा भएर फुफकारी रहेको, डस्नको लागि तयार सर्प जस्तो । उसको मनभित्रको तनाव र अनुहारमा बदलिरहेको भावलाई खासै वास्ता गरेन सुबलालले । वास्ता गर्न जरुरी पनि ठानेन ।  ‘ले ले जल्दीसे हमर दाह्री बनात । आई बड्का मुद्दाके फैसला होइवला है ।’ केही क्षण् सम्म ऊ गम्छा समातेर त्यतिकै उभिरह्यो । त्यसपछि गम्छालाई जोडसित झड्कार्‍यो । त्यसमा टाँसिएर रहेका रौहरु सुबलालको शरीरमा पनि पर्‍यो ।  ‘देखके झार न रौ !’ सुबलाल करायो । तर उसले कुनै प्रतिक्रिया दिएन । गम्छाले उसको घाँटी बेर्यो । अनि हातमा पानी लगाएर उसको दाह्री भिजाउन थाल्यो । उसको सोचाइको गतिसँगै उसका हातहरु पनि तिव्रसँग चलिरहेको थियो । तर ती कुनै कुराहरुको वास्ता सुबलाल अधिकारीले गरेको थिएन ।  ..........… ‘कि सब दिन कठघरामे शैलुन चलाबके विचार केने छही कि घरो बनेबही ।’ जुन दिन सुबलाल अधिकारीले आफै उसित यस्तो कुरा गर्यो उसलाई लाग्यो साक्षात ईश्वर नै उसको अगाडी आएको होस् । त्यसबेला थुप्रैले त्यहाँको ऐलानी जग्गा आफ्नो नाममा पास गराइसकेका थिए ।  ‘विचार त है नि मालिक । आव अहाँ सब दया करबै तैहीँ न कुछ होतै ?’ त्यस दिन उसले आफ्नो बुवा पन्नालाललाई मनमनै खुब सम्झ्यो । आखिर बुढाको कुरा मानेको भए यो दिन उसले कहाँ देख्न पाउँथ्यो । सुबलाल अधिकारीलाई सेवा गरेकोमा उसले त्यो दिन खुबै गर्व मानेको थियो ।  ‘दू धुरसे भजेतौ ?’ ‘भजेतै ।’ ‘लेकिन खर्चा त कर परतौ । नापी और मालपोतमे एक एक लाखसे निच्चा त नै मानतौ । ओतबे खर्चा तोरा सिडिओ और एलडिओके सेहो कर परतौ । हमरा त छोड्, काम भेलाके बादमे जते मन लगतौ द दिहा ।’ जम्मै हिसाब गर्दा उसले बढीमा पाँच लाख खर्च गर्नु पर्ने हुन्थ्यो । तर त्यो जमिन पाँच लाखको धुरमै बिक्थ्यो । त्यस हिसाबले पनि उसले फाइदा नै देख्यो । त्यसको लागि उसले पटकपटक गरेर तीन विघा खेत बेचेको थियो । गाउँका अरुले उसलाई सम्झाउन नखोजेको होइन । तर उसले भन्थ्यो, ‘खेत रायखेक कथि होतै, करैयोबला चाहिँ नै कोई ? बटैयामे लगाऊ, अपनो किनेक खाइ परैछै । त ई खेत रायखेक कोन फाइदा ?’ पैसा दिने बेलामा कागज गराउनेकी भनेर डराइडराइ कुरा चलाएको थियो उसले ।  ‘रे तु वकिलसे कागज करेवही ?’ केही बोल्न सकेको थिएन उसले । मनमा त डर उसको त्यसबेला नै पसिसकेको थियो र पनि पटकपटक गरेर तीन लाख पैसा उसलाई दिइसकेको थियो । जबजब उसले जग्गाको नामसारीको कुरा गथ्र्यो, कुनै न कुनै बहाना गरेर टाथ्र्यो । अझ एकपटक उल्टै हप्काउँदै भनेको थियो, ‘तब त कहैछियौ, सब दिन गवारके गवारे रहबे । देखै नैछि अख्तियार चारु दिशा छापा मारै है ? तोरा खातिर कोई अपन नोकरी त नैने गवैतौ ? कि तोरा हमराप भरोशा नै हौ ?’ सोनेलालको समस्या एउटै थियो, उ सुबलाल अधिकारीको अगाडी केही बोल्नै सक्दैनथ्यो । यसको मतलब यो होइन कि उसलाई केही कुरा नै थाह हुँदैनथ्यो । सबै कुरा थाह पाउँदैथियो उसले । झट्का त उसलाई त्यसबेला लाग्यो, जब उसले थाह पायो, सुबलाल अधिकारीले कुनै पनि हाकिमलाई एक रुपैयाँ पनि दिएको छैन । दुवै कार्यालयको हाकिमसँग आफैं कुरा गरेको थियो उसले । सुबलालले कसैसँग कुरा पनि गरेको रहेनछ । कुरा थाह पाएको रातभरि उसले आफ्नो बुवालाई सम्झ्यो । बिहा गरेको थिएन उसले । दाजुभाई पनि कोही थिएन । तनावमा उसले धेरैपटक बडबडाउँदै आफ्नो बुवासित गफ गरेको थियो ।  ‘देखा देलकौ नै ऊ तोरा असली रुप । कहने रहियौ साँपके बच्चा साँपे होइछै ? धरलकौ ने बन्हिया जिका ?’ ऊ पनि खुबै आक्रोशित देखिन्थ्यो त्यसबेला ।  ‘ऊ माधर... हमरा कथि दखेतै ? ओकरा हम देखेबै । हमरा कथि है ? ने अगाडी नाथ ने पछाडी पघा ? लेकिन ऊ माधर...के हम देखादेबै ।’ ..........… सुबलाल अधिकारीको दाह्री भिजाउञ्जेलसम्म सोनेलालले धेरै कुराको निर्णय गरिसकेको थियो । मानिसको चहलपहल पनि कम थियो । रुद्रघण्टीभन्दा ठीकमाथि एकपटक छुरालाई बाँयाबाट दायाँ ताने पुग्थ्यो । एक क्षणसम्म छटपटाउँदै गरेको सुबलाललाई समाते पुग्थ्यो । जसरी बोकालाई हलाल गर्दा समातिन्छ । तर जसै उसले दाह्री काट्न सुरु गर्‍यो, सुबलालले आँखा चिम्म गर्‍यो । उसको मुटुको गति तिव्र हुन थाल्यो । काट्ने उदेश्यले दुई पटकसम्म पछाडी पुगेको थियो ऊ । उसको चिउडो समातेर छुरालाई घाँटी नजिक लगेको पनि थियो । तर जसै ऐनामा सुबलालको निदाएको र आफ्नो पसिनाले भिजेको अनुहार देख्थ्यो, उसको मुटु फुट्ला जसरी धड्कन्थ्यो । कुनै पाइपमा मसिने प्वाल पर्दा पानीको मसिनो फोहरा निस्कै झै सुबलाल अधिकारीको घाँटीबाट निस्कीरहेको रगत, रगतले भिजेको ऐना र त्यहाँ देखिने आफ्नो बिद्रुप अनुहार । ऊ भयभित पनि भएको थियो ।  हात पनि पसिनाले च्याप च्याप भएको थियो । थुप्रैपटक त सुबलाल अधिकारीको गाला काटिनबाट जोगाएको थियो । शरीर तातेर कान रातो भएको थियो । दाह्री काट्नुको अन्तिम चरणमा थियो ऊ । अन्तिमपटक प्रयास गर्न फेरि उसको पछाडी पुगेको थियो । यसपटक त उसले आँखा पनि चिम्लेको थियो । तर आँखा चिम्ले पनि छट्पटाउँदै गरेको सुबलालको अनुहार, रगतले भिजेको आफ्नो हात, पोतिएको ऐना मात्र देख्यो उसले । मुटुलाई जति कठोर बनाउन खोज्थ्यो त्यति नै सकस हुन थालेको थियो । अन्तमा उसले छुरालाई बाँयाबाट दायाँ तानेन । माथितिर तान्यो । चिउडोभन्दा ठीक तल कोठी थियो सुबलालको । त्यो कोठी काटियो । अनि बल्ल सुबलालले आँखा खोल्यो ।  ‘कि केलही तु ? देखाइ नै दै छेलौ ?’ उसले घाँटी छाम्यो ।  ‘मन त तोहर पुरे घेँट काटके रहै । ई त शुकर मनाब की हमर दिमाग फिर गेल ।’ त्यसपछि बल्ल सुबलालले उसको अनुहार नियाल्यो । आक्रोश र तनावले रगत चुहिएला जस्तो रातो, पसिना लतपत सोनेलालको अनुहार देखेर सुबलाल अधिकारी तस्र्यो । साक्षात यमदुत उभिएको जस्तो लाग्यो उसलाई । निकै जोडसँग उठ्यो ऊ घाँटीको गम्छा पनि फुकालेन । भाग्दा आफू बसेको कुर्सी, अरु बस्न राखिएको टेबल सबै लडायो उसले । कठघाराबाट हाम फाल्दा जोडसँग लडेको पनि थियो ऊ । तर सोनेलाल उभिरह्यो । मानौ कुनै ठूलो पर्दा उसको आँखा अगाडीबाट हटेको छ । वा एउटा लामो अन्धकार पछि ऊ छर्लङ्ग उज्यालोमा पुगेको छ । त्यसबेला न ऊ डराएको थियो न त रिसाएको नै । सुबलाल अधिकारीले प्रहरी लिएर आउँदा समेत ऊ त्यतिकै उभिरहेको थियो । प्रहरीले उसलाई कुट्दा समेत उसले कुनै प्रतिक्रिया जनाएन । प्रहरीले उसँगै दाह्री काट्ने छुरा पनि लिएर गयो ।  ..........… आवेशमा सुबलाल अधिकारीले हत्याको प्रयास सम्बन्धी मुद्धा दायर गरिसकेको थियो । दाह्री काट्ने उसको काम हो । आखिर ऊ मेशिन त होइन जसबाट गल्ती नहोस् । सुबलाल अधिकारीको घाँटी काटने उसको नियत हो या होइन यस विषयमा छानविनका लागि अदालतले पुर्पक्षमा एक हप्ता थुनामा राख्न आदेश सुनाएको थियो ।  (मैले यो कथा तयार पार्दासम्म सोनेलाल पुर्पक्षको लागि थुनामै थियो । सुबलाल अधिकारीलाई उसको मुद्दाको कमजोर धरातल त्यतिबेला थाह भयो, जब जिल्ला नाईसंघले सोनेलालको लागि मुद्धा लड्ने घोषणा नै गर्‍यो । उसलाई थुनामा लगेदेखि नाईसंघले जिल्लाभरीका शैलुनहरु बन्द गरेका छन् । एकपटक जिल्ला प्रशासन कार्यालयमा डेलिगेसनसमेत पुगेका थिए । अझ पैसा सम्बन्धि कुरा खुल्ने डरले सुबलालले मुद्दा फिर्ता लिने मनिस्थिति बनाइसकेको छ । सिडिओले आफै बोलाएर सुबलाललाई यही सल्लाह दिएको थियो । यदि तपाईं सिरहा पुग्नु भयो भने र जिल्ला प्रशासन कार्यालयले उसको शैलुनलाई त्यहाँबाट हटाएन भने त्यहाँ एउटा कालो न कालो, लामो कपाल पालेको ख्याउटे अन्दाजी २४ बर्ष जतिको केटालाई एकहारो कपाल काटेको देख्नु हुन्छ । उसको निधारमा चोटको खत छ भने सम्झिनु ऊ नै सोनेलाल ठाकुर हो । जसको न अगाडी नाथ छ न पछाडी पघा, बस ऊ एक्लो छ । उसँग विरासतमा त्यही कपाल काट्ने कला छ जुन उसको जिन्दगी चलाउन काफी छ ।)  

स्मार्टफोन पानीमा खस्दा पाँच उपाय अपनाउनुपर्छ

पानीमा खसेको स्मार्टफोनलाई झिक्न मिलेसम्म तत्कालै झिकेपछि त्यसमा पसेको पानी फ्याँकेर पुनः चल्ने बनाउनका लागि हडबडाउँदै झट्कारेर खोतलखातल पार्ने लगायतका सकेजतिका हरेक काम गर्नुभएकै छ होला । तर असावधानीवस यसो गर्दा स्मार्टफोन पूरानै सद्दे अवस्थामा फर्किने होइन, झनै कामै नलाग्ने गरी बिगि्रन सक्छ । स्मार्टफोन पानीमा खस्यो भने यी पाँच उपाय अपनाउनुपर्छ

 स्विच अफ गर्नुहोस्- गोजीमा राखेको वा हातमै चलाउँदा चलाउँदैको स्मार्टफोन पानीमा खस्दा त्यो खुल्लै हुने नै भयो । त्यसैले पानीबाट निकाल्ने बित्तिकै स्मार्टफोनको स्विच अफ गर्नुपर्छ । स्विच अफ गरेपछि स्मार्टफोनको भित्री सर्किट सट हुने डर हुँदैन, करेन्ट सट सर्किट भएर महत्वपूर्ण भित्री भाग नष्ट हुनबाट जोगिन्छ ।

· सबै चिज हटाउनुहोस्- फेान स्विचअफ गरेपछि त्यसका हरेक चिज हटाउनुपर्छ । ब्याट्री, सिमकार्ड, मेमोरी कार्ड, फोनको कभर तथा एयरफोन भएमा पनि त्यसलाई विस्तारै झिक्नुपर्छ । त्यसरी बाहिर झिकेको वस्तुहरुलाई कपडाले पुछेर पानी हटाई ओभानु बनाउनुपर्छ ।

· झट्कार्नुहोस्- स्मार्टफोनको हेडफोनको ज्याक छिराउने प्वाल, चार्जिङ पोर्ट तथा थिच्ने बटन भित्र रहेको पानी बाहिर निकाल्नका लागि स्मार्टफोनलाई विस्तारै झट्कार्नुपर्छ । त्यसपछि स्मार्टफोनलाई सुख्खा कपडाले पुछ्नुपर्छ । ट्वाइलेट पेपर तथा नेपकिनले राम्रोसँग पुछेर बाहिरी भागमा रहेको पानी पूरै हटाउन सकिन्छ ।

· चामलमा पुर्नुहोस्- यो सबैभन्दा चलन चल्तीको विधि हो । हावा नछिर्नेगरी बिर्को लगाउन मिल्ने एउटा बट्टामा चामल भरेर उक्त चामलभित्र आफ्नो स्मार्टफोन घुसाएर राख्नुहोस् । अनि बिर्को लगाएर उक्त बट्टालाई सुख्खा ठाउँमा राख्नुहोस् । कम्तिमा २४ देखि ४८ घण्टासम्म फोनलाई यसरी चामलभित्र रहन दिनुपर्छ । बीचबीचमा निकाल्ने गर्नुहुँदैन । ४८ घण्टासम्म चामलभित्र राखेपछि स्मार्टफोन बाहिर निकाल्नुहोस् । त्यसपछि ब्याट्री लगायतका पाटपुर्जा राखेर स्विच अन गर्नुहोस् । यदि पानीका कारण भित्री पाटपुर्जामा गम्भीर क्षति पुगेको रहेनछ भने स्मार्टफोनले काम गर्न थाल्नेछ ।

· यदि यसो गर्दापनि फोनले काम गरेन भने त्यसलाई आफै खोलखाल पार्नु हुँदैन, सिधै स्मार्टफोन मर्मत गर्ने आधिकारिक ठाउँमा लग्नुपर्छ । यद्यपि पानीले भिजेर बिगि्रएको स्मार्टफोनमा धेरै ब्राण्डहरुले वारेन्टी भने दिएका हुँदैनन् । तर कुन पाटपुर्जा बिगि्रएको छ भन्ने कुरा पत्ता लगाएपछि स्मार्टफोनको वास्तविक मूल्य र मर्मत खर्चबीच तुलना गरी मर्मत गर्ने वा नगर्ने कुराको निर्णय गर्ने जिम्मा तपाइँको |

महिलाहरु यौन सम्पर्क शुरु हुनु अघि के चाहन्छन्?




यौन सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ ।

यस विषयमा धेरै अध्यन भएका छन् भने लेख रचना समेत लेखिएका छन् । पछिल्लो पटक गरिएको एक शोधले महिलाले ओच्छ्यानमा के चाहन्छन् भन्ने विषयमा नयाँ तथ्य बाहिर ल्याएको छ । यौन विज्ञको सहभागितामा ७०० महिलामा गरिएको अध्यनबाट महिलाहरुले यौन सम्बन्धको बेला के सोंच्छन् भन्ने तथ्य बाहिर आएको हो ।






यौन क्रिडामा पुरा ध्यानः
ओच्छ्यानमा हुँदा महिलाहरु आफ्नो पार्टनरले पुरै ध्यान यौन सम्बन्धमै देओस भन्ने चाहन्छन् । सर्वेमा सहभागी करिव ४२ प्रतिशत महिलाले आफूलाई ध्यान दिएको महसुस भए पुरुषको प्यार बढी अनुभव हुने बताएका थिए । आँखाको हाउभाउ, मुखको क्रियाकलाप, चुम्बन, ओंठमा चुम्बन वा संवेदनशील अंगमा स्पर्ष यौन सम्पर्कको समयमा महिलालाई मन पर्ने अध्यनको निष्कर्ष छ ।
पाक क्रिडा महत्वपूर्णः
महिलाहरु यौन सम्पर्क शुरु हुनु अघि गरिने क्रियाकलापमा बढि चाख राख्छन् । पाक क्रिडाको माध्यमबाट आफूलाई पुरै उत्तेजित तुल्याएपछि मात्र यौन सम्पर्क शुरु होस् भन्ने महिलाको चाहाना हुन्छ । सर्वेमा सहभागी अधिकाँश महिलाले पुरुषहरु सेक्सको विषयमा अलि रचनात्मक हुनु पर्ने र महिलालाई तयार गर्ने कुरामा विचार गर्नु पर्ने बताएका थिए ।

आनन्द र सन्तुष्टीबीच फरकः
किंसले इन्स्टिच्यूटले गरेको शोधमा महिलाले पनि पुरुष जस्तै कण्डोम नलगाइ यौन सम्पर्क गर्दा बढी सन्तुष्टी हुने बताए । यद्यपी कण्डोम लगाउँदा बढी सुरक्षित महसुस हुने उनीहरुको भनाइ थियो ।

विस्तारै गरेको राम्रोः
यौन क्रिडाका लागि हतारिने पुरुष महिलालाई मन पर्दैन । उनीहरु आफ्ना संवेदनशील कोमल अंगमा पुरुषले दुख्ने गरी केही पनि नगरुन् भन्ने चाहन्छन् । संवेदनशील अंगसँग संवेदनशीलरुपमै प्रस्तुत भएको उनीहरुलाई मन पर्छ ।

वातावरणको भूमिकाः
शोधमा सहभागी अधिकाँश महिलाले उपयुक्त मौषम वा वातावरण नबने यौन आनन्द लिन नसकिने बताए । चिसो मौषममा चिसा खुट्टा लिएर पुरुष यौन क्रिडा गर्न तयार भएपनि महिलालाई त्यसले गाह्रो हुने उनीहरुको भनाइ थियो । त्यसैगरी गर्मीमा सेक्सको चाहाना र आनन्द बढी हुने महिलाको अनुभव छ ।

आसनको भूमिकाः
यौन क्रिडामा आसनको भूमिका पनि महत्वपूर्ण हुने महिलाको भनाइ छ । शोधमा सहभागी महिलाका अनुसार सुताएर उनीहरुको तल २-३ सिरानी राखेर यौन क्रिडा गर्दा महिलाले बढी सन्तुष्टी अनुभव गर्ने गर्छन् । तर सुतेका पुरुषमाथि चढेर यौन सम्पर्क गर्दा पनि मजा आउने उनीहरुको भनाइ छ । त्यसै गरी अधिकाँश महिलाले डगी स्टाइल अर्थात महिला चार हात खुट्टा टेकेर बस्ने र पुरुषले पछाडीबाट यौन क्रिडा गर्ने पोजिसन सबै भन्दा आनन्ददायी रहेको बताए ।

विभिन्न तरिकाः
अष्ट्रेलियन सेक्स रिसर्चर जूलियट रिचटर्स भन्छन् सर्वेमा सहभागी पाँच जनामा एक महिला मात्र सामान्य तरिकाको सेक्सबाट चरम अवस्थामा पुगेका थिए । अधिकाँश युवतीहरुले पुरुषहरुले हात र मुखको प्रयोग बढी गरेको राम्रो बताए । ९० प्रतिशत युवतीले पुरुषले मुखको प्रयोग गरेपछि मात्र चरम आनन्दमा पुग्ने बताएका थिए ।

हतार नगर्नुस्
अधिकाँश पुरुषहरु महिलाको भन्दा पनि आफ्नो सन्तुष्टीलाई बढी ध्यान दिन्छन् । कतिपय अवस्थामा त महिला तयार नै नहुँदै पुरुष स्खलित हुन्छन् । सर्वेका क्रममा अधिकाँश माहिलाहरुले आफूहरु १० मिनेट भित्र चरम अवस्थामा पुग्ने तर पुरुष त्यतिन्जेल पनि हतारिने बताए ।

संवेदनशील अंगको पहिचानः
महिला शरीर आफैमा संवेदनशील चिज हो । तर पुरुषहरु आफ्नै जस्तो गरेर महिलासँग ब्यवहार गर्छन् । सेक्सको शोधका क्रममा महिलाहरु योनीको माथिल्लो भित्री भागमा हुने G-स्पटमा स्पर्ष भए निक्कै छिटो आनन्दित हुने पत्ता लागेको छ । G-स्पटमा चलाउँदा महिला तयार हुने र छिटो चरम सीमामा पुग्ने शोधकर्ताको भनाइ छ । यसका लागि औंलाको प्रयोग महत्वपूर्ण हुन्छ ।

थाकेको बेला वा निद्रामा महिला उत्तेजित हुँदैनन
पुरुषहरु अधिकाँश समय यौनका लागि तयार रहेपनि महिलाको अलि फरक हुन्छ । उनीहरु थाकेको बेला वा निद्राको बेला उत्तेजित हुने सम्भावना निक्कै कम हुन्छ । त्यस्तै उनीहरु थाकेको बेला यौन आनन्दमा पुर्याउँछु भन्नु पनि मुर्खता हुन्छ ।





कुनबेला महिलालाइ सेक्स चाहना बढी हुन्छ ?

महिलाहरूलाई पुरुष मिलनको रहर कुन बेला अधिक हुन्छ ? 
एउटा अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म । यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ । 

जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि उपयुक्त निष्कर्षमा पुगेका हुन् । 
सहभागीहरूलाई महिलासँग कुन समय यौनसम्बन्ध राख्दा उनीहरूलाई बढी आनन्द अनुभूति हुन्छ भन्नेबारे सोधिएको थियो । यौन विशेषज्ञहरूका अनुसार, महिनावारी पूरा भएको पाँचदेखि सात दिनसम्म यौनको 'मुड' मा बढी हुन्छ । 


महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुन्छ । अनुसन्धाताहरूले त्यस अवधिमा युवतीहरूको मस्तिष्कको तरंगमा समेत निकै अध्ययन गरे । त्यस अनुसार, महिनावारीपछिको तीन दिनमा हुने सहवासले बढी रमाइलो अनुभूति दिन्छ । 

यस्तो किन हुन्छ, पाँचौंदेखि सातौं दिनसम्म गर्भाधारणको सम्भावना बढ्छ । यसैले यस अवधिमा सम्पर्कको तीव्र इच्छा जागृत हुन्छ । त्यो सर्वेक्षणमा युवतीहरूले महिनावारीपछिका तीन दिन पूर्ण यौनानन्दको चाहना राख्ने गरेको बताए । उनीहरूका अनुसार, त्यो बेला पाइने यौनानन्द अन्य दिनको दाँजोमा निकै सुखद, आह्लादक हुन्छ । 

 अध्ययनमा के पनि पाइयो भने, महिनैपिच्छे तीन दिन गरिने सहवासले वैवाहिक जीवनलाई बढी रमाइलो बनाउने रहेछ, दुवै पार्टनरबीच भविष्यमा यौनको विषयलाई लिएर दूरी पनि नबढ्ने रहेछ ।

हनिमुन जाने खर्च चलचित्रकर्मीलाई सहयोग


आश्विन २८, २०७२- ग त आइतबार नायिका रिमा विश्वकर्माले बेलायतमा बस्दै आएको रोबर्ट ल्वागुन विश्वकर्मा हनिमुन भने नजाने भएकी छन् । पाँचतारे होटल ह्यातमा विवाह गरेको जोडीले यसअघि बनाएको माल्दिभ्स वा पेरिसको हनिमुन ट्रिप स्थगन गरेको हो । हनिमुनमा खर्च हुने सम्भावित रकम विश्वकर्मा जोडीले चलचित्रकर्मी कल्याण कोषलाई सहयोग गरेका छन् । ‘हामीलाई हनिमुन जानु एक्स्ट्रा खर्च गर्नु हो जस्तो लाग्यो’ सँगै रहेका पतितर्फ इंगित गर्दै रिमाले भनिन्, ‘बरु त्यो रकमलाई नयाँ कामका लागि किन खर्च नगर्ने भन्ने लाग्यो । यसमा श्रीमान्ले पनि सहमति जनाएपछि कोषलाई सहयोग गर्न चाह्यौं,’ नवदम्पतीले एक लाख रुपैयाँ कोषकी संयोजक झरना थापालाई प्रदान गरेपछिको मन्तव्यमा रिमाले यसो भनिन् । विवाहपछि पनि अभिनय क्षेत्रलाई निरन्तरता दिएकी नायिका झरना थापालाई आफ्नो आदर्श मानेको बताउने रिमाले उनकै नेतृत्वको कोषलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । रिमाले विवाहपछिको जिवनलाई नयाँ यात्राको सुरुवात भनेकी छन् । ‘तर पनि फिल्म क्षेत्रबाट टाढिने छैन । झरना दिदीजस्तै म पनि यसैमा निरन्तर हुनेछु । यसमा मलाई नयाँ घरको पनि सहमति समर्थन छ,’ रिमाले थपिन्, ‘भोलि नै म्युजिक भिडियो गर्दैछु ।’ छोटो प्रेम सम्बन्धपछि विवाह गरेको रिमा–रोबर्ट जोडी पहिलोपटक फेसबुकबाट चिनापर्ची गरेको थियो । फेसबुकमा फ्रेन्ड रिक्वेस्ट कसले पठायो त ? प्रश्नले केही लजाउँदै रिमाले पतितर्फ हेरिन् । त्यसपछि रोबर्टले नै मुख खोले, ‘निश्चय पनि, यस्तो केसमा केटा मान्छे नै अघि बढ्नुपर्छ । मैले नै पठाएको थिएँ ।’ रिक्वेस्ट आएपछि रिमाले पनि म्युचुअल फ्रेन्डमा भएका एक मित्र मार्फत रोबर्टको इन्क्वायरी गरेपछि उचित ठानेर एसेप्ट गरिन् रे । रोबर्टले चाहिं रिक्वेस्ट पठाउनुको कारणबारे भने, ‘उनलाई चाहने त हजारौं हुन्छन् होला । मलाई उहाँ मन परेपछि मित्रताको हात बढाएको हुँ ।’ साथीको रूपमा प्रस्ताव अन्तत: विवाहसम्मको कारक बन्यो । विवाहअघि नै रिमाका फिल्म हेरेको बताउने रोबर्ट उनमा अभिनयको प्रचुरता रहेको जिकिर गर्दै यसलाई निरन्तरता दिन सुझाउँछन् । विवाहपछि रिमाले वैवाहिक सम्बन्धको छोटो अनुभवमा गाँठी कुरा अनुभव गर्न नपाए पनि नयाँ मान्छे, परिवार र परिवेशसँगको आत्मसात् रमाइलो रहेको सुनाइन् । ‘विवाहपछि दुईबीचको कनेक्सन र एसेप्टेन्स मीठो हुने रहेछ । त्यसबाहेक नयाँ परिवारका सदस्यसँग बिनाजजमेन्ट एट्याच भइने रहेछ’ रिमाले थपिन्, ‘नत्र पहिले कोही साथी बन्न वा नजिकिन आउँदैछ भने कस्तो मान्छे हो ? व्यवहार ठीक छ वा छैन ? जस्ता कुरामा इन्क्वायरी गरिन्थ्यो र ठीक लाग्नु वा नलाग्नुले साथी सम्बन्ध अघि बढाउनु वा नबढाउनुबारेमा निर्णय गरिन्थ्यो । विवाहपछि त्यो आवश्यक नहुने रहेछ ।’ उनले यी कुरालाई सकारात्मक मान्छिन् भने विवाहपछिका नकारात्मक कुरा अहिल्यै अनुभव गर्न नपाएको बताइन् । आइतबार नै पतिलाई बेलायतका लागि बिदाइ गर्न लागेकी रिमाले त्यसपछि पुन: आफ्नो दैनिकी फिल्म र मोडलिङ क्षेत्रमै बित्ने प्रस्ट्याइन् ।

Thursday, October 22, 2015

शाहरुखको साँढे छ करोडको गाडी भित्र के छ?





सुपरस्टार शाहरुख खानले हालसालै एक नयाँ भ्यानिटी भ्यान किनेका छन्। डिजाइनर दिलिप छाबरियाले शाहरुख खान कै लागि तयार गरेको यो भ्यानको मुल्य ४ करोड भारु (साँढे छ करोड नेपाली रुपैया बराबर) रहेको छ।
shah rukh khan vanity van (5)
यो भ्यानलाई शाहरुखको इच्छा अनुसार डिजाइन गर्न दिलिपलाइ ३ महिना लागेको थियो।

के छ यसमा?
यो भ्यान शाहरुखले फिल्मको सुटिङ गर्दा प्रयोगमा ल्याउँछन्। शाहरुखको यो नयाँ भ्यानमा ड्राइभरको क्याबिन, बेडरुम, सबै सुविधा सम्पन्न रेस्ट रुम, र मेकअप गर्ने एक स्थान छ।shah rukh khan vanity van (6)
यो भ्यानको भुँईमा विशेषखालको सीसा प्रयोग गरिइको छ। फिल्मको सुटिङ गर्ने क्रममा मेकअप गर्न अनि आराम गर्न कलाकारहरुले भ्यानिटी भ्यानको प्रयोग गर्ने गर्छन। हेर्नुहोस् शाहरुखको नयाँ भ्यान भित्र कस्तो छ?
shah rukh khan vanity van (1)shah rukh khan vanity van (3)shah rukh khan vanity van (4)
 shah rukh khan vanity van (7)

गौरी मल्लको पहिलो कमाइ कति ?


gauri-malla nepali actress
अभिनेत्री गौरी मल्ललाई चलचित्र क्षेत्रमा लैंगिक विभेद भएजस्तो लाग्दैन रहेछ। अहिलेभन्दा आफूले अभिनय सुरुआत गर्दाको अवस्थामा महिलालाई चलचित्र क्षेत्रमा प्रवेश गर्न सजिलो भएको अनुभव उनको छ।
राजधानीको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा अनियन फिल्म्स्ले शनिबार आयोजना गरेको ‘द मुभी क्लब’ कार्यक्रममा आफूले चलचित्र क्षेत्रमा प्रवेश गर्दाको समयलाई उनले सम्झिइन्।करिब ३० वर्षअगाडि गौरी आफ्नी दिदीको जेठाजूको घरमा बस्दा त्यहाँ बसुन्धरा भुसालको आवतजावत हुन्थ्यो।
दिदीको जेठाजूकी छोरी आफ्नै उमेरकी भएकाले दिदीको घरमा भन्दा त्यहाँ उनी बढी बस्थिन्। गायनमा रुचि भएकी गौरीको रेडियो नेपालमा गीत रेकर्ड गराएरै छोड्ने चाहना थियो। तर, एक दिन बसुन्धरा भुसालले उनी बसेको घरमा आएर ‘सन्तान’ चलचित्रका लागि अभिनेत्रीको खोजी भएको सुनाइन्।
गौरीकी दिदीकी जेठानीले उनलाई देखाउँदै ‘यहीँ छ नि कलाकार, लैजा न’ भनिन्। वसुन्धरा भुसालले यो कुरा निर्देशक प्रकाश थापासँग भनिन्।गौरीले कहिल्यै अभिनेत्री बन्ने विषयमा सोचेकी थिइनन्। त्यसैले ‘नाइँ’ भनिन्।
तर पनि परिवारका सबैले अभिनय गर्न दिएको दबाबका कारण उनले फोटो खिचाएर निर्देशककहाँ पठाइन्। निर्देशकले आफ्नो परिवार, प्रोडक्सन हाउस जता देखाए पनि गौरीको तस्बिर कसैले मन पराएन। मान्छे नै हेर्न भनेर उनलाई प्रोडक्सन हाउसमै बोलाइयो।
तर सबैले उनलाई देखेर नाक खुम्च्याए। त्यही बेला प्रोडक्सन हाउसमा करिश्मा कुनै कामले आएकी थिइन्। करिश्मालाई देखेर गौरी ‘ट्वाँ’ परिन्। उनले भनिन्, ‘भगवान्ले यति राम्रो चीज पनि बनाउँछजस्तो लाग्यो, करिश्मा जताबाट हेर्दा पनि साह्रै राम्री।’
कसैले गौरीलाई मन नपराए पनि उनलाई ‘रिजेक्ट’ गर्न मिल्ने अवस्था थिएन। उनका भिनाजु र भिनाजुका दाजु सुरक्षा निकायका उच्च अधिकारी। पञ्चायतकालमा सुरक्षा निकायका कर्मचारीको परिवारका सदस्यलाई ‘रिजेक्ट’ गर्ने आँट कमैमा हुन्थ्यो। उनलाई स्क्रिन टेस्टका लागि बेलाइयो।
अरू सबैलाई छोटो र सजिलो डायलग दिइयो। गौरीलाई सीधै ‘नो’ भन्न नमिलेपछि उनलाई लामो डायलग बोल्न लगाइयो। तर उनले ‘वन टेक’मै अभिनयसहित डायलग बोलेपछि निर्देशकले उनलाई नै रोजे। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रेमलाई सेक्सले पूर्णता दिन्छः ज्योति मगर

सेक्स प्रेम गर्ने र माया दर्शाउने माध्यम हो ।
प्रेममा सेक्स कति आवश्यक छ ?
प्रेमलाई सेक्सले पूर्णता दिन्छ ।
सेक्समा तपाईंलाई मन पर्ने क्रियाकलाप के हो ?
म ‘फोरप्ले’ धेरै इन्जोय गर्छु ।

 ब्लू फिल्म खेल्न सुझाव पाएकी ज्योति मगरको फिल्म ‘भाँडो’ सार्वजनिक (भिडियो सहित)

कस्तो अवस्थामा तपाईंलाई सेक्सको चाहना हुन्छ ?
त्यो मेरो मुडमा भर पर्ने कुरा हो । जुनसुकै बेला पनि हुन सक्छ ।
Jyoti Magar 2

सेक्सलाई राम्रोसँग प्रस्तुत गर्नु पर्छः ज्योति मगर

कुनै क्रेजी फ्यानले तपाईंसँग सेक्सको प्रपोज गर्‍यो भने ?
म रिलेसनमा छु भने ‘नो’ भन्छु, सिंगल छु भने ‘एस’ भन्छु ।
तपाईं कुन सेलिब्रिटीदेखि भुतुक्कै हुनुहुन्छ ?
भीजे सुरजसिंह ठकुरी भनेपछि भुतुक्कै हुन्छु । उहाँको व्यक्तित्व पनि भव्य छ । उहाँको भिजेइङ स्टाइल एकदम सेक्सी लाग्छ ।

ज्योति थापा मगरलाई ब्लू फिल्म खेल्न सुझाव

शुक्रबार साप्ताहिकबाट साभार

के-के मनपर्छ करिश्मालाई ?


Karishma Manandhar Clivage
आफ्नै देशको पोखरा । प्रकृतिप्रेमी भएर पनि होला, पोखराले धेरै तानेको । वर्षको दुई/तीन पटक त पुगेकै हुन्छु ।
परिकार
खानामा अलिक सोखिन नै छु । सी फुड विशेष मन पर्छ । बैंककमा यसको भेराइटी पाइन्छ । त्यहाँ पुगेको बेला जमेर स्वाद फेर्छु ।
पेयपदार्थ
हार्ड ड्रिंक्स गर्दिनँ, बियरचाहिँ पिउँछु । सोडायुक्त पेयपदार्थहरूबाट चाहिँ सकेसम्म टाढै भाग्छु । स्वाथ्यका दृष्टिले त्यति राम्रो मानिँदैन ।

साहित्यिक पुस्तक
साहित्य खासै पढ्दिनँ । पुराना साहित्यकारका केही कृति पढेकी छु । बीपीका उपन्यास र कथाहरू ।
लेखक
बीपीसँगै डायमनशमशेर मनपर्ने लेखक हुन् । डायमनको लेखनमा एउटा कालखण्डको इतिहास झल्केको पाउँछु । कल्पनामा डुबेर यथार्थ लुकाउने खालका लेखकहरू त्यति मन पर्दैन ।

फिल्म
ठ्याक्कै भन्न सक्दिनँ । रोमान्टिक लभ स्टोरी भएका फिल्महरू बढी मन पराउँछु ।
अभिनेता–अभिनेत्री
नामै नलिऊँ । नेपालका सबै कलाकार मन पर्छ । उहाँहरूको काम र क्षमता हेरेर मन पराउने हो । काम गर्ने शैली व्यक्ति विशेषमा भरपर्ने हुँदा कलाकार छु्ट्याउन गाह्रो छ ।
बलिउडमा चाहिँ
अभिनेत्री रेखा एभरग्रिन लाग्छ । नेपालमा हरिवंश आचार्य भर्सटायल एक्टर हुन् ।
गीत
दु:ख र रुन्चेगीत प्राय: मन पर्दैन । ऊर्जाशील भाव बोकेका सिर्जना बढी सुन्छु । जसले काममा थप ऊर्जा दिलाओस् । नारायणगोपालका रोमान्टिक गीत मात्रै सुन्ने गर्छु । ‘फूल फुलेको मौसममा…’, ‘तिमीलाई म…’ जस्ता ।
karishma
गायक–गायिका
किशोर कुमार र लता मंगेश्कर । चाँदनी शाहका शब्द झनै कालजयी छन् । नयाँ पुस्तामा राजेशपायल राई र अञ्जु पन्तको स्वरले तान्छ ।
ग्याजेट
एप्पलका ग्याजेटहरू इजी लाग्छन् । अहिले भने सामसुङ ट्राई गर्दै छु ।
कान्तिपुर दैनिकबाट साभार

दुनियाँकै सबैभन्दा सेक्सी अपराधी महिला

sexi criminals
सुन्दर अनुहार देख्दा मानिसहरु नकारात्मकता विर्सन्छन् ।

सुन्दरताले धेरैलाई झुक्याउँछ । तर कतिपय ब्यक्तिहरु आफ्नो सुन्दर अनुहारभित्र खुंखार अपराधी हुन्छन् । यहाँ त्यस्तै एक सुन्दरी महिलाको चर्चा गरिएको छ जो संसारकै सबैभन्दा सुन्दर महिला अपराधीकोरुपमा चर्चामा छिन् ।

दुनियाँकै सबैभन्दा सेक्सी मानिने यी युवती अपराधीको नाम हो स्टेफनी बेयूदोइन । २१ वर्षकी यी सुन्दरी विरुद्ध १ सय १४ वटा आपराधिक मुद्धा चलिरहेका छन् ।
sexi criminals 1
क्यानडाकी यी सुन्दरीलाई गत महिना मात्र ४२ घरमा चोरी गरेको अभियोगमा पक्राउ गरिएको थियो । अनौठो कुरा त यी युवतीको अपराध भन्दा पनि सुन्दरताको बढी चर्चा भैरहेको छ सञ्चार माध्यममा ।
sexi criminals 1sexi criminals 1sexi criminals 1sexi criminals 1sexi criminals 1

केही दिन अघि मात्र क्यानडाकै एक पत्रिकाले उनको विकनी तस्विर सार्वजनिक गरेर हंगामा गर्‍यो । उनको अपराध भुलाउने ती तस्विर सामाजिक सञ्जालमा हजारौंको संख्यामा शेयर भएका थिए ।
यी सुन्दरी अपराधी महिलाले आफ्ना तस्विर फेसबुकमा समेत सार्वजनिक गर्दै आएकी छिन् ।
एजेन्सी ।